01/09/2026
आहिलेसम्म यहाँस्थित नेपाली समुदायबाट प्राप्त भइरहेको उत्साहजनक साथ र सहयोगप्रति हामी हृदयदेखि नै आभारी छौँ। यस मानवीय अभियानमा आफ्नो अमूल्य योगदान दिनुहुने सम्पूर्ण मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद।
तर हाम्रो जिम्मेवारी अझै पूरा भएको छैन। देश विपद्मा परेको यस कठिन घडीमा हामीले सकेसम्म धेरै सहयोग जुटाउन आवश्यक छ। त्यसैले आफूले सक्ने सहयोग गर्नुहोस्, आफ्नो परिवार, साथीभाइ तथा चिनजानका नेपालीहरूलाई पनि यस अभियानमा जोडिन प्रेरित गर्नुहोस्।
हामी सबै मिलेर अगाडि बढ्यौँ भने सानो–सानो सहयोगले पनि ठूलो राहतमा रूपान्तरण हुन सक्छ। अबको हाम्रो लक्ष्य केवल सहयोग गर्ने होइन, अझ धेरै नेपाली मनहरूलाई जोड्ने र पीडित परिवारको साथमा बलियो रूपमा उभिने हो।
आउनुहोस्, हातेमालो गरौँ।
सहयोग गरौँ, अरूलाई पनि सहयोगका लागि प्रेरित गरौँ।
विपद्मा परेका आफ्ना नेपाली दाजुभाइ–दिदीबहिनीका लागि आज हामी सबै एकजुट भएर उभिऔँ।
हाम्रो प्रयास जारी छ—तपाईंहरूको साथ र सहयोगको अपेक्षा गर्दछौँ।
🙏🙏🙏
हार्दिक अपिल 🙏
आदरणीय ओमानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
हालै नेपालका रसुवा, नुवाकोट, त्रिशूली, भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद अवस्था हामी सबैसामु छ। यस प्राकृतिक विपद्का कारण धेरै परिवार घरबारविहीन हुनुका साथै गम्भीर संकट र पीडामा परेका छन्।
यस दुःखद घडीमा Non-Resident Nepali Social Club, Oman ले प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि बाढीपीडित राहत कोष संकलन अभियान सञ्चालन गरेको छ।
ओमानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार सानो वा ठूलो रकम सहयोग गरी यस मानवीय अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ।
सहयोग जम्मा गर्ने माध्यम
A/C No.: 0331053066870018
Account Name: Non-Resident Nepali Social Club
Bank: Bank Muscat
वा
राहत कोष संयोजक:
श्री सेवन्त पुर्जा पुन
Mobile Banking: 91754079
तपाईंले गर्नुभएको सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो आशा र राहत बन्न सक्छ। तपाईंले गर्नुभएको सहयोग रकमको कपि (transaction slip) राख्नुहोला।
आउनुहोस्, विदेशमा रहेर पनि आफ्नो मातृभूमि र पीडामा रहेका नेपालीहरूको साथ बनौँ।
दुःखमा साथ दिऔँ, मानवीयताको हात बढाऔँ।
नेपाली जहाँ भए पनि, नेपाल र नेपालीप्रतिको माया सधैँ एउटै हुन्छ।
Non-Resident Nepali Social Club, Oman