16/04/2026
विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसको अवसरमा र्यान्डम रिडर्स सोसाइटीले हरेक वर्ष गर्दैआएको "पुस्तक आदानप्रदान कार्यक्रम" यसपटक पनि तल पोस्टरमा उल्लेखित मिति, समय, स्थानमा हुने हुँदा सम्पूर्ण पाठक एवम् पुस्तकप्रेमी महानुभावहरूलाई हामी हार्दिक निमन्त्रणा गर्दछौं ।
उल्लेखित कार्यक्रमका साधारण नियमहरू निम्नबमोजिम रहेका छन्:
१. आफूलाई मन परेमध्येको कुनै पुस्तक एकअर्कालाई उपहारस्वरूप दिने कार्यक्रम हो यो ।
२. कार्यक्रममा सहभागीले ल्याउनुहुने पुस्तकलाई दर्तासूचीमा समावेश गरिनेछ र दर्तासूचीमा उल्लेखित नम्बरका आधारमा गोलाप्रथाद्वारा सहभागीहरूलाई पुस्तक उपहारस्वरूप वितरण गरिनेछ ।
३. कार्यक्रममा सहभागी हुन चाहने आफैंले लेखेको वा प्रकाशन गरेको पुस्तकलाई दर्तासूचीमा समावेश गरिनेछैन ।
४. विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकलाई दर्तासूचीमा समावेश गरिनेछैन ।
५. च्यात्तिएको, केरमेट गरिएको पुस्तकलाई दर्तासूचीमा समावेश गरिनेछैन ।
७. कार्यक्रममा सहभागी हुन चाहनेहरू तोकिएको समयमै उपस्थित भइदिनुहोला ।