Baniya chandra prakash

Baniya chandra prakash it`s me

22/10/2022

मत युवा पुस्तालाई किन ?!!

जुन बाबुले आफ्ना सन्तानलाई वेबकुफ सम्झन्छ र जिन्दगीमा केही पनि गर्न सक्दैन भन्छ उसैका सन्तानहरुले झन राम्रो प्रगति गर्छन् । अर्थात "आमाभन्दा छोरी उत्तम" भनेजस्तो हरेक नयाँ पुस्ता अघिल्लो पुस्ताभन्दा जेहेन्दार र अब्बल भएर निकन्छ । उद्यमी र पौरखी भएर निस्कन्छ । बाबुले बनाईदिएको घरमा जीवन बिताउने मान्छेहरु सारै थोरै हुन्छन् ।

नेपाली राजनीतिको समस्या पनि त्यस्तै हो । बूढो पुस्तामा रहेको पदलोलुपताको कारणले नयाँ पुस्ताले अवसरै नपाइकन बूढो हुने भयो । देशको उन्नति प्रगति होस् भन्ने चाहना राख्ने हो भने विनाविलम्ब युवा पुस्ताको हातमा राजनीतिको मात्रै होइन सत्ताको बागडोर थमाउनुपर्छ । कमसेकम एकपटक सानो ठूलो पदमा पुगेर परीक्षित भैसकेकालाई ससम्मान विदा दिनुपर्छ ।

बुढाहरु अनुभवी हुन्छन् भन्ने सोचाइ नै गलत हो । रातदिन कम्पुटरमा झुण्डने बाजे भन्दा भर्खर स्कुल पढ्दै गरेको नातीले कम्प्युटरको भाषा राम्रोसँग बुझ्छ ।

राजनीति पनि त्यस्तै हो । ढोटेडाटेलाई ठूलो जिम्मेवारी दिनु हुदैन भन्ने सोच पुरानो हो । पुरानो पुस्ताले पुरानै कुरो जान्दछ, बूढो पुस्ताले समाजलाई पुरानै बाटोमा डोर्‍याउने हो । नयाँ समयको नयाँ कुरा बूढो दिमागमा छिर्दै छिर्दैन । परिवर्तित समयमा समयको माग बुझ्ने र समाजलाई नयाँ बाटोमा डोर्‍याउन सक्ने युवा मस्तिष्कले नै हो ।

त्यसैले आसन्न निर्बाचनमा अपेक्षाकृत तन्नेरी उमेदवारहरुलाई मत दिउँ । बूढो पुस्तालाई मत दिनु भनेको बूढो भैसीको स्याहर गर्नुजस्तो हो ।

नयाँ जमानाको जिम्मेवारी नयाँ पुस्ताला सुम्पिउँ है । अब गल्ती गर्दै नगरौं । पार्टी पनि नहेरौं । युवा रोजौं ।

10/09/2022

अपराधमा मुछिएका शाह र लामिछानेका अनुहार पोष्टेर सामाजिक सञ्जालहरु दुषित नबाउँ त लौ मित्रहरु !!

27/08/2022

बाबाको सम्झनामा !

सबैले आआफ्ना मरेका ज्युँदा बाहरुलाई सम्झे, पोष्ट्याए ! तेसो गर्न मनले मानेन भनौ कि मन लागेन भनौ ।

बाहरुको चाहना कस्तो रहन्छ अथवा बाहरुले सन्तानबाट कस्तो अपेक्षा गर्छन भन्ने विषयमा मेरो बुझाई भने अलि फरक छ ।

सबै बाहरुको धोको आफ्नो छोराछोरी पौरखी बनुन, म फलानो वा फलानीको बाबू भनेर नाक फुलाउन पाइयोस भन्ने हुन्छ नै ।
हरेक बाबुले आफ्ना सन्तान आफूभन्दा अग्लो भएको देख्ने इच्छा राख्छन ।

मेरा पिताजीको पनि त्यस्तै इच्छा हुँदो हो तर कहिल्यै त्यसरी उल्क्याएको, अभिप्रेरित गरेको थाहा छैन । मनसाय प्रकट गर्दै गर्नु हुदैनथ्यो । महत्वाकाँक्षाको बोझ सन्तानमाथि थोपर्ने स्वभावै थिएन । हामी भाईहरु गफिएर बसेकै भए पनि हामीलाई भन्ने होइन, लुसुक्क गोठ छिरेर भैसीको गोबर सोहोर्नुहुन्थ्यो मेरा बाबाले ।

अर्थात मनका आँखाले विषय बुझुन र आफै व्यवहारिक बनुन भन्ने सदाशय राख्नु हुन्थ्यो ।

पिताजीको त्यही सिकाईले जीवनमा यसो गर्छु, त्यसो गर्छु, त्यहाँ पुग्छु भनेर कुनै काम गरिएन । भोलीको लागि सोच्दै सोचिएन, सांच्दै साँचिएन ।

जुन ठाउँमा जन्मिइयो, जुन परिवेशमा हुर्कियो र समयले जहाँ पुर्‍यायो, सहर्ष आत्मसात गरियो । अब त बिसौनोमा थकाईमार्ने ठाउँमा पुगियोजस्तो लाग्छ ।

जतिबेला बाबा जीवित हुनुहुन्थ्यो, अव्यक्त नै सही आफूले इच्चाएजस्तो यो अल्छिले केही गर्दैन भनेर सोच्नु हुन्थ्यो होला । यद्यपि समाजलाई छी भन्न पाउने अवसर दिइएको त थिएन तर पनि कतै कुनै विशेष पहिचान बनेको थिएन। आजसम्म बाँचेका भए गौरव गर्न नसके पनि बाबाले सन्तोष मान्नसक्नु हुन्थ्यो होला । दुर्भाग्य भन्नुपर्छ, यो दिन देख्नेगरी बाबाको पार्थिव शरीर हामीबिच रहेन ।

न मृत्युपछी अन्त कतै डाँडा चुचुरोतिर बसेर यो धर्ती चिहाउन सकिने ठाउँ नै हुन्छ, न मानिसले त्यस्तो अवसर पाउँछ भन्ने अध्यात्मिक मान्यतामा विश्वास लाग्छ ।

यस्तै हो ! मान्छेका सबै इच्छा पूरा हुदैनन । त्यही कारणले आत्माको अमरता र जन्मपूनर्जन्मको निरन्तरताको कल्पना मानवजगतले गरेको हो ।

24/08/2022

चुनावको हिसाबकिताब !!!

चुनाव नजिकिंदै छ । भित्रभित्रै टिकट्को लुछाचुँडी सुरुभैसकेको होला । किन कसरी हो कुन्नी चुनाव एमाले र काँग्रेसबिच हुँदैछ, समाजको आँखा भने माओवादीमा छ !! आशाभन्दा बढी त्राशले मान्छेलाई आकर्षण गरिरहेको छ ।

काँग्रेसले उसलाई आफूतिर तान्न खोज्नु स्वभाविक हो । किनकी अघिल्लोपटक एमालेसंग धोबिपाट खानुपरेको कारण माओबादी नै थियो । एमालेको त्राश पनि त्यही हो । हिजो जसको बुइ चढेर हाती भएको हो उसले पुन: मुषिको भव: को हालतमा पुर्‍याइदिने तागत राख्छ ।

प्रचण्डमा पुन क्रान्तिकारी भूत जाग्ने सम्भावना बिलकुलै छैन । न उनमा जनतालाई आकर्षित गर्ने विलक्षण "अपिलिङ्ग चरीत्र" नै बाँकी छ । उनमा आफूले चुनाव जित्ने होइन अरु कसैलाई जिताउने हराउने, कुर्चिमा चढाईदिने, कुर्चीबाट गलहत्याउने तागत भने छ ।

स्वभावत: गठबन्धनका कारणले काँग्रेस बलियो देखिन्छ । एमाले पनि हरेस खाइहाल्नुपर्ने अवस्थामा छैन । एमाले बलियै रहने कारण ओलीको उटपट्याङ चरीत्र भने होइन । न बलियो संगठन नै हो । त्यसको दुई कारण छन ।

१. नेपाली समाजको ब्राह्मणवादी कित्ता सबभन्दा बढी प्रचण्डसंग तर्सन्छ । आफ्नो सांस्कृतिक सत्ता प्रचण्डै कारणले खतरामा परेको हो भन्ने ठान्छ । काँग्रेसभित्र त्यस्तो ठुलै जमात छ जसले प्रचण्डको सत्तामा हैकम फुटेको आँखाले देख्न सक्दैन । त्यो जमात प्रचण्डको कारण काँग्रेसको विपक्षमा मत दिन पनि पछि हट्दैन ।

२.अघिल्लो चुनावको वाम एकताले जस्तै यतिखेरको काङ-वाम एकताले मतदातामा उत्साह जगाउने छैन ।

पहिलो कारणलाई अनुकुलतामा बदल्ने शक्ति काँग्रेसमा छैन । यदी दोश्रो कारणमा सुधार आयो भने एमालेको हरिबिजोग निम्तने छ ।

12/07/2022

राजधानी नगरमा बालेनहरु निर्वाचित हुनु निराशाको अभिव्यक्ती हो भन्ने कुरा राजनीतिक दलहरुले बुझ्नु जरुरी छ ।

09/06/2022

खस जाति, खस भाषा, खस संस्कृतिको बारेमा विस्तारै विस्तारै नयाँ तथ्यहरु खुल्दैछन। त्यसैको पछिल्लो कडी बन्न आएको छ भाषा आयोगको रिपोर्ट जसमा खस भाषामा २४ स्वर र ५३ व्यञ्जन वर्ण रहेको कुरा स्वीकारिएको छ । नेपाली भाषाका स्वर व्यञ्जनहरु खस भाषाका लागि अप्रयाप्त रहेछन ।

15/05/2022

यसपटकको निर्वाचनमा पुराना पार्टीहरुविरुद्ध जनतामा विकसित हुन थालेको असन्तोषको सानो झिल्को देखियो । वन डढाउन आगोको सानो फिलिङ्गो काफी हुन्छ भन्ने कुरा नेपालको परम्परागत राजनीतिले बुझ्न सकेन भने परिणाम प्रतिकूल हुनसक्छ । समयले कसैलाई पर्खदैन ।

04/05/2022

नेपालमा सयभन्दा बढी जाति र भाषा जीवित छन ।

सयौ भाषाहरुमध्येको एउटा भाषा खस पनि हो । विकृत सुसंस्कृत जे भएको भए पनि वर्तमानको नेपाली भाषा खस भाषाकै एउटा रुप हो ।
जाति जीवित रहने भाषा मेटिने हुनसक्छ । दिन्दिनै साना भाषाहरु मेटिन्छन भन्छ एउटा तथ्याङ्कले । त्यसको उल्टो पनि हुन्छ । अर्थात भाषा जीवित रहने तर जाति मेटिने परिस्थिति निर्माण हुन्छ ।

नेपालमा खसभाषाले साझा भाषाको रुप लिइसकेको छ । साहित्यमा एउटा स्थान बनसिसकेको छ । त्यसैले भाषा मर्दैन ।

भाषाको जननी मान्छे हो । जाति हो । खस भाषाको जन्मदाता खस जाति हो । दुर्भाग्यको विषय के रहेको छ भने भाषा जोगाउने तर नेपालबाट खस जातिको अस्तित्व मेट्ने अपराध गरिदै छ ।

जाति मास्ने षड्यन्त्र स्वभावत: अर्को जातिबाटै हुने हो । कुरो लुकाउनुपर्ने आवश्यकतै छैन । त्यस्तो मुर्खतापूर्ण अभ्यास जङ्गबहादुरले सुरु गरेका हुन । त्यसलाई निरन्तरता नेपाली बाहुनहरुले दिएका छन ।

संविधान लेख्ने बेलामै त्यो षड्यन्त्र गरिएको छ। देशमा सयभन्दा बढी जाती अस्तित्वमा छन भने थप एउटा जाति "खस" को अस्तित्व बाँकी रहँदा देशको के जान्छ ? समाजलाई के नोक्सान पर्छ ? अरु सयवटा जातिको अस्तित्व रहँदा मुलुक एकढिक्का रहने, खस एउटा जातिले अस्तित्व रक्षा गर्न खोज्दा समाज भाँडिने हुन्छ ?

हो, कुनै दिन देशमा सम्पूर्ण समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा लागू भयो भने ब्राह्मण समुदायलाई नोक्सान पर्न सक्छ । त्यतिबेला बाहुन समाजले जातहटक गरेका खत्रीहरुलाई बल्ल आफ्नो जातिमा समावेश गर्ने छ। हमाल र खत्रीहरु बाहुन भनिने दिन आउनेछ ।

समावेशिता लागू हुने र खसहरु अलगिने हो भने राज्यमा अहिलेकोजस्तो ब्राह्मणजातिको एकलौटी वर्चस्व रहने छैन । त्यही डरले खसविरुद्ध बाहुनका अगुवाहरु लागेका छन । "तिमीहामी एकै" को लोलोपोतो गरेका हुन ।

धर्मले हिन्दू होस वा अन्यधर्मी, खस अलग जाति हो । खस जातिको अस्तित्व मेट्न पाइदैन । खस भनेको बाहुनका झड्केला हुन भन्ने मान्यता ब्राह्मणवादी षड्यन्त्र हो ।

त्यो भ्रमजालबाट आफू मुक्त होउँ र जातिलाई मुक्त गरौं । त्यसका निमित्त छोड्नुपर्छ भने आचार, धर्म, संस्कार, परम्परा छोड्न समेत नहिच्किचाउँ । जातिभन्दा माथि धर्मसंस्कृति हुदैन ।

09/01/2022

पृथ्वी जयन्ती र एकीकरण दिवस ?!!!

पृथ्वीनारायण शाहको जन्ममितिलाई "नेपाल एकीकरण दिवस" मान्दा के फरक पर्छ भनेर सोध्ने मेरा एकजना जिल्लावासी बन्धुले मेरो जवाफसंग असहमत भएर पुन: "किन" भन्ने प्रश्न गरेपछि रुचिको विषय नभएपनि जवाफ दिनु पर्‍यो, दिएँ ।

कमसेकम व्यक्तिगत हिसावले उनलाई देश निर्माताको पगरी दिन मेरो मन मान्दैन । त्यसको जब्बर कारण छ ।

मेरो जन्मभूमी पर्वत राज्यको थियो । पर्वत गोर्खामा गाभिएको पृथ्वीनारायण शाहको मृत्यु भएको १२ वर्षपछी मात्र हो ।

बर्तमान नेपालको गोरखापश्चिमको भूभाग नेपालमा गाभेको पृथ्वीनारायण शाहले होइन । पृथ्वीनरायणको नेपाल गोर्खादेखि पूर्वको मात्र हो । लमजुङ पनि उनको राज्यमा पर्दैनथ्यो ।

भूगोलका हिसाबले वर्तमान नेपालको आधा पनि पृथ्वीनारायणले जोडेका होइनन । उनले बनाएको राज्यको नाम नेपाल पनि थिएन ।जुन राजाले मेरो माटो कहिल्यै कुल्चेन, राज गरेन, मेरा पुर्खाले राजा मान्नु परेन त्यो राजालाई कुन आधारमा एकीकर्ता मानौं ? जुन राजाका रैती मेरा बाबुबाजे थिएनन, मेरो भूमीको राजा कहिल्यै बनेन त्यो राजालाई किन एकीकरणको प्रतीक मानौं ?

मेरा पुर्खाको बसोबास बाइसीचौबीसी राज्यहरु थिए । पृथ्वीनारायण शाहले बाइसी चौबीसीमध्येको एउटा राज्य पनि जितेका थिएनन । बाइसी चौबीसी राज्यहरु डोलाएर उनले नेपाल एकीकरण गरेका हुन भन्ने संकथन नै गलत हो । फर्जी हो ।

फेरि दोहोर्‍याउँ - पृथ्वीनारायणको मृत्यु विसं "१८३१" मा भएको थियो । पर्वत राज्यमाथि गोर्खाले विजय प्राप्त गरेको मिति - विसं "१८४३ असोज १४ गते" हो ।

पृथ्वीनारायणको राज्यकालमा सतहुँ(मोदीपूर्व)सम्म कब्जा गरेको गोर्खाली फौजलाई पर्वतले लगारेर गोर्खा फर्काइदिएको थियो । त्यसपछी जीवनभर पृथ्वीनारायण शाहले बाइसी चौबीसी राज्यमाथि आँखा लगाउने हिम्मत गरेकै थिएनन ।

29/12/2021

प्रश्न र धर्म

मानिसको जीवन प्रश्नबाट सुरु हुन्छ, प्रश्नहरुको बीचमै हुर्कन्छ, अघि बढ्छ र प्रश्नमै समाप्त हुन्छ । आमाको गर्भबाट बाहिर निस्कनासाथ शिशुको कण्ठबाट निस्कने पहिलो आवाज " चिहाँ" मा प्रश्न हुन्छ । सालनालबाट आपूर्ती हुने खाद्यपोषणको श्रोत किन बन्द भयो ? भोक लागिसक्यो, मेरो क्षुधा तीर्खा अब कसरी मेटिन्छ ? भन्ने प्रथम प्रश्न "चिहाँ" मा अन्तर्निहित हुन्छ ।

के, कहाँबाट, किन, कसरी जस्ता अनगिन्ति जिज्ञासाहरुको उत्तर खोज्ने मानवचेष्टाको प्रतिफल समाज विकास हो । आध्यात्मिक भौतिक उन्नती हो ।

प्रश्नसंग खेल्ने चेतना नभैदिएका भए जनावरको युगबाट मानिस माथी उठ्नै सक्तैनथ्यो । सम्भवत: डाइनासोरजस्तै स्वअस्तित्व रक्षा गर्न असमर्थ हुन पनि सक्थ्यो । प्रश्न गर्ने दिव्य चेतना र उत्तर खोज्ने अदम्य चिन्तनले मानिसलाई सर्वश्रेष्ठ प्राणी बनाएको हो ।

विज्ञान र धर्म दुवै मानिसले आफैसंग गर्ने प्रश्नको प्रत्युत्तरहरु हुन । विज्ञान तथ्यमा आधारित हुन्छ र धर्मको आधार अनुमान हो । विज्ञानले सर्वदा प्रश्नको स्वागत गर्छ र अध्यात्म प्रश्नदेखी तर्सन्छ ।विज्ञान निरन्तर प्रगतिपथमा रहनु र धर्म यथास्थितिमै रहनुको कारण त्यही हो ।

विज्ञान पनि धर्मजस्तै काँतर भैदिएका भए घोडाले तान्ने रथबाट "लोकोमोटिभ इन्जिन" मा फड्को मार्दैनथ्यो । पुष्पक विमानको कल्पना, वायुवेगको हनुमान गति वा आकासमा उड्ने उच्चैश्रवा घोडाका कथामै मानिसले चित्त बुझाउनु पर्थ्यो ।

विज्ञान नयाँ नयाँ रहस्यको उद्घाटनमा निरन्तर दत्तचित्त छ । धर्म भने जहाँको तहीँ छ । परिमार्जन परिवर्तनको गति धर्मसंस्कृतिमा अति शुस्त हुन्छ ।विज्ञानभन्दा धर्म शताब्दीयौं पछि लतारिएको छ ।

यतिखेरसम्म अस्तित्वमा रहेका धर्मसंस्कृतिहरु मानवविकासको विशिष्ट चरण "सामन्तवादी" युगका उद्पादन हुन । युगको गति निरन्तर अग्रगामी रहंदै आएको छ । समाजले सामन्तवादी युगलाई पछि छोडेर उन्नत पूँजिवादी समाजवादी युगमा फड्को मारिसकेको छ । लोकतान्तृक समाजवाद्तिर विश्व समाज उन्मुख छ ।

धर्मसंस्कृति भने जहाँको तहीँ छ । धर्मले युगानुकूल परिमार्जन, सुधार र परिस्कार पाउन सकेको छैन ।

धर्म मानवसमाजको कल्याणको लागि हो । "धर्मका लागि समाज" बनाउने कसरत गलत हो । परिवर्तित समाजको लागि परिमार्जित धर्मसंस्कृती आवश्यक हुन्छ । परिमार्जनको लागि प्रश्नको

"अग्निपरीक्षा" बाट गुज्रनु पर्छ । प्रश्नदेखी तर्सनु भाग्नु कायरता हो । सबै धर्माधिकारी र धर्मगुरुहरुले त्यही गल्ती गरिरहेका छन भन्नु आग्रह मानिदैन । आजको तीतो वास्तविकता यही हो ।

29/12/2021

केही खस बन्धुहरुले अझै पनि क्षत्री र जनै बिचको अन्तर्सम्बन्ध बुझ्न बाँकी छ । त्यसैले "खस क्षत्रीहरुले जनै त्यागौ" भन्नुहुन्छ ।

जनै त्याग्नासाथ क्षत्री मात्रै होइन वैश्य वर्ण पनि रहंदैन । घाँटीमा जनै छैन भने हिन्दू मान्यतामा त्यो शुद्र मानिन्छ ।

खस अभियानको आह्वान "वर्ण त्यागौ" "जात त्यागौ" भन्ने हो । वर्ण त्यागको सन्दर्भमा जनै त्याग गर्ने कुरो आएको हो । बिर्सन नहुने कुरो के हो भने खसहरु जनै भिरेर क्षत्री भएका हुन ।

हिन्दू धर्म मान्ने खसहरुले जनै त्याग्नु पर्दैन । खससंग क्षत्री जोड्नुको अर्थ जनै पनि नछोड्नु भन्ने लाग्छ ।

खसले उसै पनि समाजमा क्षत्रीको पर्यायको मान्यता पाएकै छ । खस भन्नू नेपालको सन्दर्भमा क्षत्री भन्नू नै हो । त्यसैले एउटै अर्थ दिने दुईवटा शब्दहरु "खस क्षत्री" प्रयोग गर्नुको कुनै अर्थ छैन ।

खसहरु डबल क्षत्री होइनन, थिएनन ।

22/12/2021

मधेसी कोटाबाट नेकाको केसमा विनोद चौधरी निर्वाचित भएपछी चौधरीलाई किन आरक्षण चाहियो भन्ने प्रश्न उठेको छ ।

त्यस्तो प्रश्न व्यवस्था नबुझ्नुको परिणाम हो जस्तो लाग्छ ।

पहिलो कुरा काँग्रेस हुनेखानेहरुकै पार्टी हो । काँग्रेसको आन्तरिक चुनावमा गरिबहरुले पनि प्रतिश्पर्धा गर्न सक्छन भन्नू काँग्रेस नबुझ्नु हो ।

दोश्रो कुरा चौधरीले खुला कोटामा प्रतिश्पर्धा गर्न हिच्किचाएका मात्र हुन । हिम्मत गरेका भए परिणाम विपक्षमा जान्थ्यो भन्न सकिन्न । गणेश लामा र जिपछिरिङ्हरुले त्यो कुरा पुष्टि गरिदिएका छन ।

तेश्रो कुरा मधेसी समुदायका लागि कोटा छुट्ट्याइएको हो, गरिबका लागि होइन ।

चौथो र मह्त्वपूर्ण कुरा हामीले अवलम्बन गरेको संसदीय व्यवस्था हो र यो व्यवस्था दीन दुखी गरिबको व्यवस्था होइन । त्यसैले काँग्रेसमा मात्र होइन नामका कम्युनिष्ट पार्टीहरुमा पनि हुनेखानेकै बोलाबाला रहन्छ । आर्थिक अवस्था तन्नम भएको कुनै मानिस पार्टी कमिटी वा संसदीय फाँटमा चुनियो भने त्यो संयोग मात्रै हो ।

Address

Pokhara

Telephone

+9779841523933

Website

Alerts

Be the first to know and let us send you an email when Baniya chandra prakash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Baniya chandra prakash:

Share