बिसौनी, साहित्यिक चौतारी

  • Home
  • Nepal
  • Pokhara
  • बिसौनी, साहित्यिक चौतारी

बिसौनी, साहित्यिक चौतारी साहित्यिक लेख रचना हजुरहरु सम पुराउन?

09/09/2025

- गजल/ रामचन्द्र अधिकारी

आज बल्ल देशमा केही भयो,
जे जे हुनुपथ्यो ठ्याक्कै त्यही भयो ।।

युयौ देखि लुट्दै आएका लुटेराहरुको,
बल्ल तिम्रो ! हाहाकार र रुवावासी भयो ।।

गुमाउन त देशले कणदार गुमायो !
तर बदलामा सुनौलो विहानी भयो ।।

ए ! देशलाई खेलौना सम्झिने कुशासकहरु हो,
हेर ! तिम्रो दम्म क्षणभर मै खरानी भयो ।।

हिराको टुक्रा थियो र रहिरनेछ हाम्रो नेपाल,
बल्ल आशाका किरणहरुको सवारी भयो ।।

😍महान Gen-Z र युवा सहिदहरुको सम्झनामा

(दुःखि छु देशमा छैन, खुसि छु देशमा अझै देश बचाउने केही युवाहरु देशै छन् – मेरी नेपाल आमा)

ब्राम्टन ओन्टारीयो , क्यानाडा
भाद्र २४, २०८२/09 Sep.2025

20/02/2025

गजल
– रामचन्द्र अधिकारी

जब उभिन्छन् व्यथाका पहाडहरु जिन्दगिका कित्ता कित्तामा ।
हेर्ने गर्छु तिम्रो तश्वीर बषौदेखि झुण्डिरहेछ जो भित्तामा ।।

बा ! तिमीले बुझाउन छुटाएको जीवनको अन्तिम रहस्य,
त्यो दिन बुझेँ जतिबेला आगो झोसिरहेथेँ तिम्रै चितामा ।।

भेटिन्नन् एउटा मान्छे पनि जसलाई देशको चिन्ता नहोस्,
फेरी पनि बारम्बार दोहोरिन्छन् तिनै नालाएकहरु सत्तामा ।।

लाग्छ उनीहरुलाई आजीवन देश लु्ट्ने ठेक्का परेको छ ,
जनता मख्ख परिरहेछन् त्यहि चारपाँच हजार बृद्ध भत्तामा ।।

थाहा छैन, मेरेर के लैजान्छन् कुन्नी यि पैसाका साधकहरुले
आखिर आफन्तले किन्नेछन् सेतो कपडा पनि नापेर बित्तामा ।।

फेबु्रअरी–२०, २०२५, ब्राम्टन, क्यानाडा

आत्मीय मित्र, गीतकार प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष हरिहर खनिया `इन्द्र-हुमा वाङ्मय पुरस्कार´ बाट पुरस्कृत हुनुभएक...
06/02/2025

आत्मीय मित्र, गीतकार प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष हरिहर खनिया `इन्द्र-हुमा वाङ्मय पुरस्कार´ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई र अझै सुगम वाङ्मयिक जीवनका लागि शुभकामना !

04/02/2025

गजल
तिमिले जित्दा स्वभाविक मेरो हार हुन्थ्यो ।
तिमिले हार्दा झनै मेरो हाहाकार हुन्थ्यो ।।

रुपको गर्यौ वा यौवनको थाहा छैन,
घमण्ड नगरेको भए घरबार हुन्थ्यो ।।

धनी गरिव जे बनाउँछ सबै समयले बनाउँछ,
झुपडी भित्रै पनि मायाको दरबार हुन्थ्यो ।।

भनेकै थिए उल्टो हिडाइदिन सक्छन् आफ्नाहरुले
सुनेनौ नत्र उनिहरुको योजना बेकार हुन्थ्यो ।।

न सोच म भागेको होइन पछि हटिदिएको मात्र हुँ,
त्यो बेला तिमिलाई छोएको भए बालात्कार हुन्थ्यो ।।

रामचन्द्र अधिकारी÷ ०१ फेर्बुअरी २०२५

30/01/2025

लगभग ३ वर्षको लगातर बसाई पछि क्यानाडामा पहिलो पटक गजल बाचन गर्ने अवसर मिल्यो , अवसर मिलाईदिने आयोजक 'साहित्य समाज क्यानाडा' प्रति अभारी छु र मैले बाचन गरेको गजल पछि यहाँ पेश गरेको छु
धन्यवाद ।

पर्खिरहेछु एक दिन त अवश्य शुभ प्रहर आउँछ ।
मेरो पछाडि पनि ठू.........लो जन लहर आउँछ ।।

जिन्दगी एक व्यापार रहेछ जो प्रत्येक दिन घाटामा छ,
घाटा...–घाटा... मात्रै जोड्यो भने सिङ्गो सहर आउँछ ।।

बा ! ले भन्नुहुथ्यो दिएर र खुवाएर मान्छे आफ्नो हुँदैन,
हो रैछ, उसलाई रक्सि खुवाएको पैसाले घर आउँछ ।।

बुझ्नलाई अव केही पनि बाँकी छैन यो जिन्दगीको अर्थ,
थाहा छ, एक छाक खाना भन्दा सस्तोमा जहर आउँछ ।।

खै के सोच्यो– ‘म पनि बुद्ध बन्छु’ भनेर साथिले घर छाडेछ,
कुरी रहेछु म यतिवेला, सि.एन.एन मा के खबर आउँछ ।।

रामचन्द्र अधिकारी
ब्रामटन, अन्टारीयो, क्यानाडा ।

Address

Dhikur Pokhari Kaski
Pokhara

Alerts

Be the first to know and let us send you an email when बिसौनी, साहित्यिक चौतारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बिसौनी, साहित्यिक चौतारी:

Share