MONA Poland - Myagdi Overseas Nepalese Association

MONA Poland - Myagdi Overseas Nepalese Association Dane kontaktowe, mapa i wskazówki, formularz kontaktowy, godziny otwarcia, usługi, oceny, zdjęcia, filmy i ogłoszenia od MONA Poland - Myagdi Overseas Nepalese Association, Organizacja non profit, Warsaw.

Men’s Volleyball Tournament – Congratulations & Appreciationगैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित ३rd NRNA Sp...
06/05/2026

Men’s Volleyball Tournament – Congratulations & Appreciation

गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित ३rd NRNA Sports Day 2026 अन्तर्गत सम्पन्न पुरुष भलिबल प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं 🙏
🏆 विजेता (Winner):
- Syangja Volleyball Romania

🥈 प्रथम उपविजेता (1st Runner-Up):
- Nepal Volleyball Club Hamburg

🥉 दोस्रो उपविजेता (2nd Runner-Up):
-New Nepal Malta Volleyball Association

प्रतियोगितामा सहभागी सबै टिमहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक ऊर्जाको उच्च उदाहरण प्रस्तुत गर्नुभएको छ।

तपाईंहरूको सहभागिताले खेलकुदको विकास, नेपाली समुदायबीच एकता र अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई अझ मजबुत बनाएको छ ।

MONA Poland परिवार तर्फबाट विजेता तथा सबै सहभागी टिमहरूलाई हार्दिक बधाई तथा शुभकामना!

Women’s Volleyball – Congratulations & Appreciation गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day...
06/05/2026

Women’s Volleyball – Congratulations & Appreciation

गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day 2026 अन्तर्गत सम्पन्न महिला भलिबल प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं 🙏
🏆 विजेता (Winner):
- Nepal Magar Sangh Shakha Poland – Women’s Volleyball Team
🥈 उपविजेता (Runner-Up):
- BRC – Women’s Volleyball Team
यस प्रतियोगितामा केवल २ टिमहरूको सहभागिता भएतापनि दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र उत्साहको उच्च उदाहरण प्रस्तुत गर्नुभएको छ। 👏

💙 तपाईंहरूको सहभागिताले महिला खेलकुदको प्रवर्द्धन, सशक्तिकरण र समुदायबीच एकता लाई अझ मजबुत बनाएको छ।

🙏 MONA Poland परिवार तर्फबाट विजेता तथा उपविजेता दुवै टिमलाई हार्दिक बधाई तथा शुभकामना!

Let’s continue to promote women’s sports and empowerment together!

♟️ Chess Tournament – Congratulations & Appreciationगैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day...
06/05/2026

♟️ Chess Tournament – Congratulations & Appreciation

गैरआवासीय नेपाली संघ (NRNA Poland) द्वारा आयोजित 3rd NRNA Sports Day 2026 अन्तर्गत सम्पन्न चेस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई हार्दिक धन्यवाद तथा बधाई व्यक्त गर्दछौं 🙏

🏆 विजेता (Winner):
- Arpan Tamang
👏 उत्कृष्ट रणनीति, धैर्यता र खेलकौशल प्रदर्शन गर्दै विजेता बन्नु भएकोमा हार्दिक बधाई!
यस प्रतियोगिताले बौद्धिक खेलप्रति रुचि बढाउन, खेलाडीहरूको क्षमताको विकास गर्न र समुदायमा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न
महत्वपूर्ण योगदान पुर्‍याएको छ।

🙏 MONA Poland परिवार तर्फबाट विजेता तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना!

🎉 Let’s continue to promote mind spo
rts and excellence!

With MONA Australia - Myagdi Overseas Nepalese Association – I just got recognized as one of their top fans! 🎉
06/05/2026

With MONA Australia - Myagdi Overseas Nepalese Association – I just got recognized as one of their top fans! 🎉

🇵🇱 आज मे ३ — पोल्याण्डको संविधान दिवस 🇵🇱आजको दिन पोल्याण्डमा संविधान दिवस (Święto Konstytucji 3 Maja) मनाइन्छ। यो दिन सन...
03/05/2026

🇵🇱 आज मे ३ — पोल्याण्डको संविधान दिवस 🇵🇱

आजको दिन पोल्याण्डमा संविधान दिवस (Święto Konstytucji 3 Maja) मनाइन्छ। यो दिन सन् १७९१ मा जारी गरिएको पोल्याण्डको ऐतिहासिक संविधानको सम्झनामा मनाइने गरिन्छ।

यो संविधान विश्वकै दोस्रो आधुनिक लिखित संविधान मानिन्छ।
यसको अर्को ठूलो विशेषता भनेको यो युरोपको पहिलो आधुनिक संविधान हो।

यो ऐतिहासिक संविधान पोलयण्डका अन्तिम राजा स्टानिस्लाव द्वितीय अगस्टस, इग्नासी पोटोकी र ह्युगो कोलन्ताज जस्ता सुधारवादी नेताहरूको नेतृत्वमा तयार गरिएको थियो। उनीहरूले देशलाई आधुनिक र लोकतान्त्रिक बनाउने उद्देश्य राखेका थिए।

आजको दिन पोल्याण्डमापरेड, समारोह र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छयो दिन पोल्याण्डको इतिहास, स्वतन्त्रता र लोकतन्त्रप्रतिको सम्मानको प्रतीक हो।

" प्रर्थम ऐतिहासिक भेला २०८३ मोना-पोल्याण्ड " मा यहाँहरूको गरिमामय उपस्थिति का लागि  हार्दिक अनुरोध गर्दछौँ । म्याग्दी ज...
27/04/2026

" प्रर्थम ऐतिहासिक भेला २०८३ मोना-पोल्याण्ड " मा यहाँहरूको गरिमामय उपस्थिति का लागि हार्दिक अनुरोध गर्दछौँ ।

म्याग्दी जिल्लाबाट पोल्याण्डको विभिन्न क्षेत्रमा व्यापार, व्यवसाय, अध्ययन तथा रोजगारीको सिलसिलामा रहनुभएका सम्पूर्ण म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार 🙏 ।

पोल्याण्ड मा रहेका म्याग्देलीहरूका विचमा आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने,सहयोग र भाईचारको विकास सँगै भविष्यमा सहकार्यका सम्भावनाहरूलाई थप मजबुत बनाउनु का साथै म्याग्दी जिल्लाको कला,सस्कृति,भेषभुषा,सङ्गीत,म्याग्दी जिल्ला मा रहेका विश्वकै उत्कृष्ट पर्यटकिय स्थलहरूको विकास र प्रचार-प्रसार गरि पर्यटन प्रवर्द्धन गर्ने साथै ( मोना - पोल्याण्ड राष्ट्रिय समिति गठन गर्ने उद्देश्यले “प्रथम भेला २०८३ मोना-पोल्याण्ड आयोजना गरिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौँ। यस भेलाले म्याग्देली समुदायबीच आपसी चिनजान, सहयोग र एकताको भावना अझ बलियो बनाउने विश्वास लिएका छौँ। त्यसैले आफ्नो समय मिलाएर अनिवार्य रूपमा सहभागिता जनाई कार्यक्रमलाई सफल पारिदिनुहुन अनुरोध गर्दछौँ।
अन्त्यमा, यहाँहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा राख्दै पुनः हार्दिक निमन्त्रणा व्यक्त गर्दछौँ।
धन्यवाद।

📅 मिति: ०२,मे ,२०२६
📍 स्थान: वार्सा, पोल्याण्ड:- 579203659/579229189/ 579113477,

भवदीय
पोल्याण्ड मा रहेका म्याग्देली दिदिवहिनी दाजुभाईहरू ।

26/04/2026

FINAL🤙FINAL🤙FINAL 🤙 MONA VS MYAGDI KALI players to be watch RABIN CHAND VS BIJAY THAPA

पोल्याण्डमा रहेका म्याग्देलीहरूलाई जोड्ने प्रयास 🙏पोल्याण्डमा रहेका म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्द...
25/04/2026

पोल्याण्डमा रहेका म्याग्देलीहरूलाई जोड्ने प्रयास 🙏

पोल्याण्डमा रहेका म्याग्देली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै “Mona Poland” गठन गर्ने उद्देश्यले यो सुचना जारी गरिएको हो।

यदि तपाईं म्याग्दी जिल्लाबाट,व्यापार,ब्यावसाय,अध्यन,रोजगारीको शिलसिलाम पोल्याण्ड को विभिन्न शहरमा हुनुहुन्छ भने कृपया हामीसँग जोडिनु हुन यसै पेजमार्फत जानकारी गराउदछौ ।

👉 कमेन्ट गर्नुहोस् वा म्यासेज गर्नुहोस्
👉 अन्य म्याग्देली साथीहरूलाई पनि जानकारी गराउनुहोस्

एकता र सहकार्यका लागि हामी सबै एक हौं 🤝
धन्यवाद 🙏

Adres

Warsaw

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy MONA Poland - Myagdi Overseas Nepalese Association umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Udostępnij