30/06/2026
आज नेपाल पूर्व प्रहरी संगठन नगर कार्यसमिति चौदण्डीगढी बेल्टार उदयपुर बाट हामी पूर्व प्रहरीहरू आज सातौं दिनमा हाम्रो संगठनमा आबद्ध रहनुभएका आजीवन सदस्य पूर्व प्रहरी हवलदार हस्तबहादुर खुलाल को घरमा गई निज पूर्व प्रहरी हवल्दार को स्वर्गीय पिता रत्नबहादुर खुलाल खड्का प्रति एक मिनेट मौन धारणा सहित हार्दिक भावपूर्ण श्रद्धाञ्जली व्यक्त व्यक्त गर्दै परिवारजनमा पर्न गएको यस दुखद घडीमा धैर्य धारण गर्ने शक्ति ईश्वरबाट प्रदान होस् भनी समवेदना पत्र आफन्तलाई हस्तान्तरण गरियो।