Non Resident Nepali Social Club Oman

Non Resident Nepali Social Club Oman NRNA OMAN "For Nepali By Nepali"

प्रेस विज्ञप्ति: अन्तर–नेपाली टेबल टेनिस प्रतियोगिता २०२६ सम्पन्नमस्कट, ओमान | २३ अगस्ट २०२६गैरआवासीय नेपाली सोसल क्लब, ...
23/08/2026

प्रेस विज्ञप्ति: अन्तर–नेपाली टेबल टेनिस प्रतियोगिता २०२६ सम्पन्न

मस्कट, ओमान | २३ अगस्ट २०२६

गैरआवासीय नेपाली सोसल क्लब, ओमान (Non-Resident Nepali Social Club – NRNSC) को आयोजनामा गत शुक्रबार, २१ अगस्ट २०२६, मस्कटस्थित TT Academy मा अन्तर–नेपाली टेबल टेनिस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली समुदायबीच खेलकुदको विकास, आपसी भाइचारा तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा मस्कटमा रहेका २८ जना नेपाली खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्री गौतम श्रेष्ठ ले च्याम्पियनको उपाधि हात पार्न सफल हुनुभयो भने श्री विक्रम मिश्र उपविजेता बन्नुभयो।

विजेता तथा उपविजेता दुवैलाई नगद पुरस्कार, Lulu Exchange द्वारा प्रायोजित आकर्षक गिफ्ट ह्याम्पर, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो। पुरस्कार वितरण क्लबका अध्यक्ष श्री सुरेश खड्का तथा क्लबका पूर्व अध्यक्ष एवं हालका NRN Middle East DRC श्री विकल झाले संयुक्त रूपमा गर्नुभएको थियो।

यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा क्लबका युवा तथा खेलकुद संयोजक श्री सुरज चित्रकार प्रति गैरआवासीय नेपाली सोसल क्लब हार्दिक आभार तथा विशेष धन्यवाद व्यक्त गर्दछ। उहाँको उत्कृष्ट पहल, सक्रिय समन्वय र निरन्तर मेहनतका कारण प्रतियोगिता सफल मात्र नभई नेपाली खेलप्रेमी समुदायका लागि एक भव्य र स्मरणीय खेलकुद कार्यक्रमका रूपमा स्थापित भएको छ।

साथै, प्रतियोगितालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, हौसला र साथ दिनुहुने सम्पूर्ण नेपाली समुदाय, सहभागी खेलाडीहरू, प्रायोजक, स्वयंसेवक तथा सहयोगी सबैप्रति गैरआवासीय नेपाली सामाजिक क्लब हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

यस्ता खेलकुद गतिविधिले नेपाली समुदायबीचको एकता, मित्रता, स्वस्थ प्रतिस्पर्धा र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास क्लबले लिएको छ।

गैरआवासीय नेपाली सोसल क्लब, ओमान
एकता • सहभागिता • सामाजिक सद्भाव • खेलकुद विकास

नमस्कार सबैमा,भोलि हुन लागेको टेबल टेनिस प्रतियोगिताको सहभागिताका लागि नाम दर्ता गर्ने आज दिउँसो ३:०० बजेसम्म अन्तिम समय...
20/08/2026

नमस्कार सबैमा,

भोलि हुन लागेको टेबल टेनिस प्रतियोगिताको सहभागिताका लागि नाम दर्ता गर्ने आज दिउँसो ३:०० बजेसम्म अन्तिम समय रहेको जानकारी गराउन चाहन्छौँ।

यदि कोही इच्छुक साथीहरू नाम दर्ता गर्न छुट्नुभएको छ भने कृपया तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

सम्पर्क:
📞 सुरज चित्रकार – 99082676

नेपाली समुदायबीच आपसी मित्रता, एकता र भाइचारा अझ मजबुत बनाउने उद्देश्यले आयोजना हुन गइरहेको टेबल टेनिस प्रतियोगितामा सहभागी बनौँ, खेलौँ, रमाऔँ र एकअर्कासँगको सम्बन्ध अझ प्रगाढ बनाऔँ।

यो केवल खेल जित्ने प्रतियोगिता मात्र होइन, भेटघाट, मनोरञ्जन र नेपाली समुदायबीचको आत्मीयता बढाउने एउटा सुन्दर अवसर पनि हो।

मिति: २१ अगस्ट २०२६, शुक्रबार
समय: बिहान १०:०० बजेदेखि
स्थान: TT Academy Hall, Al Khuwair, Oman

खेलमा सहभागी हुन तथा थप जानकारी/नाम दर्ताका लागि सम्पर्क गर्नुहोस्:
📞 Suraj Chitrakar: 99082676
📞 Gopal Kunwar: 94194877
📞 Basu Dev Gurung: 92402392

आउनुहोस्, खेलसँगै मित्रता, रमाइलो र नेपाली समुदायको एकता मनाऔँ!

More than the game, it’s the bond among us! 🏓🤝🇳🇵

सबैमा नमस्कार,आउँदो शुक्रबार आयोजना हुन लागेको टेबल टेनिस 🏓 प्रतियोगिताको नाम दर्ता तथा संकलनको अन्तिम चरणमा हामी पुगेका...
17/08/2026

सबैमा नमस्कार,

आउँदो शुक्रबार आयोजना हुन लागेको टेबल टेनिस 🏓 प्रतियोगिताको नाम दर्ता तथा संकलनको अन्तिम चरणमा हामी पुगेका छौँ।

त्यसैले इच्छुक सम्पूर्ण साथीहरूलाई ढिला नगरी छिटोभन्दा छिटो आफ्नो नाम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, खेलसँगै आपसी भेटघाट, मित्रता र नेपाली समुदायबीचको एकता अझ बलियो बनाऔँ।

सम्पर्क:
सुरज चित्रकार
📞 99082676

नेपाली समुदायबीच आपसी मित्रता, एकता र भाइचारा अझ मजबुत बनाउने उद्देश्यले आयोजना हुन गइरहेको टेबल टेनिस प्रतियोगितामा सहभागी बनौँ, खेलौँ, रमाऔँ र एकअर्कासँगको सम्बन्ध अझ प्रगाढ बनाऔँ।

यो केवल खेल जित्ने प्रतियोगिता मात्र होइन, भेटघाट, मनोरञ्जन र नेपाली समुदायबीचको आत्मीयता बढाउने एउटा सुन्दर अवसर पनि हो।

मिति: २१ अगस्ट २०२६, शुक्रबार
समय: बिहान १०:०० बजेदेखि
स्थान: TT Academy Hall, Al Khuwair, Oman

खेलमा सहभागी हुन तथा थप जानकारी/नाम दर्ताका लागि सम्पर्क गर्नुहोस्:
📞 Suraj Chitrakar: 99082676
📞 Gopal Kunwar: 94194877
📞 Basu Dev Gurung: 92402392

आउनुहोस्, खेलसँगै मित्रता, रमाइलो र नेपाली समुदायको एकता मनाऔँ!

More than the game, it’s the bond among us! 🏓🤝🇳🇵

नेपाली समुदायबीच आपसी मित्रता, एकता र भाइचारा अझ मजबुत बनाउने उद्देश्यले आयोजना हुन गइरहेको टेबल टेनिस प्रतियोगितामा सहभ...
10/08/2026

नेपाली समुदायबीच आपसी मित्रता, एकता र भाइचारा अझ मजबुत बनाउने उद्देश्यले आयोजना हुन गइरहेको टेबल टेनिस प्रतियोगितामा सहभागी बनौँ, खेलौँ, रमाऔँ र एकअर्कासँगको सम्बन्ध अझ प्रगाढ बनाऔँ।

यो केवल खेल जित्ने प्रतियोगिता मात्र होइन, भेटघाट, मनोरञ्जन र नेपाली समुदायबीचको आत्मीयता बढाउने एउटा सुन्दर अवसर पनि हो।

मिति: २१ अगस्ट २०२६, शुक्रबार
समय: बिहान १०:०० बजेदेखि
स्थान: TT Academy Hall, Al Khuwair, Oman

खेलमा सहभागी हुन तथा थप जानकारी/नाम दर्ताका लागि सम्पर्क गर्नुहोस्:
📞 Suraj Chitrakar: 99082676
📞 Gopal Kunwar: 94194877
📞 Basu Dev Gurung: 92402392

आउनुहोस्, खेलसँगै मित्रता, रमाइलो र नेपाली समुदायको एकता मनाऔँ!

More than the game, it’s the bond among us! 🏓🤝🇳🇵

 #प्रेस_विज्ञप्ति ऐतिहासिक समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न नेपाली उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार र नेपाल–ओ...
09/08/2026

#प्रेस_विज्ञप्ति

ऐतिहासिक समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न

नेपाली उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार र नेपाल–ओमानबीच व्यापारिक सम्बन्ध सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदम।

गैरआवासीय नेपाली सोसल क्लब, ओमान (NRNSC) र Federation of Export Entrepreneurs Nepal (FEEN) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन, निर्यात विस्तार तथा व्यावसायिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले ऐतिहासिक समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।

गत शुक्रबार आयोजित विशेष समारोहमा सम्पन्न यस समझदारीले नेपाली मौलिक तथा स्वदेशी उत्पादनहरूलाई ओमानको बजारमा प्रवर्द्धन गर्ने, नेपालबाट ओमानतर्फ हुने निर्यातका सम्भावनाहरू विस्तार गर्ने तथा नेपाली उद्यमी र व्यवसायीहरूका लागि नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने आधार तयार गरेको छ।

यस महत्वपूर्ण अवसरमा गैरआवासीय नेपाली सोसल क्लब, ओमान परिवार, नेपाली दूतावास ओमानका प्रतिनिधिहरू, नेपालबाट विशेष रूपमा ओमान भ्रमणमा आउनुभएका FEEN का उद्योगी तथा व्यवसायीहरूको टोली, ओमानमा रहनुभएका नेपाली व्यवसायी तथा उद्यमीहरू एवं नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समझदारी केवल दुई संस्थाबीचको सहकार्य मात्र नभई नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने, नेपाली उद्यमशीलतालाई प्रोत्साहन गर्ने र नेपाल–ओमानबीच आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने साझा प्रयासको महत्वपूर्ण सुरुवात हो।

NRNSC, ओमान नेपाली उत्पादनको पहिचान, प्रवर्द्धन र निर्यात विस्तारका लागि उद्योगी, व्यवसायी, सम्बन्धित निकाय तथा सम्पूर्ण नेपाली समुदायसँग सहकार्य गर्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछ।

एकता र सहकार्यमार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय विस्तार।
समृद्धिको साझा यात्रामा एक कदम अगाडि।

गैरआवासीय नेपाली सोसल क्लब, ओमान

नमस्कार सबैमा,पूर्वनिर्धारित कार्यक्रमको समय परिवर्तन भएको जानकारी गराउन चाहन्छौं।पहिले दिउँसो १:०० बजे तय गरिएको कार्यक...
07/08/2026

नमस्कार सबैमा,

पूर्वनिर्धारित कार्यक्रमको समय परिवर्तन भएको जानकारी गराउन चाहन्छौं।

पहिले दिउँसो १:०० बजे तय गरिएको कार्यक्रम अब दिउँसो ३:०० बजे सञ्चालन हुनेछ।

यस समय परिवर्तनका कारण यहाँहरूलाई पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौं। यहाँहरूको निरन्तर सहयोग, समझदारी र उपस्थितिका लागि धन्यवाद।

सुरेश खड्का
अध्यक्ष
गैर आवासीय नेपाली सोसल क्लब, ओमान

नेपाल–ओमानबीच व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको प्रवर्द्धन तथा निर्यातका नयाँ सम्भावनाहरूको खोजी गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली सोसल क्लब, ओमन (NRNSC) र Federation of Export Entrepreneurs Nepal (FEEN) बीच समझदारी पत्र (MOU) हस्ताक्षर समारोह तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली समुदाय, व्यवसायी, उद्यमी तथा नेपाली उत्पादनको प्रवर्द्धनमा रुचि राख्ने सबै महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

🗓️ मिति: ०७ अगस्ट २०२६ (शुक्रबार)
🕐 समय: दिउँसो १:०० बजेदेखि
📍 स्थान: The FARM HOUSE near RAMEEZ Al Seeb

आउनुहोस्, नेपालका उत्पादनलाई ओमानी बजारसम्म पुर्‍याउने साझा अभियानमा सहभागी बनौं र नेपाल–ओमान व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन हातेमालो गरौं।

कार्यक्रम व्यवस्थापनलाई सहज बनाउन कृपया आफ्नो उपस्थितिको पुष्टि गरी तल उल्लेखित नम्बरमा सम्पर्क गरेर आफ्नो नाम दर्ता गराइदिनुहुन अनुरोध छ।

सम्पर्क:
राजेश महर्जन – 95043572 (Call & WhatsApp)

धन्यवाद।
गैर आवासीय नेपाली सोसल क्लब, ओमन (NRNSC Oman)

नेपाल–ओमानबीच व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको प्रवर्द्धन तथा निर्यातका नयाँ सम्भावनाहरूको खोजी गर्ने उद्देश्...
05/08/2026

नेपाल–ओमानबीच व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको प्रवर्द्धन तथा निर्यातका नयाँ सम्भावनाहरूको खोजी गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली सोसल क्लब, ओमन (NRNSC) र Federation of Export Entrepreneurs Nepal (FEEN) बीच समझदारी पत्र (MOU) हस्ताक्षर समारोह तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली समुदाय, व्यवसायी, उद्यमी तथा नेपाली उत्पादनको प्रवर्द्धनमा रुचि राख्ने सबै महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

🗓️ मिति: ०७ अगस्ट २०२६ (शुक्रबार)
🕐 समय: दिउँसो १:०० बजेदेखि
📍 स्थान: The FARM HOUSE near RAMEEZ Al Seeb

आउनुहोस्, नेपालका उत्पादनलाई ओमानी बजारसम्म पुर्‍याउने साझा अभियानमा सहभागी बनौं र नेपाल–ओमान व्यापारिक सहकार्यलाई अझ सुदृढ बनाउन हातेमालो गरौं।

कार्यक्रम व्यवस्थापनलाई सहज बनाउन कृपया आफ्नो उपस्थितिको पुष्टि गरी तल उल्लेखित नम्बरमा सम्पर्क गरेर आफ्नो नाम दर्ता गराइदिनुहुन अनुरोध छ।

सम्पर्क:
राजेश महर्जन – 95043572 (Call & WhatsApp)

धन्यवाद।
गैर आवासीय नेपाली सोसल क्लब, ओमन (NRNSC Oman)

03/08/2026

#हार्दिक_निमन्त्रणा

गैर आवासीय नेपाली सोसल क्लब, ओमनको समन्वयमा नेपालबाट आउनुभएका Federation of Export Entrepreneurs Nepal (FEEN) का प्रतिनिधिहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

यस कार्यक्रममा नेपाल–ओमान व्यापार प्रवर्द्धन, नेपालका स्थानीय उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार विस्तार, तथा नेपाली उत्पादनलाई ओमानी बजारमा कसरी प्रभावकारी रूपमा प्रवेश गराउन सकिन्छ भन्ने विषयमा प्रतिनिधिहरूले आफ्ना अनुभव, योजना र सम्भावनाबारे जानकारी गराउनुहुनेछ। साथै, ओमानमा बसोबास गर्ने नेपाली समुदायका तर्फबाट पनि रचनात्मक सुझाव तथा अनुभव आदानप्रदान गरिनेछ।

यदि तपाईं व्यवसायी, उद्यमी, आयात–निर्यातमा रुचि राख्ने व्यक्ति वा नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न इच्छुक हुनुहुन्छ भने, यो कार्यक्रम तपाईंका लागि उत्कृष्ट अवसर हुनेछ।

आउनुहोस्, भेटौं, छलफल गरौं र नेपाली उत्पादनलाई ओमानी बजारमा स्थापित गर्ने साझा अभियानमा सहभागी बनौं।

कार्यक्रम विवरण:
मिति: ०७ अगस्ट २०२६ (शुक्रबार)
समय: दिउँसो १:०० बजे
स्थान: TBA

उपस्थितिको लागि अनुरोध:
कार्यक्रम व्यवस्थापनलाई सहज बनाउन कृपया आफ्नो उपस्थितिको पुष्टि गरी तल उल्लेखित नम्बरमा सम्पर्क गरेर आफ्नो नाम दर्ता गराइदिनुहुन अनुरोध छ।

सम्पर्क:
राजेश महर्जन – 95043572 (Call & WhatsApp)

धन्यवाद।
गैर आवासीय नेपाली सोसल क्लब, ओमन

 It is with profound sadness that we learn of the untimely passing of Nadhira Al Harthy, the first Omani woman to summit...
01/08/2026

It is with profound sadness that we learn of the untimely passing of Nadhira Al Harthy, the first Omani woman to summit Mount Everest and a remarkable personality who shared a special bond with the Nepalese community in Oman.

Her courage, humility, and unwavering spirit inspired countless people across borders. She will always be remembered not only for her historic achievement but also for the warmth, kindness, and friendship she extended to our community.

On behalf of the Non-Resident Nepali Social Club, Oman, we extend our deepest condolences to her family, loved ones, and the people of the Sultanate of Oman during this difficult time.

May Almighty Allah grant her eternal peace and give strength to her family to bear this irreparable loss. Her legacy will continue to inspire generations to come.

Rest in Peace, Nadhira Al Harthy.

प्रेस विज्ञप्तिगैरआवासीय नेपाली सोसल क्लब, ओमानका अध्यक्ष श्री सुरेश खड्काज्यूले नेपाल संघीय संसद प्रतिनिधिसभाका सम्मानन...
26/07/2026

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली सोसल क्लब, ओमानका अध्यक्ष श्री सुरेश खड्काज्यूले नेपाल संघीय संसद प्रतिनिधिसभाका सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूसँग शिष्टाचार भेट गरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका विभिन्न समस्या, चुनौती तथा तिनको दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गर्दै एक ज्ञापनपत्र (Memorandum) हस्तान्तरण गर्नुभएको छ।

उक्त ज्ञापनपत्रमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको श्रम अधिकारको संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी, श्रमिक कल्याण, दूतावास सेवाको प्रभावकारीता, उद्धार तथा पुनर्स्थापना, कानुनी सहायता, श्रम सम्झौताहरूको प्रभावकारी कार्यान्वयन, साथै वैदेशिक रोजगारीसँग सम्बन्धित नीतिगत सुधारका विषयहरू समेटिएका छन्।

भेटका क्रममा सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले ज्ञापनपत्रमा उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै उक्त ज्ञापनपत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमा समेत आवश्यक पहलका लागि छुट्टाछुट्टै रूपमा दियिएको र उअहले त्यसमा पहल गर्न्नु हुने जानकारी दिनुभएको छ।

गैरआवासीय नेपाली सोसल क्लब, ओमानले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा र सम्मानको सुनिश्चितताका लागि निरन्तर आवाज उठाउँदै आएको छ। यस ज्ञापनपत्रमार्फत श्रमिकहरूले भोगिरहेका वास्तविक समस्याहरू नेपाल सरकारका सम्बन्धित निकायसम्म संस्थागत रूपमा पुर्‍याइएको विश्वास क्लबले लिएको छ।

क्लबले सम्माननीय सभामुख श्री डोलप्रसाद अर्यालज्यूले नेपाली श्रमिकहरूको मुद्दालाई प्राथमिकताका साथ ग्रहण गर्दै सम्बन्धित मन्त्रालयहरूमा आवश्यक पहलका लागि समन्वय गरिदिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हक, हित र अधिकारका पक्षमा नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग निरन्तर सहकार्य र संवादलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता क्लब व्यक्त गर्दछ।

गैरआवासीय नेपाली सोसल क्लब, ओमान

Address

Muscat

Alerts

Be the first to know and let us send you an email when Non Resident Nepali Social Club Oman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share