Random Readers' Society

Call Directions Website Contact the organization

Random Readers' Society A group of book-lovers who aspires to promote reading culture in Nepal. We organize book discussions bringing the author and readers on the same floor.

बडा दसैँको शुभकामना !
11/10/2026

बडा दसैँको शुभकामना !

पठन संस्कृति, बौद्धिक विमर्श र सामाजिक बहसलाई निरन्तरता दिँदै आएको संस्था Random Readers' Society को १३० औँ शृङ्खलाअन्तर...
12/09/2026

पठन संस्कृति, बौद्धिक विमर्श र सामाजिक बहसलाई निरन्तरता दिँदै आएको संस्था Random Readers' Society को १३० औँ शृङ्खलाअन्तर्गत चर्चित राजनीतिक विश्लेषक, स्तम्भकार/ लेखक केशव दाहालको उपन्यास ‘इथा’ माथि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।​सोसाइटीका अध्यक्ष श्री दीपक पराजुलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लेखकसँग अध्येता डा. कपिल अधिकारीले अन्तरसंवाद गर्नुभएको थियो।

​कार्यक्रमको सुरुआत गर्दै संस्थाका सचिव Dhruba KC ले संस्थाको स्थापना, यसका ध्येय तथा पठन संस्कृति, सामाजिक न्याय, लोकतन्त्र र वैचारिक बहसमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। ​कार्यक्रममा बोल्दै अन्तरसंवादकर्ता डा. कपिल अधिकारीले उपन्यास ‘ईथा’ ले समेटेको करिब २४०० वर्षअघिको लिच्छविकालीन, शाक्यकालीन र प्राचीन मञ्जुपत्तन्सम्मको ऐतिहासिक पृष्ठभूमि तथा उपन्यासका मुख्य नारी पात्रहरू—वसुधा र नयनताराका माध्यमबाट उठाइएको महिलाको स्व-अस्तित्व, स्वतन्त्रता, आत्मसम्मान र दार्शनिक चेतनाबारे गहन विश्लेषण प्रस्तुत गर्नुभयो। इतिहास,आख्यान र दार्शनिक गम्भीरतालाई मिहीन रूपमा केलाउँदै डा. अधिकारीले दाहालको यस कृतिले नेपाली आख्यानमा नयाँ आयाम थपेको बताउनुभयो।

​संवादका क्रममा उपन्यासकार केशव दाहालले इतिहासका ओझेल परेका पृष्ठहरू, पितृसत्तात्मक राज्यसत्ताविरुद्ध महिलाहरूको मानवीय विद्रोह र आफ्नो लेखन यात्राका दार्शनिक-वैचारिक आयामबारे स्पष्ट पार्नुभएको थियो। उहाँले इतिहासका घटनाक्रमसँग जोडिए पनि यो ऐतिहासिक उपन्यास नभएको विशुद्ध आख्यान भएको बताउनुभयो। यसले इतिहासका पृष्ठभूमिलाई आधार बनाए पनि यसको मूल आत्मा काल्पनिक शिल्प, मानवीय संवेदना, दार्शनिक चेतना र आख्यानात्मक स्वतन्त्रतामा आधारित भएको उहाँले बताउनुभयो।
​ सहभागीहरूले उक्त उपन्यासका विविध आयाम, पात्रविधान र विषयवस्तुमाथि लेखकलाई प्रत्यक्ष प्रश्न तथा टिप्पणीहरू राखेका थिए। सो क्रममा उठेका जिज्ञासाहरूको उत्तर लेखक दाहाल र अन्तरसंवादकर्ता डा. अधिकारीले दिनुभएको थियो।

​ कार्यक्रममा उपस्थित भई आफ्ना गहन प्रश्न, टिप्पणी र उपस्थितिले यस बौद्धिक विमर्शलाई जीवन्त बनाइदिनुहुने सम्पूर्ण आदरणीय पाठक, अध्येता तथा साहित्यप्रेमी मित्रहरूमा संस्थाका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यहाँहरूको यो सक्रिय सहभागिता नै हाम्रो मूल ऊर्जा हो। आगामी शृङ्खलाहरूमा पनि यहाँहरूको यस्तै निरन्तर उपस्थिति र बौद्धिक साथको अपेक्षा राख्दछौँ, धन्यवाद!"

ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित  संस्था र्‍याण्डम रिडर्स सोसाइटीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भ...
30/08/2026

ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित संस्था र्‍याण्डम रिडर्स सोसाइटीको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।​"पठन संस्कृतिको विकासका लागि पढौँ र ज्ञान बाँडौँ" भन्ने मूल ध्येयका साथ स्थापित यो संस्थाको साधारण सभामा संस्थाका अध्यक्ष दीपक पराजुलीको अध्यक्षता रहेको थियो। सभामा संस्थाले हासिल गरेका गतिविधि, पठन संस्कृतिप्रतिको प्रतिबद्धता र आगामी योजनाहरूबारे कार्यक्रममा गहन छलफल गरियो।

कार्यक्रममा अध्यक्ष दीपक पराजुलीले संस्थाले आफ्ना शृङ्खलाहरूमा आख्यान र गैर-आख्यान दुवै विधालाई समुचित रूपमा समेट्दै लगेको बताउनुभयो। उहाँले विभिन्न विधा, क्षेत्र, लिङ्गका साथै नयाँ लेखक र उहाँहरूका कृतिहरूलाई समेत संस्थाले प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्नुभयो। आगामी दिनमा पनि पठन संस्कृतिको दायरालाई अझ फराकिलो र समावेशी बनाउँदै लैजानु नै संस्थाको आगामी दिशा हुने धारणा अध्यक्ष पराजुलीले व्यक्त गर्नुभयो। शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक दुर्गाबहादुर शाह "बावा" ले संस्थाले पाठक र लेखकबिचको प्रत्यक्ष संवादको माध्यमबाट पोखरामा बौद्धिक तथा वैचारिक वातावरण निर्माण गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। आफू अनेकौँ सङ्घ-संस्थामा आबद्ध भए तापनि आत्मीयता, निष्पक्ष वैचारिक अभ्यास र बौद्धिक अभ्यासका हिसाबले र्‍याण्डम रिडर्स सोसाइटी सदैव आफ्नो पहिलो रोजाइ र प्रिय संस्थाको रूपमा रहेको उल्लेख गर्नुभयो।

​कार्यक्रममा संस्थाका सचिव ध्रुव केसीले गत वर्षभरि सम्पन्न नियमित शृङ्खला, सह-आयोजित ठूला साहित्यिक उत्सवहरू तथा विविध संस्थागत गतिविधिहरू समेटिएको 'वार्षिक प्रगति प्रतिवेदन' प्रस्तुत गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै सचिव केसीले संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार पुस्तकका लेखकलाई नै पाठकहरूसामु उभ्याएर कार्यपत्र, अवधारणापत्र र खुला परिचर्चामार्फत पठनलाई संवाद र समाजसँग जोड्ने निरन्तर प्रयास गरिरहेको बताउनुभयो। ​

कार्यक्रममा कोषाध्यक्ष भरत कोइरालाद्वाराद्वारा संस्थाको वार्षिक आय-व्यय विवरण सहितको 'आर्थिक प्रतिवेदन' प्रस्तुत गरियो ।प्रतिवेदनहरूमाथि उपस्थित सदस्यहरूले रचनात्मक सुझाव सहित साधारण सभाले दुवै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। ​संस्थाका सहसचिव बाबुराम सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको ​कार्यक्रमको सञ्चालन तथा प्रगति प्रतिवेदन प्रस्तुति सचिव Dhruba KC ले गर्नुभएको थियो।

27/08/2026

~~~ हार्दिक अपिल~~~~
२०८३ भाद्र १० गते बुधवार रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको भयानक बाढीका कारण ठुलो धनजनको क्षति भएको दुःखद घटनाबाट हामी अत्यन्त मर्माहत भएका छौँ । प्राकृतिक विपद्का कारण अमूल्य मानवजीवन गुमाउनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । यस दुःखद घटनामा परी घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौंँ ।

विपद्को यस घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित सबै सरकारी सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई आआफ्नो क्षमता र स्रोतसाधनअनुसार सहयोगमा जुट्न हार्दिक अनुरोध गर्दछौँ ।

यस कठिन परिस्थितिमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी, व्यवस्थित र शीघ्र बनाउन सम्बन्धित निकायहरूबिच आवश्यक समन्वय र सहकार्यका लागि समेत अनुरोध गर्दछौँ ।

विपद्को यस विषम परिस्थितिमा एकअर्काको दुःखमा साथ दिँदै मानवीय एकता, सहकार्य र सहयोगका साथ प्रभावित समुदायको पुनर्स्थापनामा हातेमालो गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अपिल गर्दछौँ ।

दीपक पराजुली
अध्यक्ष
तथा र्‍यान्डम रिडर्स सोसाइटी परिवार, पोखरा

पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers' Society को ...
15/08/2026

पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers' Society को १२९औँ शृङ्खलामा कवि तथा लेखक समिप वैरागीको कविता कृति #साहीमासा माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विपिन आचार्यले #साहीमासा माथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव Dhruba KC ले गर्नुभएको थियो।

परिचर्चाका क्रममा साहीमासामा अभिव्यक्त प्रेम, सामाजिक यथार्थ, मगर समुदायको मौलिक सांस्कृतिक सौन्दर्य, जीवन–संघर्ष तथा समकालीन समाजका विविध अनुभूतिका विषयमा गहन बौद्धिक अन्तरसंवाद भयो। कार्यपत्र प्रस्तुति, लेखकको धारणा तथा सहभागी पाठकहरूका जिज्ञासा, टिप्पणी र प्रतिक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण र जीवन्त बनाएको थियो। यसले साहीमासालाई केवल कविताको कृतिका रूपमा मात्र नभई समुदाय, संस्कृति, प्रेम र जीवनका बहुआयामिक अनुभूतिको अभिव्यक्तिका रूपमा बुझ्ने अवसरसमेत प्रदान गर्‍यो।

ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित यस शृङ्खलालाई सफल बनाउन आफ्नो अमूल्य समय, विचार र सहभागिता प्रदान गर्नुहुने लेखक बिन्दा पाण्डे, अवधारणा–पत्रमार्फत कार्यक्रमलाई सार्थक बनाउन योगदान गर्नुहुने स्ट्रगल राना, आफ्ना जिज्ञासा, टिप्पणी र विमर्शमार्फत कार्यक्रमलाई जीवन्त बनाउनुहुने सम्पूर्ण सहभागीहरू तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबैप्रति Random Readers’ Society हार्दिक आभार व्यक्त गर्दछ। पठनलाई संवादसँग, संवादलाई विचारसँग र विचारलाई समाजसँग जोड्ने यो साहित्यिक यात्राले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वासका साथ यस्तै सार्थक साहित्यिक तथा बौद्धिक यात्रामा यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ।

11/07/2026

पोखरा ।लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा शनिबार परिचर्चा गरिएको छ । र्‍यान्डम र.....

पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers' Society को ...
11/07/2026

पठन संस्कृतिको विकास, लेखक–पाठकबीचको संवाद र बौद्धिक विमर्शलाई निरन्तरता दिने अभियानअन्तर्गत Random Readers' Society को १२८औँ शृङ्खला लेखक/राजनीतिकज्ञ बिन्दा पाण्डेका कृतिहरू(धर्तिमाथिको दाबी,समानताका पाइलाहरू,Women in Nepali Politics,आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे,भूमिगत महिला आदि)मा आधारित रहेर "नेपाली राजनीतिमा महिला: भुइँमान्छे देखि भूमिगतसम्म" शीर्षकमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो। स्ट्रगल रानाले अवधारणा पत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष Deepak Parajuli को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन संस्थाका सचिव Dhruba KC ले गर्नुभएको थियो।

उक्त कार्यक्रममा सहभागीहरूले श्रम, महिला अधिकार, लैङ्गिक समानता, संविधान, लोकतन्त्र र ट्रेड युनियन आन्दोलन जस्ता विषयमा ऐतिहासिक सन्दर्भ, वैचारिक आयाम, लेखकीय दृष्टि तथा समकालीन सान्दर्भिकतामाथि गहन छलफल गर्दै लेखकसँग प्रत्यक्ष संवाद र प्रश्नोत्तर गर्नुभएको थियो।

ज्ञान, विचार र पठन संस्कृतिको प्रवर्द्धनमा समर्पित यस शृङ्खलालाई सफल बनाउन आफ्नो अमूल्य समय, विचार र सहभागिता प्रदान गर्नुहुने लेखक बिन्दा पाण्डे , अवधारणा पत्र मार्फत कार्यक्रमलाई लाई सार्थक बनाइदिनुहुने स्ट्रगल राना, जिज्ञासा, टिप्पणी र विमर्शबाट कार्यक्रमलाई जीवन्त बनाउनुहुने सम्पूर्ण सहभागीहरू तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबैप्रति हाम्रो संस्था हार्दिक आभार गर्दछ। आगामी दिनहरूमा पनि यस्तै सार्थक साहित्यिक तथा बौद्धिक यात्रामा यहाँहरूको निरन्तर साथ र सहभागिताको अपेक्षा गर्दछौँ।

Address

Ward No. 14
Pokhara

Alerts

Be the first to know and let us send you an email when Random Readers' Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Random Readers' Society:

Shortcuts

Share