18/04/2026
Save the Children in Nepal संगको सहकार्यमा सबल नेपालद्वारा सप्तरी जिल्लाको Khadak Municipality Saptari मा संचालित "सम्मुनति" कार्यक्रम अन्तर्गत “स्वास्थ्य संस्था हरु बीच Learning Sharing तथा सम्मान कार्यक्रम” सम्पन्न भएको छ ।नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा सबल नेपालका अध्यक्ष जुना गिरीज्यूको अध्यक्षतामा ग व्यवस्थित रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, प्रशासन शाखा प्रमुख, सबल नेपालका कर्मचारीहरू तथा नगरपालिकाभित्र रहेका सम्पूर्ण ११ वटा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य संस्थाहरूबीच भएका सकारात्मक अभ्यास, अनुभव, सिकाइ तथा चुनौतीहरू साझा गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र गुणस्तरीय बनाउने रहेको थियो। सोही उद्देश्यअनुसार सहभागी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले आफ्नो संस्थामा भइरहेको सेवा प्रवाह, हासिल भएका उपलब्धिहरू, कार्यान्वयनका क्रममा भोगिएका चुनौतीहरू तथा सिकाइहरू प्रस्तुत गरेका थिए ।
यस प्रकारको खुला अनुभव आदानप्रदानले स्वास्थ्य संस्थाहरूबीच आपसी समन्वय, सहकार्य, समस्या समाधान र संस्थागत सुधारका सम्भावित अवसरहरू पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। सहभागीहरूले एक अर्काका सफल अभ्यासहरूबाट प्रेरणा लिँदै आगामी दिनमा सेवा सुधारका लागि थप प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका खडक नगरपालिकाका सबै ११ वटा स्वास्थ्य संस्थाहरूलाई कदर पत्र सहित सम्मान गरिएको थियो । यस सम्मानले स्वास्थ्यकर्मीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै आगामी दिनमा अझ समर्पित भएर सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
कार्यक्रमको समापनमा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले स्थानीय तहको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि यस्ता Learning Sharing कार्यक्रमहरू निरन्तर आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा नागरिकमैत्री बनाउन सबै पक्षबीच सहकार्य अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
समग्रमा, यस कार्यक्रमले ज्ञान साझेदारी, संस्थागत सुदृढीकरण, स्वास्थ्यकर्मीहरूको उत्साह अभिवृद्धि तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
सबल नेपाल र खडक नगरपालिका बीचको सहकार्यमा समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रयास निरन्तर जारी रहनेछ ।