27/10/2025
पोखरा सार्वजनिक पुस्तकालयको
वार्षिक साधारण सभा तथा अधिवेशनबारे सूचना
पोखरा सार्वजनिक पुस्तकालयको वार्षिक साधारण सभा तथा अधिवेशन देहायबमोजिम मिति, समय र स्थानमा हुने भएकाले पुस्तकालयका साधारण, आजीवन र संस्थागत सदस्यहरु सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति : २०८२ कार्तिक २२, गते शनिवार ।
समय : दिनको ११ः१५ बजे ।
स्थान : पोखरा सार्वजनिक पुस्तकालय, (क्षेत्री समाज नेपालको बहूद्देश्यीय भवन), पोखरा ९, नयाँबजार ।