Change The Society

Call Directions Website Contact the organization

Change The Society समाज परिवर्तन
“The best way to find yourself is to lose yourself in the service of others.”
!!

Achievement !!
•50 + Community and School Program ✅
•2000+ clothes Donation ✅
•25+ waste management program ✅
•Inspiring and supporting different communities

🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🌺असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीक महान् पर्व...
21/10/2026

🌺 विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🌺

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको प्रतीक महान् पर्व विजयादशमीले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र नयाँ उत्साह ल्याओस्। ❤️

रातो टीका, पहेँलो जमरा र ठूलाबडाको आशीर्वादसँगै हाम्रो समाजमा प्रेम, सद्भाव, एकता र सकारात्मक परिवर्तनको भावना अझ बलियो बनोस्। 🌾🪔

आउनुहोस्, चाडपर्वको खुसीसँगै मानवता, आपसी सम्मान र सामाजिक सद्भावलाई पनि आत्मसात् गरौँ।

Change The Society (समाज परिवर्तन) को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🇳🇵🙏

जय माता दुर्गा! जय नेपाल! ❤️

#विजयादशमी #दशैँकोशुभकामना #समाजपरिवर्तन

🙏🌺 नवरात्रिको हार्दिक मंगलमय शुभकामना! 🌺🙏माता दुर्गाको दिव्य आशीर्वादले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनम...
19/10/2026

🙏🌺 नवरात्रिको हार्दिक मंगलमय शुभकामना! 🌺🙏

माता दुर्गाको दिव्य आशीर्वादले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र सकारात्मक ऊर्जा प्रदान गरोस्। ✨

नवरात्रिको यस पावन अवसरले हामी सबैमा सत्य, साहस, सद्भाव र मानवताको भावना जागृत गर्दै समाजमा प्रेम, एकता र सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गरोस्। 🪔🌼

जय माता दी! ❤️🙏

Change The Society (समाज परिवर्तन) को तर्फबाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।

#शुभ_नवरात्रि #जयमातादी #समाज_परिवर्तन

🌿 Green Digital Nepal: E-Waste Dialogue 2026 सामाजिक रूपान्तरणसँगै वातावरण संरक्षण र डिजिटल जिम्मेवारीप्रति सचेतना फैलाउ...
15/10/2026

🌿 Green Digital Nepal: E-Waste Dialogue 2026

सामाजिक रूपान्तरणसँगै वातावरण संरक्षण र डिजिटल जिम्मेवारीप्रति सचेतना फैलाउने हाम्रो यात्रामा अर्को महत्त्वपूर्ण सहभागिता!

Change The Society (समाज परिवर्तन) को प्रतिनिधित्व गर्दै Green Digital Nepal: E-Waste Dialogue 2026 मा ।

आजको डिजिटल युगमा विद्युतीय उपकरणको प्रयोग बढ्दै जाँदा इलेक्ट्रोनिक फोहोर (E-Waste) व्यवस्थापन वातावरण र जनस्वास्थ्यका लागि चुनौती बन्दै गएको छ। यसको उचित व्यवस्थापन, पुनःप्रयोग र सुरक्षित विसर्जनका विषयमा संवाद, सहकार्य र जनचेतना अत्यन्त आवश्यक छ।

हामी विश्वास गर्छौँ—सामाजिक परिवर्तन केवल सोचबाट होइन, जिम्मेवार व्यवहार र सामूहिक प्रयासबाट सम्भव हुन्छ। 🌱

Let’s build a greener, cleaner and more sustainable Nepal! 🇳🇵

जितिया पावन पर्वक हार्दिक शुभकामना! आमा र सन्तानबीचको प्रगाढ सम्बन्ध तथा कठोर समर्पणको प्रतीक जितिया पर्वको पावन अवसरमा ...
03/10/2026

जितिया पावन पर्वक हार्दिक शुभकामना!
आमा र सन्तानबीचको प्रगाढ सम्बन्ध तथा कठोर समर्पणको प्रतीक जितिया पर्वको पावन अवसरमा समाज परिवर्तन परिवारको तर्फबाट देश-विदेशमा रहनुभएका सम्पूर्ण आमा तथा आदरणीय महानुभावहरूमा हार्दिक शुभकामना!🌸🌸

🛠️ विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏भगवान् विश्वकर्माको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उन्नति प्र...
17/09/2026

🛠️ विश्वकर्मा पूजाको हार्दिक शुभकामना! 🙏

भगवान् विश्वकर्माको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र उन्नति प्राप्त होस्।

~Change The Society (समाज परिवर्तन)
#विश्वकर्मापूजा #विश्वकर्माजयन्ती #शुभकामना #समाजपरिवर्तन

15/09/2026

🙏 वाचा गरेको थिएँ, पूरा गरेर देखाएँ।

बाढी प्रभावित विद्यार्थीहरूसँग भेट्दा हामीले उनीहरूलाई एउटा वाचा गरेका थियौँ !
सक्ने जति सहयोग गर्नेछु।

आज त्यो वाचा पूरा गर्ने अवसर मिल्यो। विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गर्दै उनीहरूको अनुहारमा मुस्कान ल्याउन सक्नु नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। 😊

सानो सहयोग, ठूलो आशा।
मुस्कान बाँड्ने यात्रा जारी छ।

~Change The Society

#हामीउठ्नेछौँ

14/09/2026

हाम्रो सेवा, अझ ठूलो प्रेरणा।

रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा Change The Society (समाज परिवर्तन) ले गरेको मानवीय सहयोगलाई गोरखापत्रले स्थान दिएकोमा हार्दिक धन्यवाद।

यो सम्मान हाम्रो लागि अन्त्य होइन, अझ धेरै सेवा गर्ने, अझ धेरै हात समाउने र अझ धेरै मुस्कान बाँड्ने प्रेरणा हो।

सेवा निरन्तर छ। यात्रा जारी छ। 🇳🇵

~ Change The Society (समाज परिवर्तन)
“परिवर्तनको सुरुवात आफैँबाट।” 🤝🇳🇵
#हामीउठ्नेछौं

🙏 हरितालिका तीज तथा श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना! 🌺🪔हरितालिका तीजको पावन अवसरले सबैको जीवनमा सुख, शान्ति,...
14/09/2026

🙏 हरितालिका तीज तथा श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना! 🌺🪔

हरितालिका तीजको पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलताको मार्ग प्रशस्त गरोस्। साथै, श्री गणेश चतुर्थीले हरेक बाधा–अड्चन हटाउँदै नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछौँ। 🙏✨

यस पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूमा Change The Society (समाज परिवर्तन) परिवारको तर्फबाट हार्दिक शुभकामना। ❤️

🌸 संस्कृतिको संरक्षण गरौँ, सद्भाव बढाऔँ र समाज परिवर्तनको यात्रामा सँगै अघि बढौँ।
— Change The Society (समाज परिवर्तन)
#समाजपरिवर्तन #हरितालिकातीज #गणेशचतुर्थी #शुभकामना #समाजपरिवर्तन

12/09/2026

बाटो कठिन छ, यात्रा चुनौतीपूर्ण छ।तर हाम्रो गन्तव्य स्पष्ट छ।

बाढी तथा डुबानबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि हामी राहत सामग्री लिएर यात्रामा छौँ। बाटोको अवस्था कठिन छ, यात्रा ढिलो हुन सक्छ, जोखिम पनि हुन सक्छ—तर हामी रोकिने छैनौँ।

किनकि हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु होइन, पीडामा रहेका परिवारसम्म सहयोग पुर्‍याउनु हो।

कठिन बाटो भए पनि हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ।
सेवाको बाटोमा बाधा आउन सक्छ, तर हाम्रो हौसला रोकिने छैन।

🇳🇵 हामी फेरि उठ्नेछौँ।

~समाज परिवर्तन (Change The Society)
#हामीउठ्नेछौं

Send a message to learn more

10/09/2026

विपद्को घडीमा सेवा नै सबैभन्दा ठूलो मानवता हो।

बाढी तथा डुबानबाट प्रभावित परिवारहरूको पीडामा साथ दिँदै समाज परिवर्तन (Change The Society) निरन्तर राहत तथा सहयोग कार्यमा जुटिरहेको छ। ❤️

हामीले आज गरेको सानो सहयोगले भोलि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ। त्यसैले आफ्नो–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ र प्रभावित परिवारहरूको साथ बनौँ।

🤝 हामी एकजुट भयौँ भने, जस्तोसुकै विपद्लाई पनि पार गर्न सक्छौँ।

🇳🇵 हामी उठ्नेछौँ, हामी सम्हालिनेछौँ, र हामी फेरि सँगै उठ्नेछौँ।
— समाज परिवर्तन (Change The Society)
मानवता हाम्रो पहिचान, सेवा हाम्रो अभियान।


Address

Rajbiraj
56400

Alerts

Be the first to know and let us send you an email when Change The Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Change The Society:

Shortcuts

Share