Koch Rajbanshi Young Star Club

Koch Rajbanshi Young Star Club अपनार भेषभुषा कला संस्कृति माया करि
दुई हात जुरिए बन्दगी नमस्कार सभाके

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू
१.१ पृष्ठभूमि
पूर्वी नेपालकोकोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य

र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ ।
वर्तमान पूर्वी नेपालको कोशी नदी पूर्वको तराई खण्ड पौराणिक कालमा ज्योतिषपुर तथा प्राचिन कामरुप अन्तर्गत पर्दथ्यो भन्ने इतिहास पाइन्छ । रामायण, महाभारत, तन्त्र पुराण आदि हिन्दू धार्मिक ग्रन्थहरूमा प्रागज्योतिष कामरुप देशको उल्लेख गरेको पाइन्छ । महाभारतकालमा प्राग्ज्योतिषको कामरुपको सीमा दक्षिण बंगोपसागर र पश्चिम करोतोया नदीसम्म फैलिएको थियो । सो समयामा करोतोया एउटा विशाल नदी थियो र वर्तमान टिष्टा, कोशी र महानन्दा यी तीनवटा नदी एकैसाथमा मिलेका थिए (गेइट्, सर एडवार्ड, १९९३) । योगिनी तन्त्रको वर्णन अनुसार पश्चिम कारोतोयादेखि दिक्करवासिनीसम्म, उत्तर दिशामा कञ्चगिरी, पूर्वमा तीर्थश्रेष्ठ दीक्षा नदी तथा दक्षिणमा ब्रम्हपुत्र र लाक्षा नदीको संगमस्थलसम्म कामारुप साम्राज्य फैलिएको थियो जसलाई पछि इतिहासमा कामतापुर भनियो । प्रसिद्ध इतिहासकार शरतचन्द्र घोषालका अनुसार कोच जाति बुझाउने शब्द संकोश शब्दबाट अपभ्रंश भएको हो (घोषाल, २००७) । यसरी हेर्दा हालको आसाममा अवस्थित सन्कोश नदी, कोश र कोशी नदी भौगोलिक क्षेत्रभित्र प्राचीन कालदेखि बसोबास गर्दै आएका मानिसहरूलाई कोच भनिन्छ (को.रा.मु.मो., २०६६) । सत्रौं र अठारौं शताब्दीमा दक्षिणको बिहार र उत्तरको मोरङदेखि भारतको आसामसम्म फैलिएको कोच साम्राज्य भारतमा अङ्ग्रेजहरूले र झापा, मोरङ, र सुनसरी जिल्लालाई नेपाल अधिराज्यले गाभेपछि कोचहरूको राजनीतिक इतिहासको अन्त्य भयो (विष्ट, डोरबहादुर, २०५५) ।
आर्यहरूको आगमन भन्दा अगाडिदेखि नै आफ्नै संमृद्ध संस्कृति र गौरवशाली परम्परा चलाएर राज्य गर्दै आएका कोच आफूभन्दा बढी शक्तिशाली र समुन्नत ठह¥याएका जाति र वर्गहरूका अगाडि आफ्नो आत्मसम्मान र मर्यादामा क्रमसः पतन हुन थाल्यो । धेरैजसो कोच ब्राम्हण पुरोहितहरूका जजमान बन्न थाले । उनीहरूले लुकीछिपी जात बदल्न थाले । सभ्य बन्नको लागि आफ्नो जातको नाम बदलेर आफूलाई राजपूत सरहको राजवंशी भन्न थाले । तर यसबाट कोचहरू बीचमा फूट आयो । फलस्वरुप राजपरिवार तथा सम्पन्न कोचहरू राजपूत सरह राजवंशी हुन सफल भए भने कोही मुसलमान धर्म ग्रहण गर्न पुगे ।

16/04/2026
13/01/2026
सभाक हार्दिक निमन्त्रणायहीड पुस २९ गते मंगलबार दिना नवौ राष्ट्रिय भाक्का दिवसत आसिएने कार्यक्रम ड सफल करिबन कहेने आशा कर...
10/01/2026

सभाक हार्दिक निमन्त्रणा

यहीड पुस २९ गते मंगलबार दिना नवौ राष्ट्रिय भाक्का दिवसत आसिएने कार्यक्रम ड सफल करिबन कहेने आशा करेची

* स्थान रंगेली-८ दर्बेशा बजार (मोरङ)

17/12/2025

दर्वेशा बजारकाे पुरानाे चिया पसल

17/12/2025

दर्वशा बजारकाे पुरानाे चिया पसल।

काेच राजवंशी गायक ज्याेति राजवंशी र एकटा नाया भक्ति गीत लिए आसिचे । बिगत ४ साल से सांगितिक क्षेत्र से जुराल अम्हा गुमसुम...
30/11/2025

काेच राजवंशी गायक ज्याेति राजवंशी र एकटा नाया भक्ति गीत लिए आसिचे । बिगत ४ साल से सांगितिक क्षेत्र से जुराल अम्हा गुमसुम गुमसुम नामेर गित र भि गिदाए सकिचे । निरन्तर रूप से राजवंशी भाषा आर सांस्कृतिर विकासत सांगितिक रूपे अप्नार याेगदान दाबार गायक लार मधे अम्हा भि एक हए । ‘जगत कल्याणी माता ब्रहमानी’ बाेलेर इर गित माता ब्रहमाणीर भजन गित हए ।

काेच राजवंशी गायक ज्याेति राजवंशी र एकटा नाया भक्ति गीत लिए आसिचे । बिगत ४ साल से सांगितिक क्षेत्र से जुराल अम्हा .....

Address

Darbesha, Morang
Rangeli
56600

Telephone

+9779807309063

Website

Alerts

Be the first to know and let us send you an email when Koch Rajbanshi Young Star Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Koch Rajbanshi Young Star Club:

Share