Rider's pokhara nepal-RPN

Directions

Rider's pokhara nepal-RPN “🏍️ – राइड‑शेयरिङ सम्बन्धी सूचना, जानकारी र रमाइलो 🚦💼🛣️”

विशेष धन्यवाद तथा आभार 🙏Riders Pokhara Nepal को तर्फबाट Pro Rider तथा रक्तदान गरी सहयोग गर्नुहुने सम्पूर्ण राइडर साथीहरू...
12/09/2026

विशेष धन्यवाद तथा आभार 🙏

Riders Pokhara Nepal को तर्फबाट Pro Rider तथा रक्तदान गरी सहयोग गर्नुहुने सम्पूर्ण राइडर साथीहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। ❤️

पोखराका एक राइडर साथीका बिरामीलाई किड्नी ट्रान्सप्लान्टका लागि आवश्यक रगत परेको कठिन परिस्थितिमा काठमाडौंमा रहेका Pro Rider का साथीहरूले समय निकालेर रक्तदान गरी गर्नुभएको अमूल्य सहयोगप्रति हामी विशेष आभारी छौँ।

तपाईंहरूले दिनुभएको रगत केवल रगत मात्र होइन,
एउटा जीवन बचाउने आशा, मानवताको भावना र राइडर एकताको उदाहरण हो। 🩸❤️

पोखरामा परेको समस्यामा काठमाडौंका राइडर साथीहरूले देखाउनुभएको यो साथले हामी सबैलाई अझ नजिक बनाएको छ।

विशेष धन्यवाद Pro Rider लाई,
र रक्तदान गरेर प्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण राइडर साथीहरूलाई। 🙏🏍️

यस्तै माया, साथ, सहयोग र एकता सधैँ कायम रहोस्।

Riders Pokhara Nepal
“Ride Together, Help Together, Stand Together.” 🇳🇵🏍️

Happy birthday Vikash Ghothane Grg sir.
07/09/2026

Happy birthday Vikash Ghothane Grg sir.

🎉🎂  जन्मदिनको शुभकामना!राइडरहरूको आवाजलाई बुलन्द बनाउँदै राइडर हरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका प्रो राइ...
04/09/2026

🎉🎂 जन्मदिनको शुभकामना!

राइडरहरूको आवाजलाई बुलन्द बनाउँदै राइडर हरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आउनुभएका प्रो राइडरका संस्थापक आदरणीय Krish Shrestha ज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना। 🙏❤️

🎂🎉 Happy Birthday!

— Riders Pokhara Nepal परिवार

✈️ HAVE A SAFE JOURNEY ✈️प्रिय राइडर साथी, Rupak Baniya वैदेशिक रोजगारीको नयाँ यात्राको लागिराइडर्स पोखरा नेपाल परिवारको...
01/09/2026

✈️ HAVE A SAFE JOURNEY ✈️
प्रिय राइडर साथी, Rupak Baniya
वैदेशिक रोजगारीको नयाँ यात्राको लागि
राइडर्स पोखरा नेपाल परिवारको तर्फबाट
हार्दिक शुभकामना तथा सफल यात्राको कामना। ❤️
🇳🇵 सपना पूरा गर्न परदेश जाँदै हुनुहुन्छ,
मेहनतले सफलता चुमोस्।
सुरक्षित रहनुहोस्, सफल भएर फर्किनुहोस्। 🙏
🏍️ तपाईंको योगदान र साथ सधैं सम्झनामा रहनेछ।
— Riders Pokhara Nepal परिवार ❤️

🙏 सम्पूर्ण राइडर साथीहरूमा हार्दिक अपिल 🙏अहिले देश विपद्को पीडामा छ। रसुवामा आएको बाढी तथा पहिरोका कारण धेरै परिवारले आफ...
29/08/2026

🙏 सम्पूर्ण राइडर साथीहरूमा हार्दिक अपिल 🙏
अहिले देश विपद्को पीडामा छ। रसुवामा आएको बाढी तथा पहिरोका कारण धेरै परिवारले आफ्नो घर, सम्पत्ति र आफन्तसमेत गुमाउनुपरेको अवस्था छ। यस्तो दुःखद समयमा हामी सबै नेपाली एकजुट भएर पीडितहरूको साथमा उभिन जरुरी छ।
हामी राइडरहरू दिनरात सडकमा मेहनत गरेर आफ्नो परिवारको गुजारा चलाइरहेका छौँ। तर आज हाम्रो सानो सहयोगले कसैको परिवारमा ठूलो राहत र आशा ल्याउन सक्छ।
त्यसैले सम्पूर्ण राइडर साथीहरूलाई विनम्र अनुरोध गर्दछौँ—
आफ्नो एक दिनको कमाइ विपद् पीडितहरूको सहयोगका लागि छुट्याऔँ। 🙏
हामीले दिने रकम सानो वा ठूलो जे भए पनि, हाम्रो भावना र एकताले ठूलो अर्थ राख्छ। आज हामीले पीडितको दुःखमा साथ दियौँ भने भोलि अप्ठ्यारो पर्दा हाम्रो साथमा पनि कोही उभिनेछ।
एक राइडरको एक दिनको कमाइ = विपद् पीडित परिवारका लागि ठूलो आशा। ❤️
आउनुहोस्, सम्पूर्ण राइडर समुदाय एकजुट बनौँ।
मानवताको लागि हातेमालो गरौँ, विपद् पीडितको घाउमा मलम लगाऔँ।
🙏 सक्नेले सहयोग गरौँ, नसक्नेले सहयोग गर्नेहरूलाई प्रोत्साहन गरौँ।
जय मानवता ❤️🇳🇵

26/08/2026

🚨 पोखरामा ट्रकको पछाडि स्कुटर ठोक्किँदा चालक गम्भीर घाईते।।😭😭

सही उतार कमेन्ट गर्नु होला।।
26/08/2026

सही उतार कमेन्ट गर्नु होला।।

24/08/2026

राइडर आन्दोलनबारे पठाओका पूर्व CEO को अभिव्यक्ति चर्चामा

भाडा कम भएको भन्दै राइड–सेयरिङमा आबद्ध राइडरहरू आन्दोलनमा उत्रिएका बेला पठाओका पूर्व CEO ले दिएको अभिव्यक्ति अहिले चर्चामा आएको छ।

राइडरहरूको आम्दानी, कम्पनीको कमिसन र भाडादरसम्बन्धी विवादका बीच पूर्व CEO को भनाइले बहस थप चर्काएको छ।

तपाईंलाई पठाओका पूर्व CEO ले दिएको यो अभिव्यक्ति कस्तो लाग्यो? राइडरहरूको माग जायज छ कि छैन? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।

Shout out to my newest followers! Excited to have you onboard! Mahendra Shrestha, आच्यो आच्यो गुरुङ, Maney Raj Tamang, M...
23/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Mahendra Shrestha, आच्यो आच्यो गुरुङ, Maney Raj Tamang, Mi Lan, Khadka Santosh, Binita Grg, Sunil Gurung, Tulasha Khatree, सचिन गुरुङ, Prince Kunwar, Sunil Gurung, Prodip Xhettri, Kapil Magar, Sudip Dhakal

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Rider's pokhara nepal-RPN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share