Nepal Scouts Gandaki Province

Nepal Scouts Gandaki Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Scouts Gandaki Province, Nonprofit Organization, Pokhara.

06/05/2026
१२ बैशाख २०८३हिमाली स्काउट ट्रुप पोखरा १८ को आयोजनामा दुई दिने सरभाइभल क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। २४ जना स्काउट...
25/04/2026

१२ बैशाख २०८३
हिमाली स्काउट ट्रुप पोखरा १८ को आयोजनामा दुई दिने सरभाइभल क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। २४ जना स्काउटहरूको सक्रिय सहभागिता रहेको उक्त क्याम्पको अध्यक्षता स्काउट मास्टर कृष्ण कुमार राजवाहकले गर्नुभएको थियो । क्याम्पको मुख्य उद्देश्य सहभागीहरूलाई कठिन तथा विपद् परिस्थितिमा आत्मनिर्भर बन्न सक्षम बनाउनु रहेको थियो। सोही अनुरूप भाँडाकुँडा प्रयोग नगरी खाना पकाउने, सीमित स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै जीवनयापन गर्ने तथा प्रकृतिसँग अनुकूलन हुने जस्ता व्यवहारिक अभ्यासहरू सञ्चालन गरिएका थिए। साहसिक गतिविधिहरू अन्तर्गत ओमेगा जम्प र सुपरम्यान जस्ता रोमाञ्चक कार्यक्रमहरूले सहभागीहरूमा साहस र आत्मविश्वास वृद्धि गरेका थिए। त्यस्तै समुहगत भावना अभिवृद्धि गर्न डोरी तान्ने (टग अफ वार) र रुमाल टिप्ने जस्ता खेलहरू आयोजना गरिएका थिए भने सिर्जनात्मक क्षमता विकासका लागि ब्लाइन्ड फोल्ड बेलुन बर्स्ट जस्ता नयाँ तथा आकर्षक खेलहरू समेत समावेश गरिएको थियो। यसै क्रममा सहभागीहरूलाई सराङकोटसम्मको नाइट हाइक कार्यक्रम समेत गराइएको थियो। रातको शान्त वातावरणमा गरिएको उक्त हाइकले सहभागीहरूमा साहस, आत्मविश्वास तथा समूहगत सहकार्यको भावना अझ प्रगाढ बनाएको थियो। साथै, प्राकृतिक परिवेशमा राति हिँड्ने अनुभवले उनीहरूलाई दिशानिर्देशन तथा आपतकालीन अवस्थासँग जुझ्ने व्यावहारिक सीप हासिल गर्न मद्दत गरेको आयोजकले जनाएको छ। क्याम्प अवधिभर अनुशासन, नेतृत्व विकास, सहकार्य तथा आपसी समझदारीमा विशेष जोड दिइएको आयोजकले जनाएको छ। सहभागीहरूले क्याम्पबाट प्राप्त ज्ञान र अनुभवलाई दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

७ बैशाख २०८३ पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित हिमाली स्काउट ट्रुपको आयोजनामा आयोजित पतञ्जलि योग प्रशिक्षण कार्यक्रम...
21/04/2026

७ बैशाख २०८३
पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित हिमाली स्काउट ट्रुपको आयोजनामा आयोजित पतञ्जलि योग प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
समापन समारोहमा तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले योग प्रशिक्षणबाट शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा सकारात्मक परिवर्तन आएको बताएका थिए।
कार्यक्रममा सहभागी सृजना के.सी.ले आफ्नो अनुभव साझा गर्दै योगले जीवनशैलीमा अनुशासन र आत्मविश्वास बढाएको बताइन्। उनले सिकेका ज्ञानलाई दैनिक जीवनमा निरन्तर अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
तालिममा करिब ४० जना सहभागी रहेका थिए। योग शिक्षक मित्रलाल सुवेदीको प्रशिक्षणमा सञ्चालन गरिएको उक्त कार्यक्रमप्रति स्थानीय समुदायको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
समापनसँगै सहभागीहरूमा उत्साह, सकारात्मक सोच र स्वास्थ्यप्रतिको जागरूकता बढेको देखिएको छ।

४ बैशाख २०८३ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सहयोग तथा प्रदेश स्काउट कार्यालय, गण्डकी प्रदेशको...
18/04/2026

४ बैशाख २०८३
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सहयोग तथा प्रदेश स्काउट कार्यालय, गण्डकी प्रदेशको आयोजनामा नेपाल स्काउटको ६८ औँ उड्ब्याज तालिम तथा ५६ औँ एड्भान्स तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
चैत्र २८ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन समारोहमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशका माननीय मन्त्री तथा प्रदेश स्काउटका प्रमुख स्काउट माननीय रेखा गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रम नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त श्री सागर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
समापन समारोहमा नेपाल स्काउटका कार्यवाहक प्रमुख आयुक्त श्री इन्दु सुवेदी, अन्तर्राष्ट्रिय आयुक्त श्री सुस्मिता श्रेष्ठ, राष्ट्रिय परिषद सदस्यहरू श्री शिव बहादुर भण्डारी र श्री जलन खत्री, पूर्व अन्तर्राष्ट्रिय आयुक्त श्री शारदा पराजुली, तथा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशका युवा तथा खेलकुद महाशाखा प्रमुख श्री घनश्याम पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो।
उक्त तालिमअन्तर्गत उड्ब्याजतर्फ कोर्स लिडरका रूपमा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्री शिव बहादुर भण्डारी रहनुभएको थियो भने एड्भान्स तालिमतर्फ श्री शारदा पराजुली कोर्स लिडर रहनुभएको थियो।

गण्डकी प्रदेशका नबनियुक्त सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय का माननीय मन्त्री तथा प्रदेश स्काउटका प्रमुख स्काउट मा...
17/04/2026

गण्डकी प्रदेशका नबनियुक्त सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय का माननीय मन्त्री तथा प्रदेश स्काउटका प्रमुख स्काउट माननीय रेखा गुरुङ ज्यु लाई नेपाल स्काउट गण्डकी प्रदेशको तर्फबाट बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भेटघाट कार्यक्रममा नेपाल स्काउटका कार्यवाहक प्रमुख आयुक्त इन्दु सुवेदी, नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेल, नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त सुस्मिता श्रेष्ठ, प्रदेश स्काउटका शैक्षिक पद्धति आयुक्त अरुण कुमार शर्मा काफ्ले लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ।
17/04/2026

सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ।

२८ चैत्र  २०८२सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सहयोग तथा  प्रदेश स्काउट कार्यालय, गण्डकी प्रदेश...
11/04/2026

२८ चैत्र २०८२
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सहयोग तथा प्रदेश स्काउट कार्यालय, गण्डकी प्रदेशको आयोजनामा नेपाल स्काउटको ६८ औँ उड्ब्याज तथा ५६ औ एड्भान्स तालिम को शुभारम्भ भएको छ। बैशाख ४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन समारोहमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेष पौडेल को प्रमुख आतिथ्यता रहेको थियो। नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त श्री सागर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त श्री सुस्मिता श्रेष्ठ, नेपाल स्काउटका रास्टृय परिषद सदस्यहरु श्री शिव बहादुर भण्डारी, जलन खत्री, नेपाल स्काउटका पुर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुली, नेपाल स्काउटका सहायक रास्ट्रीय प्रशिक्षक वैकुण्ठ मरहठ्ठा लगायतको विशेष उपस्थिति रहेको थियो। तालिममा गण्डकी प्रदेशका विभिन्न पालिकाहरूको प्रतिनिधित्व गर्दै ४२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ। उक्त उड्ब्याज तालिमका कोर्स लिडर नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक श्री शिव बहादुर भन्डारी तथा एड्भान्स तर्फ शारदा देवि पराजुली रहनु भएको छ।

२६ चैत्र २०८२हिमाली स्काउट ट्रुप पोखरा १८ को आयोजनामा ५ दिने सडक सुरक्षा सावधानी  सचेतना (ट्राफिक  स्वयंसेवक) कार्यक्रम ...
10/04/2026

२६ चैत्र २०८२
हिमाली स्काउट ट्रुप पोखरा १८ को आयोजनामा ५ दिने सडक सुरक्षा सावधानी सचेतना (ट्राफिक स्वयंसेवक) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
सडक सुरक्षा तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा ३० जना स्काउटहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम पोखराको पृथ्वी चोक, सभागृह चोक र सृजना चोक लगायतका स्थानमा सञ्चालन गरिएको थियो।
कार्यक्रम अवधिभर स्वयंसेवकहरूले व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुका साथै पैदल यात्रुहरूलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग गरेका थिए। साथै, सवारी चालकहरूलाई ट्राफिक नियम कार्यक्रमको समन्वय स्काउट मास्टर कृष्ण कुमार राजवाहकले गरेका थिए।
ट्राफिक प्रहरीका अनुसार यस्ता कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउनुका साथै समाजमा अनुशासित सडक संस्कृतिको विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ। कार्यक्रमको समन्वय स्काउट मास्टर कृष्ण कुमार राजवाहकले गर्नु भएको थियो ।


२३ चैत्र २०८२पोखरामा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हिमाली स्काउट ट्रुप पोखरा १८ द्वारा आयोजित एक दिने ट्राफि...
06/04/2026

२३ चैत्र २०८२
पोखरामा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हिमाली स्काउट ट्रुप पोखरा १८ द्वारा आयोजित एक दिने ट्राफिक सचेतना मुलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव निरीक्षक (Sub-Inspector) प्रबिन भट्टराईज्यूले प्रशिक्षकको रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकालाई लक्षित गरी सरल तथा प्रभावकारी तरिकाले ट्राफिक नियमहरूको महत्व, सडक सुरक्षा, सवारी साधनबाट जोगिने उपाय तथा पैदलयात्रीले ध्यान दिनुपर्ने विषयहरूबारे जानकारी दिनुभयो।
तालिममा जम्मा ४२ जना बालबालिकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई ट्राफिक संकेत चिन्हहरूको अर्थ, सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिका तथा दुर्घटना न्यूनीकरणका उपायहरू सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा बालबालिकाहरूलाई सडक पार गर्ने सही तरिका, जेब्राक्रसिङको प्रयोग तथा ट्राफिक संकेतहरूको पहिचान गराउने अभ्यास समेत गराइएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी बालबालिकाहरूले आफूले सिकेका ज्ञानलाई दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजक हिमाली स्काउट ट्रुपले यस्ता कार्यक्रमले सानै उमेरदेखि ट्राफिक अनुशासनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

हिमाली स्काउट ट्रुप पोखरा १८ द्वारा CPR (कार्डियोपल्मोनरी रिससिटेशन) तथा ब्यान्डेजिङ सम्बन्धी प्राथमिक उपचार तालिम कार्य...
05/04/2026

हिमाली स्काउट ट्रुप पोखरा १८ द्वारा CPR (कार्डियोपल्मोनरी रिससिटेशन) तथा ब्यान्डेजिङ सम्बन्धी प्राथमिक उपचार तालिम कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ।
यस तालिमको मुख्य उद्देश्य स्काउटहरूलाई आकस्मिक अवस्थामा आवश्यक पर्ने जीवनरक्षक सीपहरू प्रदान गर्नु थियो। तालिमका क्रममा सहभागीहरूलाई हृदयाघात भएका बिरामीलाई सहयोग गर्न CPR गर्ने तरिका तथा चोटपटक, घाउ, र रगत बग्ने अवस्थालाई नियन्त्रण गर्न सही ब्यान्डेज गर्ने विधि सिकाइएको थियो।
कार्यक्रममा जम्मा ३० जना स्काउटहरू सक्रिय रूपमा सहभागी भएका थिए। तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास पनि गराइएको थियो, जसले सहभागीहरूलाई सीपहरू राम्रोसँग बुझ्न सहयोग गर्यो।
उक्त तालिम Dr. Fred Prunte, Inies Binias Schmidt र Krishna Kumar Rajbahak जस्ता अनुभवी प्रशिक्षकहरूले सञ्चालन गर्नुभएको थियो। उहाँहरूले आपतकालीन अवस्थामा छिटो र सही प्रतिक्रिया दिनुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले तालिमबाट धेरै उपयोगी ज्ञान प्राप्त गरेको र अब आपतकालीन अवस्थामा सहयोग गर्न सक्षम भएको बताएका थिए।

बिपद ब्यबस्थापन तालिम । सम्बन्धित सबैको जानकारीको लागि सुचित गर्दछौ ।
30/03/2026

बिपद ब्यबस्थापन तालिम ।
सम्बन्धित सबैको जानकारीको लागि सुचित गर्दछौ ।


Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share