AAdarsha Youth Club ,Sainamaina

AAdarsha Youth Club ,Sainamaina Youth Club

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दि...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🎉
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै क्लबका सम्पूर्ण सदस्यहरू र सुभेच्छुक माया गर्ने सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
नयाँ वर्षले सबैको जीवनमा नयाँ उमङ्ग, नयाँ ऊर्जा र सफलता ल्याओस्।

यस आदर्श युवा क्लब सैनमैना ४ रूपन्देहीका अध्यक्ष श्री प्रेम न्यौपाने  ज्यूको यही मिति २०८२ साल फाल्गुन २५ गते वैवाहिक जी...
10/03/2026

यस आदर्श युवा क्लब सैनमैना ४ रूपन्देहीका अध्यक्ष श्री प्रेम न्यौपाने ज्यूको यही मिति २०८२ साल फाल्गुन २५ गते वैवाहिक जीवनमा बाँधिनुभएको हुँदा सुखमय दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

आनन्दामृत आश्रितरक्षक आत्मानन्द महेश शिवसाम्बसदाशिव साम्बसदाशिव साम्बसदाशिव साम्बशिव ॥महाशिवरात्रिको पावन अवसरमा हामीले ...
15/02/2026

आनन्दामृत आश्रितरक्षक आत्मानन्द महेश शिव
साम्बसदाशिव साम्बसदाशिव साम्बसदाशिव साम्बशिव ॥
महाशिवरात्रिको पावन अवसरमा हामीले आज बोलबम धाममा प्रसाद वितरण एवम शुद्ध पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेका छौ । यस कार्यक्रम सफल बनाउनका निमित्त खटिनु भएका क्लबका सम्पुर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।
देश-विदेशमा रहनुभएका सम्पूर्ण सनातन वैदिक धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना!

आदर्श युवा क्लबको आयोजनामा AYC Quiz Champ Season–3 तथा तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन   कार्यक्रम सफलतापूर्...
26/12/2025

आदर्श युवा क्लबको आयोजनामा AYC Quiz Champ Season–3 तथा तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 🎉
१६ वटा विद्यालयहरूको सहभागिताबीच सम्पन्न प्रतियोगितामा
🥇 प्रभात इङ्ग्लिस बोर्डिङ स्कुल — प्रथम
🥈 सुनगाभा पब्लिक स्कुल — द्वितीय
🥉 सैनामैना माध्यमिक विद्यालय — तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र प्रसाद शर्मा ज्यू को गरिमामय उपस्थितिले कार्यक्रमलाई थप प्रेरणादायी बनायो। 🙏
यसै अवसरमा आदर्श युवा क्लबको प्रथम अधिवेशनबाट तपशील बमोजिम नयाँ कार्यसमिति गठन गरिएको छ:
अध्यक्ष — प्रेम न्यौपाने
उपाध्यक्ष — बिकाश बस्नेत
द्वितीय उपाध्यक्ष — प्रतिमा पौडेल
सचिव — दिनेश न्यौपाने
कोषाध्यक्ष — परश गैरे
सह–सचिव — सुस्मिता न्यौपाने
सदस्यहरू — प्रभात खत्री, प्रबिन कार्की, अनन्त गौतम, अनिश आचार्य, कुसुम कार्की
संस्थापक अध्यक्ष कोषराज बस्नेत ज्यू बाट सम्पूर्ण सहभागी, विजेता विद्यालय तथा नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। 🌟
सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा सहयोगी हातहरूलाई धन्यवाद।
युवाको नेतृत्व, ज्ञान र सकारात्मक परिवर्तनका लागि आदर्श युवा क्लब। 💙

🏆 AYC QUIZ CHAMP – Season 3 🏆📅 पौष ११ गते📍 बबरी पार्टी प्यालेस sainaimaina 2🎓 सैनामैना नगरपालिकाभित्रका विद्यालयस्तरीय व...
21/12/2025

🏆 AYC QUIZ CHAMP – Season 3 🏆

📅 पौष ११ गते
📍 बबरी पार्टी प्यालेस sainaimaina 2
🎓 सैनामैना नगरपालिकाभित्रका विद्यालयस्तरीय विद्यार्थीहरूबीच

यो प्रतियोगिता तेस्रो पटक आयोजना हुन लागेको हो, जसले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतालाई अझ सशक्त बनाउने विश्वास लिएका छौँ।
📢 सैनामैना नगरपालिकाका सम्पूर्ण विद्यालयहरूलाई यस प्रतियोगितामा सहभागी भइ आफ्ना प्रतिभाशाली विद्यार्थीहरू पठाइदिन हार्दिक अनुरोध गर्दछौँ।

✨ ज्ञानको प्रतिस्पर्धा, प्रतिभाको पहिचान ✨
आयोजक: आदर्श युवा क्लब

आज मिति २०८१ फाल्गुन १९ बाट सुरु हुन लागेको सुनगावा सैनामैना गोल्ड कपमा सम्पूर्ण टीमका  खेलाडी तथा खेलप्रेमीहरुलाई हार्द...
03/03/2025

आज मिति २०८१ फाल्गुन १९ बाट सुरु हुन लागेको सुनगावा सैनामैना गोल्ड कपमा सम्पूर्ण टीमका खेलाडी तथा खेलप्रेमीहरुलाई हार्दिक स्वागत गर्दछौ।

सुनगाभा सैनामैना गोल्ड कप २०८१ भोलि फाल्गुन १९  बाट सुरु हुन गएको हुदा सम्पूर्ण खेलप्रेमी एबम सैनामैना रुपन्देही बासीहरु...
02/03/2025

सुनगाभा सैनामैना गोल्ड कप २०८१ भोलि फाल्गुन १९ बाट सुरु हुन गएको हुदा सम्पूर्ण खेलप्रेमी एबम सैनामैना रुपन्देही बासीहरुलाई खेल हेर्न आइदिनुहुन बिनम्र अनुरोध गर्न चाहन्छौ ।
आयोजक: मुर्गिया फूटबल क्लब
संरक्षक: सैनामैना नगरपालिका कार्यालय
स्थान: सैनामैना फूटबल रंगशाला, सैनामैना ४ मुर्गिया रुपन्देही

HAPPY BIRTHDAY 🎂🎂On this special day, we celebrate not just your birthday but also the incredible leadership, dedication...
18/02/2025

HAPPY BIRTHDAY 🎂🎂
On this special day, we celebrate not just your birthday but also the incredible leadership, dedication, and passion you bring to the Aadarsha Youth Club. Your vision and tireless efforts have inspired us all to strive for excellence and work together for a better tomorrow.
May this year bring you boundless joy, success, and fulfillment in all your endeavors. Thank you for being a guiding light and a true role model for everyone in the club. Here’s to another year of growth, achievements, and making a positive impact.
Warmest wishes from the entire Aadarsha Youth Club Family

आदर्श युवा क्लबद्वारा आयोजित नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता - AYC Quiz Champ Season 2  सफलतापूर्वक सम्पन्न ...
08/12/2024

आदर्श युवा क्लबद्वारा आयोजित नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता - AYC Quiz Champ Season 2 सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सानामैना नगरपालिकाका विभिन्न १५ विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो। सम्पूर्ण सहभागी विद्यालयहरूलाई यस प्रतियोगितालाई सफल बनाइदिनु भएको सहयोग र सक्रियताका लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
यसैगरी, कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी हातहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं।
भविष्यमा नगरपालिकाका सम्पूर्ण विद्यार्थीहरूको बौद्धिक विकासका लागि यस्ता शैक्षिक गतिविधिहरूलाई थप प्राथमिकता दिँदै, निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं। यसले विद्यार्थीहरूमा ज्ञान, प्रतिस्पर्धात्मक क्षमता, र आत्मविश्वास वृद्धि गर्न थप ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौं।
Winner: SUNGAVA PUBLIC SCHOOL
1st Runner Up : LITTLE BIRD ENGLISH BOARDING SCHOOL
2nd Runner Up : GALAXY ENGLISH BOARDING SCHOOL
Consolation: SAINAMAINA MAVI
NAVA PRABHAT BOADIRING SCHOOL
🎉🎉🎉🎉🎊🎉🎊🎉🎊🎉🎊🎊🎉🎊🎊🎉🎊🎉❤️🥰🥰🥰🥰

आदर्श युवा क्लब सैनामैना ४ रूपन्देहीले आयोजना गर्न गइरहेको सैनामैना नगरस्तरीय अन्तरविद्यालय मा.वि स्तरको हाजिरिजवाफ प्रत...
08/12/2024

आदर्श युवा क्लब सैनामैना ४ रूपन्देहीले आयोजना गर्न गइरहेको सैनामैना नगरस्तरीय अन्तरविद्यालय मा.वि स्तरको हाजिरिजवाफ प्रतियोगिता दोस्रो संस्करण (AYC Quize Champ Season-2) मा सहयोग गर्ने सहयोगी मन आदरणीय ब्याक्तित्व श्री खम बहादुर खत्री ज्यू लाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ।

आदर्श युवा क्लब सैनामैना ४ रूपन्देहीले आयोजना गर्न गइरहेको सैनामैना नगरस्तरीय अन्तरविद्यालय मा.वि स्तरको हाजिरिजवाफ प्रत...
07/12/2024

आदर्श युवा क्लब सैनामैना ४ रूपन्देहीले आयोजना गर्न गइरहेको सैनामैना नगरस्तरीय अन्तरविद्यालय मा.वि स्तरको हाजिरिजवाफ प्रतियोगिता दोस्रो संस्करण (AYC Quize Champ Season-2) मा सहयोग गर्ने सहयोगी मन आदरणीय ब्याक्तित्व श्री सिता थापा घिमिरे ज्यू लाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ।

Address

Sainamaina
Rupandehi

Telephone

+9779842802436

Website

Alerts

Be the first to know and let us send you an email when AAdarsha Youth Club ,Sainamaina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share