24/09/2026
शुक्लाफाँटा नगरपालिकाको जनहितमा जारी सन्देश
नेपाल सरकारको मौसम विभागका अनुसार यही ८ गतेदेखि १२ गतेसम्म अत्यधिक वर्षा हुने सम्भावना रहेको हुँदा सम्पूर्ण नगरवासीमा विशेष सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौँ।
बाटो, पुल, नाली, चोक–चौराहा तथा सार्वजनिक स्थानहरूमा पानीको निकासमा अवरोध हुने गरी गिट्टी, बालुवा, माटो तथा अन्य सामग्रीहरू नराख्नुहुन अनुरोध छ।
साथै, पानीको सहज निकासका लागि आवश्यक सहयोग गरिदिनुहुन सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
शुक्लाफाँटा नगरपालिका
जनहितमा जारी