25/05/2026
जनआस्थाको गेटमा ५० हजार नगद र मदिरा गिफ्ट किन छाडियो ?
कालो चस्मा र अनुहारमा मास्क लगाएकी एक युवती शुक्रबार अपराह्न सवा ५ बजेतिर सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालय परिसरमा देखापर्छिन् । उनको हातमा एउटा निलो प्लास्टिकको थैलो हुन्छ ।
थैलोलाई जनआस्था कार्यालयको गेटमा थपक्क राखेर उनी आफ्नो बाटो लाग्छिन् । केहीबेरमा जनआस्थाका स्टाफहरू तल झर्छन् । थैलो टिपेर हेर्छन् । त्यसभित्र हुन्छ, एउटा र!क्सीको बोतल र ५० हजार रुपैयाँ नगद । ती युवती को थिइन् र यो ‘उपहार’ को रहस्य थियो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मौखिक उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले छानबिन थालेको हो ।
श्रेष्ठले आज आफ्नो फेसबुकमा कालो चस्मा र मास्क लगाएकी, साइड ब्याग बोकेकी युवतीको एउटा स्क्रिनसट फोटो पोस्ट गरेका छन् । यो स्क्रिनसट घ'टनास्थलमा रहेको सेक्युरिटी क्यामराको फुटेजबाट लिइएको हो । त्यसअघि नै श्रेष्ठले एउटा फेसबुक स्टाटस पनि लेखेका थिए । विगतमा माओवादी नेता कृष्णबहादुर महरालाई फ'साइएकै शैलीमा आफूलाई फ'साउने ष'डयन्त्र गरिएको उनको भनाइ छ ।
श्रेष्ठका अनुसार उनलाई सौरभ यादवको नाममा दर्ता भएको चिनिया (सेन्चेन) को नम्बरबाट शुक्रबार मिस्टर यिङ र मिस्टर एमको नक्कली नाममा फोन आएको थियो । फोन गर्नेले गृहमन्त्रीमा सुधन गुरुङलाई छेक्नुपर्यो भन्दै १० लाख रुपैयाँको प्रलोभन दिएको उनी बताउँछन् । ती व्यक्तिले आफूलाई सानो उपहार पठाउने भनेको तर आफूले ‘इग्नोर’ गरेको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले यो स्टाटस लेख्नुअघि एउटा वि'वादास्पद भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । मेकानिकल इन्जिनियर शैलेश साहको फेसबुक आइडीबाट आएको यो भिडिओमा पत्रकार श्रेष्ठको एक ‘चिनिया नागरिक’ सँग भएको फोन संवाद र केही स्क्रिनसट राखिएको छ ।
अंग्रेजीमा भएको फोन संवाद यस्तो छ 👇
अज्ञात व्यक्ति: हेल्लो मिस्टर किशोर
किशोर: एस… ओ, ह्याभ वि मेट विफोर ? (के हामीले पहिला भेटेका छौँ ?
अज्ञात व्यक्ति: छैन, तर तिमीले हामीबाट केही उपहार प्राप्त गरेका छौँ, यदि सम्झना भए..
किशोर: अँ…अँ….
अज्ञात व्यक्ति तिमीले जे गरिरहेका छौँ, त्यसमा हामी धेरै खुसी छौँ । र, भविष्यमा पनि यो जारी राख्ने आशा राखेका छौँ ।
किशोर: अँ… ओके
अज्ञात व्यक्ति: तर यो मान्छे सुधन गुरुङ हाम्रो लागि ठिक छैन
किशोर: (हाँसो)
अज्ञात व्यक्ति: तिमीले मेरो कुरा बुझ्यौ होला । र, हामी तिमीलाई आज ४ बजे एउटा गिफ्ट पठाउनेछौं । मेरो एक साथीले तिमीलाई फोन गरेर उपहारसहित भेट्नेछन् ।
किशोर: यायाया…
अज्ञात व्यक्ति: तिमीले बुझ्यौ होला म गुरुङको बारेमा के भन्दैछु
किशोर: अहँहँ…
अज्ञात व्यक्ति: मेरो एक केटी साथीले नेपाली नम्बरबाट फोन गर्नेछिन् ।
किशोर: उम्…
अज्ञात व्यक्ति: तिमी उनीसित समन्वय गर र ४ बजेतिर भेट्नु
किशोर: उम्…
अज्ञात व्यक्ति: एउटा सानो गिफ्ट छ
किशोर: उम्…
अज्ञात व्यक्ति: यो सुदन गुरुङ भन्नेलाई ख्याल गर्नु । यो खतरनाक मान्छे हो हाम्रो लागि ।
किशोर: अँ… एस एस एस
अज्ञात व्यक्ति: थ्यांक यु सर । मेरो साथीलाई गिफ्टसहित भेट्नु । र, जे गरिरहनुभएको छ त्यसलाई निरन्तरता दिनुहोला । हामी एकदम प्रशंसा गरिरहेका छौंं ।
दोस्रो संवाद
अज्ञात व्यक्ति: हेल्लो
किशोर: एस
अज्ञात व्यक्ति: एस मिस्टर किशोर
किशोर: उम् एस एस
अज्ञात व्यक्ति: मेरो साथीले तिमीलाई सिग्नल एपमा कल गर्छिन्
किशोर: उम्
अज्ञात व्यक्ति: तिमीसँग सिग्नल एप छ होइन ?
किशोर: एस
अज्ञात व्यक्ति: उनले ‘ह्वाइट क्लेन’ नामबाट कल गर्छिन् । प्लीज फोन उठाउनु ।
किशोर: उम्
अज्ञात व्यक्ति: थ्यांक यु मिस्टर किशोर । म फेरि कुरा गर्नेछु ।
तेस्रो संवाद
किशोर: हेल्लो हेल्लो
अज्ञात व्यक्ति: हेल्लो मिस्टर किशोर
किशोर: एस एस
अज्ञात व्यक्ति: तिमीले आफ्नो म्यासेज सिग्नल एपमा पायौ ?
किशोर: मैले हेरेँ
अज्ञात व्यक्ति: तिमीले १ लाख रुपैयाँ र म'दिराको बोतल पायौ ?
किशोर: म चेक गर्छु । मेरो अफिसको स्टाफहरू तल गएका छन् । म बैठक गर्दैछु ।
अज्ञात व्यक्ति: यदि तिमीसित सुदन गुरुङको विषयमा लेखिएका समाचारको लिंक छ भने सिग्नल एपमा पठाउन सक्छौ ?
किशोर: अँ… म चेक गर्छु … भोली है ।
अज्ञात व्यक्ति: थ्यांक यु ।
यसैगरी भिडिओमा केही संवादका स्क्रिनसटहरु छन् । ती संवादको केन्द्रमा पनि गिफ्ट र सुदन गुरुङ नै छन् ।
ह्वाट्सएपको जस्तो देखिने एउटा स्क्रिनसटमा किशोर श्रेष्ठको फोन नम्बर देखिएको छ र त्यसमा लेखिएको छ, ‘मैले ५० हजार र एउटा बोतल मात्रै पाएँ । मैले समाचारलाई पुरै भाइरल बनाइसकेको छु । यो अझै फैलिँदै छ र म तिमीलाई केही लिंकहरु पठाउँछु ।’
पत्रकार श्रेष्ठले भिडिओमार्फत सार्वजनिक भएका फोन संवाद र च्याटका स्क्रिनसट सम्पादित र कतिपय फेक रहेको बताएका छन् ।
किशोर भन्छन् , ‘मलाई पैसाको अफर गरिएको हो । तर, म करोडौंमा नबिकेको पत्रकार ५० हजार रुपैयाँमा बिक्छु होला ? त्यो मैले ५० हजार पैसा पाएँ भनेर लेखिएको च्याटको स्क्रिनसट पुरै ‘फेक’ हो । फोनमा आवाज मेरै भए पनि ग'लत अर्थ लाग्ने गरी काँटछाँट गरेर हालिएको छ । मैले कतै पनि गिफ्ट लिन्छु वा पाएँ भनेर भनेको छैन ।’
जनआस्था साप्ताहिकले आज फोन कन्भर्सेसनको सानो क्लिप सार्वजनिक गरेको छ । यो संवादमा चाहिँ ‘गिफ्ट’को विषयमा भएको कुराकानीको सन्दर्भ समावेश छैन । सुदन गुरुङको विषयमा बोलेको कुरा मात्रै छ । यद्यपि, गिफ्टको प्रस्ताव आएको श्रेष्ठले स्वीकार गरेका छन् ।
उनी भन्छन्, ‘बेइजिङबाट भन्दै कल गर्ने व्यक्तिले पटक पटक गिफ्टको कुरा गरिरहेको थियो । मैले वास्ता गरिनँ । पछि फोन पनि उठाउन छोडेँ । तर फोन/म्यासेज गरेको गर्यै गर्न थाल्यो । सुधन गुरुङलाई ड्'यामेज गर्न एक लाख पठाउँछौँ, १० लाख अर्को हप्ता दिन्छौँ भन्ने ब्यहोराको पनि म्यासेज आयो । मैले त्यसमा पनि कुनै जवाफ दिएको छैन । नभन्दै शुक्रबार बेलुकी साँच्चै एक जना युवतीले सामान छोडेर गइन् ।’
‘म त्यसबेला मिटिङमा थिएँ । सामान छोडेर गएको सिसिटीभीको लाइभमै देखेँ । सामान छोडेर गएलगत्तै फोन आयो । मैले सामान फिर्ता लैजान भनेँ । तर उल्टै अर्काे हप्ता १० लाख पठाउँछु भन्छ । त्यसपछि फेरि सुदन गुरुङको विषयमा न्यूज लिंक पठाउनु भन्छ । म किन पठाउने ? तर, फेक स्क्रिनसटहरु बनाएछन् । ठ्याक्क पहिला महरा स्टाइलमा जे गरेको थियो, त्यही गर्न खोजियो ।’
युवतीले छाेडेकाे पैसा र बाे'तल जनआस्थाकाे कार्यालयमा सुरक्षित रहेकाे र प्रहरीलाई जिम्मा लिइदिन भनेकाे श्रेष्ठले बताए ।
जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रमा भएको घ'टना हुँदा सामान छोड्ने युवतीको खोजी गर्न सक्ने तर प्राविधिक विषयमा छानबिनको लागि श्रेष्ठले साइबर ब्यूरोमै उजुरी दिनुपर्ने प्रहरीको भनाई छ ।