हिलेखर्क

हिलेखर्क Hilekharka is a place in the region of Western Region in Nepal. Find all facts and information about Hilekharka. Facts and figures on Hilekharka at a glan

🙏❤️ ऐतिहासिक हिलेखर्क घाँटु भोज-२०८३: हार्दिक धन्यवाद, आभार तथा क्षमा याचना ❤️🙏छ्याजलो, जय तमू तथा हार्दिक नमस्कार ! हाम...
31/05/2026

🙏❤️ ऐतिहासिक हिलेखर्क घाँटु भोज-२०८३: हार्दिक धन्यवाद, आभार तथा क्षमा याचना ❤️🙏

छ्याजलो, जय तमू तथा हार्दिक नमस्कार ! हाम्रो सिङ्गो तमू (गुरुङ) समुदायको मौलिक पहिचान, परम्परा र ऐतिहासिक सांस्कृतिक धरोहरको रूपमा रहेको वैशाख पूर्णिमा घाँटु उत्सव तथा परम्परागत घाँटु भोज (घाँटु खोई)-२०८३ यस वर्ष तनहुँको ऐतिहासिक हिलेखर्क गाउँमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। "संस्कृति संरक्षणमा हाम्रो ऐक्यबद्धता" भन्ने मूल भावनालाई आत्मसात् गर्दै, हाम्रो निमन्त्रणालाई स्वीकार गरी टाढा-टाढाका विभिन्न जिल्ला र गाउँहरूबाट आफ्नो अमूल्य समय, स्रोत र साधन खर्चिएर हिलेखर्कको आँगनमा आइपुग्नुभएका सम्पूर्ण आदरणीय पाहुना टोलीहरू, सांस्कृतिक समूहहरू, अग्रज व्यक्तित्वहरू, दर्शक तथा कलाकार ज्यूहरूमा हिलेखर्क गाउँबासी, स्थानीय तमू समाज तथा मूल आयोजक समितिको तर्फबाट हार्दिक कृतज्ञताका साथ मुरी-मुरी धन्यवाद ज्ञापन गर्दछौँ। यहाँहरूले प्रस्तुत गर्नुभएको उत्कृष्ट मौलिक कला र खैंजडी-चुड्काको अभूतपूर्व रौनकले यस वर्षको उत्सवलाई इतिहासकै अद्वितीय र गौरवमय बनाउन ठूलो ऊर्जा प्रदान गरेको छ। यसका साथै, हिलेखर्क आउने क्रममा यहाँहरूले बाटोमा भोग्नुपरेको विभिन्न यात्रागत असहजताप्रति हामी आयोजकका तर्फबाट क्षमाप्रार्थी छौँ भने स्थानीय सीमित साधन र रैथाने स्रोतका बाबजुद खानपान तथा उचित व्यवस्थापनमा रहन गएका कतिपय कमी-कमजोरीहरूलाई गाउँलेको खुला हृदय र आत्मीयता ठानेर स्विकारिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। यस्ता कमीकमजोरी र व्यावहारिक चुनौतीहरूलाई सिकाईको रूपमा लिँदै आगामी वर्षहरूमा अझ बढी व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि हाम्रा सांस्कृतिक कार्यक्रमहरूमा यहाँहरूको यस्तै निरन्तर साथ, सद्भाव र भाइचारा कायमै रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। अन्त्यमा, यहाँहरू सम्पूर्ण टोली र पाहुनाहरूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्यको कामना गर्दै आ-आफ्नो गन्तव्यतर्फको यात्रा सुखद रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

"हाम्रो कला, हाम्रो संस्कृति - हाम्रो गौरव"

धन्यवाद, जय तमू !

तपाईँकै,

हिलेखर्क समाज

(तथा हिलेखर्क गाउँबासी एवं मूल आयोजक समिति)

हिलेखर्क, तनहुँ, नेपाल

मिति: २०८३ जेठ

हार्दिक निमन्त्रणा...!!!!! सर्वप्रथमत यहाँहरु सम्पुर्णमा हामी हिलेखर्क समाजको तर्फबाट न्यानो माया तथा अभिवादन❤️!!🙏गुरुङ ...
07/05/2026

हार्दिक निमन्त्रणा...!!!!!

सर्वप्रथमत यहाँहरु सम्पुर्णमा हामी हिलेखर्क समाजको तर्फबाट न्यानो माया तथा अभिवादन❤️!!🙏

गुरुङ समुदायहरुको विशेष पर्व चन्डिपुर्णिमा तथा बुद्ध जयन्तीको विशेष अवसरमा मौलिक महत्त्व बोकेको घाँटु नाचको खोई(चुड्का भोज) कार्यक्रम यही आउँदो जेठ १५ र १६ गते हुन गई रहेको जानकारी गराउदै तपाईं हाम्रो रमाइलो जम्काभेटको अवसर जुटाउने जमर्को गरेका छौं । यसबेला हाम्रो कला संस्कृति र मुल्य मान्यतालाई ध्यानमा राखी गुरुङ जातिमा प्रचलित चुड्का गाउने र नाच्ने हाम्रो संस्कार/परम्परा नै रहेकोले यहिकुराहरुलाई यथावत नै राख्ने उदेश्यका साथ विभिन्न गाउँ समाजमा रहनु हुने ङोलो ङोल्स्यो बुवा आमाहरु सम्पुर्णलाई बिशेश बिषेश रुपमा उल्लेखित मिति तथा स्थानमा अमुल्य उपस्थिति पाउने छौँ भन्ने बिश्वासका साथ चुलै निम्तो टक्र्याउन चाहन्छौं । धन्यवाद🙏🙏🙏
सम्पर्क नम्बर :~👇
9742477750
9851276044
9744237418
974-8419131
9842275528
9748419233
9865046568

25/03/2026

हिलेखर्के चुड्का गुरु,आफ्नो मौलिक कला गला संस्कार र संस्कृति प्रति सधै माया गर्ने एक प्रेरक ब्यक्तित्व हुनूहुन्छ, हृदय देखी सम्मान उहाँ प्रति ❤️🙏 #हिलेखर्क

31/12/2025
हिलेखर्क समाजको "ल्होसार कार्यक्रम २०८२" (पौष १५/ स्यो कैं) को लागी तम तयारी लगभग सक्किएको छ !  ङैं नासा हिलेखर्क  #हिले...
29/12/2025

हिलेखर्क समाजको "ल्होसार कार्यक्रम २०८२" (पौष १५/ स्यो कैं) को लागी तम तयारी लगभग सक्किएको छ !
ङैं नासा हिलेखर्क
#हिलेखर्क_समाज #हिलेखर्क_सामुदायिक_होमस्टे #ल्होसार_पर्व
#तमु_नासा_हिलेखर्क #गुरुङ_गाउँ #ङै_नासा_ट्हो

06/10/2025

बालिका हराएको सूचना |

आँबुखैरेनी–३, तनहुँकी १३ वर्षीया बबिता गुरुङ (स्याने) मिति २०८२।०६।१८ गते दिउँसो करिब १ बजे गोरखा मनकामनाबाट हराएकी छन्। देख्नु हुने महानुभावले नजिकैको प्रहरी वा ९८२५११८६०८ / ९७६२२२५४७० मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।🙏

यश बिध्यालयबाट शै. स. २०८१ को SEE परीक्षामा नियमित तर्फ २२ जना बिध्यार्थी भाइ बहिनिहरु सम्मिलित भएकोमा २२ जना अर्थात १००...
27/06/2025

यश बिध्यालयबाट शै. स. २०८१ को SEE परीक्षामा नियमित तर्फ २२ जना बिध्यार्थी भाइ बहिनिहरु सम्मिलित भएकोमा २२ जना अर्थात १००% शतप्रतिशत उतिर्ण सफल भाइ बहिनिलाइ हार्दिक बधाइ साथै उत्कृष्ट नतिजा ल्याउनका लागि अहोरात्र खटेर नतिजामा कायापलट गराउनका लागि योगदान गर्नु हुने बिध्यालयका शिक्षक, कर्मचारीहरु र बिध्यालयका हरेक पाइलामा साथ दिनुहुने बि ब्य स समिती शि अ स तथा शिक्षा शाखा आबुखैरेनी गाउपालिका लगायत सम्पूर्ण अभिभावकज्य्यूहरुमा बिध्यालय प्रशासनको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछु।
प्रधानाध्यापक
लोक बहादुर गुरुङ
श्री लक्ष्मी मा बि आँबुखैरेनी-६, तनहु।

Address

Abukhaireni 6 Hilekharka
Tanahun
1234

Alerts

Be the first to know and let us send you an email when हिलेखर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हिलेखर्क:

Share