16/12/2025
श्री शितल ज्योति युवा क्लबको सहयोग.......
श्री शीतल ज्योति युवा क्लबले हालै मात्र सम्पन्न चौथो शितल ज्योति कप २०८२ बाट बचत रकम मध्यबाट शीतलदेवी सामुदायिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै उच्च शिक्षाको निम्ति आधुनिक प्रविधि बाट पठनपाठन होस् भन्ने उद्देश्यका साथ श्री शिताल देवी सामुदायिक विद्यालयलाई दुई थान स्मार्ट बोर्ड(Smart board) उपलब्ध गरायो।
यसै अवसरमा शीतलदेवी सामुदायिक विद्यालयका शिक्षकहरू, एवं विद्यार्थीहरूको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष श्री टिकाबहादुर कार्की ज्यूको हातमा श्री शीतलज्योति युवा क्लबका अध्यक्ष श्री नरप्रसाद गुरुङज्यूले smart board बराबरको रकम हस्तान्तरण गर्दै श्री शितला देवी सामुदायिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। साथै यस कार्यक्रममा शितल ज्योति युवा क्लबलाई सदैव सहयोग साथ दिने शितल ज्योति युवा क्लबको अभिन्न अङ्ग श्री माटेपानी युथ एसोसिएसन युकेका अध्यक्ष ओम प्रकाश गुरुङ ज्यू (जापान)र पोखरा १२ हङकङका पूर्व कोषाध्यक्ष युके रहनुभएका श्री अमृत गुरुङ (नैना कान्छा)ज्यू पनि सहभागी हुनुभएको थियो भने क्लबका सल्लाहकार श्री गजबहादुर गुरुङ ज्यू,श्री बिष्णु श्रेष्ठ ज्यू लगायत क्लब परिवार को उपस्थित रहेको थियो
साथै शीतलज्योति युवा क्लबका आजीवन संरक्षक पनि रहनु भएका श्री शितला देवी सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री टिका बहादुर कार्कीज्यूले शितल ज्योति युवा क्लबलाई सहयोगको लागि धेरै धेरै धन्यवाद दिनुभएको थियो। भने शितला देवी सामुदायिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका शितल ज्योति युवा क्लबका सचिव श्री पूर्णबहादुर गुरुङज्यूले हस्तान्तरण कार्यक्रम चलाउँदै पहिलाको पुरानो विद्यालय र अहिलेको विद्यालयको विषयमा केही भनाइ पनि राख्नुभएको थियो।