11/10/2025
आज मिति २०८२/०६/२५ गते शनिवार बृहत फेदीखोला पोखरा सम्पर्क समाज पोखरा कास्की को छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन संस्थाका अध्यक्ष जगदीश लामिछाने ज्यूको अध्यक्षतामा सुसम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख आतिथ्यता संस्थाका सल्लाहकार, अक्षयकोषदाता, आजीवन सदस्य पुण्यप्रसाद सुवेदीले गर्नुभएको थियो भने विशेष अतिथि, अतिथिहरूमा क्रमशः फेदीखोला गाउँपालिका उपाध्यक्ष देवकुमारी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष तथा वडा नं २ का वडा अध्यक्ष अभिलाष गुरुङ, निवर्तमान अध्यक्ष कृष्ण क्षेत्री 'उदय', सल्लाहकारहरू तथा अक्षयकोषदाताहरू मेजर डिल बहादुर गुरुङ्ग, डा. चन्द्र बहादुर गुरुङ्ग, कानुनी सल्लाहकार टंक पौडेल, वडा नं १ का वडा अध्यक्ष अमृत क्षेत्री, वडा नं ४ का वडा अध्यक्ष ख्याम नारायण पौडेल, समाजसेवी आदरणीय व्यक्तित्व पुष्पराज बराल, टिकाराम पौडेल, यम प्रसाद पौडेल, दयाराम लामिछाने, पुर्व प्रहरी उपरीक्षक पदम प्रसाद सुवेदी, समाजसेवी जितजङ कार्की, मिडिया संयोजक कृष्ण रानाभाट लगायतका व्यक्तिहरु रहनु भएको र उहाँहरूले क्रमशः शुभकामना मन्तव्य समेत दिनुभएको थियो।
यस कार्यक्रमको अवसरमा सम्मानित हुनुहुने व्यक्तित्व समाजसेवी हवल्दार मेजर नरकाजी गुरुङ्ग, मिलन बहादुर के. सि. र विशाल रानाभाट रहनुभएको थियो। यस संगसगै संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्ने एक पदाधिकारीहरु मध्ये बाट जित बहादुर क्षेत्री 'राजकुमार'लाई समेत सम्मान गरिएको थियो। यस कार्यक्रममा बन्द सत्र को संयोजक कानुनी सल्लाहकार टंक पौडेल को संयोजकत्वमा कमल सुवेदी र रक्षा गोदारको निर्वाचन समितिले सर्वसम्मत रुपमा क्रमशः अध्यक्षमा विजय पौडेल, प्रथम उपाध्यक्ष लाल कार्की 'अन्जान', द्धितीय उपाध्यक्ष कुल बहादुर रानाभाट, सचिव मीन प्रसाद सुवेदी, सह सचिव जीत बहादुर क्षेत्री 'राजकुमार', कोषाध्यक्षमा सुर्य प्रसाद गौतम 'अनिष', र सदस्यहरुमा क्रमश: नरेन्द्र कुमार कार्की, देविका कार्की अधिकारी, गंगा कुमारी शर्मा कुँवर, प्रेमनाथ पौडेल, दिपेन्द्र पौडेल, सारदा रानाभाट, डिल बहादुर अधिकारी 'रामचन्द्र', र उदयराज पौडेल (मनोनित) सहित १४जना निर्वाचित हुनुभएको हो।
सम्पूर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ।
यस अवसरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संस्थालाई सहयोग गर्नुहुने संस्थाका आजीवन सदस्यहरु र शुभचिन्तकहरू, सबै सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दछु।
सचिव
मीन प्रसाद सुवेदी
बृहत फेदीखोला पोखरा सम्पर्क समाज पोखरा कास्की