Lions Club of Tulsipur Ishan

Call Directions Contact the organization

Lions Club of Tulsipur Ishan we serve

🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🪔बडा दशैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबह...
11/10/2026

🌺 घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🪔

बडा दशैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

🌸 जय माता दुर्गा! 🌸

लायन्स क्लब अफ तुलसीपुर ईशान 🦁

🎉 हार्दिक जन्मदिनको शुभकामना 🎂लायन्स क्लब अफ तुलसीपुर ईशानका निवर्तमान अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५N का...
25/09/2026

🎉 हार्दिक जन्मदिनको शुभकामना 🎂

लायन्स क्लब अफ तुलसीपुर ईशानका निवर्तमान अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५N का जोन चेयरपर्सन लायन सुनिल खनाल ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💐🎂

यस शुभ अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं निरन्तर सफलताको हार्दिक कामना गर्दछौँ। आगामी दिनहरूमा पनि उहाँको कुशल नेतृत्व, सक्रियता र सेवाभावले लायन्स अभियान तथा समाजसेवामा अझ उत्कृष्ट योगदान पुगिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ। 🙏

जन्मदिनको धेरै–धेरै शुभकामना लायन सुनिल खनाल ज्यू! 🎉🎂💐

— लायन्स क्लब अफ तुलसीपुर ईशान परिवार
We Serve 🦁💙💛

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉Lions Club of Tulsipur Ishan, Year 2026/27 का Board सल्लाहकार Lion Kishor Aryal ज्युलाई...
15/09/2026

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉

Lions Club of Tulsipur Ishan, Year 2026/27 का Board सल्लाहकार Lion Kishor Aryal ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। 💐

तपाईंको जीवनमा सधैं सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको साथ रहोस्। आगामी दिनहरू अझ उत्साह, ऊर्जा र सामाजिक सेवाका नयाँ उपलब्धिहरूले भरिपूर्ण बनून्।

Happy Birthday Lion Kishor Aryal Sir! 🎂🎈🦁
May you always Keep Shining & Keep Serving! 💙💛

🦁🎂💐

🌺🪔 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🪔🌺नारी शक्ति, प्रेम, समर्पण, पारिवारिक सुख–शान्ति र आपसी सद्भावको प्रतीकका रू...
14/09/2026

🌺🪔 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🪔🌺

नारी शक्ति, प्रेम, समर्पण, पारिवारिक सुख–शान्ति र आपसी सद्भावको प्रतीकका रूपमा मनाइने हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️🌿

यस पवित्र पर्वले हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावलाई अझ मजबुत बनाउँदै सबैको जीवनमा खुशी र उमंग ल्याओस्।

हरितालिका तीज–२०८३ को हार्दिक शुभकामना! 🌺🙏

Lions Club of Tulsipur Ishan
🦁 We Serve
🤝 Service • Friendship • Community

#नेपालीसंस्कृति #हरितालिकातीज #तीजकोशुभकामना

🕊️ स्व. ईशान सिंहको १३औँ वार्षिक पुण्यतिथिको स्मृतिमा भोजन सेवा कार्यक्रम 🙏स्व. ईशान सिंहको १३औँ वार्षिक पुण्यतिथिको स्म...
10/09/2026

🕊️ स्व. ईशान सिंहको १३औँ वार्षिक पुण्यतिथिको स्मृतिमा भोजन सेवा कार्यक्रम 🙏

स्व. ईशान सिंहको १३औँ वार्षिक पुण्यतिथिको स्मृतिमा लायन्स क्लब अफ तुलसीपुर ईशानको आयोजनामा तुलसीपुरस्थित मानवसेवा आश्रममा भोजन सेवा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष Lion केशव राज न्यौपानेज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा क्लबका अध्यक्ष दीपक के.सी., संस्थापक अध्यक्ष Lion बुद्धप्रकाश सिंह तथा मानवसेवा आश्रम दाङ शाखा संयोजक हृदेश जोशी ज्यूले आफ्नो मन्तव्य राख्दै मानवसेवा, सहयोग र सामाजिक उत्तरदायित्वको महत्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सञ्चालन क्लबका सह–सचिव मनीष भुसालज्यूले गर्नुभएको थियो।

मानव सेवाको भावनालाई आत्मसात् गर्दै, आवश्यकतामा रहेका व्यक्तिहरूका लागि सानो भए पनि सहयोग र आत्मीयता प्रदान गर्ने यो प्रयासले हामी सबैलाई सेवाको मार्गमा अझ अघि बढ्न प्रेरणा मिलोस्। 🙏❤️

“सेवा नै मानवताको सबैभन्दा सुन्दर परिचय हो।”

🦁 Lions Club of Tulsipur Ishan
Service with Compassion, Leadership with Legacy.

#भोजनसेवा #मानवसेवा #मानवसेवाआश्रम #तुलसीपुर #सेवानैधर्म

Lions Club of Tulsipur Ishan द्वारा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। ...
04/09/2026

Lions Club of Tulsipur Ishan द्वारा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। 🙏🦚

भगवान श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, प्रेम, स्वास्थ्य र समृद्धि छाओस्।

॥ जय श्रीकृष्ण ॥ 💙

जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना 🙏जनैपूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीब...
28/08/2026

जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना 🙏

जनैपूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस पवित्र पर्वले आपसी प्रेम, सद्भाव, विश्वास, एकता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछौं।

लायन्स क्लब अफ तुल्सीपुर ईशान
२०२६/२७
We Serve 🦁💙
जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना।

हालै आएको बाढीका कारण प्रभावित हुनुभएका सम्पूर्ण परिवारप्रति Lions Club of Tulsipur Ishan गहिरो दुःख व्यक्त गर्दछ। यस वि...
26/08/2026

हालै आएको बाढीका कारण प्रभावित हुनुभएका सम्पूर्ण परिवारप्रति Lions Club of Tulsipur Ishan गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्को घडीमा सबैलाई धैर्य, साहस र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौं।

सम्पूर्ण संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी मनहरूलाई आ-आफ्नो ठाउँबाट प्रभावित परिवारहरूको सहयोगमा हातेमालो गर्न समेत अनुरोध गर्दछौं। मानवताको यो कठिन परीक्षामा सबै मिलेर एकअर्काको साथ बनौं।

ईश्वरले सम्पूर्ण प्रभावित परिवारलाई यो पीडा सहने शक्ति प्रदान गरून्।

We Serve

लायन्स क्लब अफ तुलसीपुर ईशानका पदाधिकारी तथा सदस्यज्यूहरूले धनगढीमा सम्पन्न प्रथम डिस्ट्रिक्ट क्याबिनेट मिटिङमा सक्रिय स...
23/08/2026

लायन्स क्लब अफ तुलसीपुर ईशानका पदाधिकारी तथा सदस्यज्यूहरूले धनगढीमा सम्पन्न प्रथम डिस्ट्रिक्ट क्याबिनेट मिटिङमा सक्रिय सहभागिता जनाउनु भएको छ।

उक्त कार्यक्रममा लायन्सका विभिन्न गतिविधि, योजना तथा आगामी कार्यदिशाबारे महत्वपूर्ण छलफल तथा जानकारी आदानप्रदान गरिएको थियो। यस अवसरले क्लबलाई अझ प्रभावकारी रूपमा सेवा कार्यमा अग्रसर हुन प्रेरणा प्रदान गरेको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

🦁 We Serve 🦁

आज लायन्स क्लब अफ तुलसीपुर ईशानको टोली प्रथम डिस्ट्रिक्ट क्याबिनेट मिटिङमा सहभागी हुन धनगढीतर्फ प्रस्थान गर्ने क्रममा को...
22/08/2026

आज लायन्स क्लब अफ तुलसीपुर ईशानको टोली प्रथम डिस्ट्रिक्ट क्याबिनेट मिटिङमा सहभागी हुन धनगढीतर्फ प्रस्थान गर्ने क्रममा कोठियाघाटमा केही अविस्मरणीय क्षणहरू सँगै कैद गरियो।

सेवा, नेतृत्व र मित्रताको यात्रामा अगाडि बढ्दै हामी नयाँ ऊर्जा, अनुभव र सिकाइका साथ जिल्लास्तरीय कार्यक्रममा सहभागी हुन उत्साहित छौं।

प्रथम डिस्ट्रिक्ट क्याबिनेट मिटिङ सफल रहोस् भन्ने शुभकामनासहित सम्पूर्ण टोलीलाई सुरक्षित यात्राको कामना। 🦁💙

#

Address

Tulsipur

Telephone

+9779857828888

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Tulsipur Ishan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Tulsipur Ishan:

Shortcuts

Share