Health Education Association of Nepal - HEAN

Health Education Association of Nepal - HEAN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Education Association of Nepal - HEAN, Nonprofit Organization, Simara.

Happy New Year-2083 BSनेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं तथा परिवारजनमा सुख, शान्ति, समृद्धि, आरोग्यता एवं दीर्घ...
13/04/2026

Happy New Year-2083 BS
नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं तथा परिवारजनमा सुख, शान्ति, समृद्धि, आरोग्यता एवं दीर्घायुको हार्दिक शुभकामना !
नेपाल स्वास्थ्य शिक्षा संघ (अध्यक्ष)

नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, राष्ट...
22/03/2026

नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न
नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, राष्ट्रिय गोष्ठी तथा प्रथम मधेस सम्मेलन मधेस प्रदेशको बारा जिल्लास्थित सिमरा कलेज, सिमरामा २०८२ फाल्गुन ६ गते सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रम स्वास्थ्य शिक्षा संघका केन्द्रीय अध्यक्ष प्रा. डा. कमल गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य मधेस प्रदेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्यज्यूले गर्नुभएको थियो। यसैगरी, बागमती विश्वविद्यालयका रजिस्टार डा. कुसुमराज सुवेदी, जितपुर उपमहानगरपालिकाका मेयर राजन पौडेल तथा उपमेयर भोला प्रसाद अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल स्वास्थ्य शिक्षा संघका सल्लाहकार, विशिष्ट सदस्य तथा आजीवन सदस्यहरू सातै प्रदेशबाट सहभागी हुनुहुन्थ्यो। समारोहको उद्घाटन सत्रमा सिमरा कलेजका विद्यार्थीहरूले स्थानीय सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। उद्घाटन सत्रको सञ्चालन संघका महासचिव डा. भगवान अर्यालले गर्नुभएको थियो। सबै सहभागी तथा अतिथिहरूलाई मधेस प्रदेश तदर्थ समितिका अध्यक्ष राम विनय प्रसाद यादवज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा Journal of Health Promotion का प्रधान सम्पादक प्रा. डा. श्यामकृष्ण महर्जनज्यूले संघले नियमित प्रकाशन गर्दै आएको जर्नलको गतिविधिबारे छोटो मन्तव्य राख्नुभएको थियो। सोही अवसरमा Journal of Health Promotion को १२औँ अंकको लोकार्पण पनि गरिएको थियो। यसैगरी, नेपाल स्वास्थ्य शिक्षा संघका आजीवन सदस्य शर्मिला पोखरेल र शान्ति प्रसाद खनालज्यूले विद्यावारिधि (PhD) सम्पन्न गर्नुभएकोमा संघको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो।

उद्घाटन सत्रपछि प्लेनरी सत्रमा प्रा. डा. सुरेन्द्र गिरीले “स्वास्थ्य शिक्षामा दार्शनिक बहस” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यसैगरी, keynote सत्रमा नारायणी क्षेत्रीय अस्पतालका वरिष्ठ चिकित्सक डा. चित्रांजन शाहले “Lower Urinary Tract Disease and Solution” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो। राष्ट्रिय गोष्ठीमा डा. हरि मैनाली, योको ओडा थापा र डा. तुलसीराम भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभयो। कार्यक्रममा “Curricular Reforms and Opportunities in Health Education” शीर्षकमा प्यानल छलफल समेत सम्पन्न भयो। उक्त प्यानलमा स्वास्थ्य शिक्षाका प्रबुद्ध व्यक्तित्वहरू प्रा. डा. रामकृष्ण महर्जन (विद्यालय स्वास्थ्य शिक्षा विषय समितिका अध्यक्ष), प्रा. डा. ओम बराल (त्रिभुवन विश्वविद्यालय स्वास्थ्य शिक्षा विषय समितिका अध्यक्ष), प्रा. डा. भीमसेन देवकोटा (स्वास्थ्य शिक्षा संघका पूर्वअध्यक्ष) तथा सुधा घिमिरे (उपप्राध्यापक, स्वास्थ्य शिक्षा) को सहभागिता रहेको थियो।

कार्यक्रमको उत्तरार्धमा नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा सम्पन्न भयो। सभामा अध्यक्ष प्रा. डा. कमल गौतमले वार्षिक कार्यप्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८२/८३ को योजना प्रस्तुत गर्नुभयो। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को बजेट योजना कोषाध्यक्ष श्री यादुराम उप्रेतीले प्रस्तुत गर्नुभयो। १८औँ वार्षिक साधारण सभाको सञ्चालन केन्द्रीय सदस्य श्री खेम भुर्तेलले गर्नुभएको थियो भने केन्द्रीय सदस्य श्री सुरक्षा रेग्मी सापकोटाले आजीवन सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साधारण सभा सम्पन्न भएपछि प्रथम मधेस सम्मेलन मधेस प्रदेश तदर्थ समितिका अध्यक्ष राम विनय प्रसाद यादवज्यूको अध्यक्षतामा सम्पन्न भयो। सम्मेलनले राम विनय प्रसाद यादवज्यूको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको थियो।

नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN), कोशी प्रदेश, का आजीवन सदस्य  पारसमणी गेलाल ज्यू कोशी प्रदेशको उदयपुर क्षेत्र नम्बर १ ...
08/03/2026

नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN), कोशी प्रदेश, का आजीवन सदस्य पारसमणी गेलाल ज्यू कोशी प्रदेशको उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएकोमा संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ। उहाँको कार्यकालमा स्वास्थ्य शिक्षा विषयको पेशागत उन्नयनलाई कोसेढुङ्गाको रूपमा अघि बढाउने तथा समग्र स्वास्थ्यशिक्षाको क्षेत्रमा ठोस योगदान पुग्ने अपेक्षा हामीले गरेका छौं।
शुभकामना सहित,
अध्यक्ष
नेपाल स्वास्थ्य शिक्षा संघ (HEAN)

We are pleased to announce that HEAN is going to publish its 14 Vol, Issue 1 of the Journal of Health Promotion (JHP) in...
04/03/2026

We are pleased to announce that HEAN is going to publish its 14 Vol, Issue 1 of the Journal of Health Promotion (JHP) in the June month. We prefer online submission of your scientific papers.

Call For Submission of the Papers for JHP Vol 14, Issue 1, 2026 2025-06-21 We are pleased to announce that the Health Education Association of Nepal (HEAN) is going to publish its 14 vol (Issue 1) of the Journal of Health Promotion (JHP) in the form of both print and online. Hence, we kindly request...

One Day workshop on scientific writing and publishing was held at Simara College Simara in collaboration with HEAN dated...
19/02/2026

One Day workshop on scientific writing and publishing was held at Simara College Simara in collaboration with HEAN dated on 7th Phalgun 2082.

18th AGM and National Seminar was held at Simara, Madhes Province dated on 6th Phalgun.
19/02/2026

18th AGM and National Seminar was held at Simara, Madhes Province dated on 6th Phalgun.

Invitation to the Program !
11/02/2026

Invitation to the Program !

हामी स्वागतका लागि अव तयारी अवस्था छौ । के तपाइले गुगल फर्म भर्नु भयो त ? छैन भने केहि दिन अझै बाकि छ तल लिंकमा क्लिक गर...
06/02/2026

हामी स्वागतका लागि अव तयारी अवस्था छौ । के तपाइले गुगल फर्म भर्नु भयो त ? छैन भने केहि दिन अझै बाकि छ तल लिंकमा क्लिक गर्नुहोस ।
https://forms.gle/u6Y9YgZh8LbvkRhg7

आदरणीय महानुभावहरु नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा  राष्ट्रिय सेमिना...
26/01/2026

आदरणीय महानुभावहरु नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा राष्ट्रिय सेमिनार कार्यक्रम यहि २०८२ फागुन ६ गते मधेश प्रदेश, बाराको सिमरामा हुने भएकोले सम्बन्धित सबैलाई सहभागी भई दिनुहुन् हार्दिक अनुरोध गर्दछौ । गुगल फारम भर्न बाँकिले अनिवार्य भर्न हुन समेत अनुरोध छ ।
You sent

नेपाल स्वास्थ्य शिक्षा संघ, केन्द्रीय समितिको १८औ वार्षिक साधारण सभा (AGM) तथा प्रथम मधेश प्रदेश सम्मेलन एवम् Advancing Health...

https://www.nepjol.info/index.php/jhp/announcement/view/70
07/01/2026

https://www.nepjol.info/index.php/jhp/announcement/view/70

Call For Submission of the Papers for JHP Vol 14, 2026 2025-06-21 We are pleased to announce that the Health Education Association of Nepal (HEAN) is going to publish its 14th volume of the Journal of Health Promotion (JHP) in the form of both print and online. Hence, we kindly request you submit yo...

सूचना ! सूचना !! सूचना !!!आदरणीय महानुभावहरु प्रतिकुल मौसमका कारण नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, ...
01/01/2026

सूचना ! सूचना !! सूचना !!!
आदरणीय महानुभावहरु प्रतिकुल मौसमका कारण नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा राष्ट्रिय सेमिनार कार्यक्रम पूर्व निर्धारित कार्यक्रम फागुण ६ गते यथा स्थान (सिमरा, बारा) मा हुने जानकारी गराउदछौ ।

यहि २०८२ पौष २६ गते शनिबार हुने नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा Adva...
22/12/2025

यहि २०८२ पौष २६ गते शनिबार हुने नेपाल स्वास्थ्य शिक्षा संघको १८औँ वार्षिक साधारण सभा, प्रथम मधेश प्रदेश सम्मेलन तथा Advancing Health Education Research and Innovation शीर्षक राष्ट्रिय सेमिनार कार्यक्रममा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ । कृपया सहभागिताको लागि तलको गुगल लिंक फारम भरिदिनु हुनको लागि अनुरोध गर्दछौ ।
गुगल लिंक:

नेपाल स्वास्थ्य शिक्षा संघ, केन्द्रीय समितिको १८औ वार्षिक साधारण सभा (AGM) तथा प्रथम मधेश प्रदेश सम्मेलन एवम् Advancing Health...

Address

Simara

Website

Alerts

Be the first to know and let us send you an email when Health Education Association of Nepal - HEAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share