Help Madheshi Saudi Arab

Help Madheshi Saudi Arab It is a community organization for madheshi.

!! नव वर्ष २०८३ को शुभकामना सन्देश !!
13/04/2026

!! नव वर्ष २०८३ को शुभकामना सन्देश !!

12/04/2026

राजदूतावास बन्द रहने सम्बन्धी सूचना।

वि.सं. २०८३ बैशाख १ गते (तदनुसार, १४ अप्रिल २०२६) मंगलबारका दिन नयाँ वर्षको उपलक्ष्यमा यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा साउदी अरेबियामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यस राजदूतावास हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

नेपाली राजदूतावास, रियाद
१२ अप्रिल २०२६

11/04/2026

अध्यागमन विभागद्वारा जारी सूचना ।

भिजिट भिसा र वैदेशिक रोजगारीमा काठमाण्डौस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट विदेश जाँदा आफूले साथमा राख्नुपर्ने आवश्यक कागजात सम्बन्धमा अध्यागमन विभागद्वारा जारी सूचना।

सबैले यो सूचना राम्ररी पढी आवश्यक कागजात पूरा गरेर मात्र यात्रा गर्न राजदूतावास सबैमा अनुरोध गर्दछ। ✈️

11/04/2026

हार्दिक बधाई तथा शुभकामना

हेल्प मधेशी नेपालका सप्तरी जिल्ला कोषाध्यक्ष को रूपमा सक्रिय रूपमा समाज सेवा गर्दै आउनु भएका माननीय श्री रामजी यादव ज्यू नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पदमा नियुक्त हुनु भएकोमा उहाँलाई हेल्प मधेशी परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

07/04/2026

दमाम (Dammam) मा राहदानी नवीकरण तथा वितरणका लागि घुम्ती शिविर सञ्चालन हुने सूचनाः

नेपाली राजदूतावास, रियादले साउदी अरेबियाको दमाम (Dammam) मा मितिः २०८३/०१/०४ र ०५ गते (१७ र १८ अप्रील २०२६) शुक्रबार र शनिबार दुई (२) दिन देहायको स्थान र समयमा राहदानी नवीकरण तथा राहदानी वितरणका लागि घुम्ती शिविर सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

स्थानः Al Asheim Rest House for Festival, Al Faisaliyah, Dammam बाट एक मिनेटको दुरीमा ।

लोकेशनः https://maps.app.goo.gl/16E4KH9UtUQc6sCT6

राहदानी फाराम भर्ने लिङ्कः https://emrtds.nepalpassport.gov.np/

(राहदानी नवीकरण गर्न Pre-enrollment Form भरेको मितिमा मात्रै शिविरमा आउनु होला ।)

27/03/2026
🇳🇵 Congratulations and Best WishesHeartfelt congratulations to the newly appointed Prime Minister, Mr. B***ndra Shah (B*...
27/03/2026

🇳🇵 Congratulations and Best Wishes

Heartfelt congratulations to the newly appointed Prime Minister, Mr. B***ndra Shah (B***n).
Wishing him wisdom, integrity, and great success as he takes on this important responsibility. May his leadership bring positive transformation and meaningful development to the nation.

🇳🇵सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू तथा नवनिर्वाचित सम्पूर्ण मन्त्रीज्यूहरूलाई हार्दिक बधाई।
सफल, पारदर्शी र जनमुखी कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
आज देशले युवा पुस्ताबाट नेतृत्व पाएको छ—यो केवल गर्वको विषय मात्र नभई ठूलो जिम्मेवारीको संकेत पनि हो।
राष्ट्रहितलाई सर्वोपरि राख्दै दृढतापूर्वक अघि बढ्न सम्पूर्ण टिमलाई शुभकामना।

📢 जरुरी सूचना!लिङ्कः  legal.nepalconsular.gov.np/urgent-rescueसाथै साउदी अरेबियामा रहनु भएका सबै नेपाली नागरिकहरूलाई निम...
25/03/2026

📢 जरुरी सूचना!
लिङ्कः legal.nepalconsular.gov.np/urgent-rescue

साथै साउदी अरेबियामा रहनु भएका सबै नेपाली नागरिकहरूलाई निम्न कुरामा विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दछौं ।

* साउदी अरेबियाका सम्बन्धित निकायले जारी गरेका सुरक्षा सम्बन्धी सूचना तथा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुहोस् ।
* संवेदनशील स्थान वा वस्तुको फोटो भिडियो नखिच्नुहोस् र सामाजिक सञ्जालमा शेयर नगर्नुहोस् ।
* शान्त, संयमित तथा सुरक्षित रहनुहोस् ।
* आफू असुरक्षित भएको महसुस भएमा नेपाली दूतावासको नम्बर 0559389600 मा सम्पर्क वा WhatsApp मार्फत आफ्नो विवरण टिपाउनुहोस् ।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क, जिम्मेवार तथा सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं।

📢 महत्वपूर्ण सूचना!साउदी अरेबियामा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारीका लागि—एक्जिट भिसा प्राप्त गरिसके...
25/03/2026

📢 महत्वपूर्ण सूचना!

साउदी अरेबियामा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जानकारीका लागि—

एक्जिट भिसा प्राप्त गरिसकेपछि हवाई टिकट क्यान्सिल भएको, टिकट उपलब्ध नभएको वा अन्य कारणले २५ फेब्रुअरी २०२६ वा सो पश्चात एक्जिट भिसाको म्याद सकिएका व्यक्तिहरू का सम्बन्धमा साउदी सरकारले विशेष व्यवस्था गरेको जानकारी प्राप्त भएको छ।

उक्त व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिहरूलाई १८ अप्रिल २०२६ भित्र साउदी अरेबिया छोड्न अनुरोध गरिएको छ। तोकिएको उक्त मितिभित्र साउदी अरेबिया छोडेमा कुनै प्रकारको शुल्क वा जरिवाना नलाग्ने व्यवस्था गरिएको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएको छ।

यस सम्बन्धमा जेद्दा स्थित नेपाली महावाणिज्यदूतावास द्वारा जारी सूचनालाई ध्यानमा राख्दै, एक्जिट भिसाको म्याद सकिएर हालसम्म साउदी अरेबियामा बसिरहनु भएका नेपाली नागरिकहरूलाई १८ अप्रिल २०२६ भित्र अनिवार्य रूपमा नेपाल फर्कने व्यवस्था मिलाउन हेल्प मधेशी साउदी अरब हार्दिक अनुरोध गर्दछ।

सम्बन्धित सबैले समयमै आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयभित्र प्रस्थान गर्न तथा अन्य नेपाली दाजुभाइहरूलाई समेत जानकारी गराइदिन अनुरोध गर्दछौं। 🙏🇳🇵

हेल्प मधेशी साउदी अरब


of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद
General of Nepal, Jeddah, Saudi Arab

नेपाल सरकारले मध्यपूर्वको वर्तमान अस्थिर परिस्थितिलाई ध्यानमा राख्दै केही देशमा श्रम स्वीकृतिसम्बन्धी निर्णयमा परिवर्तन ...
17/03/2026

नेपाल सरकारले मध्यपूर्वको वर्तमान अस्थिर परिस्थितिलाई ध्यानमा राख्दै केही देशमा श्रम स्वीकृतिसम्बन्धी निर्णयमा परिवर्तन गरेको छ। नेपाल सरकार अन्तर्गतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पश्चिम एसियाका देशहरूमा विकसित संवेदनशील अवस्थाका कारण नेपाली श्रमिकहरूको सुरक्षालाई मध्यनजर गर्दै पहिले स्थगित गरिएको श्रम स्वीकृतिसम्बन्धी व्यवस्थामा आंशिक संशोधन गरिएको हो। मन्त्रालयका अनुसार इरान, इजरायल, इराक, बहराइन, कुवेत, लेबनान बाहेकका अन्य मुलुकहरू जस्तै साउदी अरेबिया, UAE, कतार, ओमान, यमन, जोर्डन र टर्की मा कार्यरत नेपाली श्रमिकहरू नेपाल बिदामा गएर पुनः रोजगारीका लागि फर्कन चाहेमा पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ। मन्त्रालयले यो निर्णय सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक गरेको जनाएको छ। ✈️📄

Address

Dammam
34226

Opening Hours

Monday 9am - 9pm
Tuesday 9am - 9pm
Wednesday 9am - 9pm
Thursday 9am - 9pm
Friday 9am - 9pm
Saturday 9am - 9pm
Sunday 9am - 9pm

Telephone

+966553606736

Alerts

Be the first to know and let us send you an email when Help Madheshi Saudi Arab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Help Madheshi Saudi Arab:

Share