NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड'

Zadzwoń Wskazówki dojazdu Strona internetowa Kontakt: organizacja

NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड' NRN-PL is „For Nepali by Nepali”. Let’s together do something for us and for our beloved „ Matribhumi -Nepal”

गैर आवाशीय नेपाली संघ पोल्याण्ड, पोल्याण्डबाशि नेपालीको हकहित र भाईचाराको सम्बन्ध बिस्तार बिस्तार गर्दै रास्ट्र निर्माणमा टेवा पुर्याउने पोल्याण्डमा रजिस्टर भएको एक मात्र नेपालीको साझा सस्था !

🕯️ हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन सभा 🙏Uroczystość Pamięci i Zapalenia Zniczy 🕯️नेपालमा २६ अगस्टमा आएको विनाशकारी...
01/09/2026

🕯️ हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन सभा 🙏
Uroczystość Pamięci i Zapalenia Zniczy 🕯️

नेपालमा २६ अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

यस दुःखद् घडीमा पोल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली तथा नेपालीप्रति सद्भाव राख्ने पोलिश नागरिकहरूलाई दिवंगत आत्माहरूको सम्झनामा एकताबद्ध हुन हार्दिक निमन्त्रणा गर्दछौं।

📅 शनिबार, ५ सेप्टेम्बर २०२६
🕔 साँझ ५:०० बजे
📍 स्थान: Park Świętokrzyski -

आउनुहोस्, एउटा दीप बालौं 🕯️, केही क्षण मौन बनौं र बाढीमा ज्यान गुमाउनु भएका हाम्रा आफ्नाहरूलाई हृदयदेखि सम्झौं। 🙏

🕯️ Uroczystość Pamięci i Zapalenia Zniczy

W związku z tragiczną powodzią, która 26 sierpnia nawiedziła Nepal i pochłonęła życie wielu osób, składamy wyrazy głębokiego współczucia rodzinom i bliskim wszystkich ofiar.

W tym trudnym czasie zapraszamy wszystkich Nepalczyków mieszkających w Polsce oraz obywateli Polski i wszystkich przyjaciół Nepalu, aby wspólnie oddać hołd ofiarom poprzez zapalenie zniczy i chwilę ciszy.

📅 Sobota, 5 września 2026 r.
🕔 Godz. 17:00
📍 Miejsce:
Park Świętokrzyski
Zapalmy wspólnie znicz 🕯️
Zatrzymajmy się na chwilę w ciszy…
Oddajmy hołd ofiarom tragedii w Nepalu. 🙏
🇳🇵❤️🇵🇱

NRNA NCC Poland

आदरणीय पोल्याण्डबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,नेपालमा गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ NRNA ...
30/08/2026

आदरणीय पोल्याण्डबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

नेपालमा गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ NRNA NCC पोल्याण्डले सञ्चालन गरिरहेको सहयोग सङ्कलन अभियानको हालसम्मको अवस्था तपाईंहरू समक्ष पारदर्शी रूपमा प्रस्तुत गर्न चाहन्छौं:

- हालसम्म सङ्कलित कुल रकम: 8145.22 PLN
- यो अभियान आगामी 02/09/2026 सम्म जारी रहनेछ। यस मितिपछि फेरि अन्तिम सङ्कलन विवरण सार्वजनिक गरिनेछ।

सहयोगका लागि योगदान गर्नुभएका सम्पूर्ण दाताज्यूहरूलाई NRNA NCC पोल्याण्डको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

स्पष्टीकरण: यस अभियानमार्फत सङ्कलन भएको सम्पूर्ण रकम NRNA केन्द्रले सिधै नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नै जम्मा गर्दै छ।

समाजमा कहिलेकाहीँ यस्ता सहयोग अभियानहरूका बारेमा भ्रामक कुराहरू फैलिने गरेको पाइन्छ, जसले गर्दा हाम्रो जस्तो सामाजिक संस्था अनावश्यक रूपमा विवादमा तानिने सम्भावना रहन्छ। हामी सधैं तथ्य र यथार्थमा आधारित भई समाजसामु जवाफदेही रहन प्रतिबद्ध छौं।

धन्यवाद।

NRNA Poland

SERDECZNY APEL O POMOC DLA OFIAR POWODZI W NEPALUW wyniku gwałtownej powodzi na rzece Bhote Koshi w Nepalu, liczne dystr...
29/08/2026

SERDECZNY APEL O POMOC DLA OFIAR POWODZI W NEPALU

W wyniku gwałtownej powodzi na rzece Bhote Koshi w Nepalu, liczne dystrykty – w tym Rasuwa, Nuwakot, Dhading oraz Chitwan – ucierpiały z powodu ogromnych zniszczeń. Wiele rodzin straciło domy oraz dobytek całego życia.

Zwracamy się z gorącą prośbą do naszych polskich przyjaciół, organizacji pozarządowych, firm oraz wszystkich ludzi o wielkich sercach o wsparcie finansowe dla poszkodowanych w tej katastrofie. Każda, nawet najmniejsza wpłata, pomoże dostarczyć żywność, leki i schronienie tym, którzy stracili wszystko.

Informacja dla społeczności nepalskiej w Polsce:
Osoby mieszkające w Polsce, których bliscy w Nepalu ucierpieli w wyniku powodzi, proszone są o bezpośredni kontakt z NRNA NCC Poland. Deklarujemy pełną pomoc i koordynację wsparcia.

ane do przelewu:

Nazwa odbiorcy: NON-RESIDENT NEPALESE IN POLAND
Bank: Erste Bank Polska,
Numer konta (IBAN): PL27 1090 2356 0000 0001 1368 0462
Tytuł przelewu: Help for flood victims
Termin końcowy zbiórki: 02.09.2026 r.

Nawet najmniejsza wpłata może stać się ogromnym wsparciem dla osób, które znalazły się w dramatycznej sytuacji. Zjednoczmy się w tym trudnym momencie i wyciągnijmy pomocną dłoń do poszkodowanych w naszej Ojczyźnie.

Co w tej sprawie robi NRNA (NRNA ICC)?
- Środki natychmiastowe: Centralny Komitet NRNA przeznaczył pakiet 50 milionów NPR na pilną akcję ratunkową i pomoc doraźną dla poszkodowanych rodzin.
- Pomoc w terenie: W dystrykcie Nuwakot rozpoczęto już bezpośrednie wydawanie paczek żywnościowych, namiotów, odzieży i leków dla pierwszych 500 rodzin w porozumieniu z lokalnymi władzami.
- Zespoły medyczne i wolontariusze: W rejon powodzi wysłano wyspecjalizowane zespoły medyczne i wolontariuszy pod kierownictwem Wiceprezesa NRNA, Manoj Gorkhali.
- Globalna mobilizacja: Został powołany międzynarodowy komitet pod przewodnictwem Prezesa NRNA dr. Hemraja Sharmy oraz Skarbnika Krishny Timalsiny, koordynujący zbiórki we wszystkich krajowych oddziałach (NCC) na świecie.

Pokażmy siłę solidarności! Udostępnij ten post i pomóż nam dotrzeć do jak największej liczby osób o wielkich sercach. Dziękujemy za każde wsparcie! ❤️🙏

- NRNA Poland

🚨 बाढीपीडितहरूका लागि सहयोगको हार्दिक अपिल 🙏नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगा...
26/08/2026

🚨 बाढीपीडितहरूका लागि सहयोगको हार्दिक अपिल 🙏

नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्।

यस दुःखद् घडीमा प्रभावित परिवारहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले NRNA NCC Poland को कार्यसमिति तथा NRNA Poland Team को तर्फबाट प्रारम्भिक सहयोगस्वरूप PLN 3,600 राखी सहयोग अभियान सुरु गरिएको छ।

पोल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

विशेष अनुरोध:
पोल्याण्डमा बसोबास गर्दै आउनुभएका नेपाली समुदायका परिवार वा आफन्तहरू यस बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित हुनुभएको छ भने कृपया NRNA NCC Poland सँग सम्पर्कमा आउनुहोस्। प्रभावित परिवारसम्म आवश्यक सहयोग तथा समन्वय पुर्‍याउन संस्था आफ्नो तर्फबाट आवश्यक पहल गर्नेछ।

💰 सहयोग पठाउने बैंक विवरण:
Account Name: NON-RESIDENT NEPALESE IN POLAND
Bank: Erste Bank Polska
IBAN: PL27 1090 2356 0000 0001 1368 0462
Subject: Help for flood victims

📅 सहयोग संकलनको अन्तिम मिति: 02 09. 2026

तपाईंको सानो सहयोगले विपद्मा परेका परिवारका लागि ठूलो राहत बन्न सक्छ।
आउनुहोस्, विपद्को यस कठिन घडीमा एकजुट भएर मातृभूमिका प्रभावित परिवारहरूलाई साथ दिऔँ।

-गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

26/08/2026

‼️ अत्यन्त जरुरी सूचना ‼️

रसुवा जिल्लाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको तथा भोटेकोशी र त्रिशूली नदी आसपासका नदी तटीय क्षेत्रमा उच्च जोखिम रहेको जानकारी प्राप्त भएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत भोटेकोशी तथा त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष सतर्कता अपनाउँदै सम्भव भएसम्म सुरक्षित स्थानमा रहनुहुन NRNA Poland हार्दिक अनुरोध गर्दछ।

साथै,
• नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नुहोस्।
• पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडक हुँदै यात्रा गर्नुअघि स्थानीय प्रशासन तथा सम्बन्धित निकायको पछिल्लो सूचना अनिवार्य रूपमा हेर्नुहोस्।
• बाढी, पहिरो वा अन्य कुनै आपत्कालीन अवस्था देखिएमा आफू सुरक्षित रहँदै सम्बन्धित उद्धार तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउनुहोस्।
• खोज तथा उद्धार वा कुनै प्रकारको सहयोग आवश्यक परेको अवस्थामा टोल-फ्री नम्बर १२३४ मा तुरुन्त सम्पर्क गर्नुहोस्।

सावधानी नै सबैभन्दा ठूलो सुरक्षा हो।

- गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

22/08/2026
21/08/2026

महत्वपूर्ण जानकारी

पोल्याण्डमा बसोबास गर्ने नेपाली नागरिकहरूको e-Passport नवीकरणसम्बन्धी बढ्दो आवश्यकता लाई मध्यनजर गर्दै NRNA Poland ले नेपाली राजदूतावास, बर्लिनसमक्ष पोल्याण्डमै राहदानीसम्बन्धी घुम्ती सेवा सञ्चालन गरिदिन अनुरोध गरेको थियो।

यस सम्बन्धमा राजदूतावासबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हाल Department of Passports, Kathmandu बाट नयाँ Mobile Kit System प्राप्त हुने प्रतीक्षामा रहेको र उक्त प्रणाली समयमै राजदूतावासमा प्राप्त भएमा नोभेम्बर २०२६ मा पोल्याण्डमा e-Passport Campaign सञ्चालन गर्ने प्रारम्भिक योजना रहेको जानकारी प्राप्त भएको छ।

यसलाई हाललाई सम्भावित योजना र प्रारम्भिक जानकारीका रूपमा लिनुहुन अनुरोध गर्दछौं। Mobile Kit प्राप्त हुने समय तथा अन्य प्राविधिक तयारीका आधारमा कार्यक्रमको मिति वा सञ्चालनसम्बन्धी विवरण परिवर्तन हुन सक्ने भएकाले अन्तिम मिति, स्थान, आवेदन प्रक्रिया तथा आवश्यक कागजातसम्बन्धी आधिकारिक सूचना प्राप्त भएपछि मात्र निश्चित जानकारी सार्वजनिक गरिनेछ।

विशेषगरी राहदानीको म्याद सकिएको वा निकट भविष्यमा सकिन लागेको अवस्थामा रहेका नेपाली नागरिकहरूले यस विषयलाई गम्भीरतापूर्वक ध्यान दिनुहुन अनुरोध गर्दछौं। घुम्ती सेवा सञ्चालन हुने अपेक्षा रहे पनि त्यसलाई मात्र आधार बनाएर आफ्नो राहदानीसम्बन्धी आवश्यक प्रक्रिया ढिला नगर्नु उपयुक्त हुनेछ।

NRNA Poland ले पोल्याण्डमा रहेका नेपाली नागरिकहरूको सुविधाका लागि नेपाली राजदूतावास, बर्लिन तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयलाई निरन्तरता दिनेछ। कार्यक्रमसम्बन्धी आधिकारिक र थप जानकारी प्राप्त हुनासाथ यसै माध्यममार्फत सम्पूर्ण समुदायलाई जानकारी गराइनेछ।

गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

पोल्याण्डको हिमाली पर्यटन तथा पर्वतारोहण समुदाय र नेपाली समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यसहित NRNA Poland...
17/08/2026

पोल्याण्डको हिमाली पर्यटन तथा पर्वतारोहण समुदाय र नेपाली समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यसहित NRNA Poland ले Stary Base Camp 2026 – Festival of Polish Himalayan Mountaineering सँग सहकार्य गर्दैछ।

📅 २२–२३ अगस्ट २०२६
📍 Sobieszów Palace, Jelenia Góra, Poland

पोल्याण्डको हिमालय तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित यस विशेष महोत्सवमा NRNA Poland को सहभागिता केवल प्रतिनिधित्वमा सीमित रहने छैन। नेपाली कला, संस्कृति, परम्परा र पहिचानलाई पोल्याण्डको अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रमसमेत संयुक्त रूपमा आयोजना गरिनेछ।

नेपाली मौलिक पोशाक परम्परागत नेपाली नृत्य, सांस्कृतिक प्रस्तुति र नेपाल र हिमालयको परिचय रहने यस सहकार्यले नेपाललाई केवल हिमाल र पर्वतारोहणको देशका रूपमा मात्र नभई समृद्ध कला, संस्कृति र परम्पराको देशका रूपमा चिनाउने अवसर प्रदान गर्ने विश्वास लिएका छौँ।

NRNA Poland सहितको प्रतिनिधिमण्डल तथा नेपाली समुदायका सदस्यहरूको सहभागितामा हुने यस कार्यक्रममा पोल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई नेपाली संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न साथ दिन हार्दिक अनुरोध गर्दछौँ।

यस महत्वपूर्ण सहकार्यका लागि Stary Base Camp 2026 का आयोजक Pietrowicz Śladami Uczestników Foundation लाई NRNA Poland को तर्फबाट हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौँ।

आउनुहोस्, हिमालमार्फत जोडिएको सम्बन्धलाई संस्कृतिमार्फत अझ गहिरो बनाऔँ।

गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

हार्दिक बधाई तथा शुभकामना 🎉🎉गैरआवासीय नेपाली संघ पोल्याण्ड डा. सरोजकुमार अर्यालज्यूलाई अनलाइनखबरको ‘४० मुनिका ४०–२०८३’ अ...
15/08/2026

हार्दिक बधाई तथा शुभकामना 🎉🎉

गैरआवासीय नेपाली संघ पोल्याण्ड डा. सरोजकुमार अर्यालज्यूलाई अनलाइनखबरको ‘४० मुनिका ४०–२०८३’ अन्तर्गत छनोट हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।

सिन्धुपाल्चोकबाट सुरु भएको उहाँको शैक्षिक यात्रा आज पोल्याण्डको प्रतिष्ठित वार्सा विश्वविद्यालयमा सहायक प्राध्यापकका रूपमा अध्यापन तथा अनुसन्धान गर्ने तहसम्म पुगेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा साना राष्ट्रहरूको कूटनीतिक भूमिकासम्बन्धी उहाँको अनुसन्धानले नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय प्राज्ञिक पहिचानलाई थप उचाइ दिएको छ।

उहाँले लगातार तीन वर्ष वार्सा विश्वविद्यालयको रेक्टर अवार्ड प्राप्त गर्नुका साथै पोल्याण्डको उत्कृष्ट युवा वैज्ञानिक अवार्ड समेत प्राप्त गर्नुभएको र विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएको उपलब्धि नेपाली समुदायका लागि गौरवको विषय हो।

‘४० मुनिका ४०–२०८३’ मा उहाँको छनोट हुनु उहाँको निरन्तरको शैक्षिक, अनुसन्धानात्मक तथा बौद्धिक योगदानको महत्वपूर्ण सम्मान हो। पोल्याण्डमा रहेर नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको यो सफलता नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने हाम्रो विश्वास छ।

डा. सरोजकुमार अर्यालज्यूलाई पुनः हार्दिक बधाई तथा आगामी शैक्षिक, अनुसन्धानात्मक र बौद्धिक यात्राका लागि उच्च सफलताको शुभकामना।

गैरआवासीय नेपाली संघ पोल्याण्ड

सम्पूर्णमा नमस्कार,"अमित कुमार चौधरी फर्काऔं" मानवीय अभियानमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति NRNA Poland हार्दिक...
10/08/2026

सम्पूर्णमा नमस्कार,

"अमित कुमार चौधरी फर्काऔं" मानवीय अभियानमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूप्रति NRNA Poland हार्दिक धन्यवाद व्यक्त गर्दछ।

गत २३ जुलाई २०२६ को रात १२ बजेसम्म प्राप्त भएको सम्पूर्ण सहयोग रकमको विस्तृत विवरण तल राखिएको छ। विभिन्न संघ-संस्था तथा व्यक्ति विशेषले यस अभियानमा साथ दिनुभएकोमा NRNA Poland अत्यन्त कृतज्ञ छ।

हाल श्री अमित चौधरी ज्यूको स्वास्थ्य उपचार, तथा उहाँलाई नेपाल फर्काउने प्रयोजनका लागि एयरलाइन्स र सम्बन्धित एजेन्सीहरूसँग विभिन्न तहमा कुराकानी भइरहेको छ। यस सम्बन्धी थप जानकारी आवश्यक भएअनुसार क्रमशः सार्वजनिक गरिनेछ।

सम्पूर्ण संघ-संस्था लगायत व्यक्तिगत रूपमा सहयोग गर्नुहुने सबैको नाम-रकम सहितको पूर्ण विवरण तलको लिङ्क/तस्बिरमा हेर्न सकिनेछ। भिन्दाभिन्दै संघ-संस्थाहरूले पठाउनुभएको नामावली पनि यसैमा समावेश गरिएको छ।

यस्तो कठिन समयमा नेपाली समुदायले देखाएको एकता, सहयोगी भावना र मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा हामीले फेरि एकपटक महसुस गरेका छौं।

सम्पूर्ण सहयोगी महानुभावहरूप्रति पुनः हार्दिक धन्यवाद।

थप सम्पूर्ण विवरण हेर्न को लागि तल लिंक खोलेर हेर्न सक्नुहुनेछ:

https://docs.google.com/spreadsheets/d/1pUMhhXNCf7qiecMFH_x82Cjmv-1Srfv9/htmlview =1192241743

गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

Adres

Aleja Solidarności 93
Warsaw
00-140

Telefon

+48794711602

Strona internetowa

Powiadomienia

Bądź na bieżąco: wyślemy Ci e-mail, gdy NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड' opublikuje nowości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu, a subskrypcję możesz anulować w dowolnym momencie.

Kontakt: Organizacja

Wyślij wiadomość do NRNA Poland गैर आवाशीय नेपाली संघ पोल्याण्ड':

Skróty

Udostępnij