Non political youth organization

Non political youth organization we are here for solution
" forever for all"
# let us know @ what is your problem
# we will try to provide our best solution

10/09/2025

जब जब अन्यले सिमा नाघ्छ तब तब वीर बलभद्र र भ भक्ति थापाका सन्तान बिद्रोह मा उतृन्छन
#भ्रष्टाचारविरुद्ध

10/09/2025

गत केही दिनयता देशले देखेको जनविद्रोह साधारण आन्दोलन मात्र थिएन, यो त पुस्तौँले सोचेको न्याय र समानताको लागि उठेको ऐतिहासिक स्वर थियो। युवा पुस्ताले देखाएको साहस, गरेको बलिदान, र दिएको योगदानको मूल्यांकन हामीले उच्चतम स्तरमा गर्नुपर्छ।

गलतलाई गलत भनी एउटै स्वरमा उठ्नु, अत्याचारविरुद्ध अडिनु र जीवनको आहुति दिनुपरे पनि सत्य र न्यायको पक्षमा उभिनु—यही हो यस आन्दोलनको आत्मा। यसलाई हामीले क्षणिक भावनामा सीमित नगरी, दीर्घकालसम्म टिकाइराख्न सक्नुपर्छ।

देशको राजनीति केवल व्यक्तिगत ज्ञान वा भाषणमा मात्र टिक्दैन। सफल नेतृत्वका लागि राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय सम्बन्ध, भूगोल,राजनीति अर्थतन्त्र, समाज र बिकाश का सबै आयाम हरुको गहिरो अध्ययन र समझ आवश्यक हुन्छ। युद्धको मोर्चा सम्हाल्नु र राष्ट्रको भविष्य निर्माण गर्नु फरक कुरा हो। त्यसैले केवल मोर्चामा देखिएको साहसका आधारमा मात्र नेतृत्व लिनु पर्याप्त हुँदैन; बरु योग्य, ईमानदार र दृष्टिवान नेतृत्त्वलाई अगाडि सार्नु आजको आवश्यकता हो।

आन्दोलन Gen Z को नेतृत्वमा सुरु भए पनि यसमा देशभरका नागरिकले साथ दिएका थिए। मुद्दा र समस्या एउटै थिए—भ्रष्टाचार र अन्यायको अन्त्य। अब, यो सफलतालाई दीर्घकालीन रूप दिन हामीले नयाँ विकल्प र विचारहरूलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्छ। आन्दोलनको एजेन्डा सीमित थियो, तर अब नेतृत्वले असिमित चुनौतीहरू—आर्थिक संकट, बेरोजगारी, समानता, सुशासन, र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयहरू सम्बोधन गर्नुपर्नेछ।

यसैले, अबको यात्रामा आत्मसंयम, सहकार्य र आपसी हैतेमालो अनिवार्य छ। परिवर्तनलाई संस्थागत गर्नु हाम्रो साझा जिम्मेवारी हो। युवाको बलिदानलाई सम्मान गर्ने तरिका भनेकै देशलाई स्थिर, न्यायपूर्ण र समुन्नत बाटोतर्फ अघि बढाउनु हो।

05/09/2025

ब्रोइलर कुखुराको #मासु खाँदा तपाईं र तपाईंका बच्चाले भविष्यमा सामान्य रोगको पनि उपचार नपाउने खतरा बोकेका छन्।
एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोगले AMR (Antimicrobial Resistance) बढ्दै गएको छ – जसले सामान्य रोगमा पनिऔषधिले असर गर्न छोड्छ। #स्वास्थ्यजागरण #सस्तोमासुकोखतरा #एन्टिबायोटिकसंकट
#जनचेतना #सुरक्षितखाना

editing

Address

Butuan City

Alerts

Be the first to know and let us send you an email when Non political youth organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share