तँहन सरब्ज भाई रिंहच्हामी मै क्री तले
२१औं शताब्दीको संघारमा बिश्व आज एक हुँदै गैरहेको अवस्थामा बिडम्बना हामी तमुहरु त्यसमा पनि सर्बुज तमुहरु जुन हिजोका दिनमा एउटै पुर्खा खे र माँ को कोखबाट जन्मिएका सन्तान हामी विभिन्न समस्या र बाध्यताबस बासस्थान स्थानन्तरण गर्दै जाने काममा नेपालका गाउँ, शहर, जिल्ला हुँदै पहाड, मधेस र तराई लगाएत बैदेशिक रोजगारको शिलशिलामा भारत, भुटान, हाँग काँग, अस्ट्रेलिय, अमेरि
का, क्यानाडा, ब्रुनाई, बेलायत, जापान, हुँदै अरब र युरोपका विभिन्न देशहरुमा कार्यरत भै रहेको कुरा सबैलाई जानकारी भएकै कुरा हो | यसरि छरिएर रहेका हाम्रा सरब्ज थरका तमु हरुलाई एउटा चौतारीमा जम्मा गराई परिचयका साथ एक आपसमा समन्वय गर्दै अगाडि बढ्ने अभिप्रायले यो कदमको सुरुवात गरिएको छ |
उक्त चौतारी निर्माणको लागि सर्ब प्रथम हामीले प्रत्येक सरब्जको घरमा गई तथ्यांक संकलन गर्ने योजना रहेको छ जसमा तपाईहरुले सहि तथ्यांक उपलब्ध गराई दिनुहुन बिनम्र अनुरोध गर्दछौं | हामीले पोखरा नगर पालिकाबाट शुरुआत गर्ने योजना अनुरुप आसरको पहिलो प्रारम्भ गर्दै छौ | उक्त पबित्र कार्यको लागि हाम्रा मान्यजन बुबा मुमा / बुद्धिजिबी सहयोगको अपेछ्ये गर्दछौं |
धन्यवाद,
प्रार्थी:
मणी सरब्ज तमु : टेलीफोन मोबाइल ९८४ ६६४ ९९१३ / ९८० ६७५ ४५८५
चित्र सरब्ज तमु - टेलिफोन घर : ०६१ ४१९ ३५९ मोबाइल – ९८० ६६३ ६३४४
शुक्रराज सरब्ज तमु - टेलिफोन मोबाइल : ९८४ ६०५१५७४, ९८० ५८१ ५८५४