Golbazar, Siraha

Golbazar, Siraha ""जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी " "Mother and Motherland are Greater than Heaven"

११औँ दिन बेत्रावति आफ्नै भग्नाबसेश घरबाट ६० वर्षीय चण्डीका श्रेष्ठको चमत्कारीक रुपमा जिवितै उध्दार 🙏
05/09/2026

११औँ दिन बेत्रावति आफ्नै भग्नाबसेश घरबाट ६० वर्षीय चण्डीका श्रेष्ठको चमत्कारीक रुपमा जिवितै उध्दार 🙏

05/09/2026

दलित महिलाको लोभलाग्दो मानवीय कार्य: रसुवाका बाढीपीडितलाई १४ हजार सहयोग
​गोलबजार (सिरहा) — सिरहाको गोलबजार नगरपालिका–१ बल्डाराकी एक दलित महिलाले विपद्मा परेका नागरिकका लागि उदाहरणीय मानवीय सहयोग गरेकी छन्। उनले आफ्नै बस्तीका विपन्न समुदायबाट १४ हजार रुपैयाँ संकलन गरी रसुवाका बाढीपीडितलाई पठाउने प्रतिबद्धता जनाएकी हुन्।
​आर्थिक रूपमा कमजोर समुदायमा रहेर पनि अरूको दुःखमा मलम लगाउने उनको यस कार्यको स्थानीय स्तरमा व्यापक प्रशंसा भइरहेको छ। संकलित सहयोग रकम पारदर्शी रूपमा सीधा प्रधानमन्त्री राहत कोषको QR Code मार्फत हस्तान्तरण गरिने बताइएको छ। आफ्नै अभावका बाबजुद देखाएको यो आत्मीयता र सेवाभावले समाजमा ठूलो सकारात्मक सन्देश प्रवाह गरेको छ।

Naryan Sharma

05/09/2026
नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरमा सिरहाबाट ल्याइएको राहत सामग्री बाढीपीडित परिवारलाई वितरण गरिएको छ। राहत वितरण कार्...
05/09/2026

नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरमा सिरहाबाट ल्याइएको राहत सामग्री बाढीपीडित परिवारलाई वितरण गरिएको छ। राहत वितरण कार्यक्रममा गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवर स्वयं सहभागी भई बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । विपद्को पीडामा साथ र सहयोग गर्दै “सेवा नै धर्म हो” भन्ने मानवीय भावना प्रस्तुत गरिएको छ।

गोलबजार–८ चोहर्वामा कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मटका फोर प्रतियोगिताको केही तस्बिरहरू 🏺🦚..📷 Rahul Ray
04/09/2026

गोलबजार–८ चोहर्वामा कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मटका फोर प्रतियोगिताको केही तस्बिरहरू 🏺🦚..
📷 Rahul Ray

01/09/2026

सरकारको ईन्टरनसीप सकेको हो कि बाकी छ !

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति गोलबजारमा दीप प्रज्वलन गरी श्रद्धाञ्जलीसिरहा । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान ग...
30/08/2026

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति गोलबजारमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

सिरहा । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सिरहाका युवाहरूले गोलबजारमा दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।सिरहा जिल्लाका सम्पूर्ण युवाहरूको आयोजनामा गोलबजारको मुख्य चोकमा साझ ५ :०० बजे दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागी युवाहरूले बाढीमा परी ज्यान गुमाएका नेपालसहित विभिन्न देशका नागरिकको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।सहभागीहरूले बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अझै सम्पर्कविहीन रहेका नागरिकको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।
सौजन्य Madhesh Times !!!

30/08/2026

मलेखु नजिकै पृथ्वीराजमार्गमा गएको पहिरो | Onlinekhabar

गोलबजार नगरपालिका वडा नं.-७ निवासी राजा कुमार यादव भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहिन हुनुभएको छ ! वहां...
30/08/2026

गोलबजार नगरपालिका वडा नं.-७ निवासी राजा कुमार यादव भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहिन हुनुभएको छ !
वहांको खोजीकार्यमा सहयोगको लागि हार्दिक अपिल गर्दछौं !

Address

Siraha
00977

Website

Alerts

Be the first to know and let us send you an email when Golbazar, Siraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Golbazar, Siraha:

Shortcuts

Share