Nepal Magar Sangh नेपाल मगर संघ शाखा पोल्याण्ड

Nepal Magar Sangh नेपाल मगर संघ शाखा पोल्याण्ड "पट्ट मगरको काट छानिङ!लहो ढुट धर्म र संस्कृतिके माम्याकिङ"!!

03/06/2026
02/06/2026

⚽️⚽️अत्यन्त जरुरी सूचना !!!⚽️⚽️📢📢📢📢

📢 विषय: "प्रथम शहिद लखन थापा मगर स्मृती कप २०२६" को मिति परिवर्तन सम्वन्धी अत्यन्तै जरूरी सूचना!!

आदरणीय पोल्याण्ड तथा युरोपका विभिन्न देशहरूमा बसोबास गर्नुहुने खेलप्रेमी महानुभावहरू, संघ-संस्थाका प्रतिनिधि, तथा दाजुभाइ तथा दिदीबहिनीहरू,

नमस्कार🙏🙏🙏
नेपाल मगर संघ शाखा पोल्याण्डको गौरवमय आयोजनामा हुन गइरहेको "प्रथम शहिद LAKHAN THAPA MAGAR MEMORIAL CUP 2026" (७-ए साइड खुल्ला फुटबल प्रतियोगिता) को तयारी तीव्र रूपमा भइरहेको जानकारी गराउँदछौँ।

⚠️ विशेष कारणवश खेलको मिति परिवर्तन गरिएको छ! ⚠️
यसअघि आगामी १५ अगस्ट २०२६ का लागि तय गरिएको उक्त प्रतियोगिता विविध प्राविधिक तथा व्यवस्थापकीय कारणवश निर्धारित मिति भन्दा एक हप्ता अगाडि सञ्चालन गर्नुपर्ने भएको छ। आयोजक कमिटीको बैठकको निर्णय बमोजिम अब यो प्रतियोगिता पोल्याण्डको राजधानी वारसा (WARSAW) मा निम्न मितिमा सञ्चालन हुनेछ:

📅 खेल तालिका तथा स्थान (TOURNAMENT DETAILS):

🚩 नयाँ निर्धारित मिति: ८ अगस्ट २०२६, शनिबार (SATURDAY, 8 AUGUST 2026)
📍 खेल स्थान (VENUE): वारसा, पोल्याण्ड (WARSAW, POLAND)
⚽ खेलको स्वरूप (FORMAT): ७-ए साइड खुल्ला फुटबल प्रतियोगिता (7-A SIDE OPEN)

यसभन्दा अगाडि जारी गरिएको सूचनाका कारण यहाँहरूमा पर्न गएको असुविधाप्रति आयोजक समिति हृदयदेखि नै क्षमाप्रार्थी छ।

📢प्रतियोगिताको बाँकी पूर्ण सूचना तथा विस्तृत विवरणहरू (जस्तै: खेल मैदानको निश्चित ठेगाना, टिम दर्ता शुल्क, पुरस्कार राशि तथा खेलका नियमहरू) छिट्टै नै सार्वजनिक गरिनेछ।

📌 आगामी आधिकारिक सूचना, खेल तालिका र नयाँ अपडेटहरूको लागि नेपाल मगर संघ शाखा पोल्याण्डको आधिकारिक फेसबुक पेजलाई फलो गर्दै प्रतिक्षामा रहनुहोला।

मिति परिवर्तन भए तापनि खेलको गरिमा र उत्साहमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै, पोल्याण्ड तथा युरोपका विभिन्न देशहरूबाट सहभागी हुन चाहनुहुने सम्पूर्ण फुटबल टिम तथा खेलप्रेमीहरूलाई सदाझैँ भव्य उपस्थिति र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ।

"खेलकुदको माध्यमबाट एकता र पहिचान, शहिद लखन थापा मगरको सम्मान"

आयोजक:
🔥 खेलकुद व्यवस्थापन समिति 🔥
नेपाल मगर संघ, शाखा पोल्याण्ड

हार्दिक अपिळ📢📢📢📢📢
30/05/2026

हार्दिक अपिळ📢📢📢📢📢

पोल्याण्ड, नेपाली संगीत क्षेत्रकै प्रतिष्ठित र समावेशी मञ्च 'नवौं राष्ट्रिय इन्क्लुसिभ म्यूजिक अवार्ड (निम अवार....

🙏🙏खुर्पेटो 🙏🙏खुर्पेटो मगर समुदायको केवल एउटा प्रतीक मात्रै होइन, यो हाम्रो अस्तित्वको गर्जन हो। पुर्खाहरूको रगत र पसिनाल...
29/05/2026

🙏🙏खुर्पेटो 🙏🙏

खुर्पेटो मगर समुदायको केवल एउटा प्रतीक मात्रै होइन, यो हाम्रो अस्तित्वको गर्जन हो। पुर्खाहरूको रगत र पसिनाले लेखिएको गौरवशाली इतिहास हो। यसले संघर्षको कथा बोल्छ, साहसको विरासत बोकेको छ र आत्मसम्मानको पहरेदार बनेर पुस्तौँदेखि हाम्रो पहिचान जोगाइरहेको छ। समयले धेरै कुरा बदल्यो, तर खुर्पेटोले बोकेको संस्कृति, स्वाभिमान र मौलिकताको शक्ति आज पनि उत्तिकै जीवित छ। यो केवल हातमा समातिने वस्तु होइन, मगर समुदायको आत्मा, वीरता, माटोप्रतिको प्रेम र आफ्नो पहिचानमाथिको अटल गर्वको अमिट प्रतीक हो। खुर्पेटो झुक्नु भनेको इतिहास झुक्नु हो, र यसको सम्मान गर्नु भनेको पुर्खाको बलिदान, संस्कृति र अस्तित्वप्रति श्रद्धा व्यक्त गर्नु हो। ❤️

🎉हार्दिक बधाई तथा शुभकामना💐💐 🙏नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशबाट निर्वाचित केंद्रीय पदाधिकारीहरु ज्यूहरु र सदस्...
25/05/2026

🎉हार्दिक बधाई तथा शुभकामना💐💐

🙏नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशबाट निर्वाचित केंद्रीय पदाधिकारीहरु ज्यूहरु र सदस्य ज्युहरुमा नेपाल मगर संघ शाखा पोल्याण्डको तर्फ बाट हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं।💐

अध्यक्ष्य:- श्री रक्षा ब० रैका मगर
बरिष्ठ उपाध्यक्ष्य:- श्री टेक नामजाली मगर रैक
उपाध्यक्ष्य:- (खुल्ला) श्री कविराज राज मगर
उपाध्यक्ष्य:- (खुल्ला) श्री तेज बहादुर आले
उपाध्यक्ष:- (महिला) श्री सीता राना मगर
उपाध्यक्ष्य:- (सांस्कृतिक) श्री दीपसागर मगर
उपाध्यक्ष्य:- (मगर ढूट) श्री हर्क आले मगर
उपाध्यक्ष्य:- (मगर खाम) श्री जीबन प्रवेश मगर
उपाध्यक्ष्य:- (मगर काइके) श्री भीम रोकाय मगर

महासचिव:- श्री होम राज खपाँगी मगर

उपमहासचिव:- (महिला) श्री मंजु थापा मगर
उपमहासचिव: श्री शिद्धान्त जर्गा मगर
उपमहासचिव:- श्री खगेन्द्र पून मगर
उपमहासचिव: श्री हिरू सरा राना मगर
सचिव:- श्री बिष्णु बहादुर राना
साचिब: श्री झबीन्द्र पुन मगर
साचिब:- श्री तारा माया थापा

कोषाध्यक्ष:- श्री पूर्ण राना मगर
सह-कोषाध्यक्ष:- श्री गायत्री मगर

लेखा संयोजक:- श्री योबन कुमार राना मगर
निर्वाचन समिति संयोजक:- श्री तेज बहादुर घर्ती मगर

खुल्ला सदस्य:- श्री जुनु पून मगर
खुल्ला सदस्य: श्री गिरमान गाहा मगर
खुल्ला सदस्य:- श्री रमेश पुन मगर
खुल्ला सदस्य:- श्री इन्द्र बहादुर सारू मगर
खुल्ला सदस्य:- श्री रमेश थापा मगर
खुल्ला सदस्य:- श्री महेश राना मगर
खुल्ला सदस्य:- श्री तारा राईका मगर
खुल्ला सदस्य:- श्री लक्ष्मी मगर

🔥⚽ मैदान तयार छ, ट्रफी तयार छन्,अब इतिहास बनाउने पालो टिमहरूको 🇳🇵🏆“लखन थापा मगर स्मृति मैत्रीपूर्ण फुटबल कप २०२६”फुटबल, ...
23/05/2026

🔥⚽ मैदान तयार छ, ट्रफी तयार छन्,
अब इतिहास बनाउने पालो टिमहरूको 🇳🇵🏆

“लखन थापा मगर स्मृति मैत्रीपूर्ण फुटबल कप २०२६”
फुटबल, एकता, संस्कृति र नेपाली पहिचानको विशेष उत्सव ❤️

यो प्रतियोगिता केवल खेल मात्र होइन,
विदेशी भूमिमा नेपाली समुदायलाई जोड्ने एउटा साझा भावना हो 🌍🇳🇵

📍 पोल्याण्ड
📅 ८ अगस्ट २०२६

अब भन्नुहोस्,
अर्को खेलका लागि को तयार छ? 👀🔥

“खेल भावना, एकता र जितको लागि!”

नेपाल को राष्ट्रिय खेल भलिवल को ९ औं स्थापना दिवस को सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
22/05/2026

नेपाल को राष्ट्रिय खेल भलिवल को ९ औं स्थापना दिवस को सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Adres

Poland �
Łódź
92-402

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy Nepal Magar Sangh नेपाल मगर संघ शाखा पोल्याण्ड umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Udostępnij