Gurung Film Association Nepal - GFAN

Directions Website

Gurung Film Association Nepal - GFAN Movie and Documentary

🌸🌾 विजया दशमी, तिहार तथा छठ पर्व २०८३ को हार्दिक शुभकामना 🌾🌸नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली ( तिहार ) तथा...
20/10/2026

🌸🌾 विजया दशमी, तिहार तथा छठ पर्व २०८३ को हार्दिक शुभकामना 🌾🌸

नेपालीहरूको महान् पर्व विजया दशमी, शुभ दीपावली ( तिहार ) तथा छठ पर्वको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण बाबा-आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पावन पर्वले यहाँ र यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं दीर्घायु ल्याओस्। मान्यजनको अमूल्य आशीर्वादले जीवनका हरेक पाइलामा निरन्तर सफलता मिलोस्।

अर्जुन गुरुङ
अध्यक्ष
गुरुङ फिल्म एशोसिएसन नेपाल
GFAN परिवार

मिती २०८३ असोज-३० गते शुक्रबार गुरुङ फिल्म एशोसिएसन नेपाल जिफान द्वारा गण्डकी प्रदेश सभासद माननीय सरस्वती गुरुङ ज्यु को ...
18/10/2026

मिती २०८३ असोज-३० गते शुक्रबार गुरुङ फिल्म एशोसिएसन नेपाल जिफान द्वारा गण्डकी प्रदेश सभासद माननीय सरस्वती गुरुङ ज्यु को प्रमुख आतिथ्यमा विभिन्न ब्यक्ति ब्यक्तित्वहरुलाई स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ।
# यस कार्यक्रममा स्वागत सँगै सम्मानित व्यक्तिहरु हुनुहुन्छ:

१) जिफानका पुर्व कार्यवाहक सचिव एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य साथै रोधिं टेलिभिजनकी कार्यक्रम प्रस्तोता तथा गायीका मल्टी ट्यालेन्ट आदरणीय ब्याक्तित्व श्री बालकाशी तमुस्यो

२) युके बाट नेपाल बिदामा रहनु भएका तमु समाज युकेका आमा समितिका सस्थापक अध्यक्ष एवं चलचित्र निर्माता आदरणीय श्री माया तमुस्यो
Note: उहाँले सोही दिन आफ्नो जन्म दिनको शुभ अवसरमा जिफानलाई रु २६,०००/- प्रदान गर्दै किर्तीमानी सदस्य लिनु भएको छ।

३) हङकङ बाट नेपाल बिदामा रहनुहुने आदरणीय समाजसेवी श्री नानी कमला तमुस्यो

सम्पुर्ण हाम्रा आदरणीय अतिथिज्युहरुलाई हार्दिक स्वागत सँगै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ साथै यहाँहरुको नेपाल बसाइँ अत्यन्तै सुखद रहोस् 🙏

गुरुङ फिल्म एशोसिएसन नेपाल
GFAN परिवार

शुभेच्छा फिल्मस प्रा.लि को ब्यानरमा निर्माण हुदै गरेको चलचित्र "संघर्ष" यही असोज महिना बाट लमजुङ सेरोफेरो तथा मनाङ जिल्ल...
17/10/2026

शुभेच्छा फिल्मस प्रा.लि को ब्यानरमा निर्माण हुदै गरेको चलचित्र "संघर्ष" यही असोज महिना बाट लमजुङ सेरोफेरो तथा मनाङ जिल्लाको रमणीय ठाउँहरुमा धमाधम भैरहेको छ।
उक्त चलचित्रका निर्देशक खुश ब तमु हुनुहुन्छ भने चलचित्रलाई निर्माण गर्नु भएको छ बिबेक गुरुङ, केरमान घले, दिल घले, राम ब.गुरुङ, शान्ति, गुरुङ लगायत सह निर्माता बुद्धी माया गुरुङ, आशा गुरुङ हुनुहुन्छ।
यस चलचित्रका मुख्य पात्रहरु पर्वत गुरुङ, अन्जु गुरुङ, सुप्रीय गुरुङ, सरु गुरुङ लगायत थुप्रै चिरपरिचित कलाकारहरुको अभिनय रहने निर्देशक खुश ब. गुरुङ ले जानकारी दिनुभएको छ। सम्पुर्ण चलचित्र युनिटलाई कार्य सफलताको कामना गर्दै चलचित्र "संघर्ष" भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौ 🙏

गुरुङ फिल्म एशोसिएसन नेपाल
(GFAN) परिवार

💐भावपुर्ण श्रद्धाञ्जली💐तमु धि नेपालकी प्रथम उपाध्यक्ष एवं गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका कानुनी सल्लाहकार अधिवक्ता ज...
17/10/2026

💐भावपुर्ण श्रद्धाञ्जली💐

तमु धि नेपालकी प्रथम उपाध्यक्ष एवं गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका कानुनी सल्लाहकार अधिवक्ता जुना कुमारी तमुस्योकी ममतामयी माता
स्व. विरमती पर्जु तमुस्यो को असामयिक निधनले हामी अत्यन्तै मर्माहत भएका छौ।

स्वर्गीय माताको चिरशान्तीको कामना गर्दै सोक सन्तप्त परिवार प्रति समवेदना ब्यक्त गर्दछौ !

अर्जुन गुरुङ
अध्यक्ष
गुरुङ फिल्म एशोसिएसन नेपाल (GFAN)

चलचित्र "बुकी फुल" कास्की सिक्लेस लगायत त्यस पेरीफेरीका विभिन्न हिमाली भेगहरुमा छायांकन धमाधम भैरहेको छ र उक्त चलचित्र ग...
14/10/2026

चलचित्र "बुकी फुल" कास्की सिक्लेस लगायत त्यस पेरीफेरीका विभिन्न हिमाली भेगहरुमा छायांकन धमाधम भैरहेको छ र उक्त चलचित्र गत २०८३ असोज १ गते बाट सुरु भएको थियो ।

अभियान फिल्मस प्रोड्क्सन प्रा.लि को ब्यानरमा निर्माण भैरहेको चलचित्र "बुकी फुल" का कथा लेखन तथा निर्माता जिफानका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार साथै गण्डकी प्रदेश सभासद पुर्व मन्त्री माननीय बेद बहादुर गुरुङ (श्याम) हुनुहुन्छ भने सो चलचित्रलाई निर्देशन गर्नु भएको छ चिरपरिचित अग्रज कलाकार, निर्देशक एवं जिफानका सल्लाहकार ओम प्रकाश गुरुङ साथै यस चलचित्रको मुख्य भुमिकामा अभिनेता दयाहाङ राई, अभिनेत्री संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, बेदबहादुर गुरुङ (श्याम), मन बहादुर गुरुङ लगायतका थुप्रै चिरपरिचित कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

सम्पुर्ण "बुकी फुल" युनिट्लाई कार्य सफलता सँगै चलचित्र भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौ 🙏

।। जिफान परिवार ।।

🌹हार्दिक बधाई तथा शुभकामना🌹तमु धिं नेपालको १७ औँ महाधिवेशन तथा ४२ औं साधारण सभा बाट महासचिव जस्तो गरिमामय पदमा निर्विरोध...
12/10/2026

🌹हार्दिक बधाई तथा शुभकामना🌹

तमु धिं नेपालको १७ औँ महाधिवेशन तथा ४२ औं साधारण सभा बाट महासचिव जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य, गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका सल्लाहकार आदरणीय ब्याक्तित्व श्री कृष्ण कुमार गुरुङ ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

अर्जुन गुरुङ
अध्यक्ष
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)

🌹हार्दिक बधाई तथा शुभकामना🌹तमु धिं नेपालको १७ औँ महाधिवेशन तथा ४२ औं साधारण सभा बाट प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा न...
12/10/2026

🌹हार्दिक बधाई तथा शुभकामना🌹

तमु धिं नेपालको १७ औँ महाधिवेशन तथा ४२ औं साधारण सभा बाट प्रथम उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका कानुनी सल्लाहकार एवं न्यायको प्रतीक अधिवक्ता आदरणीय ब्याक्तित्व श्री जुना कुमारी गुरुङ ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

अर्जुन गुरुङ
अध्यक्ष
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)

भोली October -11अमेरिकाको न्युयोर्क शहरमा सुभाष गुरुङ द्वारा निर्देशित गुरुङ संस्कार, संस्कृति र मौलिक कथा वस्तुमा आधारि...
10/10/2026

भोली October -11

अमेरिकाको न्युयोर्क शहरमा सुभाष गुरुङ द्वारा निर्देशित गुरुङ संस्कार, संस्कृति र मौलिक कथा वस्तुमा आधारित गुरुङ चलचित्र “तेनोकुर्सी"(ढोगभेट) को निम्न मिती स्थान र समयमा विशेष प्रदर्शन हुने हुदा सम्पुर्ण अमेरिकाको न्युयोर्कवासी आदरणीय चलचित्रप्रेमी दर्शकमाहनुभावहरुमा उक्त चलचित्र अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ 🙏

📅 मिति: ११ अक्टोबर २०२६, आइतबार
⏰ समय: दिउँसो १:०० बजे
📍 स्थान: Jackson Market, 78-09 37th Ave, Jackson Heights, NY 11372

GFAN

ज्योति प्रोड्क्सन प्रा.ली सामाखुशी-२६, काठमाडौंको ब्यानरमा निर्माण भैरहेको चलचित्र "मलाय क्रमु" असोज- ८, गते बाट लमजुङको...
10/10/2026

ज्योति प्रोड्क्सन प्रा.ली सामाखुशी-२६, काठमाडौंको ब्यानरमा निर्माण भैरहेको चलचित्र "मलाय क्रमु" असोज- ८, गते बाट लमजुङको विभिन्न स्थान, घन पोखरा बेशीशहर हुदै मनाङ जिल्ला सम्मको पेरीफेरीमा शुटिङ धमाधम भैरहेको छ र चलचित्रको निर्देशनमा पिटर गुरुङ ले गर्नु भएको छन भने निर्माता खेमेन्द्र गुरुङ रहेको जानकारी हामीलाई चलचित्रका निर्देशक पिटर गुरुङ ले बताउनु भएको थियो सम्पुर्ण "मलाय क्रमु" युनिट्लाई चलचित्र भब्य सफलताको शुभकामना ब्यक्त गर्दछौ 🙏

गुरुङ फिल्म एशोसिएसन नेपाल
जिफान परिवार

हङकङमा चलचित्र "गोरे बाजे'' प्रदर्शनको निमित्त निर्देशक तथा बरिष्ठ कलाकार गोरे गुरुङ र निर्माता दिल घले प्रस्थान भैसकेको...
10/10/2026

हङकङमा चलचित्र "गोरे बाजे'' प्रदर्शनको निमित्त निर्देशक तथा बरिष्ठ कलाकार गोरे गुरुङ र निर्माता दिल घले प्रस्थान भैसकेको छ।
मुनाल फिल्म प्रा.ली को ब्यानरमा निर्माण भएको चलचित्र “गोरे बाजे'' निम्न मिती समय र स्थानमा भब्य प्रदर्शन हुन गई रहेको हुँदा सम्पूर्ण हङकङवासी चलचित्रप्रेमी दर्शक माहनुभावज्युहरुलाई उक्त चलचित्र अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ 🙏

Date: 19 October 2026
Time: 6:00 PM
Venue: Yau Ma Tei Community Hall, Hong Kong.

अर्जुन गुरुङ
अध्यक्ष
गुरुङ फिल्म एशोसियसन नेपाल (GFAN)

Address

Chisapani 13
Pokhara
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Gurung Film Association Nepal - GFAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share