Creative disable self-help centre

Call Directions Website Contact the organization

Creative disable self-help centre welcome to our official page! We are spacially working for person with disability (PWD)! kindly request you to,
like us & keep updated with us!!!

हार्दिक श्रद्धाञ्जलीश्री सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको पहिलो ग्राहकका रूपमा रहनुभएका तथा सन् २०१० देखि निरन्तर स...
27/09/2026

हार्दिक श्रद्धाञ्जली

श्री सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको पहिलो ग्राहकका रूपमा रहनुभएका तथा सन् २०१० देखि निरन्तर सहयोग प्रदान गर्दै आउनुभएका स्वर्गीय डिग्बी होयल ज्यू ले अपाङ्गता भएका व्यक्तिहरूको आवास, शिक्षा तथा स्वरोजगारका क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ।

मिति २३ सेप्टेम्बर २०२६ मा उहाँको भएको दुःखद निधनको खबरले हामी सम्पूर्ण सिर्जनशील परिवार अत्यन्त मर्माहत र स्तब्ध भएका छौँ। उहाँले संस्थाप्रति देखाउनुभएको निरन्तर सद्भाव, सहयोग र अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि पुर्‍याउनुभएको योगदानप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। परमेश्वरले शोकाकुल परिवारलाई यस अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ।

भावपूर्ण श्रद्धाञ्जली। 🙏

🎂 जन्मदिन विशेष सहयोग तथा शुभकामना ❤️आफ्नो जन्मदिनको अवसरमा विदेशमा रहनुभएका श्री विशाल कार्की ज्यूले रु. १०,००० (दश हजा...
14/09/2026

🎂 जन्मदिन विशेष सहयोग तथा शुभकामना ❤️

आफ्नो जन्मदिनको अवसरमा विदेशमा रहनुभएका श्री विशाल कार्की ज्यूले रु. १०,००० (दश हजार रुपैयाँ) बराबरको एक छाक भोजनका लागि सहयोग गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏

आफू टाढा रहे पनि आफ्नो जन्मदिनलाई सेवामूलक र मानवीय कार्यसँग जोड्दै गर्नुभएको यो सहयोग अत्यन्तै प्रशंसनीय छ। उहाँका बुवाको उपस्थितिमा उक्त सहयोग प्राप्त भएकोमा अझ विशेष धन्यवाद व्यक्त गर्दछौँ।

श्री विशाल कार्की ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂
सुस्वास्थ्य, दीर्घायु, सफलता र समृद्धिको हार्दिक मंगलमय शुभकामना। ❤️🙏

तपाईंको खुसी, अरूको मुस्कान बन्न सकोस्। 🌸

मिति २०८३-०५-०५ जन्मदिनको हार्दिक शुभकामनासिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका आदरणीय अध्यक्षज्यू सन्दीप भट्टराईको जन्म...
21/08/2026

मिति २०८३-०५-०५
जन्मदिनको हार्दिक शुभकामना

सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका आदरणीय अध्यक्षज्यू सन्दीप भट्टराईको जन्मदिनको सुखद अवसरमा उहाँप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

उहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा निरन्तर सफलता र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौँ। समाजसेवा तथा संस्थाको विकास र उन्नतिमा उहाँको योगदान अझ प्रभावकारी र प्रेरणादायी बनिरहोस्।

जन्मदिनको हार्दिक शुभकामना ! 🎂💐🙏

मिति:२०८३-०५-०४जन्मदिनको शुभकामना तथा धन्यवादहाम्रो वडा नं. ७ का अध्यक्षज्यू प्रदीप खनालले आफ्नो जन्मदिनको शुभ अवसरमा हा...
21/08/2026

मिति:२०८३-०५-०४
जन्मदिनको शुभकामना तथा धन्यवाद

हाम्रो वडा नं. ७ का अध्यक्षज्यू प्रदीप खनालले आफ्नो जन्मदिनको शुभ अवसरमा हामीलाई खाजा खुवाउनुका साथै हामीसँगै बसेर केक काटी जन्मदिन मनाउनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

उहाँको यस आत्मीयता, सद्भाव र सहकार्यका लागि हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना अध्यक्षज्यू! 🎂🙏

आज मिति २०८३/०४/१२ का दिन रैनादेवी छहरा गाउँपालिका–७, पाल्पा निवासी केशव खड्का तथा मुना पौडेलका सुपुत्र मन्नित खड्काको ज...
28/07/2026

आज मिति २०८३/०४/१२ का दिन रैनादेवी छहरा गाउँपालिका–७, पाल्पा निवासी केशव खड्का तथा मुना पौडेलका सुपुत्र मन्नित खड्काको जन्मदिनको शुभ अवसरमा सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र लाई एक छाक भोजनको लागी रू ६,०००/- (अक्षेरूपी छ हजार रुपैयाँ मात्र) सहयोग प्रदान गर्नु भएकोमा उहाँ तथा उहाँको परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

यति सानो उमेरदेखि नै आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै, अपाङ्गता भएका व्यक्तिहरूलाई एक छाक भोजन उपलब्ध गराउने उत्कृष्ट योजना बनाउनु भएकोमा हामी उहाँप्रति विशेष आभार प्रकट गर्दछौं।

उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। उहाँ सधैं सकारात्मक मार्गमा अघि बढिरहनुहोस् र यस्ता समाजसेवी कार्यहरू निरन्तर रूपमा गर्दै जानुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

तानसेन निवासी सम्झना रायमाझी ज्यूले सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका लागि आफ्ना पितृहरूको स्मृतिमा आज बिहानको एक छा...
15/06/2026

तानसेन निवासी सम्झना रायमाझी ज्यूले सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका लागि आफ्ना पितृहरूको स्मृतिमा आज बिहानको एक छाक भोजनको व्यवस्था गर्नुभएकोमा उहाँप्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछौं। उहाँको यस सराहनीय तथा मानवीय सहयोगप्रति गहिरो कृतज्ञता प्रकट गर्दै उहाँ तथा उहाँको सम्पूर्ण परिवारको सुख, शान्ति, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

15/06/2026

यस संस्थाका अध्यक्ष श्री सन्दीप भट्टराई ज्यूले आफ्ना बुवाको नाममा सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका लागि आज दिनमा खाजा व्यवस्था गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दै उहाँ र उहाँको परिवारको सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिका लागि कामना गर्दछौं।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजाली ज्यूले आफ्ना पितृहरूको सम्झनामा हाम्रो सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र...
15/06/2026

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजाली ज्यूले आफ्ना पितृहरूको सम्झनामा हाम्रो सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका लागि एक छाक भोजनका लागि रु. ८,०००/- (अक्षरेपी आठ हजार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा केन्द्र परिवारको तर्फबाट कृतज्ञता ज्ञापन गर्दै उहाँप्रति यस कार्यको उच्च सम्मान सहित उहाँको परिवारमा निरन्तर प्रगति, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछौं।

आज मिति २०८३–०१–१९ गतेका दिन आफ्नो जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्झिएर एक छाक खाना लागि रु८,०००/- (अक्ष...
02/05/2026

आज मिति २०८३–०१–१९ गतेका दिन आफ्नो जन्मदिनको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्झिएर एक छाक खाना लागि रु८,०००/- (अक्षेरूपी आठ हजार मात्र) सहयोग गर्नु भएकोमा, अध्ययनको सिलसिलामा अमेरिकामा रहनु भएका आदित्य ढकाल ज्यूलाई सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
सधैं सकारात्मक सोच र सफलतातर्फ अघि बढिरहनुहोस् भन्ने कामना गर्दछौं।
शिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र परिवार साथै आगामी दिनहरूमा पनि यस्तै सहयोगको हातहरू अगाडि बढाउँदै जानुहोस् भन्ने अपेक्षा राख्दछौं।🎉

स्विट्जरल्यान्ड निवासी श्री एलेक्सज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।उहाँको जन्मदिनको  अवसरमा हाम्रो “ सि...
26/04/2026

स्विट्जरल्यान्ड निवासी श्री एलेक्सज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँको जन्मदिनको अवसरमा हाम्रो “ सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र” लाई एक छाक खानाको लागि रु१५,००० /-( अक्षरूपी पन्ध्र हजार मात्र) सहयोग प्रदान गर्नुभएकोमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं। उहाँको यस महान् र उदार कार्यले संस्थालाई थप प्रेरणा र हौसला प्रदान गरेको छ।
उहाँको जीवन सुख, स्वास्थ्य, समृद्धि तथा दीर्घायुले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौं।

Address

Tansen
32500

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857060818

Alerts

Be the first to know and let us send you an email when Creative disable self-help centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Creative disable self-help centre:

Shortcuts

Share