बरियारपट्टी युवा समाज

  • Home
  • Nepal
  • Siraha
  • बरियारपट्टी युवा समाज

बरियारपट्टी युवा समाज "The voice of youth"

25/05/2026
जीवन एउटा यात्रा हो,जहाँ पद होइन, योगदानले मानिसको पहिचान बनाउँछ।समाजका लागि गरिएका साना प्रयासहरूले नै ठूलो परिवर्तन ल्...
14/05/2026

जीवन एउटा यात्रा हो,
जहाँ पद होइन, योगदानले मानिसको पहिचान बनाउँछ।
समाजका लागि गरिएका साना प्रयासहरूले नै ठूलो परिवर्तन ल्याउँछन्। ❤️

शुभ रात्री

📢 महत्वपूर्ण सूचनाबरियारपट्टी गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्य सञ्चालन भइरहेको हुँदा सबैलाई स...
14/05/2026

📢 महत्वपूर्ण सूचना

बरियारपट्टी गाउँपालिकाभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्य सञ्चालन भइरहेको हुँदा सबैलाई सार्वजनिक सम्पत्तिको संरक्षण तथा सहयोग गर्न अनुरोध गरिन्छ ।

📢 आजको प्रश्नतपाईंको नजरमा बरीयारपट्टीको सबैभन्दा ठूलो समस्या के हो?सडक, बेरोजगारी, स्वास्थ्य, शिक्षा कि अरू केही?आफ्नो ...
13/05/2026

📢 आजको प्रश्न

तपाईंको नजरमा बरीयारपट्टीको सबैभन्दा ठूलो समस्या के हो?
सडक, बेरोजगारी, स्वास्थ्य, शिक्षा कि अरू केही?

आफ्नो विचार comment मा खुलाएर लेख्नुहोस् 👇❤️”

— Bariyarpatti Yuwa Samaj

यो केवल एउटा हत्या होइन, यो सम्पूर्ण मानवता माथिको कलंक हो। एउटा निर्दोष बालकको निर्मम हत्या हुनु भनेको हाम्रो समाजको सं...
13/05/2026

यो केवल एउटा हत्या होइन, यो सम्पूर्ण मानवता माथिको कलंक हो। एउटा निर्दोष बालकको निर्मम हत्या हुनु भनेको हाम्रो समाजको संवेदनशीलता, सुरक्षा र मानवियता माथि नै ठाडो प्रहार हुनु हो। यस्तो हृदयविदारक घटनाले हरेक अभिभावकको मन काँपिए को छ र समाजलाई स्तब्ध बनाएको छ।

निर्दोष बच्चा माथि यस्तो क्रूर व्यवहार गर्ने अपराधीहरू मानव कहलाउन योग्य छैनन्। यस्ता नरपिसाचहरू लाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजाय दिनु आजको आवश्यकता हो, ताकि फेरि कुनै निर्दोष बालक यस्तो क्रूरताको सिकार बन्न नपरोस्।

तसर्थ आदरणीय सोहापुरबासी दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध छ — अपराधीलाई जोगाउने वा ढाकछोप गर्ने कुनै प्रयास नगरौं। सत्य र न्यायको पक्षमा उभिएर अनुसन्धानमा खटिएका प्रहरी प्रशासनलाई आवश्यक सहयोग र प्रमाण उपलब्ध गराऔं।

पीडित बालकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै दोषीलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाहीको माग गर्दै सम्बन्धित निकाय र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

बरियारपट्टी युवा समाज

‼️१८२ सांसद आफ्नै पार्टीका, सरकार आफ्नै, लगभग दुई तिहाइको शक्ति हातमा हुँदा पनि छोटी भन्सार कायम गर्न नसक्नु केवल असक्षम...
10/05/2026

‼️१८२ सांसद आफ्नै पार्टीका, सरकार आफ्नै, लगभग दुई तिहाइको शक्ति हातमा हुँदा पनि छोटी भन्सार कायम गर्न नसक्नु केवल असक्षमता हो, बहाना होइन।

बारम्बार भन्सारका डिजीसँग संवाद गर्दा पनि परिणाम शून्य हुनु भनेको नेतृत्वको कमजोरी र जनताको आवाजप्रति गैरजिम्मेवारीपनको प्रमाण , माननीय शिव यादवज्यू।

पद पाएपछि जिम्मेवारी पनि आउँछ, केवल भाषण र आश्वासनले जनताको पेट भरिँदैन। सीमावर्ती क्षेत्रका जनताको दैनिक आवश्यकता, स्थानीय व्यापारको अस्तित्व र क्षेत्रको अर्थतन्त्रसँग जोडिएको यो विषयमा अब ढिलाइ सह्य छैन।

जनताले स्टन्ट, फोटोसेसन र खोक्रा प्रतिबद्धता होइन — स्पष्ट निर्णय र तत्काल परिणाम चाहेका छन्।

अब पनि छोटी भन्सार कार्यालय कायम गर्न सक्नुहुन्न भने, जनतालाई भ्रममा राख्ने अधिकार कसैलाई छैन।
अब बहाना होइन, काम देखिनुपर्छ।

10/05/2026
25/12/2025

Powerful Story: सिरहाका सत्य नारायण साफीले आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नो खर्च टार्नका लागि हरेक दिन ९ घण्टा ज्याला मजदुरी गरेर MBBS Full Scholarship मा नाम निकाल्न सफल भएका छन्। ज्याला मजदुरी गर्दै पनि आफ्नो सपनाका लागि रातदिन मेहनत गरेर सफल हुनु, उनी सबैका लागि एक महत्वपूर्ण प्रेरणा (Inspirational) बनेका छन्। ❤️🙏

आज बरियारपट्टी युवा समाज माथि आवाज उठाउनेहरु एक पल्ट आज भन्दा पाँच वर्ष पहिले २०७७ सालमा लालबिर यादवको अध्यक्ष्ता मा भएक...
06/12/2025

आज बरियारपट्टी युवा समाज माथि आवाज उठाउनेहरु एक पल्ट आज भन्दा पाँच वर्ष पहिले २०७७ सालमा लालबिर यादवको अध्यक्ष्ता मा भएको Cricket Tournament को पनि हिसाब माग्नुहोस्।त्यो पैसा पनि कुनै गरीब,किसान र सर्वसाधारण जनताको पैसा थियो। बिना कुनै हरहिसाब बिना कुनै पारदर्शिताको रु पाँच लाख को खेल खेलाएको बिबरण खोइ र भू.पू विद्यार्थी मञ्च को अध्यक्ष भई २ बर्ष कार्यक्रम गराको हिसाब खोई ?

Address

Bariyarpatti
Siraha
224

Alerts

Be the first to know and let us send you an email when बरियारपट्टी युवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बरियारपट्टी युवा समाज:

Share