Davi's Fall Club Pokhara

Davi's Fall Club Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Davi's Fall Club Pokhara, Community Service, Pokhara.

पोखरा महानगरपालिका ,वडा नं-१७ द्वारा आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रममा स्वयं सेवकको भुमिका निर्वाह गर्दै डेभिजफल क...
26/05/2026

पोखरा महानगरपालिका ,वडा नं-१७ द्वारा आयोजना गरिएको खेलकुद सप्ताह कार्यक्रममा स्वयं सेवकको भुमिका निर्वाह गर्दै डेभिजफल क्लब,छोरेपाटन- १७ बाट।

जय डेभिजफल क्लब

भोलि बेलुका ठीक ५ बजे सबैलाई गुप्तेश्वर गुफामा चुल्है निम्तो छ है।हार्दिक निमन्त्रणा ।।
25/05/2026

भोलि बेलुका ठीक ५ बजे सबैलाई गुप्तेश्वर गुफामा चुल्है निम्तो छ है।

हार्दिक निमन्त्रणा ।।

सम्पूर्ण सामुदायीक संस्थागत बिधालयहरू सबै।
25/05/2026

सम्पूर्ण सामुदायीक संस्थागत बिधालयहरू सबै।

पोखरा महानगरपालिका,वडा नं.-१७ भित्रका ,कक्षा-१२ को परीक्षा दिएर बसेका सम्पुर्ण बिधार्थीहरू  सहभागिता सम्बन्धमा।
25/05/2026

पोखरा महानगरपालिका,वडा नं.-१७ भित्रका ,कक्षा-१२ को परीक्षा दिएर बसेका सम्पुर्ण बिधार्थीहरू सहभागिता सम्बन्धमा।

कालीमाटी शान्ति स्तूप टोल विकास संस्था, पोखरा–२२ द्वारा आयोजना हुने वार्ड स्तरीय भलिबल प्रतियोगितालाई खेलकुद सहयोग स्वरू...
23/05/2026

कालीमाटी शान्ति स्तूप टोल विकास संस्था, पोखरा–२२ द्वारा आयोजना हुने वार्ड स्तरीय भलिबल प्रतियोगितालाई खेलकुद सहयोग स्वरूप २ थान भलिबल हस्तान्तरण गर्दै हामी डेभिज फल क्लब, पोखरा–१७, छोरेपाटन।

युवाहरूमा खेलकुदप्रति उत्साह, अनुशासन तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै क्लब सदैव सामाजिक तथा खेलकुद गतिविधिमा साथ र सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौं। 🙏

जय डेभिजफल क्लब

सामाजिक उत्तरदायित्व वहन गर्दै, डेभिज फल्स क्लबले पोखरा–१७ मा सञ्चालित परोपकार सहयोगी संस्था,बिरौटा-१७, पुल्चोकमा  रहेको...
17/05/2026

सामाजिक उत्तरदायित्व वहन गर्दै, डेभिज फल्स क्लबले पोखरा–१७ मा सञ्चालित परोपकार सहयोगी संस्था,बिरौटा-१७, पुल्चोकमा रहेको बिधालयलाई ,विपन्न तथा असहाय विद्यार्थीहरूको सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेको छ।

क्लबले परोपकार सहयोगी संस्था,बिरौटा-१७ लाई १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो। उक्त विद्यालयमा विशेष गरी बुबाआमा नभएका, आर्थिक रूपमा अत्यन्तै विपन्न तथा सहाराविहीन बालबालिकाहरू अध्ययनरत छन्।

परोपकारी कार्यमा क्लबको ऐक्यबद्धता जनाउँदै क्लबका अध्यक्ष दीपक सुवेदीले समाजका सीमान्तकृत र असहाय बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउनु सबैको सामूहिक जिम्मेवारी भएको उल्लेख गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका वर्तमान नेतृत्वका साथै पूर्व पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त अवसरमा क्लबका अध्यक्ष दीपक सुवेदी, निवर्तमान अध्यक्ष विनम गुरुङ, सचिव गणेश जिसी, द्वितीय उपाध्यक्ष वेद बहादुर थापा र कोषाध्यक्ष शिवम शाहीको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा क्लबका सदस्यहरू वेदनाथ अधिकारी र दिपेन्द्र सुवेदी लगायत अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सहयोग ग्रहण गर्दै विद्यालय व्यवस्थापन तथा परोपकार संस्थाका प्रतिनिधिले क्लबको यो सहयोगले बालबालिकाको शैक्षिक निरन्तरतामा राहत पुग्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो। डेभिज फल्स क्लबले आगामी दिनहरूमा पनि स्थानीय समुदायको हित र सामाजिक उत्तरदायित्वका यस्ता कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौ।

जय डेभिजफल क्लब
छोरेपाटन-१७,पोखरा

"दुर्घटना न्युनिकरणका लागि व्यवस्थित पार्किङ हाम्रो जिम्मेवारी हो।सानो गल्तीले ठूलो दुर्घटना निम्ताउन सक्छ।सबैजना सचेत ब...
24/04/2026

"दुर्घटना न्युनिकरणका लागि व्यवस्थित पार्किङ हाम्रो जिम्मेवारी हो।सानो गल्तीले ठूलो दुर्घटना निम्ताउन सक्छ।सबैजना सचेत बनौ,सुरक्षित रहौ।"

हाम्रो बहुचर्चित पर्यटकीय गन्तव्य डेभिजफल र गुप्तेश्वर वरपर क्षेत्रमा पनि पार्किङ अस्तव्यस्त रहेको कारणले भावी दिनमा दुर्घटना नहोला भन्न सकिन्न ।त्यसैले ठुला सवारी साधनहरूलाई डेभिजफल ड्राइभिङ को आडमा रहेको पार्किङ क्षेत्रमा पार्किङ गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

डेभिजफल क्लब परिवार,छोरेपाटन-१७

📢 भर्ना खुल्यो!CTEVT बाट मान्यता प्राप्त ३ महिने Computer Operator Level-2 तालिममा सहभागी हुने सुनौलो अवसर। 💻SEE तथा कक्...
21/04/2026

📢 भर्ना खुल्यो!
CTEVT बाट मान्यता प्राप्त ३ महिने Computer Operator Level-2 तालिममा सहभागी हुने सुनौलो अवसर। 💻
SEE तथा कक्षा १२ दिएका विद्यार्थीहरूका लागि ५०% छुटको व्यवस्था 🎓
सीमित सिट — आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्!
📍 एसओएस व्यावसायिक तालिम केन्द्र, पोखरा-१७

पोखरा महानगरपालिका क्षेत्रमा रहेका ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकाहर...
19/04/2026

पोखरा महानगरपालिका क्षेत्रमा रहेका ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ‘ए’ तथा १ देखि ५ वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधी खुवाउने कार्यक्रम यहि वैशाख ६ र ७ गते रहेकाले आफ्ना बालबालिकाहरूलाई नजिकैको अस्पताल, शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनुहोस् ।

- डेभिडफल क्लब पोखरा १७

गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा  यही मिति २०८३ साल बैशाख ०६ गते आईतबारका दिन पोखरा महानगरपालिका,वडा नं.-१७,डेभिजफ...
17/04/2026

गुप्तेश्वर बहुमुखी क्याम्पसको आयोजनामा यही मिति २०८३ साल बैशाख ०६ गते आईतबारका दिन पोखरा महानगरपालिका,वडा नं.-१७,डेभिजफल स्थित गुप्तेश्वर महादेव गुफाको सभाहलमा हुन गईरहेको खुला दन्त शिविरमा सम्पुर्ण टोलबासी आमाबुबा,दाजुभाई,दिदीबहिनीहरू सहभागी भई मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौ ।

(खुल्ला दन्त शिविर)

मिती: २०८३ साल बैशाख ०६ गते,आईतबार
स्थान: गुप्तेश्वर गुफाको सभाहल
समय: बिहान ११:०० बजेदेखि दिउँसो २:३० बजेसम्म

16/04/2026

बिपतजन्य घटनामा उद्धारका लागि आकस्मिक सम्पर्क को लागि सम्पर्क नंम्बर सहितको ५ वटा सुचना बोर्ड हरू आज डेभिजफल क्लब,छोरेपाटन-१७ ले प्रहरी चौकी छोरेपाटनलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ।यी वोर्डहरूले आपतकालिन अवस्थामा पिडीत र प्रहरी बिच सम्पर्क गर्न छिटो छरितो हुनेछ भन्ने आशालिएका छौ।
डेभिजफल क्लबद्वारा छोरेपाटन प्रहरी चौकीलाई आपतकालिन नंम्बर सहितको सुचना बोर्ड हस्तान्तरण गर्दै डेभिजफल क्लब का पदाधिकारीहरू र ग्रहण गर्दै छोरेपाटन प्रहरी ईन्चार्ज गौतम श्रेष्ठ ज्यु ,ट्राफिक ईन्चार्ज ज्यु🙏🙏🙏🙏🙏

Address

Pokhara
33700

Telephone

+97761466411

Website

Alerts

Be the first to know and let us send you an email when Davi's Fall Club Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share