02/05/2026
नेपाल मुस्लिम युवा समितिले समय अनुकूल विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको यहाँहरू माझ सर्वविधितै जानकारी छँदैछ। सोही कार्यलाई थप निरन्तरता दिँदै मियाँपाटनको प्राङ्गणमा बाटो हिँड्दिने बटुवाहरू र स्थानीय बासिन्दाहरूका लागि विश्राम गर्ने विश्राम स्थल निर्माण गर्ने हेतुका साथ सहयोग अपिल गरे लगत्तै यस संस्थालाई सदैव माया साथ सहयोग गर्नुहुने पोखरा-१२,मियापाटन निवासी हाम्रा शुभचिन्तक मित्र श्री टेक बहादुर तामाङ( माइला)र उहाँकि श्रीमति सुक माया तामाङ द्वारा एक थान विश्राम कुर्सी सहयोग प्रधान गर्नुभएको छ! यस संस्था उहाँप्रति हृदयदेखि आभार प्रकट गर्दछ साथै हाम्रा शुभचिन्तक सदस्यज्यूहरू सम्पूर्णमा यस नेकि (पुण्य) कार्यलाई सम्पन्न गराउन सहयोग गरिदिनुहुन का लागि विनम्रतापूर्वक हार्दिक अपिल पनि गर्दछ।
थप जानकारीका लागि
अब्बास अलि मिया(अध्यक्ष)९८५६०७६०८८
कैयुम अलि मिया(कोषाध्यक्ष)९८१७१०६९८६