United Islamic Youth Club

United Islamic Youth Club Kind Words Cost You Nothing ❣️

16/03/2026

अल्लहाम्दुलिला ,अल्लाह पाक को फजल बाट आज मुकम्मल ३० पारा कुराने पाक को खतम सुन्न पाइयो।हाफिज साहाब लाई हार्दिक बधाई तथा शुभकामना!
​"अल्हम्दुलिल्लाह, अत्यन्तै हर्ष र गर्वको साथ हामी यस नेपाली मुस्लिम समाज सेवा समितिका तर्फबाट आदरणीय हाफिज साहाबलाई शु.न.पा ५ तनहु को गौसिया जामा मस्जिद मा रमजानको महिनामा तरावीहको माध्यमबाट सफलतापूर्वक खत्मे कुरान सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
तपाईंको आगामी यात्रा सफल र सुखद रहोस् भनी हामी अल्लाहसँग दुवा गर्दछौं। आज २७ रमजान लैलतुल कद्र को दिन नेपाल मुस्लिम समाज परिवार को तर्फ बाट हाफिज साब लाई सम्मान र बिदाइ गरिदै।

11/03/2026
सम्पूर्ण आस्थावान मुस्लिम समुदाय प्रति रमदान मुबारक।       तनहुँ जिल्ला विशेषगरी गल्छिना निवासीका लागि ईफ्तार र सहुरको स...
12/02/2026

सम्पूर्ण आस्थावान मुस्लिम समुदाय प्रति रमदान मुबारक।
तनहुँ जिल्ला विशेषगरी गल्छिना निवासीका लागि ईफ्तार र सहुरको समय तलको तालिका अनुसार रहेको जानकारी गराउँदछौ।

03/01/2026

युनाइटेड इस्लामिक युवा क्लब को तर्फबाट धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. 06, सखुवा मनार गाउँ मा भएको अत्यन्तै क्रूर र निन्दनीय घटनाको घोर भर्त्सना गर्दछौं।

अज्ञात समूहले हाम्रो धार्मिक आस्थाको केन्द्र, मस्जिद माथि आक्रमण गरी तोडफोड गर्नुका साथै मुस्लिम समुदायको प्राणभन्दा प्यारो पवित्र ग्रन्थ कुरान (पाक कलाम) जलाएर मानवता र धार्मिक सहिष्णुतामाथि सिधै हमला गरेको छ।

यो घटनाले सम्पूर्ण मुस्लिम समुदायको मनमा गहिरो चोट पुर्‍याएको छ । यस जघन्य अपराधमा संलग्न दोषीहरूलाई ढिला नगरी तत्काल पक्राउ गरी धार्मिक दंगा भड्काउने कसुरमा कडाभन्दा कडा कानुनी कारबाही गरियोस्!

सरकारले तत्कालै धार्मिक स्थलहरूको सुरक्षाको सुनिश्चितता गरोस् र यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरोस्।

नोट: यो कुरानको अपमान सम्पूर्ण मुस्लिम विश्वको अपमान हो। हामी हाम्रो आस्था र ग्रन्थको रक्षाका लागि एकजुट छौं।

20/12/2025

आज मिति २०८२ पुस ०५ गते शनिबारका दिन हाम्रो यस गलछिना मुस्लिम समाजको साधारण सभा बाट यस साधारण सभाले नेपाल मुस्लिम समजा को समिति सर्वसम्मत गठन गरिएको छ उक्त समितिमा सर्वसम्मत मुहम्मद हुसेन जिउ लाई सदर अर्थात् यस समितिको अध्यक्षमा निर्बाध चयन गरिएको छ। युनाइटेड इस्लामीक युवा कलब नव मनोनित अध्यक्ष मुहम्मद हुसेन मिया ज्यू लगायत सम्पूर्ण पदाधिकारी ज्यूहरू र सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द छौ।

पदाधिकारीहरु निम्न:
अध्यक्ष :मुहम्मद हुस्ने मिया
उपअध्यक्ष:आसा खातुन
सचीव:मास्टर मुहम्मद अलि
कोषाअध्यक्ष:मौलाना फिरोज आलम
सदस्य
सिकन्दर अलि
अजिज मिया
जुनिला खातुन
सायदा बेगम
इलाही बक्स

युनाइटेड इस्लामीक युवा कल्ब
तथा समस्त नेपाल मुस्लिम सम्मज समिति परिवार।

22/10/2025
इस्लाम धर्मका अन्तिम सन्देष्टा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औँ जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण न...
03/09/2025

इस्लाम धर्मका अन्तिम सन्देष्टा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औँ जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, विभिन्न जातजाति, धर्म संस्कृति र सम्पूर्ण मानव समाजमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।❤️

01/09/2025

हजरत मुहम्मद ﷺ को बार्षिक जन्मउत्सव (१२ रबिउल अव्वल) को निम्ति सजाइएको हाम्रो दुलेगौडाको गलछिना को गौषिया जामे मस्जिद !
सरकार कि आमद मरहबा❤️

हजरत मुहम्मद ﷺ को बार्षिक जन्मउत्सव (१२ रबिउल अव्वल) को निम्ति सजाइएको हाम्रो  दुलेगौडाको सुन्दर गौषिया जामे मस्जिद । सर...
01/09/2025

हजरत मुहम्मद ﷺ को बार्षिक जन्मउत्सव (१२ रबिउल अव्वल) को निम्ति सजाइएको हाम्रो दुलेगौडाको सुन्दर गौषिया जामे मस्जिद ।
सरकार कि आमद मरहबा।❤️

अस्सलामु अलैकुम व रहमतुल्लाह,दुलेगौंडा गल्छिना, शुक्लागण्डकी–५, तनहुँ मा भदौ २० गते, शुक्रबार (१२ रबिउल अव्वल) ईद मिलादु...
26/08/2025

अस्सलामु अलैकुम व रहमतुल्लाह,

दुलेगौंडा गल्छिना, शुक्लागण्डकी–५, तनहुँ मा भदौ २० गते, शुक्रबार (१२ रबिउल अव्वल) ईद मिलादुन्नबी ﷺ मनाइने हुँदा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं । साथै सम्पूर्ण नेपाली समुदायलाई पैगम्बर मुहम्मद ﷺ को जन्मोत्सवको हार्दिक शुभकामना ।

📅 मिति: २०८२ भदौ २० गते, शुक्रबार
🕗 समय: बिहान ८ बजे (मेहफिले मिलाद)
📍 स्थान: मदरसा, मस्जिद टोल, शुक्लागण्डकी–५, तनहुँ

📅 र्याली: जुम्माको नमाजपछि दिउँसो २ बजे
📍 स्थान: मस्जिद प्राङ्गणमा, मस्जिद टोल, शुक्लागण्डकी–५, तनहुँ

नेपाल मुस्लिम समाज सेवा समिति
युनाइटेड इस्लामिक युवा क्लब
इज्तेमा आमा समूह

Inna Lillahi wa inna ilayhi raji'un😓निकै समय देखी क्यान्सर को बिमार बाट गरस्त हुनु भएको गल्छिना निवासी कमला मिया को आज ब...
13/07/2025

Inna Lillahi wa inna ilayhi raji'un😓
निकै समय देखी क्यान्सर को बिमार बाट गरस्त हुनु भएको गल्छिना निवासी कमला मिया को आज बिहान ८:३० बजे इन्तकाल भएको छ । नमाज ए असर पछी जनाजा को नमाज पढिनेछ इन्शाअल्लाह।

अल्लाह पाक कमला मिया लाई सैयदा फातुमा तुज् जहरा को सद्का मा जन्नतुल फिर्दोश मा उच्च स्थान पर्दान गरुन् । उहाँको सगिरा कबिरा गुनाह माफ अता फर्माउन् | अल्लाह पाक घर परिवार लाई सबर गर्ने तौफिक अता फर्माउन।


सबै जना आफ्नो दुवा मा उहाँको मग्फिरत को लागि दुवा गर्दिनु होला।

Address

शुक्लागण्डकी नगरपालिका
Tanahun

Telephone

+9779816646532

Website

Alerts

Be the first to know and let us send you an email when United Islamic Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Islamic Youth Club:

Share