Tamu Aadikabi Harka Bahadur Gurung Pratisthan

Tamu Aadikabi Harka Bahadur Gurung Pratisthan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamu Aadikabi Harka Bahadur Gurung Pratisthan, Charitable organisation, Syangja.

तमू आदिकवि हर्कबहादुर गुरुङज्युको ८९औँ जन्मजयन्ती सम्पन्न !फेदीखोला गाउँपालिका र तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रत...
26/01/2026

तमू आदिकवि हर्कबहादुर गुरुङज्युको ८९औँ जन्मजयन्ती सम्पन्न !
फेदीखोला गाउँपालिका र तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा आज मिति २०८२ माघ ११ गते तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङको ८९औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
तमू आदिकवि हर्कबहादुर गुरुङ प्रतिष्ठानका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी प्रमुख अतिथि रहेको थियो। कार्यक्रममा उपाध्यक्ष देऊकुमारी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वडा अध्यक्षहरू, साहित्यकार, शिक्षाप्रेमी, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा आदिकवि ज्युको पोस्टकार्ड फोटो को अनावरण गरिएको थियो र फेदीखोला साहित्य प्रतिष्ठानद्वारा प्रकाशित फेदीखोला साहित्य पत्रिका वर्ष २, अंक ५ तथा हिमालयजंग बानियाँद्वारा प्रकाशित आत्मसन्तुष्टिका लागि मेरा सिर्जनाहरू कविता संग्रहको विमोचन गरिएको थियो। विमोचित कृतिहरूमाथि प्रा. चुनबहादुर राना र हुमनाथ शर्माले समीक्षा गर्नुभएको थियो।
यसै अवसरमा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले अन्तर माध्यमिक विद्यालयस्तरीय गुरुङ (तमू) भाषा तथा नेपाली भाषा कविता प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई कार्यक्रममै पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
बहादुर सिंह गुरुङ,चेतन प्रकाश गुरुङ,डा चन्द्रबहादुर गुरुङ,वडा नं १ का अध्यक्ष अमृत क्षेत्री ,वडा नं २ का अध्यक्ष अविलाश गुरुङ,फेदीखोला साहित्य प्रतिष्ठान का अध्यक्ष हिमालयजंङ्ग बानिया,तमू समाज युकेका पुर्व अध्यक्ष शिवचन्द्र गुरुङ,गुरुङ साहित्यिक मंचका अध्यक्ष तेज चाक्ली तमू,फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ्ज्यु ले आदिकवि को योगदान का वारे चर्चा गरेका थिए भने आदिकवि बाट रचिएको गीत क्युदे थुलेन मा भिम कुमारी गुरुङज्युले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
विशेष अथिती तमू धीं नेपाल का अध्यक्ष हुम गुरुङ्ज्यु ले आदिकवी ज्युले त्यतिनै बेला आफ्नो गीत कविता मार्फत सामाजिक भाषिक अधिकार खोज्नु पर्छ भनेर चेतना मुलक क्रान्ति गरेको र अहिले तमू समुदायले वहाँ लाई आदिकवि माने ता पनि राज्य बाट अझै सम्मान गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले तमू आदिकवि हर्कबहादुर गुरुङ फेदीखोलाको साझा सम्पत्ति र गौरव भएको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। उक्त कार्यक्रम सन्चालन होम बहादुर गुरुङले गर्नुभएको थियो ।

तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङज्यु को ८९औ जन्मोत्सवमा आफ्नो व्यस्त समय व्यवस्थापन गरि उपस्थित भइ दिनुहुने तपाईं सम्प...
26/01/2026

तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङज्यु को ८९औ जन्मोत्सवमा आफ्नो व्यस्त समय व्यवस्थापन गरि उपस्थित भइ दिनुहुने तपाईं सम्पुर्णमा हार्दिक धन्यवाद !
# अर्जुन गुरुङ
अध्यक्ष - तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान ,फेदीखोला

म माघ ११ गते भोलि साल्मे माइला दाइ लाई भेट्न जान्छु ।@सन्त बहादुर गुरुङ-८९ वर्ष-रामकोट
24/01/2026

म माघ ११ गते भोलि साल्मे माइला दाइ लाई भेट्न जान्छु ।
@सन्त बहादुर गुरुङ-८९ वर्ष-रामकोट

नमस्ते सम्पुर्ण आफन्तजनहरु मा ।तमू भाषाका आदिकवि हर्कबहादुर गुरूङज्युको ८९ ओं जन्मजयन्ती निम्न मिति र समयमा मनाउने र यात...
24/01/2026

नमस्ते सम्पुर्ण आफन्तजनहरु मा ।

तमू भाषाका आदिकवि हर्कबहादुर गुरूङज्युको ८९ ओं जन्मजयन्ती निम्न मिति र समयमा मनाउने र यातायातको ब्यवस्था भएकोले निम्न रुट र समय अनुसार आइदिनु हुन बिनम्र अनुरोध गर्दछौ ।

@ मिति:- माघ 11 गते,आइतबार

@ बस नं:- 6888

@ सरोज:- 9813767829

(चालक-सरोज)

@ होम बहादुर गुरुङ :- 9846058477

बस छुट्ने स्थान-

@ पृथ्वी चोक हिमालय पेट्रोलपम्प अगाडि बाट ठिक 10:30

@ बिरौटा चोकबाट ठिक 10:35

@ बराल फिडबाट ठिक 10:40

@ छोरेपाटन बाबा मार्ट स्टोरबाट ठिक 10:45 मा छुट्ने छ।

@ उक्त बसले रामकोट पुगेर फेदिखोला पनि आउने भएकोले फेदिखोलाको टोली बिहान 11:30 मा नारायण घुम्तीमा जम्मा भइ आँगेकुना,बेसारे हुँदै हर्क पार्कमा पुग्ने छ र बेलुकी सोही रुट अनुसार पुर्याउने सोही खवर अन्य सम्बन्धित आफन्तहरूलाई पनि भनिदिनुहोला। धन्यवाद ।

विगत केही वर्ष देखी वहाँ को जन्मस्थल फेदीखोला र वहाँको गाउँले समाजले काठमाडौ मा मनाउदै आइरहेको छ ! तपाईको समय जहाँ मिल्छ...
24/01/2026

विगत केही वर्ष देखी वहाँ को जन्मस्थल फेदीखोला र वहाँको गाउँले समाजले काठमाडौ मा मनाउदै आइरहेको छ ! तपाईको समय जहाँ मिल्छ त्यही उपस्थित हुन सक्नु हुनेछ । धन्यवाद !

24/01/2026

उपस्थितिका लागि हार्दिक अपिल !
यहि २०८२ माघ ११ गते
तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क-देउराली रामकोट,वडा नं १ ,फेदीखोला गाउँपालिका,स्याङ्जा !

तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क-देउराली रामकोट,वडा नं १ ,फेदीखोला गाउँपालिका,स्याङ्जा मा सरसफाइ कार्यक्र...
24/01/2026

तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क-देउराली रामकोट,वडा नं १ ,फेदीखोला गाउँपालिका,स्याङ्जा मा सरसफाइ कार्यक्रम !

तमू भाषाका आदिकवी हर्कबहादुर गुरुङको ८९औ जन्मजयन्ती निम्न मिति र स्थान मा मनाउने तय भएको हुँदा यहाँ लाइ विशेष उपस्थितिका...
18/01/2026

तमू भाषाका आदिकवी हर्कबहादुर गुरुङको ८९औ जन्मजयन्ती निम्न मिति र स्थान मा मनाउने तय भएको हुँदा यहाँ लाइ विशेष उपस्थितिका लागि अनुरोध गर्दछौ ।
मिति :- २०८२ माघ ११ गते, आइतबार
समय:- ११:०० वजे
स्थान :- तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पार्क,देउराली रामकोट, फेदीखोला गाँउपालिका वडा नं १ स्याङ्जा ।

📢 सूचना(कविता प्रतियोगिता सम्बन्धमा)तमू आदिकवी हर्कबहादुर गुरुङको ८९औ जन्मजयन्ती का अवसरमा यस फेदीखोला गाउँपालिकाको सहयो...
18/01/2026

📢 सूचना
(कविता प्रतियोगिता सम्बन्धमा)
तमू आदिकवी हर्कबहादुर गुरुङको ८९औ जन्मजयन्ती का अवसरमा
यस फेदीखोला गाउँपालिकाको सहयोग तथा तमू भाषाका आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान, फेदीखोलाको आयोजनामा तपसिल बमोजिम कविता प्रतियोगिता आयोजना हुने भएकाले फेदीखोला गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत कक्षा ८ देखि १२ सम्मका विद्यालयहरूलाई आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
कविताको शीर्षक:
“हाम्रो फेदीखोला”
मिति: २०८२/१०/०७
समय: बिहान ११:०० बजे
स्थान: फेदीखोला गुरुङ (तमु ) समाजको भवन, फेदीखोला–२, स्याङ्जा
सहभागिता व्यवस्था:
प्रत्येक विद्यालयबाट
नेपाली भाषामा: १ जना विद्यार्थी
गुरुङ ( तमू ) भाषामा: १ जना विद्यार्थी
जम्मा २ जना विद्यार्थी छनोट गरी सहभागी गराउन अनुरोध गरिन्छ।
पुरस्कार राशि:
प्रथम: रु. ५,०००
द्वितीय: रु. ३,०००
तृतीय: रु. २,०००
सान्त्वना: रु. १,००० ( दुई जना लाई)
नोट: नेपाली भाषा र गुरुङ भाषाका प्रतियोगीहरूलाई पुरस्कार छुट्टाछुट्टै प्रदान गरिनेछ।
सम्बन्धित सबै विद्यालयहरूले निर्धारित मिति, समय र स्थानमा आफ्ना विद्यार्थीहरू सहभागी गराइदिनुहुन अनुरोध छ।
फेदीखोला गाउँपालिका
शिक्षा, युवा तथा खेलकुद शाखा
स्याङ्जा

प्रज्ञा प्रतिष्ठान मात्रभाषा विभाग प्रमुख एंवम प्राज्ञ सदस्य राजन मुकारुङज्यु लाई क्युदे थुलेन हस्तान्तरण गर्दै !
01/11/2025

प्रज्ञा प्रतिष्ठान मात्रभाषा विभाग प्रमुख एंवम प्राज्ञ सदस्य राजन मुकारुङज्यु लाई क्युदे थुलेन हस्तान्तरण गर्दै !

Address

Syangja
33800

Website

Alerts

Be the first to know and let us send you an email when Tamu Aadikabi Harka Bahadur Gurung Pratisthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share