01/01/2026
सूचना। सूचना॥ सूचना ।॥
विषय: सामाजिक एकता, सहकार्य र सकारात्मक परिवर्तनप्रति युवा क्लबको प्रतिबद्धता।
मिति २०८२/०९ /१६ गते बेलुका बसेको बैठकको निर्णय अनुसार हाम्रो समाजलाई शान्त, समावेशी, अनुशासित र एकीकृत बनाउने महान् उद्देश्यका साथ यस युवा क्लब सम्पूर्ण युवाहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ। समाजमा हुने विभिन्न किसिमका सामाजिक राजनीतिक पक्षका आधारमा हुने कुनै पनि प्रकारका विभाजन र भेदभावको हामी घोर विरोध गर्दछौँ।
युवाहरूको ऊर्जा, सृजनशीलता र नेतृत्व क्षमतालाई सामाजिक विकास, सद्भाव र आपसी सहकार्यमा उपयोग गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो अटल संकल्प रहेको छ। संवाद, सहिष्णुता र सहभागितामूलक अभ्यासमार्फत सामाजिक समस्या समाधान गर्दै एकताबद्ध समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नेछौँ।
यस अभियानमा सबै युवाहरू, अभिभावक, सामाजिक अगुवा तथा सरोकारवालाहरूलाई हातेमालो गरी साथ दिन हार्दिक अनुरोध गर्दछौँ।
साथसाथै अङ्ग्रेजी वर्ष २०२६ र राष्ट्रिय टोपी दिवसको अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
— समाज एकता हाम्रो साझा जिम्मेवारी
श्री जन सुधार युवा क्लब
मिति: 2082/09/17
अन्य जानकारीको लागि ९७४२५९२६७४ मा सम्पर्क गर्नुहोला। धन्यवाद