Lahachok Youth Network - लाहाचोक युवा संजाल

  • Home
  • Nepal
  • Pokhara
  • Lahachok Youth Network - लाहाचोक युवा संजाल

Lahachok Youth Network - लाहाचोक युवा संजाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lahachok Youth Network - लाहाचोक युवा संजाल, Community Organization, Pokhara.

सन्देह र अविश्वास ले अबको यात्रा तय गर्न सकिदैन। देश खरानीबाट उठ्नु छ र त्यसको लागि राष्ट्रिय सहमति, आपसी सद्भाव र एकता,...
13/09/2025

सन्देह र अविश्वास ले अबको यात्रा तय गर्न सकिदैन। देश खरानीबाट उठ्नु छ र त्यसको लागि राष्ट्रिय सहमति, आपसी सद्भाव र एकता, एक मात्र आधार हो।

खुला हृदयले GenZ हरु को बलिदानीबाट र नयाँ विश्व परिवेशको ऐतिहासिक क्रान्तिबाट स्थापित नबनियुक्त सरकारको स्वागत गरौँ।

बधाई GenZ अभियन्ताहरूलाई, बधाई सम्पूर्ण युवाहरुलाई, बधाई परिवर्तन चाहने हरेक आम नेपालीहरुलाई , बधाई नबनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई।

नया युगको उद्घोस भएको छ, अब यसलाई साच्चिकै साकार पार्ने जिम्मेवारी हामीहरु सबैको हो।

Good luck for future endeavours 👌🏻😊💐
03/06/2025

Good luck for future endeavours 👌🏻😊💐

डाक्टर बनेकी लक्ष्मी रानाभाटले ९२ वर्षीया हजुरआमाको माया र आशीर्वाद सम्झिँदै लेखेकी छन्– “हजुरआमाले हात समातेर विद्यालय पुर्‍याउनु भयो र प्रिन्सिपलसँग भन्नुभयो, ‘यो नानीको आमा पनि छैन, बुवा पनि छैन, जति सकिन्छ पढाइदिनु।’ आज, हजुरआमाकै माया, साथ र प्रेरणाले म नेपाल मेडिकल काउन्सिल (NMC) पास गरी डाक्टर बन्न सफल भएँ।”

हजुरआमाको ती आँटिला कदम र ममताले जन्माएको त्यो सपना आज साकार भएको छ– लक्ष्मी अब डाक्टर बनिसकेकी छिन्।

🙏

Heartly welcome 🙏
27/06/2024

Heartly welcome 🙏

08/04/2024

परदेशमा पनि , नेपाली खबर :नेपाली जहाँ खबर त्यहाँ

बबिता अधिकारी बचाऔँ !!कास्की जिल्ला गण्डकी प्रदेश ,माछापुच्छ्रे गाउपालिका छिमेकी गाउँ झिझिर्का खानेपानीमुहान मर्दिमा बसो...
18/02/2024

बबिता अधिकारी बचाऔँ !!

कास्की जिल्ला गण्डकी प्रदेश ,माछापुच्छ्रे गाउपालिका छिमेकी गाउँ झिझिर्का खानेपानीमुहान मर्दिमा बसोबास गर्ने श्री रमानाथ अधिकारीकि बुहारी,श्री कृष्ण प्रसाद अधिकारी कि श्रीमती बर्ष ३५ की श्रीमती ,बबिता अधिकारीको यहि मिति २०८० माघ २१ गते को दिनमा खेतको अग्लो कान्लाबाट लडेर खुट्टाको हड्डी भाचिएर छाला भन्दा बाहिर आएको हुँदा,गण्डकी मेडिकल कलेजमा उपचार निरन्तर भइ रहेको कुरा यहाँलाई जानकारी गराउँदछौँ । उक्त बिरामीको श्रीमान एवम् श्रिमति स्वयम् अपाँग रहेको र घरको आर्थिक स्थिती पनि अति नै नाजुक रहेको हुँदाा थप उपचारका लागी उहाँको परिवार यतिबेला आर्थिक सहयोगको अपेक्षा राख्नु भएको छ । मानव सेवा नै धर्म हो भन्ने हेतुले आफू सक्दो सहयोग तल दिईएको खाता नम्बरमा जम्मा गरिदिनुहुनका लागी यहाँहरू सम्पूर्णमाझ हार्दिक अनुरोध गर्दछौँ।।

Bank : NMB Bank
Account Holder: Krishna Prasad Adhikari
Branch: Pokhara
Account number: 1250110283100011
Contact Number :

सेवा नै धर्म हो !!

सहयोगी दाताहरूको नामावली
१. रेशम प्रसाद आचार्य रू २५५५/ प्राप्त ✅

२. वैदेशिक रोजगार मन्चको पहलमा
वैदेशिक रोजगार मन्चको कोषबाट रु २०००
पुर्ण बहादुर शाही नर्बे २०००
सगुन अधिकारी १५००
लबि क्षत्री -१५००
राजु क्षत्री अपुरो-१०००
देव स्याङ्बो रु२०००
कृष्ण प्रसाद बास्तोला रु २०००
केशवराज अधिकारी संगम १५००
वसन्त रानाभाट रु १०००
देवी तिवारी रु १०००
माधव अधिकारी १५००
इन्द्र प्र अधिकारी रु १५००
पुस्पराज अधिकारी रु
क्याम वहादुर घताने रु
चन्द्र बहादुर नेपाली रु १५००
कल्पना रानाभाट रु
सुशील श्रेष्ठ रु १०००
दिलिप रानाभाट रु १०००
कृष्ण रानाभाट
सुरजराज खाती रु १०००
३. रिसिंग स्यांग्बो तामांग रू १५०० प्राप्त ✅

जय देउराली माइ 🙏🙏
18/12/2023

जय देउराली माइ 🙏🙏

मिति २०८०/०६/०१ गते सोमबार लाहाचोक खेलमैदानमा आयोजना भएको तिज विशेष साँस्कृतिक कार्यक्रम -२०८० मा उपस्थित भई कार्यक्रमको...
21/09/2023

मिति २०८०/०६/०१ गते सोमबार लाहाचोक खेलमैदानमा आयोजना भएको तिज विशेष साँस्कृतिक कार्यक्रम -२०८० मा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुभएकोमा यहाँहरू सम्पूर्ण प्रति हामी लाहाचोक युवा सन्जाल परिवार हार्दिक आभार व्यक्त गर्दछौँ । लाहाचोक युवा सन्जालको आयोजना , माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लवको समन्वय, लाहाचोक साना किसान कृषी सहकारी संस्था लि, महिला सन्जाल एवम् वैदेशिक रोजगार मन्च लाहाचोकको संयुक्त सहकार्य साथै माछापुच्छ्रे गाउँपालिका तथा वडा कार्यलयको संरक्षणमा झन्डै ३००० जतिको संख्यामा उपस्थिती रहेको पाईयो । चर्चित लोक गायिका सर्मिला गुरुंग , लोक गायक एवम् जन्मस्थलो लाहाचोक भएका श्रीराम अधिकारी, लाहाचोककै चेली एवम् चर्चित लोक गायिका समिक्षा अधिकारी साथै अन्य स्थानिय कलाकारहरूमा ज्ञानसरा जुगजली, राजेन्द्र अधिकारी , शंकर नेपाली एवम् दिवस श्रेष्ठहरूको बेजोड प्रस्तुतीले कार्यक्रम थप रोचक बनेको थियो । माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारी प्रमुख अतिथी र वडाध्यक्ष मधुसुधन अधिकारी विशिष्ट अतिथी रहेको कार्यक्रममा लाहाचोक साना किसान कृषी सहकारी संस्था लि. की अध्यक्ष कमला पौडेल कार्यक्रम संचालक रहिन् ।सामाजिक संजाल Facebook live गरेर समाजसेवी शुसिल श्रेष्ठले सहयोग गरे भने स्टेज व्यवस्थापनमा लाहाचोक साना किसान कृषि सहकारी संस्था लि. र महिला सन्जालका कल्पना अधिकारी रानाभाट र लक्ष्मी आचार्यले गरे । मिलन दवाडी एवम् कवि क्षेत्रीको नेतृत्वमा माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लव एवम् वैदेशिक रोजगार मन्चका सदस्यहरूले स्वयंसेवकको भूमिकामा रहि कार्यक्रम सफल बनाउन सहयोग गरे । मिडिया पार्टनरका रूपमा रेडियो हेमजा , 4K1 Youtube Chanel,र खोजी विशेष रहे। वैदेशिक रोजगार मन्चको तर्फबाट सहयोग रकम उठाउने काम मन्चका अध्यक्ष राजु क्षेत्री अपुरोले गरे भने , यातायात , पानी र टेन्ट व्यवस्थापनमा क्रमशः राजु नेपाली , लक्ष्मी प्रसाद पौडेल , आनन्द अधिकारी , जीवन ढकाल र अधिकारी रहे । त्यस्तै गरी नेपाल रेडक्रस सोसाईटी लाहाचोक उपशाखाले प्राथमिक उपचार सेवा प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी एवम् राजनितिक पार्टी प्रमुखलाई अतिथीको रूपमा राखिएको थियो ।
साँस्कृतिक कार्यक्रम अन्तर्गत आमा समूह स्तरिय तिज गित प्रतियोगिता रहेको थियो जसमा ८ जना समूह सहभागी रहेका थिए, जसमा मनकामना आमा समुह प्रथम, माछापुच्छ्रे सामुदायिक संस्था बद्रीथर द्वितिय, सयपत्री आमा समुह तृत्तिय र ठुलो पधेरा आमा समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुन सफल आमा समुहले क्रमश १० हजार, ८ हाजर, ६ हजार र ३ हजारको साथमा प्रमाण पत्र प्राप्त गरे ।

एकल महिला तिज नृत्य प्रतियोगितामा प्रथम सुरक्षा शाहि, द्वितिय स्नेहा शर्मा, तृतिय भावना जि. सि र सात्वना ज्योति बस्याल भएका थिए । उनिहरुले क्रमश ५ हजार, ४ हजार, ३ हाजर र २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरे । साथै भेषभुषामा सबिता अधिकारी र अनुशासनमा रोशनी तिमिल्सिनालाई १ हजारको साथमा प्रमाण पत्र प्रदान गरियो । महिला घैँटो फुटाउने कार्यक्रम २५ सहभागी मध्य सविता अधिकारी र ज्योती बस्यालले घैँटो फुटाए बापत् प्रति व्यक्ति रू १००० र प्रमाण पत्र प्राप्त गर्न सफल भए । कार्यक्रमलाई थप रोचक बनाउन स्थानिय लाखे नाच एवम् पञ्चेबाजा प्रदर्शन पनि गरिएको थियो । उक्त कार्यक्रम पवन शर्मा , सगुन अधिकारी र अमृत पौडेल को व्यवस्थापन र उमेश बास्तोलाको सभापतित्वमा सम्पन्न भएको हो।

समग्रमा कार्यक्रम सोचेको भन्दा पनि धेरै राम्रो भएको दर्शकहरूले बताए । कार्यक्रम आयोजना गर्दै गर्दा केहि कमि कमजोरी त पक्कै हुन्छन् नै , भएका कमी कमजोरी प्रति क्षमायाचना गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने यहाँहरू सम्पूर्ण प्रति हार्दिक आभार व्यक्त गर्दै अबका केहि दिनमै आय व्यय सार्वजनिक हुने जानकारी गराउँदछौ ।

धन्यवाद 🙏🙏

लाहाचोक युवा सन्जाल परिवार

लाहाचोक युवा संजालद्वारा आयोजित तिज विशेष सांस्कृतिक कार्यक्रम २०८०

Address

Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Lahachok Youth Network - लाहाचोक युवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share