NEPAL KIRAT SAMAJ OMAN

Call Directions Contact the organization

NEPAL KIRAT SAMAJ OMAN ओमानमा बसोवास गरिरहेका किराँती (राई, लिम्बु) हरुको समाज नेपाल किराँत समाज ओमान ।

🙏 नमस्कार सेवारो! 🙏हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐हिजो मिति २०२६/१०/१६ गते सम्पन्न तामाङ समाज ओमानको पाँचौँ ...
17/10/2026

🙏 नमस्कार सेवारो! 🙏

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐

हिजो मिति २०२६/१०/१६ गते सम्पन्न तामाङ समाज ओमानको पाँचौँ राष्ट्रिय अधिवेशन बाट पुनः अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका श्री पासाङ मोक्तान ज्यू लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यज्यू हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको अग्रिम शुभकामना व्यक्त गर्दछौँ।

यहाँहरूको नेतृत्वमा तामाङ समाज ओमानले अझ प्रगति गर्दै समाजको एकता, भाषा, धर्म, सस्कार,संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउन सफल होस् भन्ने हार्दिक कामना गर्दछौँ। 🙏

🙏 नेपाल किरात समाज ओमान परिवार 🙏

नमस्कार सेवा सेवारो🙏🇳🇵 नेपाली दिवस तथा संविधान दिवसका अवसरमा कार्यक्रम सम्पन्न 🇳🇵१९ सेप्टेम्बर २०२६ मा ओमानस्थित नेपाली ...
19/09/2026

नमस्कार सेवा सेवारो🙏
🇳🇵 नेपाली दिवस तथा संविधान दिवसका अवसरमा कार्यक्रम सम्पन्न 🇳🇵
१९ सेप्टेम्बर २०२६ मा ओमानस्थित नेपाली राजदूतावासमा नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना तथा सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि हरूको बाक्लो सहभागिता थियो भने किरात समाज बाट प्रमुख संरक्षक याम लिम्बू ( लुङ्गा ) बरिस्ठ सल्लाहकार गणेश राई सल्लाहकार जित र र सह कोश अध्यक्ष सोनि राई ज्यु को उपस्थित रहेको थियो।।
कार्यक्रममा रसुवा भोटेकोसी बाढीमा परी घाइते तथा बिरामी भएका हरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरू प्रति श्रद्धाञ्जली स्वरूप दीप प्रज्वलन समेत गरिएको थियो।
नेपाली दिवस २०८३ तथा संविधान दिवसका अवसरमा कार्यवाहक राजदूत श्री विशेष कुमार शाहले राजदूतावास परिसरमा राष्ट्रिय झण्डा फहराउनुभयो। सो अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो।
सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना।
धन्यवाद।
समस्त
नेपाल किरात समाज ओमन
परिवार

🇳🇵❤️ मानवीय सेवामा एक कदम — बाढीपहिरो पीडितका लागि हाम्रो साथ ❤️🇳🇵🙏 हार्दिक धन्यवाद तथा आभार 🙏नेपालका रसुवा, नुवाकोट, त्...
05/09/2026

🇳🇵❤️ मानवीय सेवामा एक कदम — बाढीपहिरो पीडितका लागि हाम्रो साथ ❤️🇳🇵
🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
नेपालका रसुवा, नुवाकोट, त्रिशूली, भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि नेपाल किरात समाज ओमनको पहलमा राहत कोष संकलन अभियान सञ्चालन गरिएको थियो।
उक्त अभियानमा आफ्नो अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति नेपाल किरात साज ओमन हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏❤️
💰 जम्मा राहत रकम: रु. २,०१,०००/-
(दुई लाख एक हजार रुपैयाँ)
उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। 🇳🇵🙏
🤝 सहयोगी महानुभावहरू
१. याम लिम्बु — 10 OMR
२. गणेश राई (हुर इन्टरनेसनल) — 201 OMR
३. तेज राई — 15 OMR
४. कुसलता राई + सुरज — 20 OMR
५. सोनी राई — 5 OMR
६. अमिसा लिम्बू — 5 OMR
७. जानकी चेम्जोङ — 10 OMR
८. सन्जिब चेम्जोङ — 5 OMR
९. रमिला चेम्जोङ — 5 OMR
१०. रमेस तुम्बाहाङ्फे — 5 OMR
११. सुनिता पन्धाक लिम्बू — 50 OMR
१२. निस्मा राई — 5 OMR
१३. बिन्दु राई — 5 OMR
१४. मदिना राई — 5 OMR
१५. खपन साम्पाङ राई — 5 OMR
१६. गिता लिम्बु — 9 OMR
१७. श्याम लिम्बू — 10 OMR
१८. अम्बर राई — 5 OMR
१९. रबिन नेम्बाङ — 5 OMR
२०. पारुहाङ राई — 5.5 OMR
२१. नरमाया राई — 3 OMR
२२. Kiso Kumar — 5 OMR 🇱🇰
२३. रजिता राई — 11 OMR
२४. चन्द्र थेगिम — 5 OMR
२५. सन्तोस राई — 5 OMR
२६. राम लिम्बू — 10 OMR
२७. पुजा लावती लिम्बू — 5 OMR
२८. बसन्ती राई — 2.5 OMR
२९. सर्मिला राई — 2.5 OMR
३०. जीत राई — 2 OMR
३१. जय कुमार लिम्बू — 5 OMR
३२. अल्बिना राई — 5.5 OMR
३३. माया वानेम लिम्बु — 3 OMR
३४. नेपाल किरात समाज ओमन — 101 OMR
३५. सुदिप केसी (हाम्दान मनी एक्सचेञ्ज) — 2.900 OMR (ट्रान्जेक्सन फी सहित)
🙏 सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।
तपाईंहरूको सहयोगले विपदमा परेका परिवारहरूमा राहत, आशा र हौसला पुग्ने विश्वास लिएका छौँ।
दुःखमा साथ दिऔँ, मानवीयताको हात बढाऔँ। 🤝❤️
एकता नै हाम्रो शक्ति, मानवता नै हाम्रो पहिचान।
जय किरात! ✊🇳🇵 समस्त
🇳🇵❤️ नेपाल किरात समाज ओमन ❤️🇳🇵परिवार
Non Resident Nepali Social Club Oman Kirat Samaj Oman Embassy of Nepal, Muscat,Oman Society Nepal Kirat FC Oman

नमस्कार सेवा सेवारो साथै हार्दिक अपिल 🙏आदरणीय ओमानवासी नेपाली किराती दाजुभाइ तथा दिदीबहिनीहरू,हालै नेपालका रसुवा, नुवाको...
27/08/2026

नमस्कार सेवा सेवारो साथै
हार्दिक अपिल 🙏
आदरणीय ओमानवासी नेपाली किराती दाजुभाइ तथा दिदीबहिनीहरू,
हालै नेपालका रसुवा, नुवाकोट, त्रिशूली, भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद अवस्था हामी सबैसामु छ। यस प्राकृतिक विपद्का कारण धेरै परिवार घरबारविहीन हुनुका साथै गम्भीर संकट र पीडामा परेका छन्।
यस दुःखद घडीमा नेपाल किरात समाज ओमनले प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि बाढीपीडित राहत कोष संकलन अभियान सञ्चालन गरेको छ।
ओमानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार सानो वा ठूलो रकम सहयोग गरी यस मानवीय अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ।
💰 सहयोग जम्मा गर्ने विवरण
A/C Name: Yam Kumar Limbu
A/C No.: 0307013703220012
राहत कोष संयोजक: श्री याम लिम्बु
Mobile Banking: 96618156
🙏 तपाईंको सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो आशा र राहत बन्न सक्छ।
सहयोग गरिसकेपछि कृपया Transaction Slip सुरक्षित राख्नुहोस्।
आउनुहोस्, विदेशमा रहेर पनि आफ्नो मातृभूमि र पीडामा रहेका नेपालीहरूको साथ बनौँ।
दुःखमा साथ दिऔँ, मानवीयताको हात बढाऔँ। ❤️
हामी किराती नेपाली जहाँ भए पनि,
नेपाल र नेपालीप्रतिको माया सधैँ एउटै। 🇳🇵❤️
नेपाल किरात समाज ओमन
एकता • सहयोग • मानवता

नेपाल किरात समाज ओमानको द्वैमासिक बैठक सम्पन्नसेवा सेवारो। 🙏मिति २१ अगस्ट २०२६, शुक्रबार मस्कट ओमन मा नेपाल किरात समाज ओ...
22/08/2026

नेपाल किरात समाज ओमानको द्वैमासिक बैठक सम्पन्न
सेवा सेवारो। 🙏
मिति २१ अगस्ट २०२६, शुक्रबार मस्कट ओमन मा नेपाल किरात समाज ओमानको द्वैमासिक बैठक अध्यक्ष श्री कुसलता राईज्यूको संयोजकत्वमा हिजो सम्पन्न भएको थियो। उक्त बैठकमा प्रवासी नेपालीहरूलाई परेको दुःख–आपत परेको खन्ड्मा सहयोग गर्ने तथा नेपालमा रहेका वृद्धाश्रम र दुर्गम क्षेत्रका विद्यालयहरूलाई सहयोग गर्ने लगायतका महत्वपूर्ण विषयमा निर्णय तथा छलफल पारित भएको छ। बैठकमा प्रमुख संरक्षक श्री याम लिम्बू, वरिष्ठ सल्लाहकार श्री गणेश राई, सल्लाहकार श्री तेज राई लगायत कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ब्याक्त गर्नु हुदै। 🙏
नेपाल किरात समाज ओमान सदाबहार एकता, सहकार्य र सामाजिक सेवामा सदैव अग्रसर रहनु पर्ने मा जोड दिनुहुदै 🤝
बैठक को समापन गरिएको थियो।
समस्त,,,
नेपाल किरात समाज ओमन
परिवार🙏

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनाआज सम्पन्न झापाली समाज ओमानको चौथो अधिवेशनबाट पुनः अध्यक्षजस्तो गरिमामय पदमा निर...
14/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
आज सम्पन्न झापाली समाज ओमानको चौथो अधिवेशनबाट पुनः अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका श्री पवन शाक्यज्यू लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको अग्रिम शुभकामना व्यक्त गर्दछौँ।
नवनिर्वाचित कार्यसमिति:
• अध्यक्ष: पवन शाक्य
• प्रथम उपाध्यक्ष: शेखर खतिवडा
• उपाध्यक्ष: मदन कटुवाल
• महासचिव: विनोद कार्की
• सचिव: होम नारायण राजवंशी
• कोषाध्यक्ष: सुमित ढकाल
• सह–कोषाध्यक्ष: शोभा देवी राई
• प्रवक्ता: अस्मिता आचार्य
• युवा तथा संस्कृति संयोजक: अनिल शाक्य
• महिला संयोजक: प्रिया सिटौला
• कार्यसमिति सदस्य: जीवन बुढाथोकी
• कार्यसमिति सदस्य: चन्दन एन.एस. लावती
• कार्यसमिति सदस्य: सागर राई
• कार्यसमिति सदस्य: रिचर्ड खड्का
• कार्यसमिति सदस्य: दल बहादुर राजवंशी
• कार्यसमिति सदस्य: श्रिजना योङहाङ
• कार्यसमिति सदस्य: बिगेन थापा
यहाँहरूको नेतृत्वमा झापाली समाज ओमान अझ सशक्त, एकताबद्ध र प्रभावकारी रूपमा अघि बढ्दै प्रवासी नेपाली समुदायको हितमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।
समस्त नेपाल किरात समाज ओमान परिवार 🇳🇵🇴🇲

सन्दर्भ: ३२औँ विश्व मुलवासी दिवस सबैमा शुभकामना🙏माटो हाम्रो जननी, धर्ती आमा। सस्कार र संस्कृति हाम्रो पहिचन  हो। अन्याय ...
09/08/2026

सन्दर्भ: ३२औँ विश्व मुलवासी दिवस सबैमा शुभकामना🙏
माटो हाम्रो जननी, धर्ती आमा। सस्कार र संस्कृति हाम्रो पहिचन हो। अन्याय र अत्याचारका विरुद्ध हामी कसैसँग झुक्दैनौँ, डराउँदैनौँ—किनकि हामी मुलवासी हौँ।
हामी आफ्नै मेहनत, पसिना र पौरखले बाँचिरहेका छौँ। गरिब, दुःखी, असहाय तथा उत्पीडित समुदायको हक, अधिकार र सम्मानका लागि सदैव बुलन्द आवाज उठाउँदै आएका छौँ र उठाइरहनेछौँ।
आज ३२औँ विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुलवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!
हाम्रो पहिचान, हाम्रो संस्कृति, हाम्रो सस्कार र अधिकार—हाम्रो गौरव।

जय मुलवासी! जय किरात ✊🏽
समस्त नेपाल किरात समाज ओमन
परिवार

अकल्पनीय र अत्यन्त दुःखद खबरप्रती हार्दिक श्रद्धाञ्जली !विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अ...
01/08/2026

अकल्पनीय र अत्यन्त दुःखद खबर
प्रती हार्दिक श्रद्धाञ्जली !
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी आरोहीहरूको दुःखद निधन भएको खबरले स्तब्ध र मर्माहत बनाएको छ।
हिमालको शिखर चुम्ने साहस बोकेर अघि बढेका ती सम्पूर्ण वीर आरोहीहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। उहाँहरूको साहस, समर्पण अनि योगदान सधैं स्मरणीय रहनेछ।
शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछ।
समस्त
नेपाल किरात समाज ओमन परिवार

🙏 बिदाइ तथा सम्मान 🙏ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्याल ज्यूको सफल चार वर्षे कार्यकालको सम्मान गर्दै उहाँप्र...
18/07/2026

🙏 बिदाइ तथा सम्मान 🙏
ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्याल ज्यूको सफल चार वर्षे कार्यकालको सम्मान गर्दै उहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
उहाँको आगामी जीवन सुस्वास्थ्य, सुख, सफलता र उत्तरोत्तर प्रगतिले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना।
नेपाल किरात समाज ओमान।
Non Resident Nepali Social Club Oman Kirat Samaj Oman Embassy of Nepal, Muscat,Oman Kirat FC Oman

शुभकामना 💐💝 सेवा सेवारो👏बिशेष गरि आज किराति हरु को महान चाड सिसेक्पा तङ्नाम एले सम्बत ५०८६ तथा साउने सक्रान्ती २०८३ साल ...
17/07/2026

शुभकामना 💐💝 सेवा सेवारो👏

बिशेष गरि आज किराति हरु को महान चाड सिसेक्पा तङ्नाम एले सम्बत ५०८६ तथा साउने सक्रान्ती २०८३ साल को उपलक्ष्यमा बिस्वभरी छरिएर रहनु भएका समस्त नेपालि दाजुभाइ दिदीबहिनी महानुभावहरुमा सुख, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

समस्त
नेपाल किरात समाज ओमन
नेपाल मगर संघ ओमान Tamu Samaj Oman Non Resident Nepali Social Club Oman Kirat Samaj Oman Kirat FC Oman Embassy of Nepal, Muscat,Oman
किराँत याक्थुङ चुम्लुङ, बहराइन किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरिया

Address

Muscat

Telephone

+96872775561

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL KIRAT SAMAJ OMAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NEPAL KIRAT SAMAJ OMAN:

Shortcuts

Share