Hami Nepali Global Poland

Wskazówki dojazdu Strona internetowa

Hami Nepali Global Poland Hami Nepali Global” is a non-political, non-ethnic, and non-religious organization for Nepali people

🙏 दोस्रो राहत वितरण कार्यक्रम नुवाकोटमा सम्पन्न 🙏विपद्को कठिन घडीमा प्रभावित परिवारहरूको साथमा उभिने हाम्रो मानवीय अभिया...
20/09/2026

🙏 दोस्रो राहत वितरण कार्यक्रम नुवाकोटमा सम्पन्न 🙏

विपद्को कठिन घडीमा प्रभावित परिवारहरूको साथमा उभिने हाम्रो मानवीय अभियानअन्तर्गत Hami Nepali Global को पहलमा तथा Hami Nepali Global Poland को सहकार्यमा नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गे तथा त्रिशूली बजार क्षेत्रमा ६३ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ।

यो Flash Flood प्रभावित क्षेत्रमा गरिएको हाम्रो दोस्रो राहत सहयोग कार्यक्रम हो। Hami Nepali Global Poland का Counsellor तथा Board of Trustee राम कुमार श्रेष्ठज्यूको पहल तथा सम्पूर्ण Hami Nepali Global Poland टिमको सहकार्य र समन्वयमा यो राहत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

राहत वितरणस्थलमै पुगेर कार्यक्रम सफल बनाउन प्रत्यक्ष रूपमा खटिनुभएका Deni Sherpa, Sonam Sherpa, Sanju Tamang, Sesh Bahadur Tamang, कुल बहादुर खड्की, महेश ढंगोल, Dev Gurung, राधा शाह, गणेश खड्का, सक्षम शाही, Lakpa Sherpa, Phuri Sherpa, राम लाल तामाङ, Nilamu Sherpa, देविक्ष्य गुरुङ, Tulasi Paudyal लगायत सम्पूर्ण स्वयंसेवक तथा सहयोगी साथीहरूलाई हार्दिक धन्यवाद तथा आभार। 🙏

साथै, Hami Nepali Global का संस्थापक अध्यक्ष अमृत लामा ज्यू लगायत सम्पूर्ण सहयोगी मनहरूप्रति विशेष आभार व्यक्त गर्दछौं।

विपद् प्रभावित परिवारहरूको साथमा हाम्रो मानवीय सहयोग अभियान निरन्तर अगाडि बढिरहनेछ। ❤️🙏

पीडामा साथ, विपद्मा हातेमालो।
🇳🇵 Hami Nepali Global Poland 🇵🇱

🇳🇵 रसुवा आकस्मिक बाढी राहत अभियान 🇳🇵Hami Nepali Global को पहलमा विभिन्न व्यक्ति, संस्था तथा दाताहरूबाट संकलित सहयोग रसुव...
15/09/2026

🇳🇵 रसुवा आकस्मिक बाढी राहत अभियान 🇳🇵

Hami Nepali Global को पहलमा विभिन्न व्यक्ति, संस्था तथा दाताहरूबाट संकलित सहयोग रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारहरूसम्म सफलतापूर्वक पुर्‍याई वितरण गरिएको छ।

यस मानवीय अभियानलाई प्रभावित क्षेत्रसम्म पुर्‍याउन Hami Nepali Global Japan Chapter का प्रतिनिधि डेनी शेर्पाज्यू तथा Hami Nepali Global Poland का उपाध्यक्ष सुमन कुमार राईज्यू लगायत सम्पूर्ण टोलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

कठिन यात्रा र विभिन्न चुनौतीका बाबजुद दुई दिनको यात्रा गरेर प्रभावित क्षेत्रसम्म पुग्दै राहत वितरण कार्य सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्पूर्ण टोलीप्रति हार्दिक सम्मान तथा धन्यवाद। 🙏

विशेष आभार Hami Nepali Global का केन्द्रीय अध्यक्ष अमृत लामाज्यू र Hami Nepali Global Poland का Consular राम कुमार श्रेष्ठज्यू प्रति। उहाँहरूको नेतृत्व, समन्वय, प्रेरणा र सहकार्यले यस राहत अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

साथै, यस अभियानमा प्रत्यक्ष रूपमा खटिनुहुने सम्पूर्ण सहयोगी व्यक्तित्वहरू तथा आर्थिक र अन्य माध्यमबाट साथ दिनुहुने दाता, संघ–संस्था र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। भिडियोमा उल्लेखित सम्पूर्ण व्यक्तिहरूप्रति पनि विशेष धन्यवाद। ❤️🙏

विशेष रूपमा Hami Nepali Global Poland को तर्फबाट सक्रिय सहभागिता जनाउँदै प्रभावित क्षेत्रसम्म पुगेर राहत वितरणमा प्रत्यक्ष प्रतिनिधित्व गर्नुभएका उपाध्यक्ष सुमन कुमार राईज्यूप्रति हार्दिक धन्यवाद।

यो अभियान यहीँ समाप्त हुँदैन। आवश्यकता जहाँ छ, हाम्रो साथ त्यहाँसम्म पुग्नेछ। 🇳🇵❤️

आगामी दिनहरूमा पनि आवश्यकताको पहिचान गर्दै अन्य प्रभावित क्षेत्रहरूमा पुगेर सहयोग गर्ने हाम्रो योजना निरन्तर अघि बढ्नेछ।

एकता, सहकार्य र मानवताको भावनासहित — हामी नेपाली ग्लोबल।

🇳🇵 Hami Nepali Global Poland

09/09/2026

🇳🇵 बाढीपीडितका लागि पहिलो चरणको सहयोग अभियान 🇳🇵

गत २६ अगस्ट २०२६ मा रसुवामा गएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। यस दुःखद विपत्तिमा धेरैले आफ्ना प्रियजन गुमाएका छन्, धेरै परिवारले घर, सम्पत्ति तथा जीवनयापनका आधारभूत सामग्रीहरू गुमाएर अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन्। 🙏

पीडित परिवारहरूको दुःख र तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै हामी नेपाली ग्लोबल पोल्यान्ड, हामी नेपाली ग्लोबल यूएसए र हामी नेपाली ग्लोबल जर्मनीको संयुक्त समन्वयमा राहत तथा सहयोग अभियान अघि बढाइएको छ।

यस अभियानअन्तर्गत हामी नेपाली ग्लोबल पोल्यान्डका उपाध्यक्ष सुमन कुमार राईज्यू सहित हामी नेपाली ग्लोबलको टोलीले भोलि रसुवाका बाढीपीडित परिवारहरूका लागि पहिलो चरणको राहत तथा सहयोग सामग्री लिएर रसुवा प्रस्थान गर्दैछ।

** हामीले राहत तथा सहयोगको सुरुवात रसुवाबाट गरेका छौँ र आगामी दिनहरूमा आवश्यकताअनुसार **अन्य प्रभावित क्षेत्रहरूमा समेत सहयोग पुर्‍याउने प्रयास जारी राख्नेछौँ।

📸 हामीले पीडित परिवारहरूका लागि लिएर जाँदै गरेका सहयोग सामग्रीहरूको फोटो तथा भिडियो यस पोस्टसँगै सार्वजनिक गरेका छौँ। राहत वितरण तथा आगामी सहयोगका गतिविधिहरूबारे हामी निरन्तर अपडेटहरू दिइरहनेछौँ।

यस कठिन र पीडादायी घडीमा आफ्ना प्रियजन गुमाउनुभएका परिवारहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घर–सम्पत्ति गुमाएर कठिन परिस्थितिमा रहनुभएका सम्पूर्ण बाढीपीडित परिवारप्रति हाम्रो ऐक्यबद्धता र साथ रहेको छ। ❤️🇳🇵

दुःखमा नेपाली एक हुन्छौँ।
पीडितको आँसु पुछ्न सकेको सहयोग नै साँचो मानवीयता हो।

हामी नेपाली ग्लोबल — जहाँ नेपाली, त्यहाँ हाम्रो साथ। 🇳🇵🤝🇳🇵

हार्दिक बधाई तथा शुभकामना 🎉🇳🇵🇵🇱हामी नेपाली ग्लोबल पोल्याण्डको तर्फबाट श्री भविन्द्र गाहा मगरज्यू नेपाल चेम्बर अफ कमर्सको...
09/09/2026

हार्दिक बधाई तथा शुभकामना 🎉🇳🇵🇵🇱

हामी नेपाली ग्लोबल पोल्याण्डको तर्फबाट श्री भविन्द्र गाहा मगरज्यू नेपाल चेम्बर अफ कमर्सको पोल्याण्डका लागि प्रतिनिधि पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

नेपाल र पोल्याण्डबीचको व्यापारिक, आर्थिक तथा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्न यहाँको अनुभव, नेतृत्व र सक्रिय भूमिकाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

यस गरिमामय जिम्मेवारीमा यहाँको सफल, सार्थक र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनमा अझ उच्च सफलता हासिल गर्दै नेपाल–पोल्याण्ड सम्बन्ध र नेपाली समुदायको हितमा निरन्तर योगदान पुर्‍याउनुहोस् भन्ने शुभेच्छा।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌹
हामी नेपाली ग्लोबल पोल्याण्ड 🇳🇵🇵🇱

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕊️
07/09/2026

हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🕊️

🇳🇵 नेपालका बाढी तथा पहिरो पीडितहरूको सहयोगका लागि आपतकालीन अभियान 🙏नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण धेरै परि...
28/08/2026

🇳🇵 नेपालका बाढी तथा पहिरो पीडितहरूको सहयोगका लागि आपतकालीन अभियान 🙏

नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण धेरै परिवारले आफ्नो घर, सम्पत्ति र आधारभूत आवश्यकता गुमाएका छन्। यस कठिन समयमा पीडित परिवारहरूलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन हामीले आपतकालीन सहयोग अभियान सुरु गरेका छौँ।

🙏 तपाईंको सानो सहयोगले विपत्तिमा परेका नेपाली परिवारहरूलाई ठूलो राहत पुग्न सक्छ।

👉 सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्:
🔗 https://zrzutka.pl/6km9n8

कृपया यो पोस्ट share गरेर अभियानलाई धेरैभन्दा धेरै मानिससम्म पुर्‍याउन सहयोग गर्नुहोस्।

🇳🇵 Together for Nepal. Together for Humanity. 🤝❤️

PILNY APEL O POMOC HUMANITARNĄ DLA NEPALUKatastrofalne powodzie i osuwiska zniszczyły społeczności w NepaluNepal zmaga się z tragiczną klęską żywiołową. Silne powodzie i osuwiska w ciągu zaledwie kilku chwil zniszczyły domy, drogi, mosty i całe społeczności. Rodziny bezsilnie obserwo...

🇳🇵 RASUWA FLOOD RELIEF CAMPAIGN 🇳🇵रसुवा बाढीपीडितका लागि राहत तथा सहयोग अभियानरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ट...
27/08/2026

🇳🇵 RASUWA FLOOD RELIEF CAMPAIGN 🇳🇵

रसुवा बाढीपीडितका लागि राहत तथा सहयोग अभियान

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिले हामी नेपाली ग्लोबल पोल्याण्ड परिवारलाई गहिरो दुःख एवं पीडाबोध भएको छ।

यस दुःखद घडीमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

विपद्मा परेका नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि पोल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ–संस्था तथा नेपाली समुदाय एकजुट भएर सहयोग गर्नु आजको आवश्यकता हो।

यसै भावनाका साथ हामी नेपाली ग्लोबल पोल्याण्डले आफ्नै तर्फबाट PLN 2,000 सहयोग राखी राहत अभियानको सुरुवात गरेको छ। यस मानवीय अभियानमा जोडिन इच्छुक सम्पूर्ण सहयोगी मनहरूलाई आफ्नो सक्दो सहयोग गरिदिन हार्दिक अपिल गर्दछौँ।

🤝 सहयोगका लागि बैंक विवरण

Title: RASUWA FLOOD RELIEF CAMPAIGN
Account Name: HAMI NEPALI GLOBAL POLAND
Bank: ERSTE BANK POLSKA
Account Number: 98 1090 1854 0000 0001 5040 3371

🙏 दुःखमा साथ, विपद्मा सहयोग — हामी सबैको साझा जिम्मेवारी।

हामी नेपाली ग्लोबल पोल्याण्ड
🇳🇵❤️🇵🇱

📸 यो त केवल एउटा झलक मात्र हो...! 🇳🇵✨नेपाल फेस्टिभल २०२६ का अविस्मरणीय क्षणहरूमध्ये यो एउटा सुन्दर पल। अझ धेरै रमाइला तस...
26/07/2026

📸 यो त केवल एउटा झलक मात्र हो...! 🇳🇵✨

नेपाल फेस्टिभल २०२६ का अविस्मरणीय क्षणहरूमध्ये यो एउटा सुन्दर पल। अझ धेरै रमाइला तस्बिरहरू, यादगार क्षणहरू र विशेष झलकहरू क्रमशः सार्वजनिक गर्दै जानेछौँ।
हामीसँगै रहनुहोस्, किनकि अझ धेरै आउँदैछ...! ❤️

21/07/2026

Adres

Akacjowa 3, Gądki
Poznan
62-023

Strona internetowa

Powiadomienia

Bądź na bieżąco: wyślemy Ci e-mail, gdy Hami Nepali Global Poland opublikuje nowości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu, a subskrypcję możesz anulować w dowolnym momencie.

Skróty

Udostępnij