Peniel Prayer House, Pokhara Nepal.

Call Directions Website Contact the organization

Peniel Prayer House, Pokhara Nepal. The Church where we focused on creating the faith, community, and spiritual growth.

We aim to glorify God through worship and prayer, uphold the Bible as foundation, and cultivate a loving, supportive community where members are uplifted and encouraged.

बिशेष आत्मिक सभा ! एण्टिओक प्रार्थना भवन भद्रपुर, पृथ्वीनगर झापा !विशेष परमेस्वर पिताको शुभेच्छामा यस एण्टिओक प्रार्थना ...
22/10/2026

बिशेष आत्मिक सभा !
एण्टिओक प्रार्थना भवन भद्रपुर, पृथ्वीनगर झापा !

विशेष परमेस्वर पिताको शुभेच्छामा यस एण्टिओक प्रार्थना भवन पृथ्वीनगर मा आगामी २०८३ फाल्गुण १३ गते देखी १६ गते (25th to 28th February 2027) सम्म बिशेष आत्मिक सभा (SPECIAL SPIRITUAL MEETING) गर्ने स्वतन्त्र भएकोले उक्त सेवाको निम्ति सम्पूर्ण मण्डलीका भक्तजनहरूले बोझको साथ प्रार्थना गरिदिन हुन अनुरोध गर्दछौ र सेवाको हेण्डबिल पछि पठाउनेछौ | यदि हेण्डबिल समयमा प्राप्त हुन सकेन भने यसै पत्रलाई आधार मानी उक्त सभामा उपस्थित भईदिन हुन समेत हार्दिक अनुरोध गर्दछौ |

आधार पद :
परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ भलो हुनुहुन्छ, किनकी उहाँको करुणा सदैव रहन्छ | भजनसंग्रह ११८:१

प्रार्थनाको विषयहरु :
१. परमेस्वरको ह्नदय अनुसारका सन्देशवाहक तयार गरि दिएका
होऊन |
२. उक्त सभाको सेवा अवधिभर राजनिति, प्राकृतिक तथा
महामारी जस्ता परिस्थितिलाई उहाँको वशमा राखिदिएका
होऊन |
३. उक्त सेवाको निम्ति आवश्यक सम्पूर्ण ब्यवस्था प्रवन्ध गर्न साथै
सहजता पुरा गर्न सक्षम भएका होऊन |
४. उक्त सेवाकाईद्वारा धेरै बिश्वासीजनहरुले आत्मिक लाभ प्राप्त
गर्न, कमजोर बिश्वासीहरुले सामर्थ पाउन, धेरै खोजी
आत्माहरुले पापको क्षमा र मुक्ति पाउन सकेका होऊन् |

NOTE : उक्त सेवामा आउनुहुदाँ साथमा बाईबल, सियोनको गित कपी र हल्का ओड्ने ओज्याउने (वेडिङ्ग) अवश्य लिई आउनुहुन अनुरोध गर्दछौ |

पवित्र महासभा एल-शद्दाई, कालिम्पोङ !परमेश्वरको शुभेच्छामा भए एल-शद्दाई, १६ रेली रोड, जिल्ला कालिम्पोङ, पश्चिम बंगाल - ७३...
21/10/2026

पवित्र महासभा एल-शद्दाई, कालिम्पोङ !

परमेश्वरको शुभेच्छामा भए एल-शद्दाई, १६ रेली रोड, जिल्ला कालिम्पोङ, पश्चिम बंगाल - ७३४३०१ मा आयोजित हुने
पवित्र महासभामा तपाईहरूलाई प्रेमसहित निमन्त्रणा जनाउँदछौ |

सभाको अवधि :
२०८३ पुस ४ गते देखि १२ गते सम्म !
19th to 27th December 2026 Sunday !

प्रमुख वचन :
त्यस धन्य आशाको.... बाटो हेर्दै.... तीतस २:१३ !

सबै सभाहरू परमेस्वरको आत्माले अगुवाइ गरे अनुसार हुनेछ | सन्देश अंग्रेजी देखि नेपालीमा अनुवाद गरिनेछ | तपाईहरूको निम्ति कम्पाउण्डमा बस्ने ठाउँ अनि भोजनको प्रबन्ध हुनेछ | ओढ्ने - ओछ्याउने लुगाहरू र आफ्नो बाइबल कृपया साथमा लिएर आउनुहोस् | सभाको समयमा कम्पाउण्डदेखि बाहिर गएर आशिषविहीन नहुनु होला साथै पवित्र महासभाको पूरा अवधि प्रभुको घरमा रहने कोशिष गर्नुहोस् |

URGENT PRAYER REQUEST ! सुक्कोत प्रार्थना भवनमा सेवा गर्नुहुने प्रिय भाइ चन्द्र बुढाथोकी र बहिनी रेनुका राई आज बिहान करि...
17/10/2026

URGENT PRAYER REQUEST !

सुक्कोत प्रार्थना भवनमा सेवा गर्नुहुने प्रिय भाइ चन्द्र बुढाथोकी र बहिनी रेनुका राई आज बिहान करिब ६:०० बजे काठमाडौंँबाट आफ्नो गाउँ खोटाङ जाने क्रममा बनेपाको साँगा भन्ने ठाउँमा उहाँहरू सवार मोटरसाइकल र ग्यास बोकेको गाडी एकआपसमा दुर्घटना हुँदा भाइ चन्द्र बुढाथोकी र बहिनी रेनुका राई घाइते हुनुभएको छ | उहाँहरूसँगै यात्रा गरिरहेका उहाँहरूका ८ वर्षीय छोराको उक्त दुर्घटनामा दुःखद निधन भएको छ | दुर्घटनापछि बनेपा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले उद्धार गरी उहाँहरूलाई बनेपा स्थित श्री मेमोरियल अस्पतालमा उपचारका लागि पुर्‍याएको थियो | बहिनी रेनुका राईको स्वास्थ्य अवस्था जटिल देखिएपछि थप उपचारका लागि उहाँहरू दुवैलाई ललितपुर स्थित बी एन्ड बी (B & B) अस्पतालमा रेफर गरिएको छ |

यस अत्यन्तै पीडादायी घडीमा शोकमा डुब्नुभएको परिवारलाई परमेश्वरले सान्त्वना दिनुभएको होस् | घाइते भाइ चन्द्र बुढाथोकी र बहिनी रेनुका राईको शीघ्र स्वास्थ्यलाभका लागि बिशेष सबैले प्रार्थना गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ |

विभिन्न ठाउँ हरुमा आयोजित सेवाहरु ! प्रार्थना सहित उपस्थित भएर आशिषको भागिदार बन्नुहोस |कनै सेवा हरु छुटेको छ भने जानकार...
17/10/2026

विभिन्न ठाउँ हरुमा आयोजित सेवाहरु !
प्रार्थना सहित उपस्थित भएर आशिषको भागिदार बन्नुहोस |

कनै सेवा हरु छुटेको छ भने जानकारी गराउनुहोला |

बिशेष आध्यात्मिक सभा, एलिम प्रार्थना भवन, सुर्खेत !SPECIAL SPIRITUAL MEETING !ELIM PRAYER HOUSE, SURKHET !  प्रभुको इच्छ...
15/10/2026

बिशेष आध्यात्मिक सभा, एलिम प्रार्थना भवन, सुर्खेत !
SPECIAL SPIRITUAL MEETING !
ELIM PRAYER HOUSE, SURKHET !

प्रभुको इच्छा भयो भने एलिम प्रार्थना भवन बिरेन्द्रनगर - ३, सुर्खेतमा यही आउँदो २०८३ कार्तिक २० देखि २३ गतेसम्म (6th to 9th November, 2026) सम्म विशेष आध्यात्मिक सभा (Special Spiritual Meeting) राख्ने सिद्ध इच्छा परमेश्वरले प्रकट गर्नुभयो र यो सेवा राख्न प्रभका दासहरू साथै हामी एलीम प्रार्थना भवन पनि स्वतन्त्र भएका छौ, परमेश्वरको अनुग्रह साथै तपाईहरूको प्रार्थनाको अभिलाषी बन्दै यो प्रार्थनाको निवेदन गर्दछौ, कृपया निरन्तर प्रार्थना गरिदिनुहोला | कारणवश निमन्त्रणा-पत्र आइनपुगेमा यसै पत्रलाई आधार मानी उपस्थित भईदिनुहोला |

धर्मीजनहरूको प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ | याकुव ५:१६

प्रार्थनाको बिषयहरु :
१. विशेष गरी प्रभुको वचन ल्याउन सन्देश वाहकहरूको लागि |
२. आवश्यक आत्मिक तथा भौतिक वस्तुहरूको घटी-कमी
नभएका होउन |
३. राजनैतिक, सामाजिक र प्राकृतिक वातावरणहरू अनुकुल
भएका होउन् |
४. प्रभूको जनहरुले आ-आफ्नो खॉचो अनुसार आत्मिक
खोराकहरु पाएका होउन्, मुक्ति नपाएकाहरुले मुक्ति, कमजोर
आत्माहरूले सामर्थ पाएका होउन् | धन्यबाद ||

NOTE : यस सेवाकाई आशिषमय होस भनि बडो बोझसहित प्रार्थनामा याद गरिदिनु होला |

09/10/2026

VISIT TO UNCLE MOSES LEPCHA !
PRAYER REQUEST !

एल-शद्दाई, कालिम्पोङ्गमा सेवा गर्नु हुने हाम्रो Uncle Moses लाई भेट्ने मौका पायौं र उहाँको Kidney Failure भएको कारण सिलिगुडीमा Kidney को dialysis भइ रहेको छ | High blood Pressure अनि Diabetes पनि छ | Diabetes को कारण Memory loss को पनि समस्या भएको छ | सो प्रार्थनामा बोझ सहित प्रार्थना गरिदिनुहोस | धन्यवाद ||

fans

50th Year JUBILEE AND THANKSGIVING SERVICE, YEHOVAH-NISSI HOUSE OF WORSHIP ! परमेश्वरको शुभेच्छामा YEHOVAH-NISSI HOUSE O...
08/10/2026

50th Year JUBILEE AND THANKSGIVING SERVICE, YEHOVAH-NISSI HOUSE OF WORSHIP !

परमेश्वरको शुभेच्छामा YEHOVAH-NISSI HOUSE OF WORSHIP, दक्षिण सिक्किमको नामथाङस्थित देउराली डाँडामा यहि मिति वि.सं. २०८३ कार्तिक २१ देखि २४ गते (7th to 10th November 2026) सम्म ५०औ वर्षगाँठको धन्यबादी सेवा हुने भएको छ |

यस सेवामा सहभागी भई आनन्द मनाउन र सर्वशक्तिमान् परमेश्वरको विश्वसनीयताको ५०औँ वर्षगाँठको उपलक्ष्यमा उहाँलाई धन्यवाद चढाउन हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अति उच्च नाममा हामी तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं |

आधार वचन : यस कुरामा म निश्चित छु, उहाँ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले येशू ख्रीष्टको दिनसम्म त्यो पूरा गर्नुहुने नै छ | - फिलिप्पी १:६

NOTE : बाहिरबाट आउनेहरूका लागि आवासको व्यवस्था गरिएको छ | कृपया आफ्नो ओछ्यान र आधारभूत आवश्यक चिजहरू लिएर आउनुहोला | नामथाङको मौसम एकदमै चिसो हुनेछ, त्यसैले कृपया न्यानो लुगा ल्याउनुहोला | धन्यवाद ||

बिशेष आत्मीक सभा माम्रे प्रार्थना भवन, जयगाउँ !Special Spiritual Meeting Jaigaon, India !आदरणीय अध्यक्षगण अनि जिम्मेवारी...
07/10/2026

बिशेष आत्मीक सभा माम्रे प्रार्थना भवन, जयगाउँ !
Special Spiritual Meeting Jaigaon, India !

आदरणीय अध्यक्षगण अनि जिम्मेवारी दाजुभाईहरू,

हाम्रा प्रभु येशु खिष्टको अति नै उच्च नाउँमा प्रेमी जयमसीह |
प्रत्येक बर्ष झै यो वर्ष पनि आगामी २०८३ कार्तिक २० गते देखि २४ गते (6th to 10th November 2026) सम्म एउटा विशेष आत्मिकी सभा माम्रे प्रार्थना भवन, जयगाउँमा प्रभुको इच्छा भए राखिने सुनिश्चित भएको छ | यसर्थ निम्न लिखित कुराहरूका निम्ति प्रार्थनामा सम्झिदिनुहोला भनेर नम्र निवेदन गर्दछौं |

१. बाधा रहित राजनैतिक र सामाजिक अवस्थाको बारे |
२. सबै सेवकाईको क्षेत्रमा सुब्यवस्थित तरिकामा काम हुन सकेको
होस् भनेर |
३. प्रभुको वचन ल्याउनका निम्ति सन्देश बाहकहरूको आपुर्तिको
लागि |
४. अरु यस्तै कुराहरु जसले सेवामा बाधा पुर्याउँछ |

परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई तिम्रा सबै कामहरुमा आशिष दिनुहुनेछ | ( ब्यवस्था १५ : १० )

NOTE : विशेष यो प्रार्थनाको निवेदन पत्रलाई निमन्त्रणा पत्र पनि सम्झेर यस विशेष आत्मिक सेवकाईमा आइदिनुहुन अनूरोध पनि गर्दछौ | सेवाको ह्यान्ड बिल पछिबाट हामी तपाईहरूलाई पठाउनेछौ | धन्यवाद सहित प्रार्थनाको अपेक्षा गर्दछौ | धन्यवाद |

fans

PRAYER REQUEST ! बेर्शेबा प्रार्थना भवन बुट्वलमा सेवा गर्नु हुने दाजु इसाहक को भोलि बिहान ८ बजे बि एन्ड बि हस्पिटलमा किड...
06/10/2026

PRAYER REQUEST !

बेर्शेबा प्रार्थना भवन बुट्वलमा सेवा गर्नु हुने दाजु इसाहक को भोलि बिहान ८ बजे बि एन्ड बि हस्पिटलमा किड्नीको Operation हुने भएको छ | कुनै समस्या नआओस भनेर र सफल Operation को लागि अनि पुर्ण स्वस्थलाभको लागि बोझ सहित प्रार्थनामा याद गरिदिनुहोस |

उहाँको दिल्लीमा घाँटिको Operation भइसकेको छ | प्रार्थनाको लागि धन्यबाद | अहिले छोरा Ob Eth साथमा हुनुहुन्छ | प्रार्थना गरिदिनुहोस ||

अखिल नेपाल पवित्र महासभा ! ALL NEPAL HOLY CONVOCATION !सियोन प्रार्थना मण्डली, धरान ! परमेश्वरको शभेच्छा भए  सियोन प्रार...
05/10/2026

अखिल नेपाल पवित्र महासभा !
ALL NEPAL HOLY CONVOCATION !
सियोन प्रार्थना मण्डली, धरान !

परमेश्वरको शभेच्छा भए सियोन प्रार्थना मण्डली धरान - १९, चौकीबारी, सुनसरी, नेपालमा यहि मिति २०८३ साल कार्तिक ७ गते देखि १५ गते (24th October to 01st November 2026) सम्म अखिल नेपाल पवित्र महासभा हुने निश्चित भएको छ | यस पवित्र महासभामा उपस्थित भई आशिषको भागिदार बन्न हामी प्रभु यशु ख्रीष्टको नाममा तपाईहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ |

आधार वचन : के तिमी मलाई यिनीहरूले भन्दा बेसी प्रेम गर्छौ ?
यूहन्ना २१ : १५

अन्य सेवाहरू प्रभुको आत्माको अगुवाईमा निर्धारण गरिनेछ |सन्देश हिन्दी या अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिनेछ | मण्डलीबाट वासस्थान र भोजनको व्यवस्था गरिएको छ | आफ्नो लागि साधारण ओढ्ने ओछ्याउने र बाइबल साथमा लिई उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ | परमेश्वरको बचन सुन्ने मौका नगुमोस भनेर सेवा अवधिभरि सेवा घर परिसर बाहिर जान निषेध गरिएको छ | सेवा आशिषमय होस भन्ने निरन्तर प्रार्थनाको लागि अनरोध गर्दछौ | धन्यबाद ||

सियोन प्नार्थना मण्डली
धरान-१९, चौकीबारी
सम्पर्क न. : +977 25 574537, 9852045258, 9842458266

fans

Address

Birauta, Pokhara 17
Pokhara

Alerts

Be the first to know and let us send you an email when Peniel Prayer House, Pokhara Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Peniel Prayer House, Pokhara Nepal.:

Shortcuts

Share