शुभ प्रभात टोल विकास संस्था, रत्ननगर-१०, बैरिया

  • Home
  • Nepal
  • Tandi
  • शुभ प्रभात टोल विकास संस्था, रत्ननगर-१०, बैरिया

शुभ प्रभात टोल विकास संस्था, रत्ननगर-१०, बैरिया यस संस्थाले सम्पूर्ण टोलबासीहरु तथा ?

सुचना । सम्पूर्ण सदस्यज्यू हरूकाे साथ र सहयाेगकाे अपेक्षा गर्दछाैँ ।अधिवेशन हुने समय र स्थान यथासक्य चाँडै जानकारी गराउन...
30/03/2026

सुचना ।
सम्पूर्ण सदस्यज्यू हरूकाे साथ र सहयाेगकाे अपेक्षा गर्दछाैँ ।
अधिवेशन हुने समय र स्थान यथासक्य चाँडै जानकारी गराउनेछाैँ ।

14/01/2026

सूचना / जानकारी अनुरोध

सम्पूर्ण आदरणीय टाेलवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा जानकारी गराइन्छ कि हाम्रो टाेलमा बस्नुहुने स्व. शिव राउतको मिति २०८२/०९/२३ गतेका दिन दुःखद निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न श्रद्धाञ्जली सभा आयोजना गरिएको हुँदा तपसिलकाे मिति, समय र स्थानमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धासुमन अर्पण गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिदिनुहुन सम्पूर्ण टाेलवासीहरूमा हार्दिक अनुरोध गर्दछौं।

मिति : २०८२/१०/०१, बिहिबार ।
समय : बिहान ०८:०० बजे ।
स्थान : प्रदिप राउत निवास मा ।

यहाँहरूको उपस्थितिले दिवंगत आत्माप्रति सम्मान तथा परिवारजनलाई ठूलो सान्त्वना मिल्नेछ भन्ने विश्वास लिएका छौं।
धन्यवाद।

शुभ प्रभात टाेल विकास संस्था परिवार

जेन जी पुस्ताकाे शान्तिपूर्ण आन्दाेलनमा सरकार पक्षबाट दमन गर्दै हत्या गरीएका २१ जना कलिला भाईबहिनीहरूप्रति  यस टाेलका का...
09/09/2025

जेन जी पुस्ताकाे शान्तिपूर्ण आन्दाेलनमा सरकार पक्षबाट दमन गर्दै हत्या गरीएका २१ जना कलिला भाईबहिनीहरूप्रति यस टाेलका कामना महिला समुहकाे आयाेजनामा हार्दिक श्रद्धाञ्जली अर्पण कार्यक्रम...

23/08/2025

सम्पूर्ण टोलवासीहरुमा जानकारी🙏

यस टोलको मासिक बचत संकलन कार्य आज पहिलाे शनिवार कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन परेको कारण बिना कुनै सुचना बचत संकलन कार्यलाई निरन्तरता दिन असमर्थ भएकाेले सम्पूर्ण टोलवासीहरुमा क्षमा याचना गर्दछाैँ । साथै यस महिनाकाे बचत संकलन कार्य भाेली मिति २०८२/०५/०८ गते आइतबार बिहान ६:३० बजेदेखि बस्ने व्यहाेरा जानकारी गराउँदछौँ । 🙏

शुभप्रभात टोल विकास संस्था

सम्पुर्ण रत्ननगर बासी नारीहरुलाई उपस्थितिको लागी अनुरोध गर्दछौँ ।हरितालिका तीज तथा जितिया पर्व २०८२ को अवसरमा शुभकामना आ...
21/08/2025

सम्पुर्ण रत्ननगर बासी नारीहरुलाई उपस्थितिको लागी अनुरोध गर्दछौँ ।
हरितालिका तीज तथा जितिया पर्व २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम ।
२०८२/भाद्र ०६ गते शुक्रबार
समय : १२.३० बजे बाट

18/03/2025

उपस्थितिकाे लागि हार्दिक अनुराेध छ

18/03/2025

उपस्थितिको लागि जरुरी सुचना

यस टोल विकास संस्थाका सदस्य श्री साेनिया राउतकाे पति एवम् काजी राउत लगायतका पुजनिय पिता बेंगा राउत थारूकाे मिति २०८१/११/२९ गतेका दिन भएकाे असामयिक देहावसानले शाेक सन्तप्त परिवारजन प्रति समवेदना तथा दिवंगत आत्माकाे चिर शान्तिकाे कामना गर्दै साताैँ दिनकाे पुण्य तिथिमा श्रद्धान्जली सभाकाे आयोजन गरीएको हुँदा यस टोल विकास संस्थाका सम्पूर्ण सदस्यहरु साथै सम्पूर्ण टोलवासीहरुलाई तपसिलमा उल्लेखित मिति, समय र स्थानमा उपस्थित हुनका लागि यसै सुचना मार्फत आह्वान गरीएकाे छ ।

तपसिलः

मितिः २०८१/११/ ०६ गते (भाेली बिहान)
समयः बिहान ७:१५ बजे ।
स्थानः काजी राउत ज्यूकाे घरमा,

आयोजकः शुभ प्रभात टोल विकास संस्था परिवार

14/03/2025

सम्पूर्ण टोलवासीहरुमा नमस्कार तथा शुभप्रभात

यस टोलको मासिक बचत संकलन कार्यक्रम विशेष कारणवश आज मिति चैत्र २ गते नभई ९ गते दाेश्राे शनिबारका दिन दिउँसाे ४ बजेदेखि बस्ने व्यहाेरा जानकारी गराउँदछौँ । यस बाट टोलवासीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छाैँ ।

शुभप्रभात टोल विकास संस्था

14/11/2024

सम्पूर्ण टोलवासीहरुमा नमस्कार तथा शुभप्रभात

यस टोलको मासिक बचत संकलन कार्यक्रम विशेष कारणवश यही आउँदो शनिवार १ गते नभई आगामी मंसिर ८ गते दाेश्राे शनिबारका दिन विहान ७ बजेदेखि बस्ने व्यहाेरा जानकारी गराउँदछौँ । यस बाट टोलवासीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौँ ।

अध्यक्ष
शुभप्रभात टोल विकास संस्था

Address

Ratnanagar
Tandi

Website

Alerts

Be the first to know and let us send you an email when शुभ प्रभात टोल विकास संस्था, रत्ननगर-१०, बैरिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share