सेवा नै मानव धर्म हो |"
फ्रेन्डशिप च्यारिटी नेपाल, एफसीएन
1- परिचय (Introduction)
मित्रता एउटा सांङग्लो जस्तै हो र यो तेज हावा सरि छ, यो आफै अगाडी बढ्छ जो संसारभर फैलिन्छ|
(Friendship is Like a chain and it winds, itself further and further around the world)
2- उद्धेश्य (Mission)
गरीव दु:खी, विरामी, असक्त तथा प्राकृतिक विपत्तिमा परेका पिडित मानिसहरुलाई भौतिक, आर्थिक तथा
नैतिक सहयोग गर्ने (To help people who are poor, ill or disabled or have suffered a disaster)
3- लक्ष्य (Vision)
विश्वका मानिसहरु सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाई तथा दिदीबहिनीहरु संग मित्रता भाव राखी परोपकारी मार्गमा लैजान उत्प्रेरित गर्ने (To make friendship with all each Nepalese and around the world)
प्रकृतिको देन भनौ या भगवानको आशिर्वाद, हामी यस धर्तीमा जन्म लिने अवसर पायौं, यसमा हामी भाग्यशाली नै ठान्नु पर्दछ | हामी यस पृथ्वीको फरक फरक भू-भागहरुमा जन्मियौ, हुर्कियौ र अहिले समय परिस्थितिले यहाँ हामी एक अर्का बीच मित्रताको गाठो पार्ने सौभाग्य समेत मिल्यो, यो हाम्रो लागि धरै खुशीको कुरा हो, यस मानेमा हाम्रो बाल्यावस्था देखि जिबनको अन्त्यावस्था सम्म कुनै न कुनै साथिहरुसँग मित्रता गाँसिरहेको हुन्छ। यसर्थ यस प्रगाढ मित्रतालाई जिबन अन्त्य सम्म अविस्मरणीय वनाउने मित्रता र सहयोगको एक माध्यम भनेको नै यो सहयोगी संस्था फ्रेन्डशिप च्यारिटी नेपाल (FRIENDSHIP CHARITY NEPAL, FCN) हुन सक्ने मेरो आत्मविश्वासका साथ आज यहाँ तपाईहरु सामु मित्रताको गाँठोसंगै सहयोगी हातहरुको खोजीमा यो यात्रा तय गरिसकेको छु | फलस्वरूप म अहिले तपाईहरु सामु उपस्थित भएको छु |
म यो स्मरण गराउन चाहन्छु, अलेक्जेन्डर महानले मृत्यु पुर्ब भनेका थिए, "मेरो लास लैजादा दुवै हात वाहिर राखी दिनु | सबैले देखुन् र सबै भनुन्, संसार जित्ने अलेक्जेडर रित्तो हात जादै छ | यस कारण हाम्रो जीवनमा जति शक्तिशाली अथवा धनपती भएतापनी आखिर यो जीवन बिसर्जनमा हामी खाली हात नै जाने हो। यस अर्थमा तपाई हाम्रो सानो सहयोगले भविष्यमा दु:खमा परेका कुनै पनि मानिसहरुलाई सहयोग गर्न सक्छौं र ति दु:खीत मनलाई थोरै मात्रामा भए पनि खुशी दिलाउन सक्ने छौ | दु:खीको मनलाई खुशी बनाउन सक्नु नै पुण्य कमाउनु हो | यसकारण सो कामको लागि तपाईहरुसंग रु.१००/- एक सय रुपैयाँ ात्र सहयोग को रुपमा पाउने आपेक्ष गरेको छु | जुन रकम तपाईको सहयोग र म प्रतिको बिश्वास हो भने त्यो सहयोगलाई लक्षित वर्गमा पुरयाउने मेरो जिम्बेवारी हो, त्यसकारण समग्रमा भन्नु पर्दा यो तपाई र मेरो धर्म हो | यसर्थ मलाई विश्वास छ, यस परोकारी कार्यमा तपाईहरु सम्पूर्ण शुभ चिन्तक मित्रहरुको साथ आवस्य पाउने नै छु | धन्यबाद |
संस्थापक निर्देशक,
जि.बि.गुरुङ क्रोम्छे,वालिङ्-३ माझकोट, स्याङ्जा ।
Email:- [email protected]
Like page-
Facebook Id.- GB Gurung kromchhe
Hp No. +9846079034