09/05/2022
निर्वाचन आयोग, नेपाल
ELECTION COMMISSION, NEPAL
निर्वाचन नेपाल आय
प्रेस विज्ञप्ति
मिति : २०७० वैशाख २५
मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा
यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसंगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्य स्वनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधान रहेको छ । दृष्टि विहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसगै जान अनुमति दिदा एक्लै मतदान कक्षमा गई आफै मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने दृष्टिविहीन दाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ ।
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको र सो व्यवस्था अनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभइ सहयोगी मात्र भएको व्यहोरा स्पष्ट हुन सरोकारवालाहरुलाई आयोगले आग्रह गरेको छ।
( शालिग्राम शर्मा पौडेल
2005/09/28
सहसचिव एवम् प्रवक्ता