Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल

  • Home
  • Nepal
  • Pokhara
  • Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल
Call Directions Website Contact the organization

Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल 'Tamu Sanskritik Pratishthan' ( Tamu Cultural Academy) under the patron ship of Tamudhii Japan in 1998, in Japan, with an objective to promote and cultiva

💐हार्दिक श्रद्धाञ्जली💐यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालकी सचिव श्रीमती कञ्चन तमुका पूजनीय बुबा, शिशापानी, रुपा–६, कास्क...
01/10/2026

💐हार्दिक श्रद्धाञ्जली💐
यस तमु सांस्कृतिक प्रतिष्ठान नेपालकी सचिव श्रीमती कञ्चन तमुका पूजनीय बुबा, शिशापानी, रुपा–६, कास्की निवासी श्री नरबहादुर तमुको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा ८३ वर्षको उमेरमा मिति २०८३ असोज १४ गते अपराह्न दुःखद निधन भएको खबरले सिंगो प्रतिष्ठान परिवारलाई अत्यन्त दुःखी बनाएको छ ।
लामो समयदेखि अर्बुदरोगबाट पीडित स्वर्गीय बुबाको सेवासुश्रूषामा परिवारले कुनै कमी राखेन। यद्यपि, प्रत्येक प्राणीले यस धर्तीमा पाइला टेकेपछि एक दिन स्थायी बिदा लिनुपर्ने जीवनको शाश्वत सत्य हो। उहाँको महाप्रस्थानले परिवार, आफन्तजन र समाजलाई गहिरो दुःखमा पारे पनि जीवनचक्रको यस तीतो सत्यलाई स्वीकार गर्नुको विकल्प छैन ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस असह्य पीडालाई धैर्यपूर्वक सामना गर्ने शक्ति प्राप्त होस भनी कामना गर्दछौँ ।

परिवारबाट प्राप्त जानकारी अनुसार स्वर्गीय बुबाको पार्थिव शरीरको अन्त्येष्टि आज असोज १५ गते उहाँको जन्मथलो शिशापानीमा गरिनेछ भने पित्रृकार्य मिति २०८३ असोज १७ गते शनिबार गाउँमै गरिने भएको छ ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।

तमु धिं यूकेका अध्यक्ष आदरणीय जुमकाजी गुरुङज्यू, आमा समूहकी अध्यक्ष श्रीमती कमलादेवी गुरुङज्यू, तमु धिं यूकेका वरिष्ठ उप...
27/09/2026

तमु धिं यूकेका अध्यक्ष आदरणीय जुमकाजी गुरुङज्यू, आमा समूहकी अध्यक्ष श्रीमती कमलादेवी गुरुङज्यू, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष परसु गुरुङज्यू, उपाध्यक्ष कमल गुरुङज्यू, महासचिव विशाल गुरुङज्यू तथा सचिव विमल गुरुङज्यू विशेष मिसनसहित हालै नेपालमा आउनु भएकोछ । विनाशकारी बाढीका कारण देशमा भएको अकल्पनीय दुख र क्षतिमा मल्हम लगाउने उद्देश्यले उहाँहरूले नेपाल आगमनसँगै अनुकरणीय मानवीय कार्य गर्नुभएको छ।
उहाँहरूले रु. १ करोड ११ लाख ११ हजार १ सय ११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुका साथै बाढी प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुगेर करिब रु. ३० लाख बराबरको जिन्सी राहत सामग्री हस्तान्तरण गर्नुभएको छ। देशलाई दुःख पर्दा यसरी नै सहयोगको हात बढाउनु र पीडामा मल्हम लगाउनुलाई उहाँहरुले आफ्नो कर्तव्य ठान्नु हुन्छ । विदेशमा रहेर पनि सधैं मनमा स्वदेशको माया बोकेर हिँड्ने नेपाल आमाका सम्पूर्ण सपुतहरूप्रति हार्दिक सम्मान तथा सलाम।
काठमाडौंमा आफ्नो काम सम्पन्न गरी पोखरा आइपुग्नुभएका अध्यक्ष जुमकाजी गुरुङज्यू, आमा समूहकी अध्यक्ष श्रीमती कमलादेवी गुरुङज्यू, उपाध्यक्ष कमल गुरुङज्यू तथा पत्रकार आश गुरुङज्यूलाई तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष श्रीजंग गुरुङज्यूलगायत प्रतिष्ठानको टोलीले स्वागत गर्दै उहाँहरूले गर्नुभएको यस पवित्र तथा मानवीय कार्यप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
Kaji Gurung Tamu Dhee UK Tej Gurung Laxmi Gurung Lok Gurung Om Gurung Mani Tamu Gurung Bhesh Gurung

💐भावपूर्ण श्रद्धाञ्जली 💐तमु सान्स्कृतिक प्रतिस्ठान नेपालका संस्थापक सदस्य श्री देबीप्रसाद गुरुङका ममतामयी आमा एवम  प्रति...
19/09/2026

💐भावपूर्ण श्रद्धाञ्जली 💐
तमु सान्स्कृतिक प्रतिस्ठान नेपालका संस्थापक सदस्य श्री देबीप्रसाद गुरुङका ममतामयी आमा एवम प्रतिष्ठानद्वारा सम्मानित वरिष्ठ समाजसेवी आदरणीय मेजर डिलवहादुर गुरुङकी धर्मपत्नी मायादेबी गुरुङको उपचारको क्रममा भएको असमायिक निधनको दु:खद खबरले सम्पूर्ण प्रतिष्ठान परिवारलाई मर्माहित बनाएको छ। यस दुखद घडीमा स्वर्गीय आमाको आत्माले चीर शान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौं।

श्रीजङ्ग गुरुङ
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।

'Our Culture, Our Identity, Our Pride’ भन्ने नारासहित विगत १७ वर्षदेखि विदेशी भूमिमा तमु धिं यूकेद्वारा निरन्तर आयोजना ग...
30/08/2026

'Our Culture, Our Identity, Our Pride’ भन्ने नारासहित विगत १७ वर्षदेखि विदेशी भूमिमा तमु धिं यूकेद्वारा निरन्तर आयोजना गर्दै आएको नेपाली मेलाको १७औँ संस्करण आज आयोजना हुँदैछ।
केही महिनाअघिदेखि नै तयारीमा जुटेको आयोजक संस्थालाई नेपालमा गत भदौ ६ गते (अगस्ट २६) आएको भीषण बाढीले निकै अप्ठ्यारो परिस्थितिमा पारेको देखिन्छ। तर, यस दुःखद क्षणलाई शक्तिमा परिणत गर्दै ‘साथ दिऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित मेलालाई निरन्तरता दिने निर्णय गर्नुका साथै मेलाबाट बचत हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने मानवीय निर्णय गरेकोमा तमु धिं यूकेको उच्च प्रशंसा गर्न चाहन्छौँ।

देशमा पर्ने हरेक विपदको बेला तमु धिं यूके तथा विदेशमा रहेका अन्य नेपाली सङ्घ संस्था र नेपाली समुदायले देखाउँदै आएको ऐक्यबद्धता, सहयोग, आत्मीयता र देशप्रतिको माया अत्यन्त प्रशंसनीय एवं अनुकरणीय छ। यस मानवीय भावना र सहयोगका लागि हामी सबैमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ।

विदेशी भूमिमा नेपाली संस्कृति र परम्परालाई आफ्नो पहिचानका रूपमा गर्वका साथ प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको नेपाली मेलाको १७औँ संस्करणको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यसै सन्दर्भमा, तमु सांस्कृतिक प्रतिष्ठान नेपालले पनि आफ्नो २४औँ साधारणसभा आजकै मितिमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा राहतका लागि सक्दो रकम सङ्कलन गर्ने निर्णय भदौ ११ गते बसेको सल्लाहकारसहितको कार्यसमितिको पूर्ण बैठकले गरेको छ।

विपद्को यस कठिन घडीमा दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै हराइरहेका सबै सकुशल भेट्टाइयोस भन्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीबीचको एकता, सहयोग र मानवीय भावना अझ सुदृढ हुँदै जाओस भन्ने सदभाव व्यक्त गर्दछौँ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान, नेपाल परिवार

💐हार्दिक बधाई तथा शुभकामना💐तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक तथा सामाजिक व्यक्तित्व श्री ...
31/07/2026

💐हार्दिक बधाई तथा शुभकामना💐

तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष, वरिष्ठ नृत्य निर्देशक तथा सामाजिक व्यक्तित्व श्री श्रीजङ्ग तमुज्यू पोखरा प्रज्ञा प्रतिष्ठानको गरिमामय प्रज्ञा परिषद् सदस्यमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।

साहित्य, कला तथा भाषाको संरक्षण, संवर्द्धन, विकास र उन्नयनका साथै प्राज्ञिक गतिविधिमा अग्रगामी छलाङ मार्न सफल होस् भन्ने शुभेच्छासहित नवनियुक्त कुलपति लगायत सम्पूर्ण पदाधिकारी तथा पारषद सदस्यज्यूहरूमा समेत हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

ओम तमु / भेष तमु
उपाध्यक्ष
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।

💐हार्दिक श्रद्धाञ्जली💐तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजीवन सदस्य, खिलाङ गुरुङ समाजका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेव...
28/06/2026

💐हार्दिक श्रद्धाञ्जली💐
तमु सांस्कृतिक प्रतिष्ठान नेपालका आजीवन सदस्य, खिलाङ गुरुङ समाजका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी आदरणीय क्या. गणेश गुरुङको दुःखद निधनको खबरले सम्पूर्ण तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार स्तब्ध भएको छ।
स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, शोकसन्तप्त परिवारजनप्रति यस दुःखद घडीमा हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गर्दछौं।
श्रीजंग तमु�अध्यक्ष तथा�तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार

यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बार्षिक समीक्षा बैठकमिति : २०८३, असार १३ गते, शनिबार समय : बिहान ९:०० बजे स्थान : र...
27/06/2026

यस तमु साँस्कृतिक प्रतिष्ठान नेपालको बार्षिक समीक्षा बैठक
मिति : २०८३, असार १३ गते, शनिबार
समय : बिहान ९:०० बजे
स्थान : रोयल दिदीबहिनी किचन, उत्तमचोक
श्रीजङ तमु, अध्यक्ष

दुःखद पल !यस प्रतिष्ठानका संस्थापक सदस्य श्री गणेश तमुकी ममतामयी आमा श्रीमती चन्द्रमाया तमुको ७७ वर्षको उमेरमा भएको दुःख...
08/06/2026

दुःखद पल !
यस प्रतिष्ठानका संस्थापक सदस्य श्री गणेश तमुकी ममतामयी आमा श्रीमती चन्द्रमाया तमुको ७७ वर्षको उमेरमा भएको दुःखद निधनले सम्पूर्ण प्रतिष्ठान परिवारलाई मर्माहत एवं दुःखी तुल्याएको छ। यस शोकपूर्ण घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार ।

💐भावपूर्ण श्रद्धाञ्जली💐तमु सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक कोषाध्यक्ष श्रीमती सविता तमुका श्रीमान् तथा यस प्रतिष्...
08/06/2026

💐भावपूर्ण श्रद्धाञ्जली💐

तमु सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक कोषाध्यक्ष श्रीमती सविता तमुका श्रीमान् तथा यस प्रतिष्ठानका संस्थापक सदस्य एवं समाजसेवी श्री प्रसाद तमुको मिति २०८३ जेठ २३ गते भएको असामयिक निधनको खबरले प्रतिष्ठान परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।
स्वर्गीय श्री प्रसाद तमुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछौं ।

श्रीजंग तमु
अध्यक्ष तथा
तमु सांस्कृतिक प्रतिष्ठान नेपाल परिवार

30/05/2026

Address

Rani Pauwa
Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761541958

Alerts

Be the first to know and let us send you an email when Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamu Cultural Academy Nepal - तमु सांस्कृतिक प्रतिष्ठान नेपाल:

Shortcuts

Share