Surkhet Valley Water Supply Users Organization

Call Directions

Surkhet Valley Water Supply Users Organization Water supply organization, managed by elected user committee (Board)

20/08/2026
19/08/2026

बिगत केहिदिन देखि भैरहेको अविरल वर्षाका कारण वीरेन्द्रनगर वडा नं १५ बाझाे खेतको तल दाेभान र वीरेन्द्रनगर वडा नं १३ काे सिरेनिमा जमिन भासिएको कारण त्यहा रहेको क्रमशः १५० मिमि जिआई पाइप र ३०० मिमि डिआइ र २०० मिमि एचडी पाइप क्षतिग्रस्त भएका कारण झुप्रा खाेला, खरिखाेला बाेरिखाेला र दुन्दुरे खाेलाबाट आउने पानी मिति २०८३ भाद्र ३ गते बिहान ४ वजेदेखि पुर्ण रुपमा अबरुद्ध भएको छ। संस्थाबाट मर्मत टाेली सम्बन्धित फिल्डमा परिचालन गरीएको जानकारी गराउन चाहन्छौं साथै खरिखाेला बाेरीखाेला र दुन्दुरे खाेलाकाे पाइप मर्मत कार्य आज साँझ सम्म सम्पन्न हुने र झुप्रा खाेलाकाे ३००मिमि डिआइ पाइप मर्मत कार्य सम्पन्न गर्न करिब ३ दिन लाग्ने ब्यहाेरा सबैमा जानकारी गराउन चाहन्छौं। साथै यस बिचमा इत्राम खाेला र खार्के खाेलाबाट सप्लाई हुने वीनपा ३ र ४, ७र८ , ६ काे मुख्य वजार सडककाे पुर्वि भागमा आंशिक रुपमा खानेपानी वितरण हुने जानकारी गराउन चाहन्छौं। विद्यमान परिस्थितिका कारण आम उपभोक्ताहरुलाई पर्न जाने असुविधा प्रति संस्था क्षमा प्रार्थी छ ।

आज २०८३-०४-१८ गते सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाकाे कर्मचारीहरुको बैठक संस्थाका अध्यक्ष श्री कुलमणि देवकोटा र ...
03/08/2026

आज २०८३-०४-१८ गते सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाकाे कर्मचारीहरुको बैठक संस्थाका अध्यक्ष श्री कुलमणि देवकोटा र सचिब श्री चन्द्र बहादुर सुनार ज्यूको समुपस्थितिमा सम्पन्न भएको छ। बैठकमा गत आर्थिक वर्षको विस्तृत समिक्षा गर्दै आगामी दिनहरुमा सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउँदै, कर्मचारीहरुलाइ ताेकिएकाे जिम्मेवारी प्रति थप उत्तरदायी वनाउनुका साथै आम उपभोक्ताहरुको खानेपानी समस्यालाई समयमानै समाधान गर्नका लागि के कस्ता कार्यहरु गर्नुपर्छ भन्ने विषयमा गंभीर छलफल र आत्मसमिक्षा गरियाे।
#खानेपानी सेवालाई थप प्रभावकारी बनाउन के कस्तो कदम चाल्नुपर्ला यहाहरुले कमेन्टमा आफ्नो महत्वपूर्ण सल्लाह र सुझाव दिनुहोला।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारी, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ११ निवासी,  ललित बहादुर वली ए...
01/08/2026

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारी, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ११ निवासी, ललित बहादुर वली एवं उहाँका दाजुभाईहरु प्रेम बहादुर वली, लिल बहादुर वली, तप्तबहादुर वली, दलबहादुर वली, गगन बहादुर वली, दिदिबहिनीहरु बुद्धिसरा, भिमसरा, लिला,मनकली,मानकुमारी कि ममतामयी माता कौशिला वली काे मिति २०८३ श्रावण १५ गते राति ८३ वर्षको उमेरमा भएको निधनकाे खबरले हामिलाई अत्यन्तै मर्माहत बनाएको छ। शाेककाे यस घडीमा दिवगंत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शाेक सन्तप्त परिवारजनप्रति इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि गहिरो समवेदना ब्यक्त गर्दछौं।

तल दिइएको QR Code स्क्यान गरी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाकाे एप्लिकेसन डाउनलोड गर्नुहोस् र आफ्नो महशुल भुक्...
08/05/2026

तल दिइएको QR Code स्क्यान गरी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाकाे एप्लिकेसन डाउनलोड गर्नुहोस् र आफ्नो महशुल भुक्तानी गर्ने, संस्थाकाे सुचना हेर्ने, आफ्नो ब्यक्तिगत खाता हेर्ने, खानेपानी सम्बन्धी गुनासो दर्ज गर्ने सम्पूर्ण सेवाहरु लिनुहोस् ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट संचालन ब्यवस्थापन भैरहेको खानेपानी सेवा हाल भएको लामो खडेरीका कारण प्रभावित ...
28/04/2026

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट संचालन ब्यवस्थापन भैरहेको खानेपानी सेवा हाल भएको लामो खडेरीका कारण प्रभावित भएको छ। उपत्यकामा दैनिक सहज आपूर्ति गर्नका लागि ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यकता पर्दछ। संस्थाले प्रयोगमा ल्याएको खानेपानीका स्रोतहरू काे डिजाइन क्षमता झुप्रा खोला ८६, खरिबाेरीखाेला ३०, इत्रामखाेला २७, खाेर्केखाेला १०, दुन्दुरे खाेला १० लिटर प्रतिसेकेन्ड गरी जम्मा १६३ लिटर प्रतिसेकेन्ड क्षमता भएकोमा हाल सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरू सुक्न गयर सम्पूर्ण स्राेतहरुबाट जम्मा ८३ लिटर प्रतिसेकेन्ड खानेपानी मात्र उपलब्ध भएको हुदा ३ दिनको फरकमा चाैथाे दिन दैनिक १ घन्टा खानेपानी बितरण गर्न सकिने अवस्था भएकोले साेही बमाेजिम खानेपानी वितरण समयतालिका र सम्बन्धित क्षेत्रमा खानेपानी संचालन गर्ने कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सहित यहाँ प्रकाशन गरिएको जानकारी गराउन चाहन्छौं। यसबाट उपभोक्तामा पर्न गएको असुविधा प्रति संस्था क्षमाप्रार्थी छ ।

15/04/2026

यस संस्थाको स्किम नं ८ वीनपा ४ खाेर्के पानीपाेखरीकाे मुख्य वितरण पाइपलाइन २०० मिमि ब्यासकाे एचडी पाइप प्रदेश आयुर्वेद अस्पतालबाट चालिसे टाेल सम्म सडक निर्माण गर्ने क्रममा क्षतिग्रस्त भएको हुदा मिति २०८३ बैशाख ३ गते वीनपा ३र४ साबिक (वीनपा ३ र उत्तरगंगा ९ ) काे खानेपानी वितरण कार्य अबरुद्ध हुने जानकारी गराइन्छ साथै खडेरीकाे याे समयमा पाइपलाइन भएको क्षेत्रमा निर्माण कार्य संचालन गर्दा संस्थासँग समन्वय र सहकार्य गरेर अगाडि बढाउन सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं। उपभोक्ताहरुमा पर्न गएको असुविधा प्रति संस्था क्षमाप्रार्थी छ ।

21/02/2026

पुर्वाधार विकास निर्देशनालय सुर्खेत तथा संघीय शहरी विकास तथा भवन कार्यालय सुर्खेतबाट क्रमस वीनपा ४ प्रदेश अस्पताल देखि सहिद पार्क जाने सडक र वीनपा १ धारापानी काेपिला भ्याली सडक निर्माण गर्ने क्रममा वीनपा १,२,३ र ४ (स्किम न ६,७र८) का पानी पाेखरीका २०० मिमिकाे मुख्य प्रसारण पाइपलाइन तथा स्किम न ८ काे २००मिमि, १२५ मिमि, ११० मिमि, ७५मिमि र ५० मिमि काे वितरण पाइपलाइन, स्किम नं ९ वीनपा ७ मा ९० मिमिकाे पाइपलाइन क्षतिग्रस्त हुदा धमलाचाैक देखि माथिल्लाे पश्चिम भागमा खानेपानी सेवा अवरुद्ध भएकाे छ। सम्बन्धित निकायहरूसँग समन्वय गर्ने र मर्मत संभार संचालन गर्ने कार्य नियमित गरिरहेको हुदा यथा सम्भव उल्लेखित स्थानहरुमा खानेपानी सेवा सुचारु हुने जानकारी गराउछौ । साथै विकास निर्माणका कार्यहरू संचालन गर्दा संस्थागत समन्वय गरी संचालन गर्न सम्बन्धित सराेकारवाला निकायहरुको ध्यानाकर्षण गराउछौ । उपभोक्ता ज्युहरुमा पर्न गएको असुविधा प्रति संस्था क्षमा प्रार्थी छ ।

Address

Ghantaghar Line
Surkhet
21700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97783520428

Website

Alerts

Be the first to know and let us send you an email when Surkhet Valley Water Supply Users Organization posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share