MONA Poland - Myagdi Overseas Nepalese Association

Wskazówki dojazdu

MONA Poland - Myagdi Overseas Nepalese Association Dane kontaktowe, mapa i wskazówki, formularz kontaktowy, godziny otwarcia, usługi, oceny, zdjęcia, filmy i ogłoszenia od MONA Poland - Myagdi Overseas Nepalese Association, Organizacja non profit, Warsaw.

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परि ज्यान गुमाएका नेपाली पर्वतारोहीहरू प्रर्ति भावपुर्ण श्रद्धाञ्ज...
01/08/2026

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परि ज्यान गुमाएका नेपाली पर्वतारोहीहरू प्रर्ति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौ ।

01/08/2026
निम्स दाइ आफ्नो अदम्य साहस, अटल दृढता र ऐतिहासिक उपलब्धिहरूमार्फत हजुरले नेपाली पर्वतारोहीप्रतिको विश्व दृष्टिकोण नै परि...
01/08/2026

निम्स दाइ आफ्नो अदम्य साहस, अटल दृढता र ऐतिहासिक उपलब्धिहरूमार्फत हजुरले नेपाली पर्वतारोहीप्रतिको विश्व दृष्टिकोण नै परिवर्तन गरिदिनुभयो। नेपालीहरू उत्कृष्ट आरोही मात्र होइन, विश्वस्तरीय नेतृत्वकर्ता, अग्रदूत र कीर्तिमानी व्यक्तित्व पनि हुन् भन्ने कुरा सम्पूर्ण संसारलाई प्रमाणित गर्नुभयो।
निम्स दाइ, तपाईंको आत्माले शान्ति पाओस्। तपाईंको साहस, दूरदृष्टि र नेपालप्रति गर्नुभएको अतुलनीय योगदान सधैं सम्मानका साथ स्मरण भएर रहनेछ । तपाईं सधैं हामी सबैको प्रेरणाको स्रोत भएर रहनुहुनेछ।

हार्दिक श्रद्धाञ्जली।

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️पाल्पा जिल्ला, कसेनी वडा नं. ७ घर भई हाल पोल्याण्डमा कार्यरत बम बहादुर रानाको अल्पायुमै भएको अ...
22/05/2026

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️

पाल्पा जिल्ला, कसेनी वडा नं. ७ घर भई हाल पोल्याण्डमा कार्यरत बम बहादुर रानाको अल्पायुमै भएको असामयिक निधनको खबरले हामी सम्पूर्ण नेपाली समुदाय अत्यन्त मर्माहत भएका छौं।

🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️

पाल्पा जिल्ला, कसेनी वडा नं. ७ घर भई हाल पोल्याण्डमा कार्यरत बम बहादुर रानाको अल्पायुमै भएको असामयिक निधनको खबरले हामी सम्पूर्ण नेपाली समुदाय अत्यन्त मर्माहत भएका छौं।

गैर आवशिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, पोल्यान्ड

Men’s Volleyball Tournament – Congratulations & Appreciationगैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित ३rd NRNA Sp...
06/05/2026

Men’s Volleyball Tournament – Congratulations & Appreciation

गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित ३rd NRNA Sports Day 2026 अन्तर्गत सम्पन्न पुरुष भलिबल प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं 🙏
🏆 विजेता (Winner):
- Syangja Volleyball Romania

🥈 प्रथम उपविजेता (1st Runner-Up):
- Nepal Volleyball Club Hamburg

🥉 दोस्रो उपविजेता (2nd Runner-Up):
-New Nepal Malta Volleyball Association

प्रतियोगितामा सहभागी सबै टिमहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक ऊर्जाको उच्च उदाहरण प्रस्तुत गर्नुभएको छ।

तपाईंहरूको सहभागिताले खेलकुदको विकास, नेपाली समुदायबीच एकता र अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई अझ मजबुत बनाएको छ ।

MONA Poland परिवार तर्फबाट विजेता तथा सबै सहभागी टिमहरूलाई हार्दिक बधाई तथा शुभकामना!

Women’s Volleyball – Congratulations & Appreciation गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day...
06/05/2026

Women’s Volleyball – Congratulations & Appreciation

गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day 2026 अन्तर्गत सम्पन्न महिला भलिबल प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं 🙏
🏆 विजेता (Winner):
- Nepal Magar Sangh Shakha Poland – Women’s Volleyball Team
🥈 उपविजेता (Runner-Up):
- BRC – Women’s Volleyball Team
यस प्रतियोगितामा केवल २ टिमहरूको सहभागिता भएतापनि दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र उत्साहको उच्च उदाहरण प्रस्तुत गर्नुभएको छ। 👏

💙 तपाईंहरूको सहभागिताले महिला खेलकुदको प्रवर्द्धन, सशक्तिकरण र समुदायबीच एकता लाई अझ मजबुत बनाएको छ।

🙏 MONA Poland परिवार तर्फबाट विजेता तथा उपविजेता दुवै टिमलाई हार्दिक बधाई तथा शुभकामना!

Let’s continue to promote women’s sports and empowerment together!

♟️ Chess Tournament – Congratulations & Appreciationगैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day...
06/05/2026

♟️ Chess Tournament – Congratulations & Appreciation

गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day 2026 अन्तर्गत सम्पन्न चेस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं 🙏

🏆 विजेता (Winner):
- Arpan Tamang
👏 उत्कृष्ट रणनीति, धैर्यता र खेलकौशल प्रदर्शन गर्दै विजेता बन्नु भएकोमा हार्दिक बधाई!
यस प्रतियोगिताले बौद्धिक खेलप्रति रुचि बढाउन, खेलाडीहरूको क्षमताको विकास गर्न र समुदायमा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न
महत्वपूर्ण योगदान पुर्‍याएको छ।

🙏 MONA Poland परिवार तर्फबाट विजेता तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना!

🎉 Let’s continue to promote mind spo
rts and excellence!

With MONA Australia - Myagdi Overseas Nepalese Association – I just got recognized as one of their top fans! 🎉
06/05/2026

With MONA Australia - Myagdi Overseas Nepalese Association – I just got recognized as one of their top fans! 🎉

🇵🇱 आज मे ३ — पोल्याण्डको संविधान दिवस 🇵🇱आजको दिन पोल्याण्डमा संविधान दिवस (Święto Konstytucji 3 Maja) मनाइन्छ। यो दिन सन...
03/05/2026

🇵🇱 आज मे ३ — पोल्याण्डको संविधान दिवस 🇵🇱

आजको दिन पोल्याण्डमा संविधान दिवस (Święto Konstytucji 3 Maja) मनाइन्छ। यो दिन सन् १७९१ मा जारी गरिएको पोल्याण्डको ऐतिहासिक संविधानको सम्झनामा मनाइने गरिन्छ।

यो संविधान विश्वकै दोस्रो आधुनिक लिखित संविधान मानिन्छ।
यसको अर्को ठूलो विशेषता भनेको यो युरोपको पहिलो आधुनिक संविधान हो।

यो ऐतिहासिक संविधान पोलयण्डका अन्तिम राजा स्टानिस्लाव द्वितीय अगस्टस, इग्नासी पोटोकी र ह्युगो कोलन्ताज जस्ता सुधारवादी नेताहरूको नेतृत्वमा तयार गरिएको थियो। उनीहरूले देशलाई आधुनिक र लोकतान्त्रिक बनाउने उद्देश्य राखेका थिए।

आजको दिन पोल्याण्डमापरेड, समारोह र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छयो दिन पोल्याण्डको इतिहास, स्वतन्त्रता र लोकतन्त्रप्रतिको सम्मानको प्रतीक हो।

Adres

Warsaw

Strona internetowa

Powiadomienia

Bądź na bieżąco: wyślemy Ci e-mail, gdy MONA Poland - Myagdi Overseas Nepalese Association opublikuje nowości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu, a subskrypcję możesz anulować w dowolnym momencie.

Skróty

Udostępnij