Mero Saldanda

Mero Saldanda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mero Saldanda, Community Service, Harinas/01, Saldanda, Syangja.

.:: यो हाम्रो सुन्दर गाउँ सालडाँडाको बारेमा जानकारी दिनको लागि बनाइएको फेसबुक पेज हो। हाम्रो सालडाँडा भित्र बसोबास गर्ने सम्पूर्ण जातजाति, धर्म र संस्कृतिसँग सम्बन्धित सम्पूर्ण जानकारी तथा विकास प्रवर्धनको लागि यस पेजको महत्वपूर्ण भूमिका रहनेछ धन्यवाद ::. .:: यो हाम्रो सुन्दर गाउँ सालडाँडाको बारेमा बनाईएको पेज हो । यसले हाम्रो गाउँ साल्डाँडाको भौगोलिक अबस्थिती, सास्कृतिक पहिचान, जातजाती, एतिहसिक तथा रमरिय स्थानको बारेमा जानकारीदिनको लागि बनाइएको पेज हो । ::.

हाम्रो गाउँपालिकाले आफ्नो मताहत भित्रको विद्द्ध्यालयको सन्चालनमा आफ्नो अधिकार को पुरा प्रयोग गरेछ ।
20/04/2026

हाम्रो गाउँपालिकाले आफ्नो मताहत भित्रको विद्द्ध्यालयको सन्चालनमा आफ्नो अधिकार को पुरा प्रयोग गरेछ ।

24/03/2026

विद्धानहरुले जानीजानी नेपाललाई भुङ्रोमा हाल्ने प्रयास त गरेका होईनन । हामिजस्तो सामान्य मान्छेले बुझ्ने कुरा त्यस्तो सन्सार हल्लाउने बुद्धीजिवीहरुले पक्कै पनि नबुझ्ने कुरा हुँदैन । आयात निर्यातको ब्यालेन्स नगरीकन १०० = १६० को ब्यालेन्स गराउने कुरा गर्दैछन हाम्रा अर्थबिदहरु के यो सकरात्मक पक्ष होला त? पहिला उत्पादन र निर्यात बृढी कसरी गराउने सोच्नुपर्ने होईन र?

एक देश र अर्को देशबीचको बित्तीय विनिमय दर (Exchange Rate) भनेको एउटा देशको मुद्रालाई अर्को देशको मुद्रामा कति मूल्यमा साट्न सकिन्छ भन्ने हो। यो दर स्थिर हुँदैन, विभिन्न आर्थिक कारणले निरन्तर परिवर्तन भइरहन्छ।

अब सरल भाषामा बुझौँ 👇

🔹 १. माग र आपूर्ति (Demand & Supply)

सबैभन्दा मुख्य कारण यही हो।
• यदि कुनै देशको मुद्रा (जस्तै नेपाली रुपैयाँ) को माग धेरै भयो भने → यसको मूल्य बढ्छ
• यदि आपूर्ति धेरै भयो भने → यसको मूल्य घट्छ

👉 उदाहरण:
यदि धेरै मानिसले US Dollar किन्न चाहन्छन् भने यसको मूल्य बढ्छ।

🔹 २. आयात र निर्यात (Import & Export)
• देशले धेरै सामान निर्यात (Export) गर्छ भने → विदेशी मुद्रा आउँछ → आफ्नै मुद्रा बलियो हुन्छ
• धेरै आयात (Import) गर्छ भने → विदेशी मुद्रा बाहिर जान्छ → आफ्नै मुद्रा कमजोर हुन्छ

👉 नेपालले धेरै सामान बाहिर बेच्न सके → नेपाली रुपैयाँ बलियो हुन्छ

🔹 ३. ब्याजदर (Interest Rate)

केन्द्रीय बैंक (जस्तै नेपाल राष्ट्र बैंक) ले निर्धारण गर्छ।
• ब्याजदर उच्च भयो भने → विदेशी लगानी बढ्छ → मुद्रा बलियो हुन्छ
• ब्याजदर कम भयो भने → मुद्रा कमजोर हुन सक्छ

🔹 ४. मुद्रास्फीति (Inflation)
• मुद्रास्फीति (महँगी) धेरै भएको देशको मुद्रा कमजोर हुन्छ
• कम भएको देशको मुद्रा बलियो हुन्छ

👉 उदाहरण:
यदि कुनै देशमा महँगी धेरै बढ्यो भने → त्यहाँको मुद्रा मूल्य घट्छ

🔹 ५. सरकारी नीतिहरू (Government Policies)
सरकार वा केन्द्रीय बैंकले कहिलेकाहीँ विनिमय दरमा हस्तक्षेप गर्छन्।

👉 नेपालमा:
• नेपाली रुपैयाँ Indian Rupee सँग स्थिर दरमा बाँधिएको छ (Pegged exchange rate)

🔹 ६. राजनीतिक र आर्थिक अवस्था
• स्थिर सरकार → मुद्रा बलियो
• अस्थिरता (युद्ध, संकट) → मुद्रा कमजोर

🔹 ७. विदेशी लगानी (Foreign Investment)
• विदेशी लगानी बढी भयो → विदेशी मुद्रा आउँछ → मुद्रा बलियो
• लगानी घट्यो → मुद्रा कमजोर

🔸 निष्कर्ष
👉 विनिमय दर मुख्य रूपमा माग–आपूर्ति, ब्याजदर, महँगी, व्यापार, र सरकारी नीतिहरू बाट निर्धारण हुन्छ।

स्याङ्जामा २०८२ को संघीय संसद निर्वाचनको प्रारम्भिक नतिजाले क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को स्पष्ट वि...
07/03/2026

स्याङ्जामा २०८२ को संघीय संसद निर्वाचनको प्रारम्भिक नतिजाले क्षेत्र-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को स्पष्ट विजय र क्षेत्र-२ मा नेकपा-एमालेको बलियो अग्रता देखाएको छ।

स्याङ्जा-१ मा, रासपा उम्मेदवार धनजय रेग्मीले २९,०७१ मतका साथ विजय हासिल गरेका छन्। उनीपछि नेपाली कांग्रेसका भरतराज ढकाल १८,८५७ मतका साथ र नेकपा-एमालेका मीनप्रसाद गुरुङ १६,८०४ मतका साथ क्रमस दोस्रो र तेस्रो स्थानमा प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा कुल १२ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए, बाँकी उम्मेदवारहरू शीर्ष तीनभन्दा धेरै पछाडि छन्।

यसैबीच, स्याङ्जा-२ मा नेकपा-एमालेका खिमबहादुर थापा अग्रपंक्तिमा उभिएका छन्, जसको हाल ६,३९३ मत छ। उनीपछि नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले ४,८४८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका झबिलाल दुम्बेले ४,४९७ मत ल्याएका छन्। निर्वाचन क्षेत्र-२ मा १२ जना उम्मेदवारको भिडन्त देखियो, तर प्रतिस्पर्धा एमाले, कांग्रेस र राप्रपा बीच त्रिकोणीय देखिन्छ।

यी प्रारम्भिक नतिजा हुन्, र निर्वाचन आयोगले आधिकारिक र अन्तिम तथ्याङ्क समयमै सार्वजनिक गर्नेछ।

06/03/2026
28/12/2025

27th Pokhara Street Festival 2082 | Cultural Rally with a Glimpse of the Traditional TableauThe 27th Pokhara Street Festival 2082 celebrates the vibrant spir...

📣निशुल्क तालिम सम्बन्धी सूचनासामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको  ...
01/11/2025

📣निशुल्क तालिम सम्बन्धी सूचना

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको निशुल्क रुपमा व्यावसायिक तथा सीप विकास तालिम सम्बन्धी सूचना

कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश श्रृङ्गार, विद्युत जडान, प्लम्बिङ्ग, मोवाइल मर्मत, आधारभूत कम्प्यूटर, आधारभूत कटाई सिलाई, बुटिक डिजाईन, अटोमोबाइल, मन्टेश्वरी सम्बन्धी निशुल्क तालिम लिन चाहने इच्छुक नेपाली नागरिकले कार्तिक २६ गते भित्र रित पुर्‍याइ आवेदन दिनुहोला।

फाराम भर्नको लागि लिङ्क: https://vsdtc.gandaki.gov.np/

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनमा हरिनास गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति सम्बन्धी निर्देशन जारी गरेको...
30/07/2025

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनमा हरिनास गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति सम्बन्धी निर्देशन जारी गरेको छ।

हरिनास गाउँपालिकाले भदौ १४ गतेमा आफ्ना क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई प्रधानाध.....

30/07/2025

23/07/2025

यस सूचना प्रकाशनसँगै हरिनास गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरूलाई पनि आगामी लेखापरीक्षणको तयारी गर्न अनु.....

22/07/2025

हरिनास गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विविध सेवा, वस्तु र निर्माण कार्यका व्यक्तिगत/संस्थागत से...

एसईई (S.E.E) परीक्षा उत्तीर्ण गरी शिक्षा विषय लिएर कक्षा ११ मा छात्रावासमा बसी अध्ययन गर्न इच्छुक छात्राहरुका लागि यो अव...
09/07/2025

एसईई (S.E.E) परीक्षा उत्तीर्ण गरी शिक्षा विषय लिएर कक्षा ११ मा छात्रावासमा बसी अध्ययन गर्न इच्छुक छात्राहरुका लागि यो अवसर प्रदान गरिएको हो। इच्छुक विद्यार्थीहरुले २०८२ श्रावण १५ गतेभित्र निम्न कागजातसहित आवेदन दिनुपर्नेछ:

एसईई (S.E.E) परीक्षा उत्तीर्ण गरी शिक्षा विषय लिएर कक्षा ११ मा छात्रावासमा बसी अध्ययन गर्न इच्छुक छात्राहरुका लागि य.....

08/07/2025

नैरोबी फ्लाई देख्दा डराउनु पर्दैन तर अज्ञानताले गर्दा यसबाट गम्भीर छालाको समस्या आउन सक्छ। सावधानी, स्वच्छता र स...

Address

Harinas/01, Saldanda
Syangja
330803

Alerts

Be the first to know and let us send you an email when Mero Saldanda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share