CCR-Karnali

Call Website Contact the organization

CCR-Karnali Civil Society Network, working with children's rights at Karnali Province

📢 दुईदिने क्षमता विकास तालिम सम्पन्न!राष्ट्रिय बाल अधिकार परिषद्, सिसिआर कर्णाली र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा सु...
16/08/2026

📢 दुईदिने क्षमता विकास तालिम सम्पन्न!

राष्ट्रिय बाल अधिकार परिषद्, सिसिआर कर्णाली र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा सुर्खेत, दैलेख र जाजरकोटका बाल कल्याण अधिकारीहरूका लागि दुईदिने क्षमता विकास तालिम दैलेखको नारायण नगरपालिका, दैलेख बजारमा सञ्चालन भएकाे छ ।

🎯 तालिममा बाल अधिकार संरक्षण तथा प्रवर्द्धन, बाल कल्याण अधिकारीको भूमिका, जिम्मेवारी र स्थानीय तहमा प्रभावकारी बाल संरक्षण प्रणालीका विषयमा क्षमता अभिवृद्धि गरिएको छ।

🤝 बाल अधिकार संरक्षणमा सुदृढ समन्वय र प्रभावकारी सेवा प्रवाहका लागि सहकार्य जारी राखौँ।

With Consortium-Nepal – I just got recognized as one of their top fans! 🎉
15/08/2026

With Consortium-Nepal – I just got recognized as one of their top fans! 🎉

https://paharedar.com/?p=6038&fbclid=IwdGRzaATtHYFjbGNrBO0dV3Bkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEek...
15/08/2026

https://paharedar.com/?p=6038&fbclid=IwdGRzaATtHYFjbGNrBO0dV3Bkb2YFZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEeklrqcDh1t2X8MrjNdyDoV_yAWUsYgstoxmR-y99kgqFdwM7RiyhUJbIKpwg_aem_aRdnDQXBoKNVEokNnmWQ8g

दैलेख – स्थानीय तहमा बाल अधिकारको संरक्षण, प्रवर्द्धन र कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले ....

🌍 अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को हार्दिक शुभकामना! 🌱“सशक्त युवा, समृद्ध समाज र उज्ज्वल भविष्य” 🇳🇵अन्तर्राष्ट्रिय युवा...
12/08/2026

🌍 अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को हार्दिक शुभकामना! 🌱
“सशक्त युवा, समृद्ध समाज र उज्ज्वल भविष्य” 🇳🇵
अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 💐

युवा केवल भविष्यका नेतृत्वकर्ता मात्र होइनन्, आजका परिवर्तनका संवाहक पनि हुन्। समाज रूपान्तरण, दिगो विकास, शान्ति, समानता, नवप्रवर्तन तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा युवाहरूको सार्थक सहभागिता अपरिहार्य छ।आउनुहोस्, युवाको ऊर्जा, सिर्जनशीलता र नेतृत्वलाई सकारात्मक परिवर्तनमा जोड्दै समतामूलक, समावेशी र समृद्ध समाज निर्माणमा हातेमालो गरौँ। 🤝
युवा आज, परिवर्तन सधैँ! #अन्तर्राष्ट्रिययुवादिवस२०८३ #सशक्तयुवा #युवासहभागिता

🌸 राष्ट्रिय बाल सहभागिता दिवस–२०८३ को हार्दिक शुभकामना! 🌸🧒👧 “बाल सहभागिता : संविधानदेखि व्यवहारसम्म”राष्ट्रिय बाल सहभागि...
10/08/2026

🌸 राष्ट्रिय बाल सहभागिता दिवस–२०८३ को हार्दिक शुभकामना! 🌸

🧒👧 “बाल सहभागिता : संविधानदेखि व्यवहारसम्म”

राष्ट्रिय बाल सहभागिता दिवस–२०८३ को अवसरमा सम्पूर्ण बालबालिका, बाल क्लब तथा बाल सञ्जाल, बाल अधिकारकर्मी, अभिभावक, शिक्षक, नागरिक समाज, स्थानीय तह, प्रदेश तथा संघीय सरकार एवं बाल अधिकारका क्षेत्रमा क्रियाशील सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
बालबालिकाको अर्थपूर्ण, सुरक्षित, समावेशी र प्रभावकारी सहभागिता केवल अधिकारको विषय होइन, समतामूलक, उत्तरदायी र लोकतान्त्रिक समाज निर्माणको आधार हो। बालबालिकासँग सम्बन्धित नीति, योजना, बजेट तथा निर्णय प्रक्रियामा उनीहरूको आवाज, विचार र अनुभवलाई सम्मानपूर्वक समावेश गर्नु आजको आवश्यकता हो।
बाल सहभागिता दिवसले बालबालिकाको आवाज सुन्ने मात्र होइन, सुनेका आवाजलाई नीति, योजना र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसर प्रदान गर्दछ। विशेषगरी सीमान्तकृत, अपाङ्गता भएका, जोखिममा रहेका तथा अवसरबाट वञ्चित बालबालिकाको सहभागितालाई प्राथमिकता दिँदै “कुनै पनि बालबालिका पछाडि नपरोस्” भन्ने भावनालाई व्यवहारमा उतारौँ।
आउनुहोस्, बालबालिकालाई केवल भोलिका नागरिक होइन, आजका परिवर्तनका साझेदारका रूपमा स्वीकार गरौँ। उनीहरूको विचार, नेतृत्व र सहभागितालाई सम्मान गर्दै बालमैत्री शासन र समाज निर्माणमा हातेमालो गरौँ। 🤝

🌸 राष्ट्रिय बाल सहभागिता दिवस–२०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸
बाल सहभागिता सुदृढ गरौँ।
बाल अधिकार सुनिश्चित गरौँ।
बालमैत्री समाज निर्माण गरौँ। ❤️
#राष्ट्रियबालसहभागितादिवस२०८३ #बालसहभागिता #बालअधिकार # बालमैत्रीशासन #बालबालिकाकोआवाज

बालअधिकारका अग्रणी अभियन्ताहरू र संस्थाहरू सम्मानित ।बालअधिकारको संरक्षण, प्रवर्द्धन तथा बाल सहभागिताको क्षेत्रमा अतुलनी...
08/08/2026

बालअधिकारका अग्रणी अभियन्ताहरू र संस्थाहरू सम्मानित ।

बालअधिकारको संरक्षण, प्रवर्द्धन तथा बाल सहभागिताको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएकोमा सुर्खेतका नागरिक समाजका अगुवाहरू पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्य तथा नेपालमा बाल क्लब दर्ताको कानुनी अधिकार स्थापित गर्न महत्वपूर्ण नेतृत्व गर्नुभएका तिलोत्तम पौडेललाई विशेष सम्मान गरिएको छ।

नेपालमा बाल क्लब दर्ताका लागि भएको कानुनी पहलको परिणामस्वरूप सम्मानित सर्वोच्च अदालतबाट २०५८ श्रावण २५ गते बालबालिकाको बाल क्लब दर्ता गर्न आदेश जारी भएको ऐतिहासिक योगदानलाई समेत स्मरण गरिएको छ।

त्यसैगरी, सुर्खेतमा स्थापना कालदेखि निरन्तर रूपमा बालअधिकारको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सेभ द चिल्ड्रेन र स्याक नेपाललाई पनि सम्मान गरिएको छ।

💙 अग्रजहरूको योगदानको सम्मान, नयाँ पुस्ताका लागि प्रेरणा!

#बालअधिकार #बालसहभागिता #बालक्लब #सम्मान

राष्टिय बाल सहभागिता दिवसको अवसरमा कर्णाली प्रदेशका पुर्व बाल क्लव सदस्यहरुको अुनभव संगालो २०८३ एक समारोह विच विमोचन भएक...
08/08/2026

राष्टिय बाल सहभागिता दिवसको अवसरमा कर्णाली प्रदेशका पुर्व बाल क्लव सदस्यहरुको अुनभव संगालो २०८३ एक समारोह विच विमोचन भएको छ । जय बालबालिका, जय बाल अधिकार

🌟 पूर्व बाल क्लब सदस्यहरू संगठित हुँदै, कर्णालीमा पहिलो ऐतिहासिक भेला सम्पन्नसुर्खेत, २०८३ श्रावण २३ ।कर्णाली प्रदेशमा व...
08/08/2026

🌟 पूर्व बाल क्लब सदस्यहरू संगठित हुँदै, कर्णालीमा पहिलो ऐतिहासिक भेला सम्पन्न

सुर्खेत, २०८३ श्रावण २३ ।
कर्णाली प्रदेशमा विभिन्न समयमा बाल क्लबमा आबद्ध भई बालअधिकार, बाल सहभागिता तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान दिएका पूर्व बाल क्लब सदस्यहरूको प्रथम ऐतिहासिक प्रदेशस्तरीय भेला सुर्खेतमा सम्पन्न भएको छ।

बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश (सिसिआर–कर्णाली) को आयोजना तथा सेभ द चिल्ड्रेन, युनिसेफ र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सम्पन्न भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई संगठित गर्दै आगामी दिनमा बालअधिकारको क्षेत्रमा थप प्रभावकारी योगदान गर्ने आधार तयार गरेको छ।

कार्यक्रमको अध्यक्षता सिसिआर–कर्णालीका अध्यक्ष टीकाराम आचार्यले गर्नुभएको थियो भने कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका सभापति मा. पूर्णबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मा. कल्याणी खड्का, मा. उर्मिला विश्वकर्मा, मा. कलबहादुर हमाल, प्रदेश बाल क्लब सञ्जालकी उपाध्यक्ष अनुराधा चौलागाईं, क्याक्मा सुर्खेतकी संयोजक पवित्रा शाही, सेभ द चिल्ड्रेनका रत्नराज ओझा, युनिसेफका दीपक श्रेष्ठ, प्लान इन्टरनेशनलका दीक्षा भाटलगायतको आतिथ्यता रहेको थियो।

पूर्व बाल क्लब सदस्य **शर्मिला वि.सी.**को संयोजकत्वमा गठित कार्यदलको सक्रियतामा भेलाको व्यवस्थापन गरिएको थियो। कार्यक्रममा शर्मिला वि.सी.ले कर्णाली प्रदेशमा बालबालिकाको अवस्था, तथ्यांक तथा प्रमुख सवालहरू प्रस्तुत गर्दै विषय प्रवेश गराउनुभएको थियो। कार्यक्रमको सहजीकरण पूर्व बाल क्लब सदस्य तथा सिसिआर–कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गर्नुभएको थियो।

🏅 बालअधिकारका अभियन्तालाई सम्मान

भेलाका अवसरमा बालअधिकारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने सुर्खेतका नागरिक समाजका अगुवा पिताम्बर ढकाल, टीकाराम आचार्य, रमा भण्डारी, तत्कालीन जिल्ला बाल कल्याण समितिका बाल प्रतिनिधि टेकराज आचार्य तथा नेपालमा बाल क्लब दर्ताको कानुनी अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तिलोत्तम पौडेललाई सम्मान गरिएको थियो।

त्यसैगरी, सुर्खेतमा स्थापना कालदेखि निरन्तर बालअधिकारको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सेभ द चिल्ड्रेन र स्याक नेपाललाई समेत सम्मान गरिएको थियो।

💬 “बाल सहभागिता हिजो, आज र भोलि”

“बाल सहभागिता : हिजो, आज र भोलि” विषयक प्यानल छलफलमा पूर्व बाल क्लब सदस्य तथा हाल गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क., पूर्व बाल क्लब सदस्य तथा हाल युनिसेफमा कार्यरत प्रेम चन्द र सफल युवा उद्यमी दीपक बुढाले आफ्ना अनुभव तथा विचार प्रस्तुत गर्नुभएको थियो। छलफलको सहजीकरण पूर्व बाल क्लब सदस्य राकेश पौडेलले गर्नुभएको थियो।

त्यसैगरी, वर्तमान बाल क्लबमा आबद्ध सदस्य र पूर्व बाल क्लब सदस्यबीचको अन्तरक्रिया रमा भण्डारी, बाले विश्वकर्मा, तारा प्रसाद पौडेल, अनिता नेपाली र हिमा उपाध्यायले संयुक्त रूपमा सहजीकरण गर्नुभएको थियो।

🤝 पूर्व बाल क्लब सदस्यहरूको प्रदेशस्तरीय सञ्जाल गठन

भेलाले पूर्व बाल क्लब सदस्यहरूलाई संगठित गरी बालअधिकारको क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले कार्यविधि पारित गरेको छ। कार्यविधिअनुसार एक वर्षे कार्यकाल रहने १५ सदस्यीय समिति गठन गरिएको छ।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट एक/एक जना प्रतिनिधिका साथै महिला, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र सदस्य–सचिवसहित समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

कार्यविधिअनुसार संयोजकमा सुर्खेतका तेज सोनाम र उपसंयोजकमा जुम्लाकी अनिता वि.क. चयन हुनुभएको छ। सदस्यहरूमा दैलेखबाट हरिकला खड्का, कालिकोटबाट बाले विश्वकर्मा, मुगुबाट अनिता भियाल, डोल्पाबाट रणबहादुर कार्की, जाजरकोटबाट जयन्ता खत्री सुधा तथा सल्यानबाट प्रकाश नेपाली चयन हुनुभएको छ।

📜 १२ बुँदे “कर्णाली घोषणा–पत्र” जारी

भेलाले बालअधिकारको संरक्षण, प्रवर्द्धन र सुनिश्चितताका लागि १२ बुँदे कर्णाली घोषणा–पत्र समेत जारी गरेको छ।

घोषणा–पत्रमा पूर्व बाल क्लब सदस्यहरूलाई सञ्जालमा आबद्ध गराउने, सञ्जाललाई संस्थागत तथा सुदृढ बनाउने, बाल संरक्षणसम्बन्धी संरचनालाई सहयोग गर्ने, सीप तथा क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने, आत्मनिर्भरता प्रवर्द्धन गर्ने, विविधताको सम्मान गर्दै गैरराजनीतिक तथा धार्मिक तटस्थता कायम गर्ने, तथ्य र तथ्यांकमा आधारित पैरवी गर्ने, संवाद–सहकार्य–समन्वय र साझेदारीलाई प्राथमिकता दिने, समावेशी तथा समानतामूलक संस्कृतिको प्रवर्द्धन गर्ने, अधिकारमुखी अवधारणा अवलम्बन गर्ने तथा बालअधिकार सुनिश्चितताका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

साथै, बालबालिकाको आवाज परिवार, समुदाय तथा संस्थागत तहमा सुनुवाइका लागि पैरवी गर्ने र तत्कालका लागि कर्णालीका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी सञ्जाललाई थप व्यवस्थित बनाउने निर्णय गरिएको छ।

पूर्व बाल क्लब सदस्यहरू अब विगतको अनुभव मात्र होइन, भविष्यको बालअधिकार अभियानका सक्रिय सारथी बन्ने प्रतिबद्धतासहित एकजुट भएका छन्।

💙 बाल सहभागिताको अनुभव, अधिकारको अभियान र समृद्ध कर्णालीको संकल्प!

#पूर्वबालक्लबसदस्य #बालअधिकार #बालसहभागिता #कर्णालीघोषणापत्र .

30/07/2026

शान्ति, सद्भाव र एकताको सन्देश

मधेश प्रदेशमा पछिल्ला दिनहरूमा देखिएका हत्या, हिंसा तथा आगजनीका घटनाले सम्पूर्ण नेपालीलाई दुःखी बनाएको छ। यस्ता घटनाले सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई कमजोर बनाउँछन्।

यस कठिन समयमा सबै नागरिक, राजनीतिक दल, सरोकारवाला निकाय र सञ्चार माध्यमलाई संयम, संवाद र जिम्मेवारीका साथ अघि बढ्न हार्दिक आग्रह गर्दछौं। कृपया सामाजिक सञ्जालमा उत्तेजक, भ्रामक वा अपुष्ट सूचना तथा समाचार पोस्ट वा सेयर नगरी सत्य, शान्ति र सद्भावलाई प्रवर्द्धन गरौं।

आउनुहोस्, हिंसाको होइन, संवाद, सहिष्णुता र मेलमिलापको बाटो रोजौं। शान्त, सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि सबै मिलेर हातेमालो गरौं।

बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि साझा प्रतिबद्धताकर्णाली प्रदेशमा बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभ...
29/07/2026

बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि साझा प्रतिबद्धता

कर्णाली प्रदेशमा बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन नीति, नियम, ऐन–कानुन तथा बालमैत्री बजेटलाई प्राथमिकतामा राख्ने विषयमा कर्णाली प्रदेश जिल्ला समन्वय समिति महासंघसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा महासंघका १३ जना पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलका क्रममा स्थानीय तह र प्रदेश सरकारबीच प्रभावकारी समन्वय, बाल अधिकारमैत्री नीति तथा कार्यक्रमको कार्यान्वयन, बालमैत्री बजेट वृद्धि, र साझा पैरवीलाई सुदृढ बनाउने विषयमा महत्वपूर्ण विचार आदान–प्रदान गरिएको थियो।

बाल अधिकार सुनिश्चित गर्न सबै तहका सरकार, जिल्ला समन्वय समिति, नागरिक समाज तथा सरोकारवाला निकायबीचको सहकार्य र साझेदारीलाई अझ सशक्त बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।

Address

Birendranagar/12 Surkhet
Surkhet

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97783590804

Alerts

Be the first to know and let us send you an email when CCR-Karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CCR-Karnali:

Shortcuts

Share