01/10/2026
❤️🙏 सहयोगका लागि हार्दिक अपिल तथा धन्यवाद 🙏❤️
नेपाल मुस्लिम युवा समितिका कार्यकारी सदस्य जनाब हसन अली मियाँ,जो हाल Leukemia (Blood Cancer) सँग संघर्षरत हुनुहुन्छ, उहाँको उपचारका लागि "इस्लामिक कल्याणकारी समाज" पोखरा-८ को तर्फबाट शीघ्र स्वास्थ्य लाभको दुवा 🤲सहित रु. २०,०००/- (बीस हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको छ साथै उहाँहरूको पहल र आपसी समन्वयमा इस्लामिक सक्रिय युवा समाज इस्लामपुरको तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको दुवा सहित थप ३०,०००/-(तीस हजार रुपैयाँ) गरी कुल रकम ५०,०००/-( पचास हजार) इस्लामिक कल्याणकारी समाज का पदाधिकारी ज्यूहरूबाट पीडित लाई नेपाल मुस्लिम युवा समितिका पदाधिकारीहरु को रोहबरमा हस्तान्तरण गरिएको छ।
यस अमूल्य सहयोगका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। ❤️🙏
हसन अलीको उपचार अझै जारी रहेको हुँदा उहाँको उपचारका लागि आगामी दिनमा पनि ठूलो रकम आवश्यक पर्नेछ। त्यसैले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूमा आफ्नो क्षमताअनुसार सहयोग गरिदिन हार्दिक अपिल गर्दछौँ।
तपाईंको सानो सहयोग पनि उहाँको उपचारका लागि ठूलो सहारा बन्न सक्छ।
आउनुहोस्, हसन अलीको जीवन बचाउने यो अभियानमा हामी सबै हातेमालो गरौँ। 🤲❤️
📲 सहयोगका लागि eSewa तथा बैंकको QR कमेन्टमा राखिएको छ।
थप जानकारीका लागि:
समसुल हक मिया : ९८१६६२५१४४
हाजी ल्याकत अलि मिया : ९८०६६८२२५०
रहमत अलि मिया : ९८५६०६४५८०
🤲 अल्लाहले सम्पूर्ण सहयोगी मनहरूलाई उत्तम बदला प्रदान गरून्। आमिन।