01/04/2026
पुनरावलोकन:
विगतका केही वर्ष अघि सेवाका लागि युवा, पोखरा कास्की द्वारा गरिएको वृक्षारोपण कार्यक्रम अन्तर्गत रोपिएका केही बिरुवाहरू आज रुखका रूपमा परिणत भएको देख्दा अत्यन्तै हर्षित भएको छु। सबै बिरुवा जोगाउन नसकिए पनि केही बिरुवाहरू हुर्किएर हरियाली फैलाएको देख्दा निकै सन्तोष मिलेको छ। यस कार्यले थोरै भए पनि वातावरणीय सन्तुलनमा सकारात्मक योगदान पुर्याएको छ।
यस पुण्य कार्यमा साथ, सहयोग र योगदान गर्नुहुने सम्पूर्णमा संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏🌱🌳