LC Ratnanagar Peace

Call Directions Contact the organization

LC Ratnanagar Peace We are non profit club, we serve to needy people, in disaster, social service program, develop the remote area and many more...

🩸बाढीपीडितहरूको सहयोगार्थ संयुक्त रक्तदान कार्यक्रम सम्पन्न🩸🩸१०३ युनिट रगत सङ्कलन🩸रत्ननगर, चितवन । विभिन्न सामाजिक एवं स...
04/09/2026

🩸बाढीपीडितहरूको सहयोगार्थ संयुक्त रक्तदान कार्यक्रम सम्पन्न🩸
🩸१०३ युनिट रगत सङ्कलन🩸

रत्ननगर, चितवन । विभिन्न सामाजिक एवं सेवामूलक संघसंस्थाहरूको संयुक्त आयोजनामा यही भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीले पीडित तथा उपचाररत घाइतेहरूका लागि आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८३ साल भाद्र १३ गते शनिबार, रत्ननगर नगरपालिका वडा नं. १ स्थित सौराहा चोकमा आयोजित उक्त रक्तदान कार्यक्रम लायन्स क्लब अफ रत्ननगर पिस, ब्लड डोनर्स सोसाइटी नेपाल, रत्ननगर, लायन्स क्लब अफ चितवन टाइगर्स, लियो क्लब अफ रत्ननगर पिस, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, पूर्वी चितवन बितरक संघ, भक्ति भजन नेपाल, हाम्रो दृष्टि तथा राम्रो दृष्टिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख श्री प्रह्लाद सापकोटाको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी, LCI डिस्ट्रिक्ट ३२५ आरका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर PMJF लायन दीपेन्द्र प्रसाद खतिवडा, रत्ननगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सोहेन्द्र राज खरेल, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक पौडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, लायन्स तथा लियो सदस्यहरू एवं सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष लायन ताराप्रसाद पौडेल, ब्लड डोनर्स सोसाइटी नेपाल रत्ननगर शाखाका अध्यक्ष शिव रेग्मी, लायन्स क्लब अफ चितवन टाइगर्सका अध्यक्ष लायन हरिबहादुर खवास तथा लियो क्लब अफ रत्ननगर पिसकी अध्यक्ष लियो शिक्षा खनाललगायत आयोजक संस्थाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी आयोजित उक्त रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै जम्मा १०३ युनिट रगत सङ्कलन गरिएको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा उपचाररत घाइतेहरूलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले आयोजित यस कार्यक्रमले “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने लायन्सको मूल भावना र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप सशक्त रूपमा उजागर गरेको छ। सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तिहरू प्रति हार्दिक आभार तथा धन्यवाद ।

लायन तारा प्रसाद पौडेल
अध्यक्ष (लायन्स क्लब अफ रत्ननगर पिस, लायन वर्ष २०२६ - २७)

जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरूलाई भोजन सेवा कार्यक्रम सम्पन्न🎁👍लायन्स क्लब अफ रत्ननगर पिस र लियो क्लब अफ रत्...
04/09/2026

जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरूलाई भोजन सेवा कार्यक्रम सम्पन्न🎁👍

लायन्स क्लब अफ रत्ननगर पिस र लियो क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा लायन्स क्लब अफ रत्ननगर पिसका सदस्य लायन बासुदेव न्यौपानेज्यूका सुपुत्र समीर न्यौपानेज्यूको जन्मदिनको पावन अवसरमा विशेष भोजन सेवा कार्यक्रम सम्पन्न भएको छ।
मिति २०८३ भदौ १९ गते, समीर न्यौपानेज्युको जनमा दिनको अवसर पारेर रत्ननगर नगरपालिका वडा नं. ५ मा अवस्थित झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि भोजन सेवा कार्यक्रम आयोजना गरिएको हो।
लायन्स क्लब अफ रत्ननगर पिसका अध्यक्ष लायन तारा प्रसाद पौडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष श्री बालकृष्ण चापागाईंज्यूको प्रमुख आतिथ्यता तथा LCI District 325 R का District Secretariat Advisor, MJF Lion नीरज श्रेष्ठज्यूको विशेष उपस्थिति रहेको थियो।
उक्त अवसरमा लायन बासुदेव न्यौपानेज्यूका सुपुत्र समीर न्यौपानेज्यूलाई उहाँको जन्मदिनको अवसरमा लायन्स क्लब अफ रत्ननगर पिस तथा समग्र लायन्स परिवारको तर्फबाट सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति र सफल भविष्यको हार्दिक शुभकामना व्यक्त गरिएको थियो।
समीर न्यौपानेज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना!

धन्यवाद।
लायन तारा प्रसाद पौडेल
अध्यक्ष
(लायन्स क्लब अफ रत्ननगर पिस
लायन वर्ष २०२६–२७)

🩸रक्तदान कार्यक्रम सम्पन्न🩸रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा यही भाद्र १० गते आएको आकस्मिक बाढीबाट प्रभावित तथा घाइतेहरू...
28/08/2026

🩸रक्तदान कार्यक्रम सम्पन्न🩸
रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा यही भाद्र १० गते आएको आकस्मिक बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले रत्ननगर क्षेत्रमा रहेका LCI, District 325 R, Cluster No. 2 अन्तरगत रहेका १८ वटा लायन्स क्लब तथा ५ वटा लियो क्लबहरूको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम यही २०८३ भाद्र १२ गते सफलतापूर्वक सम्पन्न भएको छ।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा LCI District 325 R का First Vice District Governor PMJF लायन दीपेन्द्र प्रसाद खतिवडाज्यूको प्रमुख आतिथ्यता, त्यसैगरी रत्नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष दीपक पौडेलज्यूको विशिष्ट आतिथ्यता, लायन्स अग्रज , उक्त खानेपानी संस्थाका पदाधिकारी लगायत लायन्स तथा लियो सदस्यहरू, सामाजिक व्यक्तित्वहरू एवं स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बाढीपीडित तथा उपचाररत घाइतेहरूलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यका साथ आयोजित यस मानवीय अभियानले “रक्तदान जीवनदान” भन्ने भावनालाई थप सार्थक बनाएको छ ।

🩸 रक्तदानको लागि रक्तदाताहरुलाई सादर निमन्त्रणा 🩸 २०८३ भाद्र १३ गते, सौराहाचोकमा ! बिहान ७:०० बजे देखि
28/08/2026

🩸 रक्तदानको लागि रक्तदाताहरुलाई सादर निमन्त्रणा 🩸 २०८३ भाद्र १३ गते, सौराहाचोकमा ! बिहान ७:०० बजे देखि

🪔Heartfelt Condolence 🪔We express our deepest grief and heartfelt condolences over the tragic loss of lives caused by th...
27/08/2026

🪔Heartfelt Condolence 🪔
We express our deepest grief and heartfelt condolences over the tragic loss of lives caused by the massive flooding of the Bhotekoshi River; especially in Rasuwa, Nuwakot, Dhading,... districts. The devastating disaster has claimed the lives of hundreds of people and caused widespread destruction of homes, infrastructure, and property.
At this deeply sorrowful moment, we extend our sincere sympathy to the bereaved families and pray for strength and courage for all those affected by this devastating tragedy. Our thoughts and prayers are with the victims, their families, and the entire community during this difficult time. Immediate Assistance is needed to the victims.
** The President l &
LC Ratnanagar Peace Family, Ratnanagar

ड्र्यागन फ्रुट तथा वृक्षरोपण कार्यक्रम सम्पन्न ।लायन्स क्लब अफ रत्ननगर पीस र लियो क्लब अफ रत्ननगर पीसको संयुक्त आयोजनामा...
20/08/2026

ड्र्यागन फ्रुट तथा वृक्षरोपण कार्यक्रम सम्पन्न ।
लायन्स क्लब अफ रत्ननगर पीस र लियो क्लब अफ रत्ननगर पीसको संयुक्त आयोजनामा मिति २०८३ भाद्र ३ गते रत्ननगर नगरपालिका–९ स्थित मोहना माध्यमिक विद्यालयमा ड्र्यागन फ्रुटसहित विभिन्न प्रजातिका बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको छ।
डिस्ट्रिक्ट ३२५ आरका डिस्ट्रिक्ट गभर्नर PMJF लायन प्रभाकर पण्डितज्यूको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ रत्ननगर पीसका अध्यक्ष लायन तारा प्रसाद पौडेलज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष अनन्तराज अधिकारीज्यू, डिस्ट्रिक्ट ३२५ आरका विभिन्न डिस्ट्रिक्ट लायन लिडरहरू, लायन्स तथा लियो क्लबका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्राचार्य, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी विद्यालयको वाल क्लब र ग्रीन क्लबको पनि सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संयोजन क्लबका पूर्व अध्यक्ष एबम् Program Member MJF लायन केदार बहादुर अधिकारीले गर्नु भएको थियो ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यालय परिसरलाई थप आकर्षक र उपयोगी बनाउने उद्देश्यले गरिएको उक्त वृक्षरोपण कार्यक्रमले वातावरणीय संरक्षणसँगै विद्यार्थीहरूमा प्रकृति तथा कृषि क्षेत्रप्रतिको सकारात्मक भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

हार्दिक आभार तथा बधाईLCI,  डिस्ट्रिक्ट ३२५ आर, नेपालको डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम डिस्ट्रिक्ट क्...
16/08/2026

हार्दिक आभार तथा बधाई

LCI, डिस्ट्रिक्ट ३२५ आर, नेपालको डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम डिस्ट्रिक्ट क्याबिनेट मिटिङको सुखद अवसरमा लायन्स क्लब अफ रत्ननगर पिसलाई डिस्ट्रिक्टकै पहिलो डिस्ट्रिक्ट मोडल क्लब घोषणा गरी सम्मानित गर्नुभएकोमा आदरणीय डिस्ट्रिक्ट गभर्नरज्यू लगायत सम्पूर्ण डिस्ट्रिक्ट टिम प्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

त्यसैगरी, डिस्ट्रिक्टमा विभिन्न योगदान तथा सेवामूलक कार्यहरूमा उत्कृष्ट भूमिका निर्वाह गरी सम्मानित हुनुभएका क्लबका पूर्व अध्यक्षज्यूहरू, लायन्स पदाधिकारीज्यूहरू तथा सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक बधाई तथा आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गर्दछौँ।

हार्दिक धन्यवाद!

लायन्स क्लब अफ रत्ननगर पीस डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषितरत्ननगर, साउन ८ (२०८३) । लायन्स क्लब अफ रत्ननगर पीस लायन...
28/07/2026

लायन्स क्लब अफ रत्ननगर पीस डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषित

रत्ननगर, साउन ८ (२०८३) । लायन्स क्लब अफ रत्ननगर पीस लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R अन्तर्गत वर्ष २०२६–२७ को डिस्ट्रिक्टकै पहिलो मोडल क्लब बन्न सफल भएको छ।

क्लबको ११औँ स्थापना दिवस तथा पदस्थापन (Induction & Installation) समारोहका अवसरमा आयोजित विशेष कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R का डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन अफिसर PMJF लायन प्रभाकर पण्डितले क्लबलाई औपचारिक रूपमा डिस्ट्रिक्ट मोडल क्लब घोषणा गर्नुभएको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट 325R का विभिन्न डिस्ट्रिक्ट लायन लिडरहरु, विभिन्न क्लबका पदाधिकारी, लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा वर्ष २०२५–२६ का अध्यक्ष लायन चक्रपाणि वाग्लेले आफ्नो कार्यकालमा सम्पन्न भएका सेवा तथा सामाजिक गतिविधिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो। साथै, क्लबका पूर्व अध्यक्षहरु तथा उत्कृष्ट योगदान पुर्‍याउने क्लबका सदस्यहरूलाई सम्मान तथा विभिन्न अवार्ड प्रदान गर्नुभयो।

लायन वर्ष २०२६/२७ का अध्यक्ष लायन ताराप्रसाद पौडेलले वर्ष २०२६–२७ का लागि क्लबको भावी कार्ययोजना सार्वजनिक गर्दै सामाजिक सेवाका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। लामो समयदेखि क्लबले लिएको रत्ननगर पीसलाई डिस्ट्रिक्टकै मोडल क्लब बनाउने लक्ष्य सफलतापूर्वक हासिल भएको कुरा उहाँले उक्त समारोहमा बताउनु भएको थियो ।

कार्यक्रमकै अवसरमा क्लबका पूर्व अध्यक्षहरु तथा सदस्यहरूले MJF, Trustee तथा NLF लगायतका विभिन्न योगदानको घोषणा गर्नु भएको थियो। साथै, डिस्ट्रिक्ट 325R को निर्माणाधीन नयाँ भवनका लागि क्लबले यसअघि प्रदान गरेको रु. ५०,००० सहित थप सहयोग गरी कुल रु. १,०८,०००/- आर्थिक सहयोग District Governor को उपस्थितिमा हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा फुटबलका पूर्व राष्ट्रिय खेलाडी श्री सुर्मान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न लायन लिडरहरूले लायन्स क्लब अफ रत्ननगर पीसले विगतदेखि सञ्चालन गर्दै आएका सेवामूलक कार्य तथा आगामी वर्षका योजनाको मुक्तकण्ठले प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर युथ क्याम्पस, लियो क्लब अफ रत्ननगर मिड नेपाल तथा लियो क्लब अफ रत्ननगर पीसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

24/07/2026

Happy 11th Charter Anniversary to us (Lions Club of Ratnanagar Peace)

लायन्स क्लब अफ रत्ननगर पिसको आयोजनामा यही माघ १ गते रत्ननगर महोत्सव २०८२ को परिसर भित्र रक्तदान कार्यक्रम राखिएको जानकार...
14/01/2026

लायन्स क्लब अफ रत्ननगर पिसको आयोजनामा यही माघ १ गते रत्ननगर महोत्सव २०८२ को परिसर भित्र रक्तदान कार्यक्रम राखिएको जानकारी गराउँदै, रक्तदान गरी पुण्य कमाउनुहुन सादर अनुरोध छ ।

Address

Tandi

Telephone

+9779855060560

Website

Alerts

Be the first to know and let us send you an email when LC Ratnanagar Peace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LC Ratnanagar Peace:

Shortcuts

Share