04/05/2026
सुखद यात्राको शुभकामना
मोना कतारका पूर्व महासचिव, एक कुशल संगठक एवं आदरणीय व्यक्तित्व श्री शिव खड्का ज्यू आफ्नो १८ वर्ष लामो कतार बसाईलाई बिट मारी आज स्वदेश (नेपाल) प्रस्थान गर्दै हुनुहुन्छ। सन् २०१२ देखि यस संस्थामा आबद्ध भई सदस्य हुदै दुई कार्यकालसम्म महासचिव जस्तो गरिमामय पदमा रहेर तपॉंईले पुर्याउनुभएको अतुलनीय योगदान, निस्वार्थ समाजसेवा र संस्थाप्रतिको समर्पण हाम्रा लागि सदैव अविस्मरणीय रहनेछ।
तपॉईको कार्यकुशलता र अभिभावकीय भूमिकाले मोना कतारलाई आजको उचाइसम्म पुर्याउन ठुलो मद्दत मिलेको छ। उमेरको परिपक्वता, शालिन स्वभाव र सबैलाई समेट्न सक्ने तपॉंईको नेतृत्व क्षमताको अभाव हामीलाई सदैव खड्किरहनेछ। तपाईंको कतारदेखि नेपालसम्मको यात्रा मंगलमय रहोस्।
विदेशमा आर्जन गर्नुभएको सीप, अनुभव र ज्ञानलाई आफ्नै माटोमा सिञ्चित गर्दै आगामी दिनमा सुखी, समृद्ध र सुखद पारिवारिक जीवनको कामना गर्दछौँ । भौतिक रूपमा टाढा भए पनि तपाईंको मार्गनिर्देशन र माया यो संस्थासँग सदैव जोडिरहनेछ भन्ने विश्वास लिएका छौँ।
तपाईंको उज्वल भविष्यको कामनासहित,
मोना कतार, परिवार 🇳🇵🇶🇦
दोहा, कतार।