19/05/2026
म एक अर्थशास्त्रकाे बिद्यार्थी भएकाे नाताले । बजेट कसरी अाउला ? साेचाइमा परेकाे छु । तर याे बर्षकाे बजेट संबिधानले परिकल्पना गरेकाे अर्थतन्त्र उन्मुख हुनु पर्दछ । स्वास्थ्यर शिक्षा निशुल्क हुनुपर्दछ । व्यापार,राेजगार, पर्यटन प्रबर्धनमा जाेड दिनु पर्दछ । ठुला उद्ध्याेग,परियाेजना निर्माण,र अन्तराष्ट्रिय ब्यापारमा निर्यात मुखि नीति हुन जरुरी छ। पहिला बिध्मस गर्ने र पछि पुन निर्माण गर्ने नीति हुनहुदैन । याे देशकाे सिमाना भित्रकाे सबै माटाे र प्रकृतिक स्राेतहरु सबै सरकारकाे हुन । जनताका ठुला ठुला भनिएका महल,धर,टहरा सबै अस्थाइहुन र सरकार पनि अस्थायी हाे।
बबर शम्शेरले त्यसबेला सार्बजनिक जग्गामा गाइगाेठ बनाएकाे ठाउमा अाज कफि सप रहेद्द । उनका पनातिले यसलाइ रेखदेख गरिरहेका छन् रे । भने, पछि गएर के कसकाे हुन्छ कस्लाइ के थाह । लहराे तान्दा पहराे र पहिराे झर्न सक्छ।
अब गुरु याेजना बनाएर उचित मुअाब्जा दिएर वा समझदारी गरेर बिपन्न र सुकुम्बासीहरुलाइ बिस्थापित गराै । अाबेस र प्रतिसाेधमा अल्झेर जतनालाइ रुवाउने काम नगराै ।
नागरिक शहर र बिदेशतिर; बिकास, रित्तिएकाे गाउँतिर नहाेस । गाउकाे बसाइसराइ राेक्ने नीति बनाइयाेस । केन्द्र र शहरमा बसेर हैन ! गाउँ गाउँमा बसेर तत्काल अार्थिक उन्नति हुने खालका याेजनाहरु बनाइयाेस । गाउमा बसेका भाेका र नाङ्गा जनताकाे कुरा सिह दरबारले बुझन सक्दैन । सम्सदमा बज्ने तालिहरु अब गाउ गाउमा बझ्नु पर्दछ । खाेला तर्याे अनि लाैराे बिर्सिने नहाेस । जनताले परिक्षन गरेका हुन र परिक्षन गरिरहने द्दन । धन्यवाद ।