21/02/2026
पुर्वाधार विकास निर्देशनालय सुर्खेत तथा संघीय शहरी विकास तथा भवन कार्यालय सुर्खेतबाट क्रमस वीनपा ४ प्रदेश अस्पताल देखि सहिद पार्क जाने सडक र वीनपा १ धारापानी काेपिला भ्याली सडक निर्माण गर्ने क्रममा वीनपा १,२,३ र ४ (स्किम न ६,७र८) का पानी पाेखरीका २०० मिमिकाे मुख्य प्रसारण पाइपलाइन तथा स्किम न ८ काे २००मिमि, १२५ मिमि, ११० मिमि, ७५मिमि र ५० मिमि काे वितरण पाइपलाइन, स्किम नं ९ वीनपा ७ मा ९० मिमिकाे पाइपलाइन क्षतिग्रस्त हुदा धमलाचाैक देखि माथिल्लाे पश्चिम भागमा खानेपानी सेवा अवरुद्ध भएकाे छ। सम्बन्धित निकायहरूसँग समन्वय गर्ने र मर्मत संभार संचालन गर्ने कार्य नियमित गरिरहेको हुदा यथा सम्भव उल्लेखित स्थानहरुमा खानेपानी सेवा सुचारु हुने जानकारी गराउछौ । साथै विकास निर्माणका कार्यहरू संचालन गर्दा संस्थागत समन्वय गरी संचालन गर्न सम्बन्धित सराेकारवाला निकायहरुको ध्यानाकर्षण गराउछौ । उपभोक्ता ज्युहरुमा पर्न गएको असुविधा प्रति संस्था क्षमा प्रार्थी छ ।