11/10/2026
(मिति:२०८३/०६/२५)
भोटेकोशी लगायत बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बेलका नपा वडा न २ बेल्हा अवस्थित थारु जितिया विशेष ओटघन समिती द्वारा आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०,०५५/- (अक्षरेपी दस हजार पच्पन्न रुपैयाँ ) सहयोग प्रदान गरिएको छ। सहयोगी मनहरु प्रती हार्दिक नमन।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उहाँहरूको शीघ्र सामान्य जीवनमा फर्कने कामना गर्दछौँ। 🙏🙏🙏